tag:blogger.com,1999:blog-9989318206212702542024-03-14T10:57:40.219+05:45bhimphotoBhim Prasad Ghimire's blogBhim Prasad Ghimirehttp://www.blogger.com/profile/01083707530713845950noreply@blogger.comBlogger308125tag:blogger.com,1999:blog-998931820621270254.post-40493292421918248312021-09-13T22:32:00.000+05:452021-09-13T22:32:34.193+05:45ट्याक्सी
अस्पतालबाट डेराको यात्रा आज जसोतसो प्रबन्ध भयो । हामीहरु केही कुराको प्रतीक्षा गर्छौ । प्राप्तिसँगै पट्यारलाग्दो त्यो प्रतीक्षाको समयलाई बिर्सन्छौं । आज त्यसैगरी नबिर्सन ब्लगमा लेखिराखेको । कोठामा आइसकेपछि लागेको के हो भने यस्तो त अरुलाई पनि पर्छ। ट्याक्सी कसरी व्यवस्थापन हुँदो होला ?
गत साता श्रीमती र छोरालाई कोभिड-१९ को संक्रमण भयो । छोरालाई खासै शारीरिक समस्या देखिएन,
श्रीमतीलाई भने यो रोगले निकै दु:ख दियो । भएको के थियो भने उनी एउटा विवाह समारोहबाट स्कुटर कोठा फर्किँदा वर्षामा भिजेकी थिइन । ज्वरो आयो, रुघा लाग्यो । हामीले ठान्यौं -भिजेका कारणले हुनुपर्छ। ३/४ दिनसम्म पनि सञ्चो नभएपछि हामीले कोभिड पनि हुनसक्ने शंका गर्दै घरमा सतर्कता अपनायौं। निको नहुनु, ज्वरो र रुघाखोकी लम्बिनु, जिउ दुख्नु, खान मन नलाग्नु आदि लक्षण हाम्रा परम्परागत मौसमी रुघामर्कीका हुन् भन्ने सुनिआएको हो । तैपनि एकपटक कोभिड टेस्ट गरि हेरौं भन्ने सल्लाह गरियो ।
अघिल्लो आइतबार टेकुको शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा पीसीआर गराउन पुग्यौं । एक्सरे पनि गरायौं । पीसीआरको रिपोर्ट बेलुकी ८ बजे एसएमएसमा आयो - कोरोना पोजिटिभ । त्यही रात छोरालाई पनि ज्वरो आयो । मैले भोलिपल्ट उसलाई अस्पताल पुर्याएँ । उसको पनि रिपोर्ट पोजिटिभ।
छोरालाई जँचाउन जाँदा मैले श्रीमतीजीको एक्सरे रिपोर्ट लिएँ, ओपीडीमा देखाएँ । डाक्टरले उनलाई निमोनियाका सामान्य लक्षण सुरु भएको संकेत गरे । भने 'फोक्सोमा सेता दाग देखिन थालेका छन्। लेखेको औषधि खुवाउनुस् । झोल पदार्थमा बल गर्नुस् । आत्तिनु पर्दैन।'
मंगलबार श्रीमतीजीको अक्सिजन लेवल घट्यो । अक्सिमिटरले सामान्य अवस्थामा हाम्रो शरीरमा अक्सिजनको मात्रा ९४ देखि ९७ सम्म देखाउने रहेछ । उनको ९३ देखायो । खोकी बढ्यो । दमको समस्या भए जसरी सास फेर्न थालेपछि मैले उनलाई पीसीआर गरेकै अस्पतालको आकस्मिक कक्ष पुर्याएँ । तर त्यहाँ त्यतिबेला ड्युटीमा रहेका स्वास्थ्यकर्मीले 'अवस्था गम्भीर होइन, घर जानुस्' भने । ५/६ मिनेट पैदल हिड्न लगाएर अक्सिजनको मात्रा जाँच्दा मेसिनले ९५ देखाएपछि उनीहरुले खोकी कम गर्ने औषधि लेखिदिएर पठाएका थिए । भनेका थिए - 'अक्सिजनको मात्रा ९० भन्दा तल गयो भने आउनुस् । हामी गम्भीर बिरामी हेर्छौ। उहाँको अवस्था गम्भीर छैन ।' डाक्टरका कुरा प्रतिवाद गर्न भएन । तर श्रीमतीजीलाई गाह्रो भइरहेको थियो। तैपनि हामीलाई लाग्यो - डाक्टरले भनेको मान्नु ठीक । औषधि लैजाउँ, कसो बिसेक नहोला ।
बिसेक भएन । अक्सिजन लेवल ८५ मा झरेपछि बिहीबार सवेरै हामी फेरि त्यहीँ पुग्यौं । यसपटक स्वास्थ्यकर्मीले सतर्कतासाथ उपचार सुरु गरे । अक्सिजन सपोर्टमा राखियो । छातीको एक्सरे, रगत र पिसाब जाँच गर्न लगाए । निमोनिया निकै बढिसकेको थियो । अस्पतालमै भर्ना गरेर उपचार सुरु भयो ।
कोभिड जनरल वार्डमा चार रात, पाँच दिन बिते । कसरी कसरी र त्यसबेला केके देखिए भन्ने पछि अर्को गफ गरौंला । मलाइ यतिबेला ट्याक्सीका कुरा लेख्नु छ ।
हिजो नै डाक्टरले 'घर लैजानुस्, अब आत्तिनु पर्दैन' भनेका थिए । जब जब अक्सिजनको पाइप झिक्यो, खोकी बढ्न थालिहाल्ने अवस्था कम भएको थियो । तर फेरि जोखिम कसरी लिने ? हामीले एक रात बिना अक्सिजन सपोर्ट अस्पतालमै बस्ने, अवस्था बिग्रिएन भने मात्रै डिस्चार्ज लिने निर्णय गर्यौं ।
आज डिस्चार्ज लिइयो । दिनको करिब १ बजे डिस्चार्ज पेपर तयार भएपछि म ट्याक्सी खोज्न थालेँ । सुरुमा आफ्नो डेरा छेवैका एकजना गुरुजीलाई फोन गरेँ, जसले अघिल्लोपटक अस्पताल ल्याइदिएका थिए । उनले यतिबेला काँडाघारीतिर रहेकाले नभ्याउने अवस्था रहेको सुनाए । अस्पताल आएका धेरैजसो ट्याक्सीहरुलाई सोधेँ, उनीहरु जसलाई लिएर आएका थिए, उनीहरुलाई नै लिएर फर्किने भेटिए । खाली भेटिएका २/३ वटाले बिरामी नबोक्ने जवाफ दिए ।
कोरोनासँग डराउनु पर्छ, सही हो । सतर्कता अपनाउनै पर्छ भन्नेमा दुबिधा पटक्कै राख्न हुँदैन । तर मैले घर लैजान लागेको व्यक्तिलाई संक्रमणको लक्षण देखिएको १४ दिन पुगिसकेको थियो । अस्पतालले 'घर लानू' भनिसकेपछि बिरामीको अवस्था अब रोग सार्ने थिएन । तर ट्याक्सी मानेनन् ।
निको भएकालाई एम्बुलेन्समा लैजाने कुरा पनि भएन । 'पठाओ' को सम्झना भयो । मोबाइल एपमा त्यसबाट ट्याक्सी खोजेँ । तुरुन्तै पाइयो । अर्डर कन्फर्म गर्नुअघि पठाओले कोभिड संक्रमित हो/होन पनि सोध्दो रहेछ । हामी संक्रमणमुक्त थियौं । त्यही अप्सन छनोट गरियो । हामीलाई लैजाने चालक र गाडी नम्बर देखायो । ट्याक्सी आउनेमा ढुक्क भयो । भाडा ३६९ रुपैयाँ पनि देखाएपछि अघिल्लोपटक आउँदाको भाडासँग तुलना गरेँ । महंगो होइन ।
बिरामी र पोको पारेका झोलाहरु बाहिर निकालियो । वार्डबाट बाहिर आएर आकस्मिक कक्ष छेउ झोला बिसाएर ट्याक्सीको प्रतीक्षा थालियो । अचानक मोबाइलमा पठाओको एपले म्यासेज देखायो - 'राइडर ह्याज क्यान्सिल ।' (चालक जान मानेनन्)
अब फेरि अघिकै अप्सन ट्राइ गर्नुको विकल्प रहेन । म अस्पतालको गल्ली छाडेर त्रिपुरेश्वर-कालीमाटी मूल सडकमा आएँ । अस्पतालले डिस्चार्ज गरेको बिरामी बोक्छु भन्ने ट्याक्सी खोज्न निकैबेर लाग्यो । बल्ल बल्ल एउटा ट्याक्सी सहमत भयो । तर चालकले कोरोना सर्ने अवस्था हो/होइन भन्नेमा निकै केरकार गरे ।
जे होस् उनले गुँडमा पुर्याइदिए । फर्केपछि सोच्दैछु- कोरोनाले सबैतिर गाँजेको छ । जुनसुकै अस्पतालमा बिरामी बग्रेल्ती छन् । ट्याक्सी नपाइने समस्या अरुतिर पनि होला की नहोला ?
Bhim Prasad Ghimirehttp://www.blogger.com/profile/01083707530713845950noreply@blogger.com0tag:blogger.com,1999:blog-998931820621270254.post-19199146856462037092021-08-26T10:23:00.000+05:452021-08-26T10:23:22.781+05:45के हामी आफूलाई चिन्छौं ?
अब मैले छाडेँ साधु गुरु र गोपाल दासको प्रवचन् सुन्न । सजिलो छ, हातमा मोबाइल, घर र अफिसमा कम्प्युटर । युट्युब खोल्यो, सुन्यो ।
यो संसार बडा अनौठो छ, इन्टरनेटले जे खोज्न, पढ्न वा हेर्न खोज्यो, तिनका लिंक सजिलै बताउँछ। खोज्न, हेर्न सजिलो पारेको छ।
साधु गुरु बडा अच्छा कुरा गर्छन् । गुरु गोपाल दासका कुरा पनि रमाइला । यसो यसो गरे जीवन सफल हुन्छ । यसो यसो गर्न हुँदैन । हामी के गर्दैछौं, किन र कसरी ? खासमा हाम्रो बुझाइ साँघुरो छ, त्यसको दायरा बढाउनु पर्छ । जीवन चलाउन पैसा चाहिन्छ । यसो गरे पैसा पाइन्छ । पैसा भए मात्रै जीवन सफल हुँदैन । हाम्रा सुख, हर्ष-विस्मात यसकारण हुन्छन् ।
ओहो ! तिनका कुरामा के छैन ? सबैथोक छ । सुन्न आनन्द, सुनाउन झन् आनन्द ।
एपिसोडपिच्छे उनीहरुलाई सुनिरहँदा एकदिन लाग्यो- यिनीहरु किन राम्रा कुरा मात्रै गर्छन् ? किन मान्छेका बानी सपार्ने, राम्रो जीवन जिउने सूत्र बताउँछन् ? अनि फेरि लाग्यो- जसले जे काम गरिरहन्छ, उ पोख्त हुन्छ। राम्रो गर्छ । नियमित प्रवचन दिइरहने कोही पनि कटु बोल्दैनन्, नमिठो बोल्दैनन् । यो सही हो, उनीहरु कामै प्रवचन् दिने गर्छन्- अनि नगरुन् त रसिला कुरा !
साधु गुरु यतिबेला हुम्लातिर मानसरोवर हेर्न गएका रैछन् । समाचार पढ्न पाइयो । ती भीआइपी साधु हुन् । उनलाई केही कमी छैन । घुम्न-खान, आनन्दले निदाउन पुग्यो भने मान्छेले दु:खका कुरा गर्दैन । किनभने जे व्यहोर्नु पर्दैन, त्यसबारे सोचेर-बोलेर किन टाउको दुखाउने !
एउटा कुनै परिकार बनाइरहनेले छिटो र मिठो बनाउँछ । धेरै तरिकाबाट बनाउन जान्दछ, जो एकाधपटक मात्रै अभ्यास गरेकाको ल्याकतको कुरा हुँदै होइन । उसको रेसिपीको हामी तारिफ गरौं तर बिर्सन नहुने के हो भने उ त्यही गर्छ, राम्रो गर्दैन भने किन पो गरिरहन्थ्यो ।
युट्युबका भिडियोमा बेला बेला विज्ञापन दौडन्छन् । अँ साँच्चै भिडियोले पैसा दिन्छन् । जति धैरैले हेरेको छ, त्यसको गणना हुन्छ। यो छुट्टै कुरा हो की हजारौं, लाखौं भिडियोमा भ्युअर कसका कति होलान् । तर मानिसलाई जीवन सफल बनाउनु छ । खुसी र सुखी भएर बाँच्नु छ । सबै खालका कन्टेन्टका खास खालका दर्शक छन् । त्यसैले युट्युबमा अपलोडर धैरै खालका छन् ।
साधुहरु प्रवचनबाट कमाउँछन्- अनुयायी, स्रोता-दर्शक र पैसा । हामी के कमाउँछौं ? ज्ञान त्यसै पाइन्छ भन्नुहोला । यो पनि सही हो । तर हामीले हाम्रो समय गुमाएका छौं । थोर थोरै सही, पैसा पनि गुमाएका छौं ।
अनि यसपछि यिनीहरुका प्रवचनमाथिको मेरो मोह भंग भयो । मैले सुन्न छाडेँ। त्यसै पनि मलाइ धेरै अघिदेखि लाग्दै आएको हो- मननीय भनाइहरु भित्तामा कोरिएको सुन्दर देखिन्छ, मान्छेले अनुसरण गर्दैनन् । जसले गर्छु भन्छ, ढाँट्छ । यो कोरोना महामारीको त्रासको समय हो । सिनेमाघर बन्द छन् । भेला-जमघट विरलै मात्र छन् । हामी ले भेला हुन बिर्सनु परेको छ। हाम्रो दिनचर्या बिथोलिएको छ । बिथोलिनुलाई नै हामीले रुटिन बनाएर सामान्यीकरणको प्रयास जारी राखेका छौं । आफैंलाई लगाउन मन पर्दैन तर अरुलाई सोध्छौं- तपाइँको मास्क खोइ ?
परामर्श मनोविज्ञानको कक्षामा अस्ति सरले भन्नुभो- 'मान्छेले अरु कस्तो छ भन्ने फरर भनिदिन्छ । आफू कस्तो हुँ भन्ने जानेकै हुँदैन। आफूलाई जान्न खोज्नेहरु अरुका विषयमा कम बोल्छन् । धैरै सुन्छन् ।' यो मलाइ प्रवचनकै अंश जस्तो लाग्यो । हो पनि ।
हरेकलाई अरुका बारेमा चासो छ । को के गर्छ, किन गर्छ, बानीबेहोरा कस्तो ? अनि यहाँ सकारात्मक कम, नकारात्मक कुरामा बढी चासो हुन्छ । समाज किन यस्तो हुन्छ ? हामी किन त्यस्तो हुन्छौं ? विचार गर्नुपर्ने थुप्रै कुरा छन् । कोही किन त्यस्तो छ ? तपाइ-हामीले व्यहोर्नु वा कुनै किसिमको सम्बन्ध-सम्पर्क गर्नु छैन भने 'नजाने गाउँको बाटो नसोध्नू' लाई अनुसरण गर्नुपर्ने हो । त्यो हुन सक्छ ।
तर हामीलाई आफ्नो बानी थाहा हुन्छ । हामीलाई के र कस्ता अवस्थाले खुसी, दु:खी र आवेशमा ल्याउँछ भन्ने पनि हेक्का हुन्छ । ज्ञान दिन बडा सजिलो छ । हिन्दी फिल्म 'सिंघम' मा एउटा डाइलग छ, थानामा आएको भिलेनको चम्चालाई भकुरेर हिरासतमा थुनेपछि 'छाडि दे' भन्न आएको डीएसपीलाई इन्सपेक्टर अजय देवगनले भनेको -' मेरी जरुरतें कम है, इसलिए मेरी जमीर मे दम है ।'
सिनेमाको कथा समाजबाटै टिप्ने हो । अनि संवाद लेख्ने पनि स्वाभाविक लाग्ने नै हुन्छन् । त्यो हो त सिनेमाको डाइलग , मलाइ यसलाई धेरै कोणबाट व्याख्या गर्न सकिन्छ । मान्छेलाई आवश्यकताले दौडाउँछ । मेहनत गराउँछ । हाम्रा आवश्यकता जति कम हुन्छन्, तनाव पनि कम हुन्छ ।
हाम्रा आवश्यकताहरुको पनि प्रकारलाई वर्गीकरण गर्नुपर्छ । भान्सालाई सामान चाहियो भने किराना पसल र डिपार्टमेन्टल स्टोरमध्ये कहाँ जानु हुन्छ ? किरानामा गए केके चाहिन्छ, त्यही त्यही ल्याइन्छ । डिपार्टमेन्टल स्टोरमा पसे चाहिने त ल्याइन्छ तर साथमा नल्याउँदा हुने सामान पनि बोकिन्छ । कारण जुन ढोकाबाट हामी पस्छौं, त्यहाँ हामीलाई नबोक्दा पनि हुने सामान बडो गज्जपले सजिएर आकर्षित गरिरहेका देखिन्छन् ।
त्यसैले हाम्रा आवश्यकता बानीमा धेरै निर्भर गर्छन् । के चाहिन्छ, किन चाहिन्छ, के हामी त्यही मात्रै गर्छौ जे आवश्यक हो ?
मनोविज्ञानले भन्ने गरेको मान्छेका दुई गुण बारे मैले धेरै अघि पनि लेखेको छु- जन्मजात र अर्जित । आवश्यकताहरु मात्रै होइन गुण, बानीबेहोराले हामीलाई खर्च गर्न सजिलो-अप्ठ्यारो पार्छ । हामीलाई आफ्ना बानी असल छैनन् भन्ने अन्त मनबाट थाहा हुन्छ । अलिकति आडम्बर, अलिकति बनिसकेको इमेजमा अरुले के ठान्लान् भनेर कमसल बानीलाई असल भन्ने वकालत हामी छाड्दैनौं ।
समय यस्तो छ की मान्छे आफ्नो क्षमता, पौरखलाई माझ्नुभन्दा अरुको खोट देखाउँदा आफ्नो जय हुन्छ भन्ने ठान्छ । हरेकलाई अरुमा कमजोरी मात्रै देखाउनु छ । कसैका प्रशंसा गरिहाले पनि वक्ता चाहन्छ- त्यो प्रशंसा पाउनेले म प्रति अनुगृहित हुनुपर्छ, मलाइ मान्नुपर्छ ।
मनोविज्ञानको कक्षा आफूलाई चिनाउँछ । आफैंप्रति सशंकित पनि बनाउँछ । आफूलाई सामान्य बनाएर समाज र असमान्यतालाई हेर्न सिकाउँछ । अभ्यास जारी छ ।
दुइटा होमवर्क पेन्डिङ छन् । लेख्ने बानी बनाउनु छ । रमाइला कुरा फेरि फेरि ब्लगमा जतन गरम्ला ।
अरू पछि लेखौंला ...
Bhim Prasad Ghimirehttp://www.blogger.com/profile/01083707530713845950noreply@blogger.com0tag:blogger.com,1999:blog-998931820621270254.post-36432077128467784062021-01-13T21:08:00.002+05:452021-01-14T00:37:21.004+05:45एटीएम
हिजो राति एक जनाले अनलाइनमा रिवल्विङ चियर सेलमा राखेका थिए । कुर्सीको फोटो हेर्दा दाम अलि अपत्यारिलो तरिकाको सस्तो लाग्यो । बजारमा पाइनेमा आधाभन्दा पनि सस्तो ।
च्याटमा सोधेँ - तपाइँले भनेकै दाम हो ?
धेरैबेर उत्तर आएन । मलाइ लाग्यो उताको मान्छेलाई मोबाइलमा टाइप गरेर जबाफ दिन गाह्रो परेको हुनुपर्छ। अनि लेखेँ- तपाइँको नम्बर दिनुस् ।
उनले दिएको नम्बरमा कुराकानी भयो । उनले पाइने ठेगाना बताए।
आज छोरालाई मोसामा पछाडि राखेर म कुर्सी किन्न जाने भएँ । राम्रो पाए अरु साथीहरूका लागि पनि लिइदिने गरी ।
बैंक पुगेँ। कार्ड छिराएपछि एटीएममा सूचना देखियो - 'तपाइँले सीमाभन्दा बढी कारोबार गरेकाले अब पैसा दिन सक्दिन।'
जिन्नगीमा कैल्यै नदेखेको सूचना !
बाहिर निस्केँ । गार्डलाई सोधेँ - बैंकले खातामा होल्ड गर्ने पैसाको अंक बढाएको हो ? मलाइ त सीमा नाघ्यो भन्छ एटीएम !
गार्ड- सीमा ५ लाखको हो । तपाइँले एक महिनामा त्यति झिकिसक्नु भो होला ।
म - छैन । कहाँ झिक्नु त्यति !
गार्ड - भित्र स्टाफलाई सोध्नुस् ।
बैंक पसेँ । सामाजिक दुरीको लफडाले बैंकभित्र तीन हात परै रोकियो । परैबाट महिला कर्मचारीलाई भनेँ - मलाइ एटीएमले सीमा नाघ्यो भन्यो । खातामा कतिसम्म राखेर एटीएमले पैसा दिन्छ ?
उनी बडो रुखो पारामा बोलिन् - ५ लाख झिकिसक्नु भो होला । त्यो भन्दा बढी एक महिनामा निकाल्न मिल्दैन एटीएमबाट ।
म- मैले झिकेको छैन । अनि मिनिमम ब्यालेन्स कति हुनुपर्छ ?
बैंक कर्मचारी - ५ सय राखेर बाँकी निकाल्न मिल्छ ?
म - मैले सीमा नाघ्ने झिकेकै छैन । अनि मेरो कार्डमा किन एटीएमले त्यसो भनेको ? चेक गर्दिनु हुन्छ ?
बैंक कर्मचारीले रिसाएको पारामा हेर्नुभो, रिप्लाउनु भएन ।
उहाँको मुद्रा देखेर फेरि सोध्न मन लागेन।
बाहिर निस्कँदै गर्दा देखियो, भित्रबाट प्राविधिकहरूले त्यो एटीएम खोलखाल पर्दै रहेछन्। अनि भित्रको गार्डलाई सोधेँ - के हुँदै हो?
उनी बोले - एटीएमले काम गरिरहेको छैन । मर्मत चल्दैछ ।
काम त गर्दै थियो, त्यो सूचना दिने ! कारण त्यस्तो रहेछ ।
अनि दुई किमि पर्तिरको एटीएम पुगियो । त्यसले अघिल्लो जस्तो सूचना देखाएन ।
Bhim Prasad Ghimirehttp://www.blogger.com/profile/01083707530713845950noreply@blogger.com0tag:blogger.com,1999:blog-998931820621270254.post-58241793546987973692020-03-31T13:03:00.003+05:452020-03-31T17:25:06.767+05:45लकडाउन छटपटी
ब्लगमा ती कुरा लेख्छु, जो खबरी कुराभन्दा भिन्न
हुनेछन् । तर त्यो क्रमलाई निरन्तरता दिन सकिएन । आज फेरि यौटा लेख पढेर दिक्क लागेका
र नारी पत्रिकाको मुद्रण तथा वितरण शुक्रबारपछि केही दिनका निम्ति स्थगन हुनेछन् ।
त्यसपश्चात् हामी दैनिक रूपमा परिस्थितिको आँकलन गर्नेछौं र हालको स्थितिमा अलिकति
थिच्छौं, फोन-म्यासेज गर्छौं । समय कटाउन साह्रै गाह्रो हुन्छ
। जब उ आइपुग्छ, हामी त्यो दिक्दारी सबै बिर्सन्छौं । आवेशमा
आउनेहरूका लागि प्रवचनहरूमा सुन्न पाइने राम्रो कुरा के छ भने 'तपाइँलाई रिस उठ्यो भने म किन रिसाएको हुँ ? रिसाउनु
कतिको जायज हो ? नरिसाउँदा हुन्थेन र ! भनेर सोच्नू ।'
सोच नै एकाग्र हुन नसकेका बेला यस्ता कुरा दिमागमा ल्याउनै सकिँदैन ।
ल्याउन प्रयास गर्दा पनि सजिलो पक्कै होइन । यदि सोचियो भने रिसको तापक्रम घट्छ । मान्छे
सेट यसको एउटा प्रयास हो । आवेशमा आएको कसैको समय बाटामा केहीबेर ध्यानाकृष्ट गर्ने
उपक्रम हो भनेर बुझौं । खुल्ला आएपछि अहिले कस्तो अनुभव गरिँदै भनेर बिर्सिहालिन्छ
। यति प्रष्ट भए हुन्छ यो कोही पाठक लक्षित लेखाइ होइन । आफूलाई लागेको दिक्क पोख्न
सिलसिला मिलाउन गाह्रो पर्छ । समाचार सम्पादन गर्ने, प्रुफबाट
आएपछि तिनलाई निस्चित पेजमा सबमिट गर्ने, जिम्मेवारी तोकिएको
पेजका लागि समाचार र फोटा ठिक्क पार्ने, पालो परेका
डिजाइनरसँग मिलेर पेज तयार पार्ने । सल्लाहमा त्यसमा पुनः आवश्यक सम्पादन गर्ने । अरूले
बनाएका पेज पनि हेरेर त्रुटी वा सुधारका सल्लाह दिने । डेस्क, प्रुफ र डिजाइनर गरेर २०/२२ जनाले गरिरहेको कामलाई एक्लाएक्लै घर घरबाट अनलाइन
बन्द गर्नु हुन्थ्यो/हुँदैनथ्यो भन्ने बहसमा मजस्ता डेस्कमा काम गर्नेभन्दा
वितरण र प्रेसका साथीहरूले मज्जाले बताउन सक्लान् । व्यवस्थापनले उनीहरूसँग पक्कै कुरा
घरपरिवार छ, जोखिमको अवस्थामा अरूले घर घरबाट काम गरेर तल्लो
तहमा काम गर्ने कर्मचारीको ज्यानको सुरक्षाप्रति गैरजिम्मेवार बन्न पक्कै मिल्दैन ।
अहिलेका लागि जे होस् स्थितिमा सुधार आउनेछ, हाम्रो दिनचर्या
दोस्रो सातादेखि नै बाहिरभन्दा अफिसमै धेरै सतर्कता थियो । लिफ्टको ढोकैमा ज्यानको
क्यान्सिल गरेर थोरै बस्ने, काम गर्नेहरूले दुरी मेन्टेन गर्ने,
हात धोइरहने र रिपोर्टिङमा काम गर्नेले 'भर्चुअल'
हरैंचा नपा-३ लोचनी । गत बैशाखमा मैले पोखरा छाड्दा आफ्नो दसक पुरानो दुइपांग्रे वाहनलाई
भने । 'स्प्लेन्डर प्लस' दिवा सेवाको बसको छतमा चढेर भाइकहाँ विराट चोक पुगेको थियो । म सपरिवार संघीय
आउनू ।' सवारीसाधन जसको नामको ब्लुबुक होस्, चलाए हुन्छ । सवारीधनीलाई समस्या त्यसबेला पर्छ, जब त्यो
कुनै दुर्घटनामा पर्छ । अझ त्यो सवारीसाधन 'लाइसेन्स'
नभएकाले हाँके र दुर्घटनामा पर्यो भने सवारीधनी नै पक्राउ परेका घटना
देख्न-सुन्न मिलेकै हो । यसैले म घर नगइ नहुने भयो । साथीहरूको आलोपालो बिदा मिलानका
क्रममा मैले 'होली' मा जाने मूड बनाए पनि
फेरिए । करिब तीन घण्टा लाग्यो नामसारीको प्रक्रिया पूरा गर्न । काठमाडौं छाड्दा अफिस
र बाटामा देखेजस्ता मास्कधारी इटहरीमा कमै थिए । देख्न मिलेको कोरोना सतर्कताको कुरा-
गोरखा डिपार्टमेन्टल स्टोरले प्रदेशद्धार बाहिर धारा र साबुनको व्यवस्था गरेको थियो
शुक्रबारदेखि मंगलबारसम्मका ५ दिनको बिदा लेखेर हिँडेको थिएँ । शुक्रबारै अफिसबाट खबर
बन्द गर्दैछ ।' हामी जोडी नै घर गएका थियौं । दसैं-दसैंमा मात्रै
भाइको बसोबास छ । भाइका छोराछोरी पनि ठूलोबा-ठूलीआमा केही दिन बस्छन् भनेर खुसी थिए
हामीलाई फिर्न हतार भयो । मुल काम मोसा नामसारी थियो, त्यो भइसकेको थियो । अरू भेटघाट, खानपान र किनमेल अरू
फिर्ने टुंगो गरियो । बिहान ३ बजे नै हिड्ने टुंगो भयो । आइतबार बिहान साढे ४ बजे माइक्रोले
काठमाडौं पुग्ने टुंगो भयो । बाटामा निकै कम गाडी काठमाडौं जाने भेटिए, जति देखिन्थे, उनीहरूमा पनि फाट्टफुट्टमात्रै यात्रु
बीच घरमा भेला भइरहेका थिए । हामीलाई भने कर्म क्षेत्र जानै परेको थियो । आइयो । सोमबार
नित्य कर्म सकेर एकपटक मोटरसाइकलसम्म पुग्नु, केहीबेर
स्टार्ट गरेर घ्यार्र-घ्यार्र पार्नु, अनि भान्सा पसेर चिया पिउनु,
ल्यापटप खोलेर बस्नु, अफिसका जिम्मेवारीमा परेका
काम गर्नु, खाना खानु, टिभी हेर्नु र बेला
होला भन्ने अनुभव गराएको छ । स्थितिले कोठा, चोटा, सुत्ने कोठा, भान्सा र बाथरूमबाहेक बाहिर जान नपाउनुका
'डायलअप' को जमाना किन नसम्झाओस्,
चलेको छ । रिङ गरेपिच्छे 'कोभिड-१९' बाट बच्न 'यसो गरौं उसो गरौं' भनेर
डेरा नजिक डोरीको घेरा हालेर पनि किराना पसल खुलेका छन् । शायद जेलको बसाइँ यस्तै हुँदो
हो । हाम्रोभन्दा जेलको बसाइ कष्टकर हुनुपर्छ । किनभने त्यहाँ आधारभूत सुविधा थोरै
पसल खोलेर सरसफाइ गरेर ग्राहक कुरिरहेका उनीहरू बेलुकी अबेरसम्म त्यही पसलको चौघेरामै
बस्न सकेका हुन् । मलाइ पछिसम्म लागेको के हो भने आफू पनि त्यसरी तिनै पसले जसरी बस्न
सक्छु । लाग्नु र सक्नु फरक कुरा हो । कल्पना र भोगाइ फरक पर्छन् भन्ने यो अहिलेको
बन्दाबन्दीले नै अनुभव गराइरहेको छ । छोराले १२ पूरा गरूञ्जेलका दुई वर्ष म आफ्नो 'बाइलाइन' को माया गर्दिन, नेपथ्यमा
रहेर काम गर्छु भनेरै पोखराको चार वर्षे बसाइलाई बिट मार्दै काठमाडौं आइयो । करिब १०
पारिएका काम गरिएको छ । केही यस्ता साथीहरू भेटिएका थिए, जो लामो
समय काठमाडौंमा काम गरेर घर फिरेका थिए । उनीहरूको 'समाचार सम्पादन'
र 'पेज सेटिङ' को खुबी अति
मन परेको हो । उनीहरू किन फिरेछन् भन्ने चाहिँ यतिबेला काठमाडौंको बसाइले मलाइ राम्रैसँग
बसाइँ । थुप्रै आयाम छन् काम गराइका जसले आशा जगाउने र निराश पनि पार्ने रहेछ । अरू
जिल्लामा बसेर काम गर्नु र काठमाडौंको रुटिनमा एउटै मुल फरक हो, काठमाडौं जे चाहन्छ त्यो पस्कन्छ, अरूले त्यो ग्रहण गर्नैपर्छ
भएछन् । मोबाइलबाहेक अर्थोक नचाहिने भएछ । बाबुले घरबाटै अफिसका काम गर्नुपर्दा कम्प्युटर
भए पनि शून्य । आमाका घरभित्रका आफ्ना नियमित कामलाई लकडाउनले फरक पारेको छैन । भात-भान्सा,
डरलाग्दो स्थितिमा परिवारका सबै सँगै भइन्थ्यो, हतार छ भनेर गइहाल्यौं
।' कोरोनासँग डराएर यसरी देश बन्दाबन्दी होला भन्ने कसलाई थाहा
चर्को विरोध हुन्थ्यो । तर यो अवस्था सबैको ज्यानको जोखिमसँग जोडिएको छ । यतिबेला हामी
सशस्त्र र सेना सडकमा छन् । भाइरसले सुरक्षाकर्मी र सर्वसाधारणमा विभेद
गर्दैन । कर्तव्यका लागि काम गरिरहेकाहरूका परिवारमा कति चिन्ता होला ? के सोच्दा होलान् ? उनीहरू आफैं पनि यो जोखिममा कसरी
Bhim Prasad Ghimirehttp://www.blogger.com/profile/01083707530713845950noreply@blogger.com0tag:blogger.com,1999:blog-998931820621270254.post-43873019412495867832019-10-14T14:23:00.000+05:452019-10-14T14:26:47.457+05:45Swallow birds - गौथलीको घर
सिकारी जिवजन्तुबाट ज्यान सुरक्षार्थ नजिक बस्न मन पराउँछन्
तर, न हाम्रो नियन्त्रण रुचाउँछन्, न त दिएको खान्छन् ।
चन्द्रागिरी नगरको मच्छेगाउँमा एकजनाले बाँसमा धेरैवटा प्वाल पारेर भँगेरालाई आश्रय दिन एक प्रकारको बास बनाउन सकिने जुक्ति लगाए । आफ्नो जुक्ति उनलाई यति मन पर्यो की त्यसको नमुना गाउँमा आयोजित कार्यक्रमका प्रमुख अतिथिलाई ल्याएर देखाए । अपेक्षाविपरीत ती बयोबृद्ध अतिथिले भने 'योभन्दा पनि अर्को उत्तम उपाय छ । तपाइँ पाटन आएका बेला मेरो घर पस्नुस् ।'
उनी बकुम्बहाल आए । देखे- भीत्तामा दुइ खण्ड छन् । एउटामा १८ र अर्कोमा १४ वटा प्वाल । भँगेरामात्रै ठिक्क पस्न-निस्कन मिल्ने बनाइएको छ । मान्छे र विरालोको पहुँचभन्दा निकै माथि । तल चारो टिप्ने र पानी खाने-खेल्ने सुविधा पनि छ । चरा आवास क्षेत्र रहेको घर हो संस्कृतिविद् सत्यमोहन जोशीको । भँगेरा चिन्तक छक्क परे, यस्तै केही गर्छु भन्दै प्रभावित भएर फिरे । 'मैले यो बनाउन लगाएको १०/१२ वर्षमात्रै भयो । थुप्रै भँगेरा बस्छन्,' जोशी भन्छन्, 'पुण्यकर्मको फल राम्रै प्राप्त हुन्छ भन्ने धर्म मान्ने समाज भएसम्म मान्छेले आफ्ना लागि मात्रै होइन, वरपरका सबै प्रणालीका लागि सोच्थ्यो । अब त्यो जमाना गयो, चराले बास पाउन गाह्रो हुँदै गएको मान्छे स्वार्थी भएर हो ।' सभ्यताको विकासक्रमअघि जब मान्छे ओडारमा बस्थे, लुगा लगाउन सिकेका थिएनन् । त्यो बेला चराहरूले गुँड लगाउने, जोडी भएर समाज मिलेर बस्ने र चल्ला हुर्काउने गरेको देखेर मान्छेले सिकेको हुनुपर्ने जोशीको तर्क छ । 'गौंथलीले घाँसपरालका त्यान्द्रा हिलामा चोबेर बनाउने गुँड, माकुराले बुन्ने जाल उसका लागि बास र आहारको व्यस्थापन आफैंमा बैज्ञानिक विधि हो,' उनी भन्छन्, 'त्यो देखेका पाषाण युगका मान्छेले प्रयोगका तरिकामात्रै सिकेनन्, आफ्ना लागि चाहिनेभन्दा धेरै विकास गरे । चराचुरुंगी र जनावर जस्ता थिए, उस्तै छन् ।' प्रकृतिप्रदत्त आफ्नो अवस्थाबाट नफेरिएका जिवजन्तु संरक्षणको दायित्व मान्छेकै भएको उनी बताउँछन् । अरु छाडौं, यो कथामा हामी गौंथलीका कुरा केलाउँछौं । मात्र गौंथली ।
०००
बागलुङ बजारको आवा रोडका थुप्रै पसलहरूमध्ये एउटाको सटरमाथि प्वाल अलि अनौठो छ । टिन उधारेर बनाइएको छ । किन त्यसो गरिएको भन्ने स्थानीयलाई थाहा छ । किराना पसले गणेश लम्साल आगन्तुकलाई कारण बताउन धक मान्दैनन् ।
'चरा सेवाका लागि हो यो तारतम्य,' उनी भन्छन्, 'यति गरेपछि गौथलीले भित्र-बाहिर गर्न सटर कतिबेला खोल्छन् भनेर पर्खनु परेन । कतै जान परेर दिउ“सो पसल बन्द गर्नुपर्दा हामीलाई पनि चिन्ता भएन ।' लम्सालले पसल थालेको २० वर्ष भयो, अहिलेको ठाउँमा सरेको सात वर्ष। 'पहिले बसेको घर ढुंगामाटोको थियो, त्यहाँ चारवटा गुँड थिए,' उनी भन्छन्, 'अहिलेको ठाउँमा एउटा गुँड छ । जोडीले वर्सेनी चल्ला हुर्काउँछन् ।'
बेच्न के राखिन्छ, त्यसैले तय गर्छ पसल कतिबेला खोल्ने । पोखरा-२५ हेम्जाकी चन्द्रा दाहालको लामाचौतारामा सटरमा औषधि पसल छ । 'एकाबिहानै खोल्छु, बेलुकी यिनीहरू बास बसेपछि ल अब बन्द गरेपनि हुने भयो भन्ठान्छु,' उनी भन्छिन्, 'पसल थालेको ११ वर्ष भयो । सुरु गरेदेखि नै गौंथलीले गुँड लगाएको छ ।' गौथलीका चिरबिर मन परेपनि आफू सफा रहने तर, भीत्ता र आफ्ना गुँड मुन्तिर फोहोर पानी बानी मन नपर्ने उनले बताइन । 'यसले गुँड लगाएकाले गर्दा पसल बन्द गरेर २/४ दिन कतै सञ्चोले जाउँ-बसौं भनेपनि पाइँदैन,' उनले भनिन् । किन र ? गौथलीले पसल बन्द नगर्नु भन्छन् ? भन्ने प्रश्नमा उनले एउटा घटना सुनाइन । एकपटक काम परेर बाहिर जाँदा पसल ३/४ दिन बन्द भयो । त्यो बेला गुँडमा गौथलीका चार बचरा थिए । 'फर्केर पसल खोल्न आउँदा सबै बचरा मरेका रहेछन्,' उनले भनिन्, 'सटर बन्द भएकाले माउ छिर्न नपाएपछि खानै नपाएर बचरा मरेछन् । त्यो देख्ता कति ठूलो अपराध गरिएछ भनेर धेरै दिनसम्म नरमाइलो लागिरह्यो । त्यो दिनदेखि मैले यिनीहरूलाई बाधा पर्नेगरि पसल बन्द गरेकी छैन ।' वर्सेनी गौंथलीले गुँडमा चल्ला हुर्काएर उडाउने गरेको उनले बताइन ।
ताप्लेजुङको फुङलिङ-४ पुरानो बैंक रोडका योगेन्द्रबहादुर गुरूङको घरमा गौंथलीको पनि बास छ । जोडी आउँछन्, फुल पार्छन् । चल्ला हुर्काउँछन् र, उडाएर लैजान्छन् । वर्सेनी आउजाउको क्रम चलिरहँदा उनलाई लाग्छ- 'यिनीहरूले मेरो घरलाई प्रसूतिगृह नै ठान्छन् । केही महिना हराउँदा चाहिं यिनीहरू कहाँ जान्छन् होला ?
०००
'गौंथली परापूर्वकालदेखि मान्छेका साथ छन्, यिनीहरू बीच बीचमा कहाँ जान्छन् भन्नेमा अनेक तर्क छन्,' लण्डन जूलोजिकल सोसाइटीका नेपाल प्रमुख डा. हेमसागर बराल भन्छन्, 'यसबारे थुप्रै अनुसन्धान पनि भएका छन् । हामीले साझा नाम गौंथलीमात्रै भनेर चिन्ने गरेपनि यो वर्गमा दुइथरि चरा छन् -स्वालो र मार्टिन ।'
नेपालमा गौंथली ११ र मार्टिनका १० प्रजाति पाइन्छन् । नेपालमा पाइएकामध्ये ५ प्रजातिले गुँड लगाउन मान्छेका घर, गोठ, भवन र मठमन्दिरजस्ता संरचनाको आश्रय लिने उनले बताए । 'हामीले धेरैजसो देख्ने र काठमाडौं उपत्यकामा घरमा गुँड लगाएको पाउने चरो घरगौंथली नै छ,' उनी भन्छन्, 'अहिले काठमाडौंभित्र खोज्दै गए गौंथली घरमा छन्, मार्टिन केही बाहिर छेउछाउमा पुगेका छन् ।' गौंथलीका केही प्रजातिले रूखको हाँगा र टोड्कामा पनि गुँड बनाउने उनी बताउँछन् ।
गौंथली तराइदेखि पहाडसम्मै पाइन्छन् । सुरक्षित बास क्षेत्र चिन्ने यी चरा असुरक्षित भएमात्रै प्रजनन् याममा गुँड बनाउन नयाँ ठाउँमा जान्छन् । मान्छेका छेउछाउ बस्दा यिनीहरू विरालो, मुसा, स्याल र र्सपबाट आफू सुरक्षित हुने बुझछन् । छेउछाउ बसेपनि मान्छेको नियन्त्रण भने यिनले रुचाउँदैनन् । त्यसैले कसैले गौंथलीलाई घरपालुवा बनाएर पाल्ने गरेको पाइँदैन । खान दिनु पनि पर्दैन ।
०००
हामीले गौंथलीमात्रै भन्दै आएका चराहरू स्वालो, मार्टिन र स-वीङ्स वा हिरण्डनेडी जेसुकै हुन्, सबै पासेरिन परिवारअन्तर्गत पर्दछन् । भँगेरा पनि यही वर्गमा पर्छ । तर, भँगेराभन्दा आनीबानी र रुपरंगमा गौंथली धेरै फरक हुन्छन् ।
हिरण्डनेडीमा मात्रै पर्ने चरा ९० प्रजाति छन् । यिनलाई १९ वटा बायोलोजिकल जिनसमा वर्गिकरण गरिएको छ । यूरोप र उत्तरी अमेरिकामा पाइने प्रजाति फिरन्ते छन् । धेरै लामो दूरी यात्रा गर्छन् । पश्चिम र उत्तरी अफ्रिकामा पाइने रैथाने प्रजाति छन् । दुइ उपप्रजातिमा स्युडोसेलेडोनोनी (रिभर मार्टिन) र हिरण्डनेडी (सबै गौंथली, मार्टिन र स-वीङ्स) पर्छन् । चरा बारेका विभिन्न जर्नलहरूका अनुसार मार्टिन गोलो र स्वालो काँडाजस्ता पुच्छर भएका हुन्छन् । यी दुइ प्रजातिमा बैज्ञानिकले फरक भेटेका छन् । मार्टिनमा पछिल्लोपटक प्रोग्यु जेनस पाइएका छन् । सेण्ड मार्टिनलाई बैंक स्वालो पनि भनिन्छ । यो चरो लामो दूरि यात्रा गर्न सक्षम छ ।
०००
५५ किमि प्रति घण्टाको गतिमा उडान भर्न सक्ने गौंथलीका विभिन्न प्रजातिमा संसारभर पाइएको संख्याबारे चराविदका मत फरक फरक छन् । अधिकांशले यसका प्रजाति ९० वटा हाराहारी भएको जनाएका छन् । साधारणतः कालो, खैरो, हरियो, नीलो र सेता रंगको मिश्रण भएका हुने यी चराका फिरन्ते प्रजाति दक्षिण एशियाली मुलुकमा सेप्टेम्बरबाट आउ“छन्, मेमा र्फकन्छन् । समुहमा उड्छन् । प्याला जस्ता गुँड बनाउँछन् । पुच्छर बाहिरिने भएकाले गुँड बाहिर बिष्ट्याउँछन् ।
बेलायतबाट दक्षिण अफ्रिकासम्म ६ हजार माइलको यात्रा गर्ने यो चरोलाई मौसमको राम्रो जानकारी रहन्छ । गौंथली आकाशमा तल तल उडेका छन् भने पानी पर्ने अवस्था र निकै माथि उडे मौसम सफा रहन्छ भन्ने बुझे हुन्छ । आँखा खैरो, ठोंड र खुट्टा कालो, चुचो मोटो र सानो हुने गौंथलीहरू उड्दा उड्दै किरा-फ्टयांग्रा सिकार गर्छन् ।
शरद ऋतुको समाप्तिसँगै बेलायतमा फाट्टफुट्टमात्रै रहने गौंथली आफू आएका क्षेत्रमा फिर्छन् । जुलाइको अन्तिमबाट बेलायत छाड्न सुरु गर्छन् । अगस्ट मध्यसम्म गौंथलीका बथान इथोपिया पुग्छन् । अक्टुवर दोस्रो सातासम्म रोडेशिया र दक्षिण अफ्रिका पुग्छन् ।
गुँड एकैपटक छाड्दैनन् । उत्तरी यूरोपबाट दक्षिण अफ्रिकाको ११ हजार किमिको दूरी यो सानो चरोका लागि साहसिक यात्रा हो । तर, जसरी जान्छन्, त्यसरी नै फिर्छन् । अप्रिलमा दक्षिण अफ्रिका छाडेर बेलायत आइपुग्छन् ।
पूर्व क्षेत्रका गौथली हिउँदका श्रीलंकाको दक्षिणी भाग, लक्ष्यद्धीप र भारतको अण्डमान द्धीपमा आइपुग्छन् । सेप्टेम्वर र अक्टुवरमा कर्नाटक र निलगिलर पर्वतसम्म पुग्छन् । सेप्टेम्बरको तेस्रो, चौथो साता उत्तर र दक्षिण कोरिया, ताइवान, मलय, थाइल्याण्ड आदि देशमा पुग्छन् । अप्रिलमा पुनः अण्डमान आइपुग्छन् । सधैं बस्ने र प्रजननका लागि आउनेगरि नेपालमा पाइएका गौंथली दुइथरिका छन् ।
यो मात्रै यस्तो चरो हो, जसले प्रवास यात्रा निश्चित दिन र तारिखमा गर्छन् । समयप्रति अनुशासित हुन्छन् । दिनको उज्यालोमा मात्रै उड्छन् । ठण्डी मुलुकमा गर्मीयाममा मात्रै पाइने यो चराका प्रजाति नेपालमा भने तराइदेखि पहाडसम्मै पाइन्छन् ।
अधिकांश गौंथली माथि फलामे रंगको झलक, नीला, तल हलुका पँहेला हुन्छन् । पुच्छर विरालाले चिथोरेको जस्तो देखिन्छ । कुनै कुनै प्रजाति असाधारण रूपमा लामो पुच्छर भएका हुन्छन् । लामपुछ्रेलाई वायर टेल्ड स्वालो भनिन्छ । यो प्रजाति घरगौथलीका तुलनामा जिउ सानो भएपनि सुन्दर देखिन्छ । त्यसलाई छेउछाउ सिमसार वा पानी भएको क्षेत्र मन परेपनि गुँड मान्छेकै घरमा बनाउछ । अप्रिलबाट अगस्टसम्म यसको प्रजनन् समय हो ।
गौथलीका सबै प्रजाति घरमै बस्ने होइनन् । एउटा प्रजातिले नरिवल र ताडीजस्ता रूखमा गुँड लगाउँछ । स्वतन्त्रता मन पराउने चरो मान्छेका समीप बस्छ तर, नियन्त्रण रुचाउँदैन । गुँड आफैं बनाउँछ, आहारा खोज्ने र चल्ला हुर्काउने आफैं गर्छ । अरुको हस्तक्षेप सहदैन । प्रतिकार गर्दैन तर, हस्तक्षेप भए गुँड छाडेर जान्छ । यिनीहरू भाले पोथी संसर्ग जंगलमा गर्छन् । यिनीहरू खेतबारीका कीरा खान्छन्, किसानलाई सघाउँछन् ।
प्रवास यात्राका दौरान उडानको गति प्रतिदिन तीन सय किमि हुन्छ । आकार साधारणतया १९ सेमीसम्म र यिनको वजन बढिमा २५ ग्रामसम्म हुन्छ । हावामा उडानकै बेला किरा, फट्यांग्रा र पुतली खान्छन् । भालेको पुच्छर पोथीभन्दा केही लामो हुन्छ । झट्ट हेरेर कुन भाले र पोथी भनेर छुट्याउन सजिलो छैन ।
लामो र सोझो पुच्छर भएका भालेमा पोथी आकर्षित हुन्छन् । पोथीले एकपटकमा ३ देखि ५ वटा फुल पार्छे, यो अवधि करीब १५ दिनको हुन्छ । फुल सेता र खैरा रंगका हुन्छन् । भाले पोथी दुवैले फुल र चल्लाको हेरचाह गर्छन् । चल्ला हुर्केर उड्न थालेको दुइ सातापछि गुँड छाड्छन् । भाले पोथी मिलेर गुँड हिलो माटो र घाँस ल्याएर बनाउँछन् । भीत्तामा टाँसिएको कचौरा आकारको गुँड बलियो हुन्छ । हावाहुण्डरी नलाग्ने मान्छेको कदभन्दा केही अग्ला ठाउँमा बनाएका हुन्छन् ।
बनाउन थालेका गुँड कुनै कारणले खसेर क्षति भए यिनीहरू निरास हुँदैनन् । फेरि बनाउन जुटिहाल्छन् । हावाहुरी आइहालेपनि अरु चराको जस्तो गुँड नखस्ने हुन्छ । गौथलीका जोडी एकपटक बनाएका गुँड पटक-पटक प्रयोग गर्छन् । प्रजननको याममा घुमेर फिरेपछि आवश्यकताअनुसार गुँड मर्मत पनि गर्छन् । विरालो, लाटोकोसेरो र मुसाबाट यो चरालाई जोखिम रहन्छ । यिनीहरूको उमेर औसत ३ वर्ष हुन्छ ।
०००
घर, भवन र मठमन्दिर लगायत पुराना मौलिक शैलीमै रहनुपर्छ भन्ने अभियान चलाइरहेका भक्तपुरका रवीन्द्र पुरीले जर्मनीबाट पढेर फर्किएपछि भक्तपुरमा एउटा पुरानो घर जिम्मा लिए । पुनर्निमाणपछि नाम दिए- नमुना घर ।
भक्तपुरमा पुगेर पुरातल शैलीका घर हेर्नुपर्दा आगन्तुक नमुना घर पुग्न छुटाउँदैनन् । पुरानो ढाचालाई शैली नबिग्रिनेगरि उक्त घर उभ्याइएको हो । यसका लागि काठमाडौं उपत्यकाका पुराना कालिगढ नै खटिएका थिए । 'पुनर्निर्माण गर्दा थाहा भएको एउटा कुरा मेरा लागि नौलो भयो,' पुरी भन्छन्, 'उपत्यकाका पुराना कालीगढले एउटा खापो राखेर चरालाई बस्न मिल्ने ठाउँ राखिदिने रहेछन् । तिनमा भँगेरा बस्दा रहेछन् ।' घर, भवन बनाउ“दा चराका लागि पनि बास निश्चित गरिदिए बनाइदिए परलोकमा आफूले सजिलो बास पाउने विश्वास रहेको उनले बताए । 'मान्छेले घर बनाउँदा आफ्नो सजिलो बासका लागि मात्रै सोच्छ,' उनी भन्छन्, 'त्यसरी चराले पनि बस्न पाउनुपर्छ भनेर बनाउँदै सोचिनु अनौठो पनि लाग्यो ।' आधुनिक शैलीका घर बनाउनेहरू कसैले पनि चरा बसोस् भन्ने चाहना राख्ने पाउनु दुर्लभ भएको उनले बताए ।
थुप्रै मठ मन्दिर रहेको काठमाडौं उपत्यकामा परेवा र लाटोकोसेरोले वास पाउन गाह्रो छैन । तर, साना चराका लागि भने बास र आहारा दुवै दुर्लभ हुँदै आएका छन् ।
०००
भैंसेपाटीबाट लाजिम्पाटस्थित अफिस आइपुग्ने बाटोमा अधिकांश दिन उनको ध्यान कुपोण्डोलले खिच्छ । जहाँको एउटा पुरानो घरमा उनी अध्ययन क्रममा बेला बेला पुगेकी थिइन । नेपाल पंछी संरक्षण संघकी कार्यकारी अधिकृत इशाना थापाले सन् २००१ मा एमएस्सी सिध्याउने बेला थेसिसको विषय थियो - गौंथली घर ।
गौथलीको बग्रेल्ती बास एउटै घरमा देखेर छक्क परेका ताइवानी पर्यटकको एउटा समुहले त्यहाँ आएर लेखिदिएका थिए - स्वालो हाउस । १८ वर्ष बित्यो । अब त्यहाँ न त्यो पुरानो घर छ, न त त्यस्तो ठूलो गौथलीका बथानको बास । 'त्यहाँ किराना पसल थियो, बेलुकी त्यो पसलको चालामाला अरुभन्दा अलि अनौठो थियो,' उनी भन्छिन्, 'उनीहरू पसल बन्द गर्नुअघि सामान ठूलो प्लाष्टिकले छोपछाप पार्थे, गौंथलीको विष्टाले फोहोर नहोस् भनेर ।' करीब ४०/४२ जोडी गौंथली तछाडमछाड गर्दै बसेको सधैं देख्न पाइने त्यो घर अन्त देखेभन्दा अनौठो लागेको उनले बताइन । 'मलाई हेर्दाहेर्दै चाख लागेर थेसिसका लागि त्यही विषय छनोट गरेकी थिएँ,' उनले सुनाइन, 'अहिले पुरानो घर भत्काएर त्यहाँ नयाँ पक्की घर छ । गौंथलीका हुलले शायद अर्को ठाउँमा बास सारे ।'
संघले वर्सेनी सहरी चरा गणना गर्न थालेको छ । उल्लेख्य संख्या र बासका आधारमा सहरमा गौंथली १० औ नम्बरमा पर्छ । सन् २०१७ मा काठमाडौंका २१ स्थानमा पुगेका गणकले ३४० र जाडोमा १७ ठाउँमा २९८ जोडीले गुँड लगाएका गौंथली भेटे । चालु वर्ष २०१९ मा २२ ठाउँमा ३४३ जोडीले गुँड लगाएको पाइएका छन् ।
मान्छेले पुरानो घर किन्दा बस्नयोग्य बनाउन सकिन्छ भने मर्मत गर्छ । खाली जमिन किने त्यसमा थातबास उभ्याउँछ र, त्यसमा परिवार सार्छ । 'गौंथली पनि अत्यावश्यक नभए, नयाँ ठाउँ नरोजेसम्म नयाँ गुँड बनाउँदैनन्, पुरानैमा बस्छन् । खाँचोअनुसार मर्मत गर्छन्,' उनी भन्छिन्, 'यो बानी अरु चरामा देख्न गाह्रो छ ।' मान्छेसँग नजिक भएकैले गौंथलीका गतिविधि र बिम्ब साहित्यमा बारम्बार प्रयोग भएका छन् । आजभन्दा ८४ वर्षघि कवि शिरोमणि लेखनाथ पौड्यालले लेखेका छन् -
म बस्ने कोठाकै दलिन-बिचमा गौंथली बस्यो
पिटाएको तन्नाउपर फिर मैला पनि खस्यो ।
मलाई त्यो देखी हृदयबिच लाग्यो किरकिरी
चरी बोल्यो मेरो मन सब बुझी त्यो चिरिबिरी ।।
(२५ असोज २०७६ को कान्तिपुर कोसेलीमा प्रकाशित)
Bhim Prasad Ghimirehttp://www.blogger.com/profile/01083707530713845950noreply@blogger.com0tag:blogger.com,1999:blog-998931820621270254.post-12553533650674796002019-09-16T12:05:00.000+05:452019-10-15T10:33:18.313+05:45Fwa baga re - राही, कार्की र फ्वाँ बागा रे
रेलवे स्टेशनमा सधैं भेटिने दृष्टिविहीनले गाएको सुनेपछि राहीले एउटा नाटकमा प्रयोग गरेको गीत उत्तराखण्डमा कालजयी भएको छ ।
गत असार तेस्रो सातादेखि 'टिकटक' मा भाइरल कुमाउ-गढवालको गीत हो फ्वां बागा रे । साउनको महिनाभरि विरलै यस्ता दिन थिए, जुन दिन टिकटकका नेपाली प्रयोगकर्तामध्ये कसै न कसैले उक्त गीत बजाएर नाचेको संक्षिप्त भिडियो अपलोड गरेको नहोस् । संगीतलाई मानवताको भाषा भनिनु यहीँ चरितार्थ हुन्छ, भाषा नबुझेपनि धुन मन परे धेरैले सुनेकै हुन्छन् ।
कोरियन कलाकार साइको 'गङनम स्टाइल' होस् वा स्पेनिस-अमेरिकी भाषामा लुइस फोन्सी र ड्याडी यांकीले ल्याएको 'डेस्पासिटो ।' गीतहरू चर्चित हुनुका पछि संसारभरका संगीतप्रेमी भाषा होइन धुनको सम्मोहनमा परेको पुष्टि हुन्छ । यस्ता गीत जसमा कम्मर मर्काउन उपयुक्त छ, ती युट्युवमा धेरैपटक हेरिन्छन् । अब जे हेर्न र सुन्न खोजे पनि पाइन्छ भन्न सकिने अवस्था आइसकेको छ ।
भारत, उत्तराखण्डको क्यासेट कम्पनी नीलम उत्तराखण्डीले अपलोड गरेको 'फ्वां बागा रे' भिडियोविहीन छ । गीत र कलाकारका बारेमा पढ्न चाहनेका लागि अपलोडरले धेरै जानकारी दिएका छैनन् । ४ मिनेट ५६ सेकेण्डको गीत बजुञ्जेल गीतकार चन्दरसिंह राही, गायक/गायिका पप्पु कार्की र संदीप सोनूको एउटै फोटो मात्रै देख्न सकिन्छ । भिडियो नभएकाले गीतमा नाच्न चाहनेका लागि बजाएर आफ्ना भावभंगिमा आफैं तय गर्ने छुट छ । गत बुधबारसम्ममा ९३ लाख ३८ हजार भ्युज पुगेको गीत भारतको उत्तराखण्डबाट नजिक सुदूरपश्चिम र कर्णालीहुँदै विभिन्न भूभागका नेपालीको ध्यानाकर्षण गरिरहेको छ । भाषा बुझ्नेहरू गढवाली उक्त भाकाको नयाँ डीजे भर्सनमा रमाएका छन्, नबुझ्नेहरू इन्टरनेटमा अर्थ खोज्न वेबसाइटका लिंकहरूका क्लिक गरिरहेका छन् । टिकटकमा रमाउनेहरू गीत बजाएर नाच्दै छोटो भिडियो दिनदिनै अपलोड गरिरहेका छन् ।
०००
'फ्वां बागा रे' को कान्छो भर्सन युट्युवमा अपलोड हुँदा त्यसका मुख्य गायक पप्पु कार्की ३४ वर्षो उमेरमै दिवंगत भएको वर्षदिन र ७३ वर्षीय संकलक/र्सजक चन्दरसिंह राहीले भौतिक शरीर छाडेको तीन वर्ष बितिसकेको छ । गढवाली संगीतप्रेमीलाई गीतले पुनः दुवैलाई सम्झिरहन बाध्य पारेको छ । गीतमा कार्कीलाई बराबरीको साथ दिएका संदीप सोनु र कल्पना चौहान अहिले पनि उत्तराखण्डी गीत गाइरहेका छन् ।
गीतको चर्चा बढेसँगै विभिन्न अनलाइनहरूले 'फ्वां बागा रे' कसरी सिर्जना भएको हो भन्नेमा स्रष्टा चन्दरसिंह राहीले विभिन्न कार्यक्रममा बताएका प्रसंगलाई उल्लेख गरेका छन् । सन् ६०/७० को दसकमा दिल्ली-लखनउहुँदै कोटद्धारको रेल स्टेसनमा एक दृष्टिविहीनले यो गीत गाउथे । तिनको गीत सुनेकाहरूले आफूलाई त्यो रेलवे स्टेसन आउजाउ गरेको अपनत्व अनुभव गर्थे । संकलक एवं र्सजक राहीले केही वर्षअघिको एउटा अन्तर्वार्तामा भनेका छन् 'मैले उसैको मुखबाट सुनेको गीतलाई पूर्णरूप दिएको हो ।'
कुमाउ-गढवालमा त्यो समय बाघको आतंक थियो । बाघ कसरी आउँछ, त्यसबाट कसले जोगाउँछ भन्ने दृष्टिविहीनले रेलवे स्टेसनमा यात्रीलाई गीतमा सुनाउँथे । गढवाली नाटककार राजेन्द्र धष्माणाको नाटक 'अर्ध ग्रामेश्वर' मा कोटद्धार रेलवे स्टेसनको दृश्य थियो । उनले राहीसँग सल्लाह गरे, नाटकमा स्टेसन कसरी देखाउने ? त्यसको झल्को दिलाउने उक्त गीत राहीले मुम्बइमा मञ्चनका बेला प्रयोग गरे । त्यसयता सन् १९८५ देखि धेरैजनाले फ्वाँ बागा रे पटक पटक गाउँदै आएका छन् । यूट्युबमै यसका थुप्रै भर्सन भेटिन्छन् । चर्चामा आएको पप्पु, संदीप र कल्पनाद्वारा स्वरबद्ध सबैभन्दा नयाँ भर्सन हो । जसरी झलकमान गर्न्धर्वका गीत नेपालीका नयाँ पुस्ता र अरु भाषाभाषीका कलाकारले गाएका भर्सन बेला बेला यूट्युवमा अपलोड गरिरहेका छन्, त्यस्तै छन् राहीद्वारा सिर्जना र संकलन भएका लोकगीतहरू । गीतले पुनः चर्चा पाउँदै गर्दा केही गढवालीले ब्लगमा लेखेका छन् - यो गीतले त्यो रेलवे स्टेसन र जमाना याद गराउँछ ।
०००
उत्तराखण्डको लोकसंगीत जगतमा भिष्म पितामह भनिने चन्दरसिंह राही गढवालको गाउँमा जन्मिएका थिए । पहिलोपटक सन् १९६३ मार्च १३ मा अल इण्डिया रेडियोको देल्ही स्टेसनमा उनले 'पर विना की' गाए । कार्यक्रम भारतीय सैनिकका लागि थियो । उनको लोकप्रियता सन् १९७० मा एआइआरको नजिवावाद स्टेशनबाट गीत बज्न थालेपछि बढेको थियो । सन् १९८० ताका जन उनको गीत दूरदर्शनबाट प्रसारण भयो, लोकप्रियता अझ चुलियो । लोकभाका संकलन, सिर्जना र आफैं संगीत दिने उनी सरल स्वभावका थिए ।
गढवाली लवज उनको मोहक थियो । रेडियोमा गढवालीले उनको आवाज मन पराउथे । सन् १९६६ मा उनले तयार पारेको 'दिल को उमाल' चर्चित छ । उनका प्रेरणाका स्रोत थिए गढवाली कवि कन्हैयालाल दान्द्रियल । चन्दरसिंह नेगी यात्रा गरिरहने भएकाले कन्हैयालालले नै उनलाई 'राही' को उपनाम दिएका थिए ।
राही गीत संकलन गर्थे, लेख्थे, धुन बनाउँथे र गाउँथे । उनका १४० वटा अडियो एल्बम छन् । जीवनकालमा उनले भारतका विभिन्न भागमा १५ सय हाराहारी सांगीतिक कार्यक्रममा प्रस्तुति दिएका थिए । उनले किताब लेखेका छन्, सामुहिक नृत्यका लागि धुन पनि बनाएका छन् । उनी ढोल, डमरु, दौर, थाली र हुड्की जस्ता लोकबाजा पनि बजाउथे । लोक संगीतको विभिन्न आयामबारे उनका पुस्तक प्रकाशित छन् । उत्तराखण्डका विभिन्न भेगबाट उनले आफ्नो जीवनकालमा उनले करीब २५ सय हाराहारी लोकगीत संकलन गरेका थिए । युवावस्थामा कामको खोजीका लागि उनी दिल्ली पनि बसे । कमाइको बचत उनले घरपरिवार र अचल सम्पती जोड्नको साटो उत्तराखण्डी लोक संगीतमा लगाए । पैसा हुनेबित्तिकै उनी एल्बम रेकर्डिङ गर्थे ।
०००
'फ्वां बागा रे' बाट उत्तराखण्ड बाहिर पनि चर्चा पाइरहेका पप्पु भनिने प्रवेन्द्रसिंह कार्कीका स्वरबद्ध तीन दर्जन गीत कुमाउ-गढवालमा सदाबहार छन् । गायन क्षेत्रलाई निरन्तरता दिनुअघि उनले निकै संघर्ष गर्नुपरेको थियो । घरको आर्थिक अवस्था नाजुक भएका उनी सन् २००३ देखि चार वर्षनोकरीका लागि दिल्ली गएका थिए । त्यहाँ प्रिन्टिङ प्रेस र बैंकमा कार्यालय सहयोगीको काम गरेका थिए ।
पछि उत्तराखण्डको रुद्रपुर फिरेका उनी सन् २००६ को उत्तराखण्ड आइडलमा फर्स्ट रनरअप घोषित भए । त्यसपछि भने उनको सांगीतिक करिअर अघि बढ्यो । लगालग एल्बमहरू निकाले । सबैजसो हिट भए । उत्तराखण्डका विभिन्न सहरमा कन्सर्टका लागि व्यस्त भए । सानैदेखि लोकगीतको गायनमा रमाउने उनका थुप्रै गीत चर्चित छन् । नैनीताल महोत्सवमा आफ्नो प्रस्तुति दिएर चार साथीसँग हल्दवानी फिर्दै गर्दा भएको कार दुर्घटनामा सन् २०१८ जुन ९ मा उनको निधन भएको थियो । छोरा ७ वर्षीय दक्ष कार्कीले पिताको गीत आएको भिडियो पनि यूट्युवमा झपलोड भएपछि पप्पुलाई सम्झनेहरू आशावादी छन् ।
'फ्वां बागा रे' को नयाँ भर्सनमा कार्कीसँगै स्वर दिएका कल्पना चौहान र संदीप सोनु गढवाली लोक संगीतका जमेका कलाकार हुन् । मुम्बइमा जन्मे-हुर्के पनि ५२ वषीया पिताको पुख्र्यौली थलोको भाषा जान्दछिन् । गढवाली गीत नै गाउँछिन् । चौहानका पिता मुम्बइ-गढवाल समाजका अध्यक्ष थिए ।
०००
इस्ट इण्डिया कम्पनीको नामबाट भारतमा शासन गरिरहेका अंग्रेजसँगको नेपालको युद्ध स्थगन इतिहासमा सुगौली संधीका नामले हामी पढ्छौं । सन् १८१५ डिसेम्बर २ मा उक्त सन्धी हुनुअघि
हालको भारतका उत्तराञ्चलका पर्ने कुमाउ र गढवाल नेपालमै पर्थे । सन्धीपछि नेपालले काली नदि पश्चिमका कुमाउ, गढवाल, सतलज नदि पश्चिमका का“गडा लगायत तराइका केही भाग ब्रिटिस इस्ट इण्डिया कम्पनीलाई फर्कायो । उनीहरूले सन् १८६५ मा नेपाललाई हालका बाँके, वर्दिया, कैलानी र कचनपुर फिर्ता गरे । सन्धी गरेकाले नेपालले आफ्नो अधिनस्थ दुइ तिहाइ भूभाग गुमाउनु परेको थियो ।
राजनीतिक घटनाक्रम र शासन व्यवस्थाको फेरबदलले देशका भूगोलमा प्रभाव पारेपनि नेपालका साँध सिमाना वारिपारि परेर बसेकाहरूको पारिवारिक सम्बन्ध अझै पुरानै छ ।जसरी मिथिलाञ्चल संस्कृतिको सीमाना देशको भूगोलले छुट्याएपनि छुट्टिदैन, मेची-कोसीका जिल्लाको असम, दार्जिलिङ र सिक्किमसँगको नाता छ । त्यस्तै छ सुदूरपश्चिम र कर्णालीका जिल्लाको उत्तराञ्चलसँगको भाषिक, सांस्कृतिक र पारिवारिक सम्बन्ध । मुलुकको पश्चिमी सिमाना कञ्चलपुरको नाका नाघ्नेबित्तिकै सुरु हुने उत्तराखण्डको भूगोल सुदूरपश्चिमका पहाडी जिल्लाभन्दा पृथक छैन । भाषा, भेषभूषा र रहनसहन मिल्ने भएकाले उताका लोकभाकामा सुदूरपश्चिम रमाउँछ, सुदूरका गीत संगीत कुमाउ-गढवालले चिन्छ । (एजेन्सीहरूको सहयोगमा)
(कान्तिपुर, कोसेलीमा २०७६ भदौ २१ मा प्रकाशित)
Bhim Prasad Ghimirehttp://www.blogger.com/profile/01083707530713845950noreply@blogger.com0tag:blogger.com,1999:blog-998931820621270254.post-2899015402377946762019-09-09T09:59:00.000+05:452019-10-15T10:33:42.454+05:45Fishing Cat - माछा सिकारी
मान्छेको सम्पर्कबाट टाढै बस्ने यो जन्तु राति राति सिकारका लागि निस्कन्छ । यसका वास रहेका क्षेत्र र आनीबानीका विषय विस्तृत अध्ययन हुनै बाँकी छ ।
खोला किनार वा जलाशय छेउको बसाइँका बेला माछा खान मन लाग्यो । जाल थाप्ने साधन वा बल्छी छैन भने चिन्ता लिनै पर्दैन । एउटा टर्चलाइट र छुरी/खुकुरी वा कुनै प्रकारको तिखो घोचो खोजे पुग्छ । बेलुकी माछा किनार किनार आएका हुन्छन् । टर्च बाल्दै पक्रन सकिन्छ । यो प्राकृतिक तरिकामा मान्छेभन्दा बढि अभ्यस्त विरालो प्रजातिको एउटा जन्तु छ - फिसिङ क्याट अर्थात् मलाहा विरालो ।
सप्तकोसी नदिको पूर्वी तटबन्ध छेउ राजावासदेखि हरिपुर कटानसम्म करीब चार सयवटा माछापोखरी छन् । सातवटा नदि मिलेर बनेको सप्तकोसीले नेपालभन्दा भारतमा विहारको भूभागलाई वर्षायाममा धेरै दुःख दिन्छ । विहारको यो दुःख निदानका लागि चार वर्ष लगाएर बनाइएको ब्यारेज सन् १९६२ देखि हालसम्म सञ्चालनमै छ । कोसीमा पश्चिम क्षेत्र सप्तरीका तुलनामा तमोर आएर मिसिने चतरादेखि हरिपुरसम्म नै पूर्वी क्षेत्रमा तटबन्ध छ । पश्चिम कुसाहामा जहाँ कोसी टप्पु वन्यजन्तु आरक्षको कार्यालय छ, पुगेर घुम्नु परे टेक्ने पहिलो बाटो कोसीको बाँध नै हो ।
बाँध पारि बस्ती र सिमसार क्षेत्रमा कोसीको पानी रसाएर आउने भएकाले वर्षैभरि सुक्ने अवस्था छैन । सिमसार भेटेका किसानले बाँध नजिक खेतीपाती गर्नुको साटो माछापालन उपयुक्त भन्ने बुझेपछि गरेका छन् । तर, पोखरीमा भुरा हालेर लगानी र परिश्रमका तुलनामा फाइदा पाएनन् । डेढ दसकअघिसम्म पनि उक्त क्षेत्रका किसानले आफ्ना पोखरीका माछा कम हुनुको दोष चरालाई मात्रै दिइरहेका हुन्थे । पोखरीका माछा खाने जीव अरु पनि छन् भन्ने बुझ्न निकै समय लाग्यो ।
०००
'फरक फरक पोखरीमा सात थरिका माछा हाल्यो, कमन र गास कार्प त हुँदै नहुने,' सुनसरीको वराह-९ प्रकाशपुरका भिष्म अधिकारी भन्छन्, 'सुरु सुरुमा चराले हाम्रो माछा ढुट्यायो भनेर भनेर झुल हाल्थ्यौं, अनेक उपाय लाउ“थ्यौं । खाइदिने जन्तु अर्को पनि रहेछ ।' केही दिनसम्म पोखरी आसपास ठूलो साउण्ड पारेर एफएम रेडियो खोलेर छाडिदिने उपाय पनि गरिहेर्दा काम नलागेपछि विरालो मार्न थालेको उनले बताए ।
'मैले नै २०/२२ वटा विरालो मारे हुँला । तर, त्यो दुर्लभ प्रजाति भन्ने के थाहा ?,' उनी भन्छन्, 'त्यो दुर्लभ हो, मार्न हुन्न भनेर बुझाउनेहरू आएयता मार्न छाडियो ।' माछापालकले विरालोलाई मात्रै दोष दिएर पनि ढुक्क बस्ने अवस्था नभएको उनले बताए । 'हामी चरालाई पनि छेकबार लाउन पाउने अवस्थामा छैनौं,' उनले भने, 'वन्यजन्तु र चराले गर्ने नोक्सानीको क्षतिपूर्ति दिने व्यवस्था नभएसम्म आरक्ष जोगाइदिन पर्छ भन्ने जनतालाई लाग्दैन ।' अधिकारीले माछा खाइदिएर हुने क्षतिमा मलाहा विरालोको दोष देखाएपनि माछापालकपिच्छे मत फरक पनि छन् । ठूलो जमातले चील, बकुल्ला र विभिन्न प्रजातिका पानीचराले माछा खाइदिने बताउँछन् ।
चरा र वन्यजन्तु संरक्षणबारे चेतनामुलक कार्यक्रम लिएर टप्पु पुग्ने संस्थाहरूका विकासे कार्यकर्ताको साझा अनुभव जनता आसे भए भन्ने छ । जुनसुकै वन्यजन्तु संरक्षणका कार्यक्रम लिएर पुगेकाले स्थानीयको सामना गर्ने पहिलो प्रश्न हुन्छ - त्यो जोगिएर हामीले के पाउँछौं ?
०००
केही फरक विषयमा शोध गर्न रुचि राखेका प्राणीशास्त्रका विद्यार्थी सागर दाहालले जब सन् २००९ मा बम्बइ नेचुरल हिस्ट्री म्युजियमको एउटा जर्नल किनेर ल्याए । त्यसमा आफ्ना लागि अध्ययनको एउटा विषय फेला पारे - विषय थियो फिसिङ क्याट अर्थात मलाहा विरालो ।
घरपालुवा विरालो देखेका/पालेकाहरूका लागि यो नौलो लाग्ने विषय थिएन । तर, उक्त जर्नलमा सन् १९२१ मा मोरङको वंकलवामा एउटा भाले मलाहा विरालो भेटिएको उल्लेख थियो । 'त्योबेला सुनसरी र मोरङ एउटै जिल्ला रहेछ र, यो झण्डै सय वर्षअघिको कुरा थियो,' दाहाल भन्छन्, 'अब पनि त्यसको अस्तित्व होला/नहोला भन्दै खोजी गर्ने योजना बनाइयो ।' मान्छेका बस्ती छेउका सिमसार क्षेत्रमा रमाउने त्यो जन्तुको फोटो र साकेतिक पहिचानबिनै बंकलवा भनिने ठाउँको खोजी सुरु भयो । त्यो क्षेत्रमा दुइ महिना बसेपछि सप्तकोसीको पूर्वी तटबन्ध नजिकका बस्ती, खोला, रामधुनी जंगल छिचोकेको दाहालको टोलीले मलाहा विरालो 'क्यामेरा ट्रयाप' मा फेला पार्यो । 'हामीले सुनसरी र बारा गरि दुइ जिल्लाका विभिन्न ठाउँलाई सम्भावित मानेर अध्ययन गर्यौं, क्यामेरा ट्रयापमा भेटिएपछि अझै पाइने रहेछ भन्ने पुष्टि भयो,' उनले भने, 'जंगली भएपनि केही पशुपंछी मान्छेका वस्ती वरपर नै बस्न रुचाउँछन्, त्यसमध्येको एउटा फिसिङ क्याट हो ।'
आइयूसीएनको सूचीमा लोपोन्मुख प्रजातिमा परेको उक्त विरालोका बारेमा यतिबेला दाहाल नेपालभित्रै मात्र होइन अन्तर्राष्ट्रिय मञ्चहरूमा पनि अवस्था प्रष्ट्याउन सहभागिता जनाइरहेका छन् । 'ठूला आकारका वन्यजन्तुका लागि संसारभरका संरक्षणकर्मी र संस्थाको ध्यान पुगेको छ, सानामा छैन,' उनी भन्छन्, 'त्यसैले यो विरालोमाथि पनि ध्यान पुग्न ढिला भएको स्थिति थियो ।' तेजाव पुन र स्वेच्छा श्रेष्ठसहित दाहालको टोलीले रामधुनी वन क्षेत्रको दक्षिण र कोसीको पूर्वी भेगमा पुगेर उक्त विरालोबारे अध्ययनमात्रै गरेन, त्यहाँका किसानलाई वन्यजन्तुबाट जोगाउने कुखुराको सुरक्षित खोर बनाउन सहयोग पनि गर्यो । साना स्तनधारी प्राणी संरक्षण तथा अनुसन्धान फाउण्डेसनका अध्यक्षसमेत रहेका दाहाल भन्छन् 'हामीले बाराका तुलनामा कोसीमा मलाहा विरालोको गतिविधि बढि भेटेका हौं तर, यसको अनुसन्धान देशको अझै १७ ठाउँमा गर्न सकिने पहिल्याएका छौं ।' मान्छेका घरमा नबस्ने तर, बस्ती र आवादी क्षेत्रकै वरिपरि बस्न रुचाउने यो जन्तुका विषयमा अझै अध्ययन हुन बाँकी रहेको उनले बताए ।
०००
शोधार्थीहरूका अनुसार संसारभर पाइएका विरालो प्रजातिका ४० जन्तुमध्ये हामीले 'विरालो' नै भन्ने जन्तु नेपालमा नौवटा रहेको रेकर्ड छन् । घरपालुवा विरालोभन्दा आकारमा दोब्बर ठूलो हुने मलाहा विरालो दक्षिण पूर्वी एशियामा मात्रै पाइएका छन् । यो जन्तु नेपालसँगै बंगलादेश, कम्बोडिया, भारत, भियतनाम, इन्डोनेसिया, म्यान्मार, पाकिस्तान, श्रीलंका र थाइल्यान्डमा पाइन्छ। संरक्षणका लागि सम्बद्ध मुलुकका संरक्षणकर्मीको सञ्जाल पनि छ ।
लोपोन्मुखको सूचीमा रहेका गैंडा र हिउँचितुवाजस्तै अवस्था मलाहा विरालोको पनि छ। तर, सानो जन्तु भएकाले संरक्षणका कार्यक्रम सञ्चालन गर्ने निकायको ध्यान यसमा पुगेको छैन । सन् २०११ मा हिउँचितुवा ३ सयदेखि ५ सय र गैंडा ४३५ वटा भएको 'द स्टेटस अफ नेपाल्स म्यामल्सः द नेसनल रेड लिष्ट सिरिज' मा छ। नेपालमा उक्त बिरालो २०११ ताका १ सय ५० देखि २ सयवटा भएको अनुमान गरिएको भएपनि विस्तृत अध्ययन नै भएको छैन । बस्ती बिस्तारको तीव्रताले जंगल मासिएका छन्, धाप र सिमसार पुरिने क्रम पनि अचाक्ली छ । मान्छेसँग प्रत्यक्ष घम्साघम्सी हुनबाट आफूलाई जोगाएर बाँचेका मलाहा विरालोजस्ता जन्तु सधैं संकटमा छन् ।
०००
मलाहाले माछापोखरीमा पुर्याउने क्षति वन्यजन्तुबाट हुने क्षतिको राहत सहयोग निर्देशिकामा समेटिएको छैन । हात्ती, गैंडा, बाघ, भालु, चितुवा, हिउँचितुवा, ध्वाँसे चितुवा, ब्वाँसो, जंगली कुकुर, जंगली बँदेल, अर्ना, मगर गोही, गौरीगाई र अजिंगरबाट हुने मानवीय, पशुधन वा भण्डारण गरेको अन्नबाली, घरगोठ र उखु र केराखेती पुर्याएको नोक्सानीलाई निर्देशिकाले वन्यजन्तुबाट हुने क्षतिमा समेटेको छ।
नेपालमा यो जन्तु सन् १८३६ मै पाइएको जर्नलहरूमा उल्लेख भएपनि सन् २०१६ पछिमात्रै चर्चा हुन थालेको पाइएका छन् । 'जर्नल अफ थ्रेटेन्ड ट्याक्सा' मा भेटिने लेखमा लेन रोथी टेलर, हेमसागर बराल, प्रभा पाण्डे र प्रतिभा कसपालले सन् २०११ देखि चार वर्ष कोसीटप्पुमा गरिएको अध्ययनले मलाहा विरालो पाइएको उल्लेख छ । उक्त विरालो टप्पुको माछा प्रशस्त पाइने ६ किमि क्षेत्र वरिपरि पाइएका जर्नलमा छ ।
'फर्स्ट फोटोग्राफिक इभिडेन्स अफ फिसिङ क्याट इन पर्सा नेसनल पार्क, नेपाल' शीर्षकको १३ जना मिलेर तयार पारेको अनुसन्धानात्मक लेखमा सन् २०१४ र २०१६ मा पर्सा निकुञ्ज क्षेत्रमा पनि मलाहा पाइएको उल्लेख छ । उक्त असन्धानका क्रममा त्यो जन्तुको क्यामेरा ट्रयापबाट खिचिएको तस्बिर पर्सा राष्ट्रिय निकुञ्जमा देख्न पाइन्छ । उक्त समुहका शोधार्थीमध्येका बाबुराम लामिछाने भन्छन् 'त्यो क्यामेरा ट्रयाप खासमा बाघको अवस्था अनुगमन गर्नका लागि राखिएको थियो । रेकर्ड हेर्दै जाँदा फिसिङ क्याट पनि परेको भेटियो ।' राति खिचिएको फोटो हेरेपछि त्यो विरालो आहाराको खोजीमा कतै जाँदै गरेको हुनुपर्ने अवस्था बुझिएको उनले बताए । 'सामान्यतः हामी त्यो विरालो सिमसार र पानी रहेको एरियामै भेटिन्छ भनिरहेका थियौं तर, त्यो खोलाको करीब ५ किमि पर्तिर क्यामेरामा परेको थियो,' उनले भने, 'त्यो फोटोले पर्सामा फिसिङ क्याट पाइने प्रमाणितमात्रै नगरी अध्ययनमा रुचि राख्नेलाई पनि सघायो ।' क्यामेरा ट्रयापमा नपरुञ्जेल मलाहा विरालो पर्सामा पनि पाइन्छ भन्ने जानकारी बाहिर नआएको उनले बताए ।
०००
टाढाबाट बाघ वा चितुवाजस्तो भान पर्ने मलाहा विरालो आकारमा भने केही सानो हुन्छ । प्रष्ट खुट्याउन नसक्नेहरू यसलाई सानो चितुवा भन्ठान्छन् । यसको टाउकोदेखि पुच्छरतर्फखेरौ पृष्ठभूमिमा झन्डै समानान्तर रूपमा ६ देखि ८ वटासम्म काला थोप्ला लहरै हुन्छन् । ७ किलोसम्मको हुने यो जन्तु १ फिट अग्लो र ८० सेमीसम्म लामो हुन्छ। रातिमात्रै सक्रिय हुने यो प्राणी घर विरालो भन्दा भुँडी ठूलो भएको र अलि आलसी हुन्छ । दिउँसो सिमसार नजिकका झाडीहरूमा बस्छ। मलाहाका ढाडेले एकभन्दा बढी पोथीसँग संसर्ग गर्छ । पोथीले करीब १० हप्तामा दुइदेखि चारवटासम्म बच्चा जन्माउँछे । जन्मेको दुइ सातादेखि आँखा खुल्ने छाउरा-छाउरी १० महिनाको भएपछि माउबाट छुट्टिन्छन् । पोथी करीब ६ किमि क्षेत्रभित्र घुम्छन् भने भाले २२ किमि क्षेत्रसम्म घुम्छन् । मुख्य आहारा माछा भएपनि मलाहा विरालोहरू मुसा, भ्यागुता, गँगटा, शंखेकीरा, र्सप र चराको पनि सिकार गर्छन् ।
मलाहा विरालोलाई नै मुल विषय बनाएर विद्यावारिधि गर्ने तयारीमा रहेकी चितवनकी रमा मिश्र भन्छिन् 'कतिपय माछापालकले त्यो विरालो पर्यावरणीय संतुलनका हिसाबले हाम्रो सहयोगी भनेर बल्ल बुझ्दैछन् ।' राष्ट्रिय प्रकृति संरक्षण कोषका तीन फरक परियोजनाअर्न्तर्गत उक्त विरालोका बारेकै अध्ययनको सिलसिलामा कोसी टप्पु पनि पुगेकी उनले समुदाय विस्तारै सकारात्मक हुँदै आएको पाइएको बताइन ।
'मलाहा विरालोले खाने माछा एक पाउदेखि आधा किलोको मात्रै हुन्छ, त्योभन्दा सानो वा ठूलो त्यसले अँठ्याउन सक्दैन,' उनी भन्छिन्, 'भुरा खायो, १/२ किलोकै खायो भन्नेहरू पनि भेटिन्छन् तर, त्यसको पुष्टिको आधार छैन ।' पोखरी आसपासको क्षेत्रमा धान वा गहुँ खेती हुन्छ । त्यहाँ पाइने मुसा मलाहाले सिकार गर्दा किसानलाई नजानि“दो पाराले सहयोग गरिरहेको हुने उनले बताइन । 'टप्पुमा बाघ र चितुवा पाइँदैन, संरक्षण प्रभावकारी हुन सके त्यही विरालो देखाएर पनि घुम्न आउनेलाई हामीकहाँ पाइने सिकारी जन्तु यही हो भन्न सकिन्छ,' उनी भन्छिन्, 'मैले चितवनको जंगल क्षेत्र र कोसीको बस्ती क्षेत्रमा अध्ययन गर्दा कोसीमा त्यसको संख्या राम्रो छ भन्न सक्छु ।' हतपत्त मान्छेका अगाडि नपर्ने, लजालु र आफ्नो ज्यान जोगाउन बाठो भएपनि ठूला सिकारी जनावर भएको क्षेत्रमा मलाहा विरालोले आफ्नो अस्तित्व जोगाइराख्न सहज नभएको उनले बताइन ।
सन् २०१० यता नेपाली शोधार्थीहरूको ध्यान मलाहा विरालोमा रहिआएको अनुसन्धानका जर्नलहरूले देखाउँछन् । खास खास क्षेत्र छनोट गरेर अरु नै विषयको अध्ययन गर्दा मलाहाले ध्यान खिचेका शोधार्थी थुप्रैजना छन् । संरक्षितको सूचीमा नपरेको यो जन्तु वन विरालो र चरिबाघ भन्दा फरक श्रेणीको होइन । त्यसैले संरक्षण हुनसके यसका विचरण हुने क्षेत्रमा वन्यजन्तुमाथि अध्ययनमा रुचि राख्नेका लागि पर्यटनको अर्को आधार पनि तयार हुनेछ । हालसम्म सीमित क्षेत्रमा भएका अध्ययनले यो जन्तु हामीकहाँ निकै कम संख्यामा रहेको अनुमान गरिएको छ । त्यसैले यो दुर्लभ हो । तर, सरकारलाई उक्त जन्तु संरक्षित सूचीमा राख्ने आवश्यकता बोध भइसकेको छैन । संरक्षितको सूचीमा परेको लेपर्ड क्याट (चरी बाघ) को अवस्था मलाहाको भन्दा राम्रो छ । छिमेकी देश भारतमा बाघ संरक्षणको हैसियतमै मलाहा पनि छ । मलाहालाई पश्चिम बंगालमा 'स्टेट एनिमल' को दर्जामा राखिएको छ ।
(२१ भदौ २०७६ मा कान्तिपुर, कोसेलीमा प्रकाशित)
Bhim Prasad Ghimirehttp://www.blogger.com/profile/01083707530713845950noreply@blogger.com1tag:blogger.com,1999:blog-998931820621270254.post-53473833045234045802019-05-01T13:05:00.000+05:452019-05-01T13:05:00.410+05:45सम्झनामा प्रथम सहिद भीमसेन सपना
गहिरिएर बगेको सेती नदिमाथि पोखराको बजार क्षेत्रमा चिप्लेढुंगा र रानीपौवालाई जोड्न पक्की पुल छ । नाम महेन्द्र पुल । वारि एकातिर पुस्तकालय र अर्कातिर आर्ट ग्यालरी छ । पुस्तकालयको भर्याङ छेउ एउटा सालिक छ । त्यो सालिक जनआन्दोलन-२ का प्रथम सहीद भीमसेन दाहालको हो ।
वर्षेनी चैत २६ मा उनको प्रतिमामा माल्यार्पणको कार्यक्रम आयोजना गरिन्छ । उनलाई नजिकबाट चिन्नेहरू स्मरण गर्छन् । राजनीतिक परिवर्तनले शासन सत्तामा आलोपालो जिम्मेवारी पाएका दलका नेता-कार्यकर्ता भाषणमा उनको योगदान अतुलनीय रहेको भन्न छुटाउँदैनन् ।
०००
नेपाल टेलिकममा जागिर थालेका दाहालले एउटा परियोजनामा अल्पकालीन जागिरबाट राम्रो आम्दानी हुने बाटो देखेका थिए । सामान्य आर्थिक अवस्था रहेको घरका उनी कान्छा छोरा थिए । जागिरबाट बेतलवी विदा लिए । परियोजनाको जागिरे भएर पोखरा आए । परियोजनाको कामले धनगढी पुर्यायो । ६ महिना बसेर फेरि पोखरा नै फर्किए ।
रानीपौवाको एउटा घरमा तीन युवक डेरा गरि बसेका थिए । काभ्रेका दाहाल, दाङका विक्रम पंत र विराटनगरका गौतम योञ्जन । 'भीमसेनको एउटा गुण अनौठो थियो, उ कहिलेपनि अनुहारमा उदासी आउन दिँदैनथ्यो,' गौतम सम्झन्छन्, 'उसले प्रोजेक्ट छाडेर टेलिकम फर्किएर पनि आफ्नो इलेक्ट्रोनिक्सको व्यापारको काम थालेको थियो ।' घरेलु र व्यवसायिक समस्याका तनाव उसले कहिल्यै आफूमा हावी हुन नदिने बानी अचम्मको लाग्ने उनले बताए । 'उ राजनीतिक मान्छे थिएन, उसका सपना आम नेपानी जो सजिलोसँग इमानदार पेशा गरिखान चाहन्छन्, त्यही थियो,' उनी भन्छन्, 'चासो राख्थ्यो तर, सत्ता र सरकारको कुरा धेरै गर्दैनथ्यो । गरिखान सजिलो कसरी हुन्छ त्यही विषयमा उ बहस गर्थ्यो ।' साइबर चलाउने भएकाले धेरै प्रकारका पेशा व्यवसायमा लागेकाहरूसँग मित्रवत सम्बन्ध भएपनि दाहाल आफ्नो पेशामा इमानदार रहेको उनले बताए ।
०००
पोखराको बजारमा अब साइबर क्याफे छैनन् भन्दा पनि हुने भइसकेको छ । २०६० तिर हात हातमा मोबाइल सहज भइसकेको थिएन । टेलिकमले ल्याण्डलाइन फोन पनि माग्नेवित्तिकै ग्राहकलाई उपलब्ध गराइहाल्ने सुविधा थिएन । फोन र मोबाइल सीमित हुँदा गति लिएको व्यवसाय साइबर क्याफे थियो । त्यो गरे राम्रै फाइदा पाउने दाहालले बुझेका थिए । पृथ्वीचोकको आनन्द बतासको होटलको भूइँतलामा उनले क्याफे चलाएका थिए । पोखराका होटलहरूमा इन्टरकम जडानको काम गरिरहेका थिए । प्राविधिक काम गर्दागर्दै उनले आफ्नै व्यवसाय गर्न जागिर छाडेका थिए । 'त्यो घटनाको दिन सम्झँदा पनि बडो नरमाइलो लाग्छ,' पंत भन्छन्, 'उ अग्लो थियो । भीडमा परैबाट उसलाई चिनिनु अग्लो हुनुको मात्रै खुबी थिएन, साथीभाइसँग घुलमिल हुने र समस्या पर्दा सहयोग गर्न अघि र्सर्ने उसको गुण मायालु थियो ।' दाहाललाई स्मरण गर्दा उनको सहयोगी बानी बिर्सन नसक्ने उनले बताए ।
२०६२ चैत २६ को दिन महेन्द्र पुलमा रहेको टेलिकमको भवन बाहिर आन्दोलनकारीको नाराबाजी सुरु हुँदा छतमा तैनाथ सुरक्षाकर्मीले गोली चलाएका थिए । सडकमा दाहाल ढलेका थिए । 'त्यो भीड उग्र थिएन तर, न चेतावनी न त लाठीचार्ज । एकैपल्ट गोली हानिएपछि आन्दोलनको आगोमा घ्यु थपेको स्थिति भएको थियो,' पंतले भने, 'अस्पतालमा हामीले लास हेर्न जाँदा उसका साथी सबै शोकाकुल थियौं ।'
दाहालका दुइ श्रीमती र तीन छोराहरू छन् । काभ्रेमा जेठी पत्नी देवकी र छोराहरू दीनेश र विवेक । पोखरामा कान्छी सविता र छोरा विस्तृत । जनआन्दोलनको प्रथम सहिद बन्दा दाहालका कान्छा छोरा डेढ वर्षका थिए । पहिले साइबर क्याफे रहेको ठाउँमा हिजोआज सेल्फ म्यानेज रेमिटको कार्यालय छ । यसका साझेदार सञ्चालक इलामका कमल गुरूङ र दाहाल पत्नी सविता हुन् । देवकीलाई जनआन्दोलनपछि सरकारले टेलिकममा करारको जागिर दिएको छ । जेठा छोरा दीनेश मेकानिकल इञ्जिनियरिङमा स्नातकोत्तरका लागि यतिबेला चीनमा छन् । माहिला छोरा १२ मा पढ्छन् भने कान्छोले एसइइ दिएका छन् । काभ्रेमा रहेकी देवकी र पोखराकी सविता दुवैको एउटै भनाइ छ - 'सहिदका परिवारले आफ्नो को गुमायौं भनेर नसोधियोस् । उनीहरूको अवस्था सोध्न राज्यकै संयन्त्र हुनुपर्छ । आफैं गएर सुविधा माग्दा चित्त दुख्छ ।'
१२ वर्षदेखि टेलिकममा अवधि थप हुँदै करारको जागिरमा रहेकी देवकी स्थायी होस् भन्ने चाहन्छिन् । राज्यले दिएको आर्थिक सुविधा लिन चार वर्षदेखि दुवैजना सम्बद्ध निकायमा गएका छैनन् । सरकारले पनि उनीहरू किन लिन आएनन् भनेर खोजी गरेको छैन । 'हामीभन्दा पनि नराम्रो अवस्था अरु परिवारको होला, उनीहरूका लागि राज्यले सोच्नुपर्छ,' देवकी भन्छिन्, 'सहिदको बलिदानले देशमा सबै नागरिकले सुव्यवस्था चाहेका हुन् । त्यो हुनुपर्छ ।' सहिदका परिवार सधैं आफ्नो वेदना सुनाएर फाइदा लिने पक्षमा नभएको राज्यले बुझ्नुपर्ने उनले बताइन । राज्यबाट सुविधा नलिएकी सविता भीमसेन स्मृति प्रतिष्ठानकी अध्यक्ष छिन् । उनी उक्त प्रतिष्ठानमार्फ सामाजिक काम गर्न चाहन्छिन् । 'सबै ठाउँमा आफैं पुगेर बिलौना गाउँदै जीवन चल्दैन,' उनी भन्छिन्, 'सहिदप्रति सम्मान गर्न चाहने हो भने राज्यले नै व्यवस्था गर्नुपर्छ । राज्यले सबैथोक गर्नुपर्छ भनेर हामी हात बाँधेर बस्छौं भन्ने पनि होइन तर, खोजी गर्ने संयन्त्र भएमात्रै सम्मान अनुभव हुने रहेछ ।'
(२०७६ बैशाख ११ मा कान्तिपुर गण्डकी संस्करणमा प्रकाशित)
Bhim Prasad Ghimirehttp://www.blogger.com/profile/01083707530713845950noreply@blogger.com0tag:blogger.com,1999:blog-998931820621270254.post-88551328168480117362019-05-01T12:34:00.002+05:452019-10-15T10:37:23.246+05:45Sparrow - एउटा आँखो तँ हेरी
शीर्षक राष्ट्रकवि माधवप्रसाद घिमिरेको 'भँगेरा र भँगेरी' कविताबाट सापटी लिइएको हो । कविताले भन्थ्यो 'यौटा आँखो तँ हेरी, अर्को आँखो म हेरी, टाप्प टिप्प कनिका टिपिहालौं नटेरी ।' भँगेराको सतर्कताको बानी र छरितोपना वर्णन गरिएको त्यो कविता अब पुराना पुस्ताको सम्झनामा छ । मान्छेका घरमै गुँड लगाउने बानी परेका भँगेरा नदेख्ने र नचिन्ने विरलै हुनुपर्छ । त्यसैले भँगेरा चिनाइरहनु नपर्ला । प्राथमिक तहका किताबमा घिमिरेको भँगेरामाथिको कविता पढेको सम्झनेहरूको जमात ठूलो छ । सामुदायिक विद्यालयका प्राथमिक तहका नेपाली किताब यतिबेला पल्टाउने हो त्यो कविता अहिलेको पाठ्यक्रममा छैन ।
पाठ्यक्रम विकास केन्द्रको पाठ्यपुस्तक सम्पादन शाखाको कुरा मान्ने हो भने बालबालिकाका किताबबाट त्यो कविता समयसापेक्ष नभएर हटेको भने होइन । 'पाठ्यक्रम १०/१० वर्षमा फेरिन्छ, अवस्थाअनुसार वर्ष वर्षमा पनि पाठ्यक्रममा सुधार गर्ने गरिएको छ,' मध्यपुर ठिमीस्थित केन्द्रको सम्पादन शाखाकी अधिकृत चिनाकुमारी निरौला भन्छिन्, 'त्यो भँगेरा र भँगेरी कविता पनि पाठ्यक्रम फेरिँदा नयाँमा नपरेको हो । पाठ्यक्रममा के राख्ने नराख्ने भन्ने सम्पादन मण्डलले तय गर्छ । थुप्रैजनाको राय लिइन्छ । नयाँ समावेश गर्दै जाँदा पुराना हटाइन्छन् ।' पाठ्यक्रम विकास केन्द्रले त्यो कविता किन नराखेको भन्ने विषयमा तर्कवितर्क भइरहलान् । अहिलेको हाम्रो विषय कविता नभइ 'भँगेरा' मात्रै हो ।
'कविले कविता लेखे तर, यसको भित्री कुरा गहिरो हो,' इटहरीका नेत्र चिकित्सक विजय गौतम भन्छन्, 'हाम्रा आँखाले देखेका दृश्यका फोटा दिमागमा जति छिटो जति प्रष्ट पुग्ने प्रक्रिया हुन्छ, त्यसमा चरा छिटो छन् ।' मान्छेका आँखाले एकपटकमा प्रतिमिलिमिटर २ लाख र भँगेराका आँखाले ४ लाख फोटो सिग्नल दिमागमा पठाउने उनले बताए । 'भिजुअल क्वालिटीका कुरामा भँगेरा हामीभन्दा दोब्बर छिटो हुन्छन् । त्यसैले कविले भँगेराको आँखाका कुरा गरेका होलान्,' उनी भन्छन्, 'प्रकृतिले नै उनीहरूको दृष्टिशक्ति अनौठो क्षमताको दिएकाले ज्यान पनि जोगिन सकेको हुनुपर्छ ।'
०००
पोखराको फिर्केमा एउटा घरमा मैले तीन वर्षयता देखिरहेको छु- मनुवाका चार परिवार र भँगेराका करीब छ/सात परिवारको आश्रय छ । मेरो बासको सामुन्ने बाटो पारिको घर । मान्छेहरू भुइँतलादेखि माथिल्ला कोठा-चोटा सम्ममा बस्छन् । भँगेराहरू भूइँतलाको सटरको खापामा । तीनवटा सटरमध्ये दुइवटा सधैं विहान उघ्रिन्छ र साँझ बन्द हुन्छ । कारण, त्यसमा पसल छ । एउटा चाहिं वर्षमा एकाधपटक पनि मुश्किलले उघारिन्छ, या भनौं सकभर उघ्रँदैन । अरुमा बसेका भन्दा त्यो सटरमा आश्रय लिएका भँगेरा परिवार सुरक्षित छन् ।
अरु जसरी त्यो बन्द सटरमा आश्रितका फुल र चल्ला हम्मेसी झरेका भेटिँदैनन् । मान्छेका दैनिकी बुझेका भँगेराहरूलाई सटरको आश्रयमा अभ्यस्त देख्ता अनौठो पनि लाग्दैन । बेला बेला पोथीका लागि भालेहरू निकै झगडा गरिरहेका देखिन्छन् । जसले हार्छ, उ यहाँको बस्तीबाट बाहिर कतै आश्रय लिन जान्छ । 'मैले घर बनाएको १४/१५ वर्ष भयो होला,' घरधनी पशुपति सुवेदी भन्छन्, '२० वर्षअघिसम्म हाम्रो अहिलेको एरियामा बाटो थिएन । घरहरू एउटा/दुइटा थिए, ती पनि झुप्रा ।' देख्ता देख्तै बस्ती बढेको, बाटो कालोपत्रे भइआएको र रुखका झाडी-बुट्यानसँगै बाँसझ्याङ मासिएको उनी सम्झना गर्छन् । 'म कास्कीकोटबाट मुन्तिर बसाइँ आएजसरी पोखरामा थुप्रै परिवार अलि माथिल्लो भेगबाट झरेका छन्,' उनी भन्छन्, 'सहरीकरण यस्तरी बढ्यो की अब त यहाँ दिउँसै चितुवाको डर हुन्थ्यो भन्दा पनि मान्छेले नपत्याउने भइसक्यो । जता हेर्यो त्यतै घर छन्, अबको २० वर्षपछि झन कस्तो भएर जाला जस्तो लाग्छ ।'
फिर्केमा सर्नुअघि मेरो बसाइँ जालपा रोडमा सूर्य बरालको घरमा थियो । हरेक विहान सरिता भाउजुले पूजा गरेपछि कोठा बाहिर एक मुठ्ठी चामल राखिदिएको देख्थेँ । तछाडमछाड गर्दै भगेराका हुल चामल टिप्थे । गत मंगलवार मैले भँगेराको प्रसंगमा कुरा गर्दा दाजु-भाउजु दुवै छक्क परे । 'हिजोआज भँगेरा आउदैनन्, परेवा र काग आउँछन्,' सरिता भाउजुको भनाइ थियो, 'आमाले पूजा गरेपछि चराका लागि चामल राखिदिने गरेको मैले स्याङ्जा निबुवाबोट माइतीमै देखेकी हुँ, संस्कार सर्ने त हो । म पनि त्यसै गर्छु चराले खाइदिए आनन्द लाग्छ ।' हिजोआज भँगेरा नआउँदा नरमाइलो लाग्ने गरेको उनले बताइन । बितेको तीन वर्षमा बराल दाइले नयाँ घर बनाइसकेका छन् । आफ्नो घर पछाडिको बारी पार्टी प्यालेसलाई भाडामा दिइसकेका छन् बारीछँदा बाँझो राख्ने कुरै थिएन । सिजनअनुसारका बालीनाली हुन्थे । एउटा भैंसी थियो, त्यसका लागि पराल थियो । गोठबाट बाहिर गोबर थुपारिन्थ्यो । गोबर र बालीनालीका किरा चराका लागि सजिलो आहारा थिए । यसो हेर्दा अब चराहरूका लागि त्यो घरमा आउने बाटो बन्द भएको छ । पोखराको मुख्य बजार क्षेत्रभित्र बराल परिवारजस्ता पोखरेली सहरीकरणमा अभ्यस्त भइरहेका छन् । थातबासको संरचनासँगै धेरैले परम्परागत जीवनशैलीमा परिवर्तन अंगालेका छन् ।
'मान्छेका घरको फेरिएको संरचनासँगै भँगेराले पनि बाँच्न सिकेको भेटिएका छन्,' काठमाडौंस्थित पंछी संरक्षण संघमा गिद्ध संरक्षण कार्यक्रमका अधिकृत कृष्ण भुसाल भन्छन्, 'संख्यात्मकरूपमा वर्षेनी भँगेरा घटेका छन् । तर, धेरै ठाउँमा हामीले त्यसको बासस्थान परम्परादेखि देखेका भन्दा फरक पनि भएको भेटेका छौं ।' सडकका पोलमा हुने फोनका 'डिस्ट्रिब्युसन प्वाइन्ट बक्स', बिजुलीका मिटर बक्स र घर तथा भवनका भेन्टिलेसनमा बस्न थालेको पाइएको उनले बताए । विश्वमा हालसम्म ४३ प्रजातिका भँगेरा पाइएको रेकर्ड छ । नेपालमा पाँच प्रजाति पाइएका छन् । घर भँगेरा, रुख भँगेरा, कैलो, पीतकण्ठे र स्पेनिसलगायत नेपालमा पाइने प्रजाति हुन् ।
घर र रुख भँगेरा बस्ती, घर र करेसाबारी वरपर मानिसहरूसँगै बस्न रुचाउँछन् । पोखिएका र छरिएका अन्न, अन्नबालीहरूमा लाग्ने कीराफट्यांग्रा र लार्भा भँगेराका आहारा हुन् । संरक्षणकर्मीहरूका अनुसार यो चरा देखिनु पर्यावरणीय स्वस्थता र सन्तुलनको सूचक हो । 'काठमाडौं उपत्यकाका लागि काग र मलेवापछि धेरै पाइने रैथाने चरा घर भँगेरा हो, रूख भँगेरा छैटौं नम्बरमा पर्छ,' उनले भने, 'चार वर्षदेखि हामी सहरी क्षेत्रमा पाइने चरा गणना गरिरहेका छौं । भँगेराकै लागि अहिले बासस्थान दुर्लभ हुँदै गएको अवस्था हो ।'
०००
भँगेरा समुद्र सतहदेखि चार हजार मिटरसम्मका भूभागमा पाइन्छ । मान्छेले रहरले पाल्ने सुगा र मैना जस्ता चरामा यो पर्दैन । मान्छेका वरपर बस्छ तर, उसको दैनिकीमा मान्छेको नियन्त्रण रुचाउँदैन । वर्षेनी पोथीले ३ देखि ५ वटा फुल पार्छे एक जोडीले सरदर एक जोडी नै चल्ला हुर्काउँछन् । अण्डाबाट १२ देखि १५ दिनमा चल्ला निस्कन्छन् । आहारा नियमित पुग्ने हो भने तीन सातामै चल्लाहरू गुँड छाडेर उड्ने हुन्छन् । बेला नै नभइ उड्न रहन गर्ने बचराहरू गुँडबाट खसेपछि फर्कन सक्दैनन्, सिकारी पशुपंक्षीद्वारा मारिन्छन् । संरक्षणकर्मीहरूका विभिन्न शोधले मोबाइलका तरंगले भँगेरालाई असर पार्ने गरेको तथ्य पनि पत्ता लगाएका छन् । मोबाइलका नेटवर्किङ टावरमा गुँड लगाएका भँगेराको प्रजनन् ढिलो हुने गरेको छ ।
शोधहरूका जर्नलमा उल्लेख भएअनुसार भँगेराका निकै कम अण्डामा भाले-पोथी दुवैको डीएनए पाइएका छन् । अधिकांशमा पोथीको मात्रै डीएनए पाइन्छन् । ३८ किमी प्रतिघण्टाको गतिमा उड्न सक्ने भएपनि भँगेराहरू अति विशिष्ट परिस्थितिबाहेक आफू जन्मेको क्षेत्रभन्दा २ किमी टाढा बसाइँ जाँदैनन् । जोडी भएर बस्ने उनीहरू मान्छेको समाज जसरी मिलेर बस्छन् । आपसमा मिलेर आहारा खोज्छन् । भालेले गुँड बनाउँछन्, पोथीलाई फकाउँछन् । चल्ला मिलेर हुर्काउँछन् । रुख र घर भँगेराहरू सँगसँगै बसेका भेटिन्छन् । पोथी फकाउने बेलाबाहेक भँगेराका भालेहरू आपसमा झगडा गर्दैनन् ।
आफूले मन पराएको पोथीसँग जोडी बनाउनेलाई झगडा गरेर धपाएको पनि देख्न सकिन्छ । समुहमा आहारा खोज्ने र धेरै चिरबिर गर्ने यी चराले गुँड सुकेका नरम घाँस र परालका त्यान्द्राको बनाउँछन् । टोड्का र प्वालहरूबाट छिरेर घाम नपर्ने ठाउँमा गुँड लगाउने भएकाले सुलसुले लगायतका परजीविले यिनलाई दुःख दिन्छन् । परजीविको टोकाइबाट छुटकारा पाउन भँगेराहरू नियमित धूलो खेल्छन् र पानीमा नुहाउँछन् । विरालो, कुकुर, साँप र स्यालसँगै सिकारी प्रजातिका पशुपंक्षीबाट भँगेरालाई सधैं जोखिम हुने गरेको छ । १० हजार वर्षदेखि मानिसको साथी भएर बसेको मानिने भँगेराका बारेमा सन् १९४८ यता थुप्रै बैज्ञानिक अनुसन्धानहरू भइआएका छन् । रैथाने प्रजातिमा पर्ने भँगेरालाई भारतको दिल्लीले सन् २०१२ मा र विहारले सन् २०१३ मा राजकीय पंक्षी घोषित गरेका थिए । हामीकहाँ भने यो चरा संरक्षित पंछीको सूचीमा पर्दैन ।
०००
'१० वर्ष भयो सहरीकरण बढेको,' पोखरा महानगरपालिकाको सहरी विकास तथा पूर्वाधार शाखा प्रमुख इञ्जिनियर शारदामोहन काफ्ले भन्छन्, 'उपमहानगरपालिका हुँदा पोखरामा वर्षौ करीब ५ हजार पक्की घर थपिन्थे । अहिले वर्षको सरदर १५/१६ हजार थपिँदै छ ।' काठ र खरका पुराना ढाचाका घर निकै कम हुँदै गएको उनले बताए । 'महानगरपालिका भएपछि पोखराभित्र जंगलका एरिया पनि थुप्रै छन्, चराले गुँड लगाउने ठाउँ पर्याप्त नै छन् जस्तो लाग्छ,' उनले भने, 'तर, मान्छेका घरमा गुँड लगाउनेहरू त बिस्थापित भएकै अवस्था आयो भन्न सकिन्छ ।'
२०७३ फागुन २७ मा महानगरपालिका घोषणा भएपछि पोखराको क्षेत्रफल ४६४.२४ वर्ग किमी भएको छ । क्षेत्रफलको हिसाबले यो मुलुकका अरु महानगरभन्दा ठूलो भएको पर्यटकीय नगरीमा साना ठूला होटलमात्रै ६ सयवटाको हाराहारी छन् भने पक्की घरको संख्या १ लाख नाघेको छ । घर बनाएर सम्पन्नताको प्रमाणपत्र लिनेले मात्रै खानेपानी, बिजुली र बैंक ऋणको सुविधा पाउने कडा प्रावधान छ । पानी, उर्जा र आर्थिक हिसाब मिलानका खातिर सम्पन्नताको प्रमाणपत्र लिन आउनेको तथ्यांक महानगरपालिकाले अद्यावधिक पनि गरिरहेको छ । तर, यही महागरभित्रका चरा कति घटे भन्ने हेक्का कसैले राख्दैन ।
पुरानो पोखराको तस्बिर संग्रह गर्दै आएका सुनील उलकको गणेश टोलमा हिजोआज संग्रहालय छ । त्यहाँ पुग्दा ८० वर्षयताको पोखराको क्रमिक परिवर्तनलाई तस्बिरमा देख्न सकिन्छ । उनको संग्रहमा पोखरेलीका घर, संस्कृति, डाँडापाखा, विमानस्थल, ताल र क्रमशः विकास भइआएका भौतिक पूर्वाधारका तस्बिरहरू छन् । तर, संग्रहमा चरा भने छैनन । उलक यतिबेला अर्को एउटा काम गरिरहेका छन् । त्यो हो, ७०/८० वर्ष नाघेका अग्रजहरू भेला पारेर पुरानो पोखराको कहानी सुन्ने । 'यसबाट अझै धेरै कुरा थाहा हुने रहेछ,' उनी भन्छन्, 'बुढापाकालाई एक्लाएक्लै भन्दा समुहमा राखेर सोध्नुपर्ने रहेछ । उनीहरूबाट मैले घरमा बस्ने चराका कुरा पनि सुन्न पाएको छु ।' खरको छानो फालेपछि भित्रिएको विकासले चराचुरुंगी पस्नै नमिल्ने घर बनेको कुरा बुढापाकाले पनि बताउने उनले सुनाए । 'चरा होइन मान्छेलाई आफ्नै बास बलियो चाहिएको यथार्थ बिर्सनु हुँदैन,' उनले भने, 'जसरी हुन्छ मान्छेलाई आफ्नो सुविधामात्रै प्यारो छ ।'
०००
हजुरआमा र आमाहरू खाना पस्कनुअघि आगोलाई धन्यवाद दिँदै सबै परिकार एक/एक चिम्टी सानो दुनोमा राख्नु हुन्थ्यो/हुन्छ । चुल्होलाई चढाइएको खानेकुरा रहेको दुना घर बाहिर राखिन्छ । त्यो खाना अग्निदेवको नाममा चढाएको भनिएपनि संस्कृतिले चराचुरुंगीलाई आहारा दिनुपर्छ भन्ने मान्यताबाट प्रेरित रहेको मान्छन् पोखराको पृथ्वीनारायण क्याम्पसका प्रणीशास्त्रका प्राध्यापक रामजी गौतम । 'सहरीकरणको तीव्रताले मान्छेको बसोबासको शैलीमात्रै होइन, नजानिँदो पाराले परम्परा नै फेरिएका छन्,' उनी भन्छन्, 'अहिलेका पुस्ताले हेर्दा-सुन्दा अनौठो मान्लान्, चुल्होलाई चढाएर खानेकुरा किन नास पार्नु पनि भन्लान् । तर, संस्कारको त्यति सानो कुराले चराचुरुंगीका लागि ठूलो भरको काम गरेको थियो ।' सहरीकरणको तीव्रताले परम्परागत कृषि प्रणालीमा आएका परिवर्तन र सजिलो मानेर बालीमा विषादि उपयोग गर्ने प्रवृत्तिको असर भँगेराजस्ता मान्छेका नजिक बस्न रुचाउने पंक्षीहरूमा परेको उनले बताए । 'घर त हामीले आफूबाहेक अरुलाई बास नदिने पाराको बनाएका छौं,' उनले भने, 'आनीबानी पनि आफूबाहेक अरुले जेसुकै गरुन् भन्ने स्वार्थी पाराको भइसकेको छ ।'
पोखरा बर्ड सोसाइटीका सचिवसमेत रहेका अर्का प्राध्यापक हेमन्त ढकाल जमिनले सोस्ने पानीको क्षेत्र र मान्छेले उपयोग गरिरहेको भुमिगत पानीको उपयोगको तरिका नमिल्नुको असर थुप्रै थोकमा परेको छ । 'हाम्रो कृषि प्रणालीमा आइरहेको परिवर्तनले चराका लागि आहारा असम्भव हुँदै आएको छ,' उनले भने, 'माटोले पानी सोस्न पाएमात्रै त्यो उर्वर हुन्छ, बाली र कीरा-फट्यांग्रा सप्रन्छन् । सडक, नाला, घरैघर सबै पक्की हुन थाल्यो, खेती लगाउन घट्यो । यसको असर त परिजान्छ नि ।' अन्नबाली, पशुगोठ, पराल र नियमित खेतीपातीको चलनले पर्यावरण सन्तुलित राख्न भुमिका खेलिरहने उनले बताए । 'अब हामी घर फलाउँछौं, अन्न किन्छौं,' उनले भने, 'यति सम्मकी गमलामा एउटा फूलको विरुवा रोपियो भने पनि किटनासक हालेकै अवस्था देखिन्छ ।'
का“क्रो, लौका र फर्सीजस्ता लहरामा फल्ने तरकारी हामीले सग्ला मन पराउनुको असर चरामा परेको तर्क पोखरा बर्ड सोसाइटीका अध्यक्ष मनशान्त घिमिरेको छ । 'कीरा लागेका फलफूल प्राकृतिक हुन्, जुन सग्ला, सलक्क परेका छन् तिनमा विषादि परेकै हुन्छ,' उनले भने, 'खोट लागेको देखिएका फलफूलका कीरा-फट्यांग्रा चराका आहारा हुन् । कीटनासक चलाएपछि बाली राम्रा त हुन्छन् तर, नजानिदो पाराले त्यसको असर हाम्रो स्वास्थ्यमा परेको छ, प्रकृतिमा पनि परेको छ ।' मानिसमा नर्सर्ने रोग बढ्दै जानुको मुख्य कारक बालीमा विषादिको प्रभाव भन्ने अनुसन्धानहरूले देखाइरहेका बेला चरामा परेको असरबारे खोजी नै नभएको उनले बताए ।
०००
इन्टरनेटको सर्च इञ्जिनमा भँगेरा बारे खोज्दै गए ६ दसकअघि चीनमा माओ त्सेतुङले चलाएको 'फोर पेस्ट क्याम्पियन' वा 'ग्रेट स्पारो क्याम्पियन' बारेको जानकारी भेटिन्छ । चीनले अमेरिका र यूरोपेली मुलुकहरूसँग आर्थिक समृद्धिमा प्रतिष्पर्धा गर्दै कृषि उत्पादनमा बढोतरीको अभियान चलाएको थियो । जनवादी क्रान्ति सफल भएपछि माओले खाद्यान्न उत्पादन दोब्बर बनाउने योजना ल्याएका थिए । मौसमले साथ दिएन । त्यसबेला बाली नसप्रेको दोष भ“गेरा, झिंगा, लामखुट्टे र मुसालाई लगाइयो । तिनका कारण बाली बिग्रियो भन्दै सुरु भयो मार्ने अभियान । सरकारद्वारा घोषित अभियान भएपछि पासोमा पर्ने, जाल थाप्ने, गुलेलीले हान्ने र जसरी भेटिन्छ त्यसरी भँगेरा मारिए ।
यो सन् १९५८ को घटना थियो । त्यसबेला कति भँगेरा मारिए भन्ने रेकर्ड छैन । भँगेरा मारेर खाद्यान्न उत्पादनमा सुधार आउनुको साटो भोकमरी आयो । त्यसबाट लाखौं जनसंख्या प्रभावित भयो । दुइ वर्षछि माओले भँगेरा निर्मुल पार्ने अभियान रोक्न आदेश गरे । चराका आनीबानीका जानकारहरूले उनलाई त्यो चरोका कारण बाली उत्पादन घट्दैन, शत्रु जीव भनिने किरा-फट्यांग्रा खाइदिने भएकाले फसल उत्पादनका सहयोग गर्छ भन्ने पत्ता लागेको बताएका थिए । धेरै भँगेरा मारिएपछि मात्रै आदेशकर्ता र समर्थकले भँगेरा मार्न रोके ।
दक्षिण एशियाली मुलुकमा चरा चिन्न, शोध गर्न र संरक्षणका काममा लामो समयदेखि काम गरिरहेकी बेलायतकी ७१ वर्षीया क्यारोल इन्स्कीप नेपाल बराबर आइरहन्छिन् । नेपाल, भारत, भुटान र श्रीलंकाका चराहरू बारेका पुस्तक लेखनमा उनको अगुवाइ छ । '१९७७ देखि यता लामो-छोटो अवधिका मैले २२ पटक नेपाल भ्रमण गरिसकेँ,' उनले इमेल कुराकानीमा भनिन्, 'घर भँगेरा नेपालमात्रै होइन बेलायतका पनि बिभिन्न ठाउँमा चिन्तालाग्दो गरि घटेका छन् ।' सहरीकरणले पारेको यो असर हेर्दा संरक्षणकर्मी र शोधार्थीका लागि चिन्ताको विषय रहेको उनले बताइन । 'बेलायतमा अब आधुनिक घरहरूमा पनि चरालाई आश्रय दिनुपर्छ भन्ने अभ्यास सुरु भएको छ,' उनी भन्छिन्, 'बेलायतामा यतिबेला विषादिको प्रयोग घटायौं भने मात्रै पनि उनीहरूको आयु र संख्या बढ्छ भन्नेमा संरक्षणकर्मीको जोड छ, नेपालको अवस्था पनि यो भन्दा फरक होइन ।' सहरीकरण, खेती प्रणालीमा आएको परिवर्तनले बास र आहाराको संकटको असर भँगेरालाई परेको हो । यसका लागि सम्बद्ध सबैले चिन्ता लिनैपर्ने उनले बताइन ।
नेपालमा राष्ट्रिय अभियानका रूपमा कुनै पनि पशुपंछी मार्ने अभियान चलेको छैन । र, नचल्दा पनि भ“गेराजस्ता हाम्रै घरमा बस्न रुचाउने चराहरू सुरक्षित नै छन् भन्ने अवस्था पनि छैन ।
(२०७५ चैत ३० मा कान्तिपुर कोसेलीमा प्रकाशित सामाग्री ब्लगमा जतन गरिएको हो )
Bhim Prasad Ghimirehttp://www.blogger.com/profile/01083707530713845950noreply@blogger.com0tag:blogger.com,1999:blog-998931820621270254.post-84089415943942282972019-04-28T11:52:00.000+05:452019-09-09T11:46:37.879+05:45Visit Pokhara - आउँ है पोखरा
गाडीमा ओर्लनुस् की हवाइजहाजबाट । तपाइँले यहाँको भुइँ टेक्नेबित्तिकै एउटा प्रश्नको सामना गर्नुपर्छ - कहाँ जानुहुन्छ ? होटल चाहिन्छ ? त्यसपछि तपाइँले आफ्नो बजेटअनुसार सवालजवाफ गर्नुस् । निरास पटक्कै हुनुपर्दैन । किनभने पोखराले आतिथ्य गर्न जानेको छ ।
बिग्रियो, भत्कियो, नासियो र मासियो भनेर बारम्बार आइरहने नकारात्मक खबरहरूबाट ध्यान हटाएर यात्रामा रम्ने सुर कस्नेका लागि छोटो दुरीभित्र प्रशस्त गन्तव्य कतै छन् भने त्यो पोखरा नै हो । एउटै सहरभित्र ताल, गुफा, स्तुप र संग्रहालय हेर्न सकिने मात्रै होइन, सजिलो सडक र खानबस्नको सुबिस्ता पनि विशेषता भएकाले घुमन्तेका लागि यो सजिलो ठाउँ छ ।
एक्लै, साथीभाइ वा परिवारका साथ पोखरा घुम्न आउने निधो गरेकाहरूले होटल-रेस्टुरेन्टको चयन अब अनलाइनबाटै गर्न सक्छन् । इन्टरनेटको सर्च इञ्जिनमा पोखराका होटल खोजेर त्यहाँ भेटिने नम्बरमा फोन गर्दा आफ्नो बजेट अनुसारको खर्चमा बास, खानपान र घुमघामको व्यवस्थापन सजिलै हुन्छ । कार्यालयको कामविशेषले आइपुगेर गत मंगलवार पोखरा घुम्दै गरेको भेटिएका विराटनगरका पंकज वर्माले भने 'पहिले पहिलेभन्दा पोखरामा भीड बढेछ । घर, गाडी र मान्छे बढेछन् । तैपनि यो सहर घुम्न पाउनुको आनन्द बेग्लै छ ।' सहरले बढ्दो जनघनत्वसँगै घुमघामको गन्तव्य पनि थपेको पाएको उनले बताए ।
त्यसो त धेरै वर्ष अघिदेखि पोखरा उपत्यकाको मुख्य आकर्षण फेवाताल र माछापुच्छ्रे हिमाल हो । पोखराबाट माछापुच्छ्रे हिमालको हवाइ दुरी ३३ किमी मात्रै छ । संसारका अग्ला १४ हिमालमध्ये तीनवटा पोखराबाट देख्न सकिन्छ । मौसम सफा रहँदा फेवातालमा पौडी खेलेको सुन्दर आकृति देखिने माछापुच्छ्रे हिमाल ६९४७ मिटर अग्लो चुचुरो हो । कास्कीको माछापुच्छ्रे गाउँपालिकामा पर्ने उक्त चुचुरो आरोहणका लागि खुला गरिएको छैन । त्यसैले माछापुच्छ्रेलाई 'कुमारी हिमाल' पनि भन्ने गरिएको छ । गाउँपालिकाले आन्तरीक स्रोत बृद्धिका लागि उक्त हिमालमा पनि आरोहण खुला गरिनुपर्ने प्रस्ताव गरेको छ । उक्त प्रस्ताव अहिले बहसको विषय भएपनि सरकारले आरोहण खुला गरिसकेको छैन ।
पोखरा उपत्यकामा फेवातालमात्रै धेरैले र सजिलै देख्नेमा पर्छ । तर, यहाँ बेगनास, रुपा, खास्टे, दिपाङ, गु“दे, न्युरेनी, मैदी, र कमल लगायतका नौ ताल छन् । फेवाताल र बेगनासका लागि नगर बस नै सञ्चालनमा छन् । अन्य ताल पुग्न गाडीमा वा हिडेरै जान पनि सकिन्छ । फेवातालमा तालबाराही मन्दिर छ । पोखरा घुम्न आउनेले बाराहीघाटबाट प्रतिव्यक्ति ६० रूपैयाँ तिरेर मन्दिर आउजाउ गर्न सक्छन् ।
फेवा डुंगा व्यवसायी संघका सचिव रुद्र भुजेल भन्छन् 'बाराहीघाटमा डुंगा चलाउनेलाई कहिल्यै फुर्सद हुँदैन । बिहानदेखि बेलुकीसम्म घुम्न आउनेको चाप हुन्छ ।' पामेदेखि ड्यामसाइटसम्म गरेर फेवातालका आठवटा घाट छन् । बाराहीघाट मन्दिर आउजाउ गर्न चाहनेको भीड हुने ठाउँ हो भने अन्य घाटमा निश्चित समयवधिका लागि डुंगा भाडामा लिएर तालको सयर गर्न सकिन्छ ।
आठैवटा घाट गरेर फेवातालमा ७३४ वटा डुंगा छन् । यिनमा ३५६ वटा डुंगा बाराहीघाटमा मात्रै रहन्छन् । यही घाटमा पनि छानो भएका सुरक्षित मानिने डुंगा ३५ वटा छन् । अन्य साना डुंगा छन् । ठूलो एउटा डुंगामा १२/१३ जना र सानोमा ४/५ जना चढ्न मिल्छ । 'बाराहीघाटबाट मात्रै एक दिनमा कम्तीमा चार हजार जनादेखि बढिमा १० हजार जनासम्म ढुंगा चढ्छन्,' सचिव भुजेल भन्छन्, 'हामीले देख्तादेख्तै डुंगाको यात्रा धेरै सजिलो र सुरक्षित बनाइएको छ ।' यात्रुले लाइफज्याकेट लगाउनै पर्छ । दुर्घटनाका अवस्थामा उद्धारका लागि सशस्त्र प्रहरीको एउटा युनिट नै तैनाथ छ । तुलनात्मकरूपमा फेवाभन्दा अन्य तालमा भीड छैन । तर, लेकसाइड र फेवातालको भीडभन्दा केही पर्तिर रमाइलो गर्न चाहनेका लागि बेगनास अर्को सजिलो गन्तव्य छ । यहाँ २५७ वटा डुंगा छन् । यात्रुले समय तोकेर भाडा तिरेपछि घुम्न पाइन्छ । ३०९ हेक्टरमा फैलिएको बेगनास ताल एकान्त प्रेमीका लागि घुमघामको उपयुक्त थलो बनेको छ । बेगनासको बसबिसौनीबाट तालतर्फ नलागी पूर्व उक्लने हो भने अलि माथि पुगेपछि एकातिर बेगनास र अर्कातिर रुपाताल दृश्यावलोकन सहज छ । जाँदाजाँदै बाटामा पर्ने सुन्दरीडाँडामा भ्युटावर पनि छ । त्यहाँ उभिएर दुवै ताल हेर्न रमाइलो छ ।
पोखरा उपत्यका मुलुकमै सर्वाधिक पानी पर्ने क्षेत्र हो । किन यहाँ धेरै पानी पर्छ ? हावापानी कार्यालय पोखराका प्रमुख राजाराम ढकाल भन्छन् 'यहाँको भूबनोट नै त्यस्तै भएर हो ।' तालतलैया धेरै हुनु, हिमालको नजिक, प्रशस्त वनजंगल र पहाडले घेरिएको भएर यहाँ वर्षा नियमित भइरहने उनले बताए । 'वाष्पीकरणको प्रक्रिया चलिरहँदा वर्षा नियमित हुन्छ,' उनले भने, 'यही पानी परिहरने भएकैले यहाँको मौसम संतुलित रहन सकेको पनि हो । यो पोखराको आफ्नै विशेषता हो ।' न धेरै गर्मी न धेरै जाडो । पोखराको मौसमको यही विशेषताले हिमालीदेखि गर्मी ठाउँमा हुने वनस्पति यहाँ पाइन्छन् । सिस्नुदेखि आँप र कटहरसम्म पाइने पोखराको विशेषता यहाँको मौसममा निर्भर रहेको उनले बताए ।
जहाँ डाँडा-डाँडाबाट झरेका खोलाले तालमा पानी ल्याएका छन्, त्यहीँ गहिरिएर बगेको सेती नदि पोखराको अर्को विशेषता छ । पुरानो पोखराको मध्यभागबाट बगेको सेती नदि केआइसिंह पुलदेखि कालीखोला दोभानसम्म, नारायणथानदेखि तुलसीघाटसम्म र रामघाटदेखि ढुंगेसाँघुसम्म गहिरिएर बगेको छ । रामघाटमा प्रष्ट देखिने नदिको पानी त्यहाँबाट पुनः गहिरिँदै भुमिगत भएर दक्षिणको यात्रा गरिरहेको छ ।
यहाँ प्राकृतिक गुफाहरू पनि उत्तिकै संख्यामा छन् । छोरेपाटनमा रहेको गुप्तेश्वर, बाटुलेचौरको महेन्द्र र चमेरे गुफा यहाँ घुम्न आउनेले नछुटाउने गन्व्यमा पर्छ । दुइ भागमा विभाजित गुप्तेश्वर गुफाको पहिलो भाग ४० मिटर लामो छ । त्यहाँभित्र महादेव मन्दिर बनाइएको छ । दोस्रो भाग करिब १ सय ४० मिटर पसेपछि भित्रैबाट डेभिज फल्स भनिने पाताले छाँगो देखिन्छ । गुप्तेश्वर पस्न अघि नै बाटोवारि छाँगो हेर्ने ठाउँ छ । घुमन्तेहरू धेरैले गुफाबाट छाँगो हेर्दैनन् । बेला बेला जलस्तर बढ्दा गुफा छाँगो हेर्ने ठाउँसम्म पुग्ने बाटो बन्द गर्ने गरिएको छ । आगन्तुकको सुरक्षाका लागि त्यसो गर्ने गरिएको हो । फेवातालको बाँधबाट पानी छाँगो हुँदै एक किलोमिटर भुमिगत यात्रा गरेर फुर्सेखोलामा पुगेको छ ।
बाटुलेचौर पुग्दा महेन्द्र गुफा र चमेरे गुफा नजिकै छन् । दुवै गुफा घुमन्तेका लागि रोचक अनुभव दिन्छन् । थुप्रै चमेरा झुण्डिएर बसेको देखिने चमेरे गुफा पस्नुअघि र्टचलाइट बोक्नै पर्छ । धार्मिक पर्यटकका लागि पनि पोखरामा पर्याप्त स्थान छन् । फेवाताल आइपुग्ने जो कोही तालबाराही पुग्छन् भने थाहा नभएकाहरूलाई पर्यटनकर्मीले विन्ध्यवासिनी, भद्रकाली र माटेपानी गुम्बासम्म पुग्ने सल्लाह दिएकै हुन्छन् । फेवातालबाट पुम्दीभुम्दीको डाँडामा विश्व शान्ति स्तुप छ । त्यहाँसम्म दुइ तरिकाले पुग्न सकिन्छ । पहिलो- फेवातालबाट डुंगामा पारी गएर आधा घण्टा पैदल डाँडा उक्लने, दोस्रो छोरेपाटनहुँदै गाडीमा स्तुपाको फेदीसम्म पुगेर भर्याङ चढ्ने । दुवै यात्रा आफैंमा रोचक हुन्छन् । मौसम खुलेका दिन स्तुपबाट उत्तरतर्फमाथि माछापुच्छ्रे र अन्नपूर्ण लगायतका हिमश्रृंखला र तल फेवातालको पूर्ण आकार हेर्न सकिन्छ ।
स्तुपभन्दा केही माथि छोटो पदयात्रा रुचाउनेका लागि पुम्दीकोट छ । त्यहाँ भ्युटावरमात्रै छैन, एक रात बास बस्छु भन्नेलाई पनि सहज छ । कालाबाङ घरेडी भनिने उक्त बस्तीमा होमस्टेको व्यवस्था छ । त्यसो त पोखरा आफैंले मात्रै आतिथ्यमा आधारीत व्यवसायको लाभ लिएको छैन, प्रत्येक डाँडाकाडाका बस्ती बस्तीमा होमस्टे, होटल र रेस्टुरा पुगेका छन् । स्थानीयले पाहुनालाई आतिथ्य गर्न जानेका छन् । महानगरबाट बाहिर रुपा, अन्नपूर्ण, माछापुच्छ्रे र मादी गाउँपालिकामध्ये जहाँ पुगेपनि आगन्तुकका लागि खान-बस्न सहजै पाइन्छन् ।
पोखरामा प्राकृतिक सम्पदाका रूपमा ताल, पहाड र खोलामात्रै दर्शनीय नभइ मानव निर्मित संरचना पनि यात्रामा छुटाउनै नहुने बनेका छन् । यस्ता गन्तव्य संग्रहालय हुन् । पोखरामा पाँचवटा संग्रहालय छन् । वर्षेनी सर्वाधिक अवलोकनकर्ता पुग्ने थलो रातोपैरोस्थित अन्तर्राष्ट्रिय पर्वतीय संग्रहालय हो । उक्त संग्रहालयमा मुलुकका अग्ला हिमाल, आरोहण इतिहास, जलवायु परिवर्तनका जानकारीसँगै हिमाली र पहाडी क्षेत्रको जनजीवनको यथेष्ट जानकारी पाउन सकिन्छ । 'हामीकहाँ वर्षमा करीब २ लाख ५० हजार हाराहारी अवलोकनकर्ता आउँछन्,' संग्रहालय व्यवस्थापक बलप्रसाद राइ भन्छन्, 'घुम्न आउनेहरू वर्षेनी बढेका छन् । त्यसैले हामीले सोधखोज गर्नेका लागि टेक्नोलोजीले सजिलो पनि पार्दै लगेका छौं ।' संग्रहालय प्रवेश गर्नेले मोबाइल एप्लीकेसन डाउनलोड गरेर पसेपछि सबै कक्षमा प्रदर्शनमा राखिएका विषयको जानकारी अडियो-भिडियो र पढ्न मिल्नेगरि पाउने उनले बताए ।
पश्चिमाञ्चलको जनजीवन झल्काउने क्षेत्रीय संग्रहालय नयाँ बजारमा छ । गोर्खालीको बहादुरी सम्झाउने संग्रहालय केआइसिंह पुलनजिक र शक्तिघाटमा गुरुङ जनजीवनको क्होइबो छ । पृथ्वीनारायण क्याम्पस हाताको नेचुरल हिस्ट्री म्युजियममा पुतलीका संग्रह हेर्न सकिन्छ । यहाँ पुतलीका करीब ६ सय प्रजाति संग्रहीत छन् ।
बढ्दो सहरीकरणले प्राकृतिक भूबनोटमा पारेको असरबाट सिर्जित समस्याबाट पोखरा अछुतो छैन । तैपनि अझै पोखरामा घुम्ने ठाउँ पर्याप्त भएकै हुनाले रोजाइको गन्तव्य बनेको हो । तनहुँको डुम्रेबाट लमजुङको बेंसीसहर हुँदै मनाङको थोराङला पास उक्लेर मुस्ताङको मुक्तिनाथ झर्ने पदयात्री म्याग्दी, बागलुङ र पर्वत हुँदै पोखरा आएर थकाइ मार्छन् । पोखरा-बागलुङ मार्गको नयाँ पुलबाट वीरेठाँटी हुँदै अन्नपूर्ण आधार शिविरको यात्रा गर्नेहरूका लागि पनि सुरुवातको गन्तव्य पोखरा हो । चक्रीय अन्नपूर्ण पदमार्गको यात्रा रुचाउनेदेखि मनाङ-मुस्ताङ जाने योजनामा रहेकाहरू पोखरा आउन मन पराउँछन् । सहज बसाइँ, सजिला घुमघामका गन्तव्यदेखि अल्ट्रालाइट, प्याराग्लाइडिङ, बञ्जी जम्प र जीपफ्लायरका साहसिक खेल रुचाउनेमात्रै होइन कालीगण्डकी र मादीमा र्याफि्टङका लागि निस्केकाहरूले पनि पोखरा टेकेकै छन् ।
(कान्तिपुर दैनिकको नव वर्ष परिशिष्टांक 'आरम्भ' मा २०७५ चैत २९ मा प्रकाशित)
Bhim Prasad Ghimirehttp://www.blogger.com/profile/01083707530713845950noreply@blogger.com0tag:blogger.com,1999:blog-998931820621270254.post-67139457080313820412019-03-10T20:31:00.001+05:452019-09-09T11:52:21.748+05:45जो बाटो देखाउँछन्
पोखरा आएर महिला ट्रेकिङ गाइड खोज्नुपरे समस्या छैन । चाहनाअनुसारका डाँडाकाँडामा सँगै पुगेर पर्यटकीय क्षेत्रको जानकारीसँगै खान-बस्न उपयुक्त बन्दोबस्तका लागि सहजीकरण गरिदिने महिला गाइडले विदेशी पर्यटकमाझ 'पौरखी नेपाली महिला' बारे राम्रो प्रभाव पारिरहेका छन् ।
गाउँबाट पोखरा पढ्न आएका थुप्रै छात्रामध्ये तीन जनाको रहर अलि बेग्लै थियो । घरको आर्थिक अवस्था सम्झेर उनीहरू आफ्नै खुट्टामा उभिन चाहन्थे । श्रृंगारका सामाग्री पसलमा सहयोगी र बजार प्रतिनिधिको काम मिलेपनि सन्तुष्टि मिलेको थिएन ।
पृथ्वीनारायण क्याम्पसमा प्रमाणपत्र तह सिध्याउन लागेका बेला एउटीले अखबारमा 'थ्री सिस्टर्स' को कहानी देखिन् । त्यसमा संस्थाका सञ्चालिका लक्की, डिक्की र निक्की कार्कीको कथामात्रै थिएन, उनीहरू महिलालाई गाइड बन्न जागिरको ग्यारेन्टीसहित तालिम दिन्छन् भन्ने पनि उल्लेख थियो । तीन सहपाठी अब कुरा बुझ्न थ्री सिस्टर्सको कार्यालयमा जाने भए ।
अमेरिकी टेलिभजन च्यानल सीएनएनले कार्की दिदीबहिनीले पदमार्गका लागि महिला गाइड तयार गरिरहेको विषयमा वृत्तचित्र प्रसारण गरेको थियो । त्यसयता नेपाली महिलाको सशक्तिकरणका विषयमा लेख्न चाहने धेरैका नजरमा उनीहरू परे । वर्षौदेखि कार्की दिदीबहिनी 'अन द जब ट्रेनिङ' दिएर महिला गाइड तयार पारिरहेका छन् । पोखरामा महिला पर्यटनकर्मीका कथा लेख्नुपरे अहिले पनि जोकसैले बताइदिने पहिलो नाम 'थ्री सिस्टर्स' नै हो । आर्थिक लगानीबिनै आफ्नो पौरखले इमानदार पेशामा गरिखान चाहने महिलाका लागि उनीहरूको योगदान अतुलनीय रहिआएको छ ।
आजभन्दा करीब सात/आठ दसकअघि रामेछापको ठोसेका लालबहादुर कार्की कामको खोजीमा भारतको दार्जिलिङ पुगेका थिए । त्यसबेला नेपालबाट कामको खोजीमा निस्कनेमध्ये फौजीमा भर्ती जानेबाहेका धेरैको गन्तव्य सिक्किम, दार्जिलिङ र असम हुन्थ्यो । पहाडी क्षेत्रका बासिन्दा औलो लाग्छ भनेर तराइ बस्न डराउँथे । पहाडी क्षेत्रमै काम गर्न पाउँदा हावापानी मिल्ने ठान्थे । यसरी निस्कनेहरू अधिकांश पढेलेखेका हुदैनथे । दार्जिलिङ पुगेकाहरूले झट्ट पाउने काम हुन्थ्यो- चियापत्ती टिप्ने, जंगल फडानी गर्ने, काठ बोक्ने र बाटो बनाउने । लालबहादुरका एकमात्र सन्तान थिए कर्णबहादुर । उनी दार्जिलिङमै जन्मिए, बाल्यकाल त्यहाँको सुकियापोखरीमा बित्यो । विवाह गरेपछि लगालग आठ सन्तान भए । कर्णबहादुरको परिवार पुर्ख्यौली थलो खोज्दै ठोसेमै फर्कियो । केही वर्ष रामेछापमा बितेपछि खर्च धान्न कर्णबहादुरले पिताको पथ चिहाए । उसैगरि सपरिवार दार्जिलिङ पुगे ।
२०४९ बैशाख तेस्रो साता कर्णबहादुर दिवंगत भएपछि कार्की परिवारले फेरि नेपाल फिर्ने निर्णय गर्यो । काँकडभिट्टाबाट चढेको बसले जनकपुर पुर्यायो । तराइ सहज लागेन । उनीहरूले त्यहाँबाट पोखरालाई गरिखाने गन्तव्य बनाए । धेरै संघर्षपछि आफ्नो संस्था र नामलाई उभ्याउन सफल भएका 'थ्री सिस्टर्स' तिनै कर्णबहादुरका छोरीहरू हुन् । 'हामीले ब्याचलरसम्म दार्जिलिङमा पढेकाले पोखरामा अंग्रेजीको कदर हुने अवस्था थियो,' लक्की भन्छिन्, 'तैपनि सुरुवातका दिन धेरै संघर्षका रहे । आज हामी ट्रेकिङ एजेन्सी चलाएरमात्रै बसेका छैनौं, गाइड बन्न चाहने नेपाली चेलीहरूलाई बाटो देखाइरहेका छौं ।' पुरुषको मात्रै वर्चस्व रहेको ट्रेकिङ गाइड र पर्यटक सहयोगीको पेशामा कार्की दिदी बहिनीको संस्था झण्डै दुइ दसकदेखि महिलालाई निरन्तर अघि बढाइरहेको छ । उक्त संस्थामा हाल चार दर्जनभन्दा बढि महिला गाइड छन् । केही वर्ष निरन्तर काम गरेर सक्षम भएकाहरू आफ्नै संस्था खोल्दै र अरुमा गएपनि गुरुआमा रहेका कार्की दिदीबहिनीलाई सम्मान गर्छन् । आउने र जाने क्रम वर्षौदेखि चलिरहँदा कार्की दिदीबहिनीको महिलालाई पौरखी बनाउने अभियानमा अडचन आएको छैन । आफ्नो संघर्षको कथा 'हामी थ्री सिस्टर्स' को नाममा हालै पुस्तकाकार रूपमा प्रकाशित पनि गरेका कार्की दिदीबहिनीका बारेमा जानकारी लिन त्यति गाह्रो छैन । गुगलको सर्च इञ्जिनले पनि जानकारीमुलक साइट र भिडियोका थुप्रै लिंक देखाउँछ ।
यतिबेला हामीले जान्नुपर्ने अर्को कथा 'मल्ल सिस्टर्स' को हो । कार्की दिदीबहिनीको खबर पढेपछि 'थ्री सिस्टर्स' को कार्यालयमा प्रष्ट कुरा बुझ्न जाने कलेजका ती तीन छात्रा मध्येकी एक थिइन विष्णु मल्ल ।
०००
'उहाँहरू गाइड हुन तालिम दिनुहुने रहेछ । कुरा बुझ्दा ठीकै लाग्यो । मलाइ घुम्ने रहर । काम पनि मान्छे घुमाउने, ठाउँका बारेमा बताउने,' विष्णु मल्ल भन्छिन्, 'एक महिने तालिम लिएँ, त्यसमा फिल्ड वर्क पनि थियो । पछि थ्री सिस्टर्सकै लागि काम गर्न थालियो ।' त्यसबेला गाइडको काममा महिला नगन्य संख्यामा थिए । जति थिए, सबै थ्री सिस्टर्सको बलमा काममा लागेकाहरू थिए ।
'मेहनतका हिसाबले त्यो बेला पैसा धेरै होइन तर, थ्री सिस्टर्सले गाइड बनेर बाँच्न सकिन्छ भनेर सिकायो,' उनी भन्छिन्, 'टुरिस्ट थरिथरिका आउँछन् । महिलाले महिला गाइड नै खोज्दा हामीले बराबर काम पाउन थाल्यौं ।' पाहुना टोलीको मनोविज्ञान बुझ्दै जाँदा पेशालाई निरन्तरता दिन सजिलो भएको उनले बताइन । 'हेर्दा-सुन्दा गाइडको काम सजिलै हो तर, अंग्रेजी जान्नुपर्छ । पुगेका ठाउँबारे बताउन सक्नुपर्छ,' उनी भन्छिन्, 'इमर्जेन्सीका अवस्थामा के गर्ने भनेर छिटो निर्णय लिन सक्नुपर्छ । समय ख्याल गरेर पंचुअल हुनैपर्छ ।' गाइडले अनुशासित, सभ्य र नम्र भएमात्रै काम पाइरहने उनले बताइन ।
'थरि थरिका टुरिस्टका टोली लिएर हिड्दाका घटना र अनुभव पनि रमाइला/नरमाइला थुप्रै छन्,' उनी भन्छिन्, 'एकपटक विरामी परेपछि मैले बिस्तारै हिड्ने काम कम गरेँ । अहिले दिदीलाई सघाउँछु । म आर्ट अफ लिभिङकी ट्रेनर भएकी छु ।' आफू हिडेको बाटोमा दिदीलाई बोलाएर ल्याएपछि पथप्रदर्शकको काम अझ दिगोरूपमा अघि बढेको उनले बताइन । उनकी दिदी अर्थात हीरा मल्ल ।
०००
पोखरामा अन्नपूर्ण चक्रीय पदमार्ग, मनास्लु र अन्नपूर्ण आधार शिविरको पदयात्रामा जाने पर्यटक धेरै आइपुग्छन् । काठमाडौं टेकेपछि मुग्लिनबाट डुम्रे भएर लमजुङको बेंसीसहर हुँदै मनाङ पुग्ने पदयात्री पर्यटक थोराङला पास गरेर मुक्तिनाथ झर्छन् । त्यसपछि जोमसोम, बेनी र पर्वत हुँदै पोखरा आएर थकाइ मार्छन् । अन्नपूर्ण आधार शिविरको यात्रामा जानेहरू पोखरा भएर नयाँपुल, वीरेठाँटी हुँदै घान्द्रुक हेर्दै उकालो लाग्छन् । फर्किँदा पोखराकै बास हुन्छ ।
शुक्रवार नारी दिवसका विभिन्न कार्यक्रम भइरहँदा हीरा मल्ल कुनै गाउँमा पर्यटक लिएर होमस्टेमा पुगेकी हुनेछिन् । उनलाई सम्पर्क गरेको टोली सोमबार विहान नै यात्रामा निस्किसकेको थियो ।
स्याङ्जाको पुतलीबजार-८ बाहाकोटका इन्द्रबहादुर मल्लका ५ सन्तान मध्येकी जेठी छोरी हुन् हीरा । एसएलसी दिएर घर बसेलगत्तै उनको विवाह भयो । माइतीबाट डेढ घण्टा दूरीको गाउँ पुगिन् । दुइ सन्तान जन्मिए । कामको खोजीमा भौंतारिएर श्रीमान पोखरा झरेका थिए । छोरी जन्मिएपछि घर आउन छाडे । यदाकदा आएपनि झगडा हुन थाल्यो । ट्याक्सी चलाउने काम गरिरहेका उनले डेरामा कान्छी भित्र्याएपछि घर आउने बाटो बन्द भयो । तर, घर चलाउनै गाह्रो पर्यो । दूधमुखे छोरी निकै विरामी परी । उपचार गराउन हीरा पोखरा आइपुगिन् ।
उनको घरबार बिग्रिएको देखेर बैनी विष्णुले सम्हालिन । दिदीलाई आफू जसरी नै 'थ्री सिर्स्टर्स' मा तालिम दिलाउन पुर्याइन । 'दिदीको बानी मजस्तो हक्की पाराले प्रष्ट बोल्ने थिएन । मलाइ यसले कसरी काम गर्ली जस्तो लागेको थियो,' विष्णु भन्छिन्, 'तर, आज दिदीले महिला ट्रेकिङ गाइडमा आफ्नो नाम बनाएकी छे । म दिदीको सहयोगी भएकी छु ।'
हीराका छोरा यतिबेला ११ कक्षा र छोरी ५ कक्षामा पढ्छन् । टुरिस्ट गाइड बनेकी आमाले घर धानेकी छन् ।
०००
पोखराको नदिपुरस्थित 'मल्ल सिस्टर्स' को डेरामा दिदीबैनीको मुस्कुराइरहेको तस्बिरअंकित फ्लेक्स पोस्टर छ । पोस्टरमुनि हीराले कुन कुन मितिमा कुन देशबाट, कहाँ जाने पर्यटकले आफूलाई सम्पर्क गरेकाछन्, त्यो लेखेकी छन् ।
महिनामा मुश्किलले एक साता घर बस्न पाउने रूटीन हुने गरेको छ । 'म चरा पनि चिनाउन सक्ने भएकीले मैले घुमाउने टुरिस्टहरू बर्ड वाचर पनि धेरै हुन्छन्,' हीरा भन्छिन्, 'मलाई आइपरेका केही पर्यटकको रुचिका कारण चरा चिन्न सजिलो भयो । पोखरामा टुर गाइडलाई चरा चिनाउने तालिमले पनि सघायो ।' मल्ल दिदी बहिनीले यतिबेला आफ्नै ट्रेकिङ एजेन्सी चलाएका छन् ।
'एक दिन एउटा टिमलाई मैले बताइरहेको एउटा क्यानडेली जोडीलाई मन परेछ,' उनी भन्छिन्, 'पोखरा फर्किएपछि उनीहरूले मलाई सम्पर्क गरे । पछि उनीहरूले नै छुट्टै एजेन्सी चलाउन मद्दत गरे ।' बाटामा भेटिएका ब्रुस र थेरेसले दोस्रोपटक नेपाल आउँदा हीरालाई नै आफ्नो पथप्रदर्शक बनाएपछि उनीहरूको चिनजान बढेको थियो । क्यानडेली दम्पत्तीले थ्री सिर्स्टर्सको कार्यालय पुगेर हीराको अनुभवको प्रमाणपत्र बनाइदिन आग्रह गरे । क्यानडा घुमाउन लगे । पिता समानका थेरेसले 'मल्ल सिस्टर्स' का लागि वेबसाइट पनि बनाइदिएपछि छुट्टै आफ्नै काम गर्न बाटो खुल्यो ।
'अहिले हामीलाई वेबसाइटमै सम्पर्क गरेर टुरिस्टहरू जान चाहेको ठाउँ र मिति बताउँछन्,' हीरा भन्छिन्, 'हामी आफ्नो समय त्यसैअनुसार म्यानेज गर्छौ । कामले खाली बस्नुपरेको छैन ।' पोखरा आइपुग्ने पर्यटकलाई घुमाउन गण्डकी र धौलागिरिका सबैजसो पर्यटकीय पदमार्ग छिचोलेकी हीराले ५ हजार ४ सय १६ मिटर उचाइको थोराङला पासमात्रै १६ पटक गइसकेको बताइन । उनी लाङटाङ, अन्नपूर्ण र सगरमाथा आधा शिविरसम्म पनि पाहुना लिएर पुगेकी छन् । 'परिवार, केटाकेटीसहित र बृद्धबृद्धाले सकभर महिला गाइड नै खोज्ने भएकाले हामीलाई सजिलो छ,' उनी भन्छिन्, 'एकपटक घुमाउन लगेको टोलीका टुरिस्ट गाइडको व्यवहारले प्रभावित भएभने उनीहरूले चिनेजानेका जो पठाएपनि फलानोलाई गाइड लानु भनेका हुन्छन् , सम्पर्क त्यसरी बढ्ने रहेछ ।'
०००
'१० वर्षभयो हीरा बैनीलाई मैले यो ट्रेकिङको फिल्डमा देखेको, अहिलेसम्म कुनै कम्प्लेन छैन,' ट्रेकिङ एजेन्सीज एसोसिएसन (टान) पश्चिमाञ्चलका सचिव जीवन सापकोटा भन्छन्, 'उनीजस्ता केही अग्रणी बैनीहरू छन् जसको इमानदार काम गराइ हामीले नवप्रवेशीलाई उदाहरणका रूपमा भन्न-देखाउन पाएका छौं । घर छाडेर हप्तौंसम्म हाइ अल्टिट्युडमा पुग्नु र अप्ठ्यारा अवस्थामा पनि पर्यटकलाई असुविधा हुन नदिन ध्यान पुर्याउनु जो कसैका लागि सजिलो काम हुँदै होइन ।' आफ्नो अनुभवमा महिला गाइडबारे पर्यटकका नगन्य गुनासा आउने उनले बताए । 'अहिले पोखराबाट एक्टिभ महिला गाइड करीब ७० जना हाराहारी छन्, महिलाले मात्रै चलाएका करीब तीनवटा ट्रेकिङ एजेन्सी छन्,' उनी भन्छन्, 'जहाँ सँगै गएका जेन्स गाइडले अनावश्यक खर्च बढायो, रक्सी खायो, हल्ला गर्यो आदि भन्ने टुरिस्टका गुनासा हुन्छन्, त्यहीँ गाइड लेडिज भए त्यस्ता गुनासा सुनिएका छैनन् ।' महिलाहरू काममा बढि ध्यान दिने, अध्ययनशील र व्यवहारमा फरासिला भएको पर्यटकले बताउने गरेको उनले सुनाए । 'अझ हीराका बारेमा भन्नुपर्दा चरा चिन्ने गाइड जेन्समै पनि निकै कम छन्,' उनले भने, 'बर्ड वाचरको ग्रुप आयो भने सुरुमा खोजी उनकै हुन्छ ।'
पाहुनालाई आफूले लगेका ठाउँको यात्रामा सहजीकरण गर्ने, ठाउँबारे सोधेका कुरा नम्रतापूर्वक बताइदिने र खाना तथा बासमा खोजेजस्तो सुविधा उपलब्ध गराउन खटिने गाइडले आफ्नो देशकै छविबारे पनि राम्रो प्रभाव पार्न सक्नुपर्ने उनी बताउँछन् । 'खासमा गाइड महिला हुन् वा पुरुष, मापदण्डका कुरा सबैका बराबरी लागू हुन्छ,' उनी भन्छन्, 'तुलनात्मकरूपमा महिला गाइडका बारेका कम्प्लेन कम आउँछन् । त्यसैले बृद्धबृद्धा वा परिवारमा आएका टुरिस्टले खोजेअनुसार हामी पनि लेडिज गाइड उपलब्ध गराउँछौं ।' टानले पदमार्गमा जाने पर्यटकसँगै गाइडको पनि विवरण राख्ने गरेको छ । गाइड हुने योग्यतामा शारीरिक र मानसिक रूपमा स्वस्थ र एसएलसीसम्म पढेको भन्ने प्रहरीको भर्तीका लागि निर्धारित गरिएभन्दा धेरै फरक छैन, जसलाई महिला वा पुरुष जो भएपनि समानरूपले लागू हुन्छ । पुरुषका तुलनामा आधाभन्दा पनि कम संख्यामा रहेका महिला गाइडले निरन्तर काम पाइरहेको विवरणमा छन् ।
पर्यटन बोर्डका म्यानेजर सूर्य थपलियाका अनुसार पोखरालाई नै मुख्य थलो बनाएर गण्डकी-धौलागिरीका पदमार्ग घुम्न आउने पर्यटक वार्षिक सरदर १ लाख ७० हजार हाराहारी हुन्छन् । 'त्यसमा महिला संख्या करीब ४० प्रतिशत रहन्छन्,' उनी भन्छन्, 'सहजीकरण र व्यवहारका हिसाबले महिला गाइडबारे प्रभावित भएका पर्यटक भेटिन्छन् ।' अन्नपूर्ण क्षेत्र संरक्षण आयोजना (एक्याप) का अनुसार सन् २०१८ मा पदमार्गै पदमार्ग रहेको अन्नपूर्ण क्षेत्रमा १ लाख ८० हजार ९३ जना पर्यटक आएको तथ्यांक छ । सन् २०१८ को अक्टुवरबाट नेपाली पर्यटकको पनि तथ्यांक राख्न थालिएको छ । उक्त वर्ष अन्तिम तीन महिनामा १ हजार १ सय ३७ नेपाली आएको तथ्यांक छ । 'तुलनात्मकरूपमा महिला गाइडप्रति ढुक्क हुने भएकाले पनि टुरिस्टमा राम्रो प्रभाव परेको हुनुपर्छ,' एक्यापका सञ्चार अधिकृत ऋषि वराल भन्छन्, 'हाम्रो टुरिज्म सेक्टरमा महिला-पुरुष भनेर काममा विभेद छैन । तर, पछिल्लोसमय जति पनि महिलाहरू काममा अगाडि आउनुभएको छ, सबैले उहाँहरूलाई हौसला नै दिएको अवस्था छ ।'
(अन्तर्राष्ट्रिय नारी दिवसका अवसरमा २०७५ फागुन २४ मा कान्तिपुरको विशेषांक 'नारी नेपाली' मा प्रकाशित सामाग्रीको असम्पादित लेखोट ब्लगमा संग्रहीत)
Bhim Prasad Ghimirehttp://www.blogger.com/profile/01083707530713845950noreply@blogger.com0tag:blogger.com,1999:blog-998931820621270254.post-39506778402011117372019-01-02T12:51:00.000+05:452019-01-02T12:58:03.266+05:45सगरमाथा आरोहण सहज भएको होइन
डेनियल मजुर
हिमशिखर आरोहण मैले १७ वर्षको उमेरदेखि नै थालेको हुँ । लक्ष्य संसारको सर्वोच्च शिखरमा पाइला टेक्नु थियो । सगरमाथाको आरोहण अघि नै मैले त्यस क्षेत्रको विकासका लागि सहयोग जुटाउन सहयोग संकलनको काम गरेको थिएँ ।
सर्वोच्च शिखर आरोहणका लागि सन् १९९१ मा नेपाल आउँदा म ३० वर्षको थिएँ । अहिले ५८ को भएँ । सगरमाथा आरोहणका लागि त्यसबेला हामी अमेरिकी र रसियन टोली एक साथ उक्लिएका थियौं । मेरा साथी थिए रसियाका अनातोली बौक्रिभ । उनलाई सम्झन्छु- उनी अनुभवी आरोही थिए । आरोहण दलमा हामी तीन अमेरिकी र सात सोभियत (त्यसबेलाको रसिया) सदस्य थियौं । ३० वटा याक र २१ भरियासहित चार दिनको पदयात्रापछि आधार शिविर पुगेका थियौं । तीन साताको कठीन आरोहणलाई हाम्रो दलका सेर्पाहरूले सहजीकरण गरेका थिए । त्यो दलमा रहेका जाङबु सेर्पासँग अझै म आरोहण दल पठाउन सहकार्य गरिरहेको छु
सर्वोच्च शिखरमा मैले १२ पटक आरोहण गरिसकेँ । टिम लिडर भएर । उद्धार दलको संयोजक भएर । पहिलोपटक आएको बेला सम्झँदा नेपाल धेरै परिवर्तन भएको पाउँछु । हिमाली र पहाडी क्षेत्रमा शिक्षा र विकासले गति लिएको छ । नेपालीको जीवन शैलीमा धेरै फेरबदल भएको छ । तर, पाहुनालाई आतिथ्य गर्ने मायालु संस्कार उस्तै छ । आरोहणमा जानेका लागि अनुभवी सेर्पाहरू उस्तै सहयोगी छन् । उनीहरूका अनुभवले आरोहण यात्रालाई नेपालमा सधैं सहज बनाएको छ ।
सगरमाथा आरोहण हरेक आरोहीको सपना हुन्छ । हिमाल पग्लिरहेका छन् । जोखिम झन बढेका छन् । धेरै जनाले वर्षेनी आरोहण गरिरहेका छन् । तर, सगरमाथाको आरोहण कहिल्यै सजिलो छैन । बाटो नेभेटेर आरोही जोखिममा पर्छन् । ज्यान पनि गुमाउँछन् । सन् २००६ का मइमा मैले आरोहणका क्रममा अष्ट्रेलियन लिंकन हललाई बचाउन पाएको थिएँ । उनले ज्यान जोगिने आस मारिसकेका थिए । उनको टोली छुटेको थियो । उनको ज्यान जोगाउन सकेको घटना सगरमाथा आरोहणका बारेमा चासो राख्ने संसारभरका सबैका लागि खुसीको थियो । मलाइ त्यसयता शिखर चढ्न जानेहरूका लागि चाहिने उद्धार दलको महत्व अझ बढेको अनुभव हुन्छ ।
आरोहण कहिल्यै सजिलो थिएन र हुँदैन पनि । प्रकृतिसँग जोरी खोज्ने मान्छेको रहरको यो एक प्रकारको दुस्साहस नै हो । यस्तो दुस्साहसलाई सफल बनाउन बाटो देखाएर, बनाएर आरोहण सजिलो पारिदिने सेर्पाले हुन् । सर्वोच्च शिखर चढ्न धेरैवटा रुट छन् । कतिपय रुट धेरै जोखिमका छन् । अनुभवी र समस्याका बेला छिटो निर्णय लिनसक्ने गाइड साथ भएमात्रै आरोहण सफल हुनसक्छ । म वर्षेनी ९/१० वटा आरोहण दललाई नेपाल पठाउँछु । सोलुखुम्बु र ओखलढुंगाका विभिन्न क्षेत्रमा समुदायलाई शिक्षा र विकासमा सघाउने कोष संकलनमा सहयोगीको काम गर्छु । सगरमाथाको पहिलो आरोहणसँगै मेरो नेपाल नाता अटुट छ ।
कुराकानीमा आधारीत
पोखराको रातोपैरोस्थित अन्तर्राष्ट्रिय पर्वतीय संग्रहालयमा २०७५ मंसिर तेस्रो साता पाँचौं पर्वतीय महोत्सव/ग्रेट हिमालय फेस्टिवल थियो । औपचारिक समारोहपछि अमेरिकी आरोही डेनियल मजुरसँग छोटो भेटघाट भयो । हामी केही सञ्चारकर्मीले उभिएरै कुराकानी गरेका थियौं । पाहुना खानाका लागि हतारिएका थिए ।हामीलाई पनि त्यहाँबाट अन्तै कतै जानु थियो । माथिको लेखोट तिनै मजुरका कुरा हुन् । महोत्सवमा उनी सर एडमण्ड हिलरी लेगेसी अवार्ड-२०१८ बाट पुरस्कृत भए ।
विदेशीका नाम लेखाइ र उच्चारण बडो गाह्रो कुरा हो । उनीहरूले भनेका नाम, ठाउँ र खास कुनै विषयवस्तुमा हामीले आवश्यकताअनुसार तिनैलाई अंग्रेजीमा कसरी लेख्ने, लेटर भन्नुस् भन्ने सोधेर टिपियो भने पछि सजिलो हुन्छ । तिनका मद्दतले इन्टरनेटमा भेटिने जानकारी पनि लिन सकिन्छ । उनीसँग पनि त्यसै गरियो ।
कुराकानीपछि अफिस फिरेर टिपेका कुराको सत्यता जान्न गुगल गरियो । उनीसँग सम्बन्धित थुप्रैं लिंक रहेछन् । सगरमाथा आरोहणका विषयमा हामी नेपालीमा लेखेका जति कुरा खोजेर पनि पाउन गाह्रो छ, तिनै अंग्रेजीमा बग्रेल्ती भेटिने रहेछ । उनले भनेको लिंकन हलको जीवनी, तिनको उद्धारमा आधारीत वृत्तचित्र पनि युट्युवमा हेर्न मिल्ने रहेछ । उनका बारेमा जानकारी संग्रहीत साइटहरू हेरेपछि लाग्यो- धेरै कुरा गर्न सकिने रहेछ । छोटो कुराकानीमै पनि उनले मुल कुरा बताएकै थिए । संक्षिप्त वार्ता भएकाले माथिको लेखोटमा धेरै कुरा छैनन् । तर, उनले जति भने, त्यति पठनीय नै होला भन्ने लागेर लेखियो । माथिको लेखोट कान्तिपुरको २०७५ मंसिर २७ को अंकमा पनि प्रकाशित भयो । तर, यहाँ सुरुमा अखबारलाई पठाउँदाको मुल कपी नै संग्रह गरिएको छ ।
-भीम
Bhim Prasad Ghimirehttp://www.blogger.com/profile/01083707530713845950noreply@blogger.com0tag:blogger.com,1999:blog-998931820621270254.post-12810801126796498852018-12-13T20:06:00.001+05:452018-12-13T20:06:35.052+05:45काहूँडाँडा चिनाउने प्रयास
पोखरा उपत्यका हेर्न लागि पाँच दसकअघि नै भ्यु टावर निर्माण गरिएको डाँडा पोखरेली पर्यटकीय क्षेत्रका पथप्रदर्शककै उपेक्षामा परेको छ ।
पोखरा घुम्न आइपुग्ने पर्यटकलाई गुराँस देखाउनु पर्दा पथ प्रदर्शक काँडे र लुम्ले पुर्याउँछन् । धेरैलाई महानगरभित्रै पनि गुराँस फुल्ने ठाउँका बारेमा जानकारी छैन । गुराँस फुल्ने वन भएको काहूँ डाँडा मुख्य बजार क्षेत्रबाट टाढा पनि छैन ।
पोखराका फाँटहरूमा खेती गरेर डाँडामा बसोबास उपयुक्त छ भन्ने स्व. मेजर वीरसिंह गुरूङको भनाइलाई योजनाकारहरूले पच्छ्याएको भए यतिबेला महानगरको स्वरुप नै बेग्लै हुन्थ्यो । अहिले डाँडामा फाट्टफुट्ट बस्ती छन्, महानगरको अन्न उत्पादनका लागि उर्वर मानिएका क्षेत्रमा बस्ती विकास तीव्रतर भइरहेको छ । धान खेती हुने फाँटहरू धेरैमा घर बनेका छन्, कतिपय प्लटिङपछि घडेरीमा परिणत भएर बाँझो बसेका छन् ।
विस २०२६ सालमै भ्यु टावर निर्माण भइसकेको काहूँडाँडालाई अहिले पनि पोखरा मन पराउने घुमन्तेहरू धेरैले राम्ररी चिनिसकेका छैनन् । न त पर्यटक डुलाउनेहरूले यो ठाउँ जान कसैलाई सिफरिस गर्छन् । 'लेकसाइडले पोखराभित्रै पर्यटकीय क्षेत्र कहाँ कहाँ छन् भनेर घुम्ने ठाउँ सिफारिस गर्दा काहुँ डाँडा कहिल्यै प्राथमिकतामा परेन,' पोखरा-११ का वडाध्यक्ष मोहन बास्तोला भन्छन्, 'तर, यो यस्तो डाँडा हो जहाँबाट मौसम खुलेका बेला पोखराका सबै ३३ वटै वडाका कुनै न कुनै भाग देख्न सकिन्छ ।' सडक पूर्वाधार निर्माणको काम भइसकेकाले अब काहूँ डाँडालाई घुमघामको थलो बनाउन स्थानीय लागिपरेको उनले बताए ।
१४ सय ४४ मिटर उचाइमा अवस्थित काहूँ डाँडामा तत्कालिन अञ्चलाधीस नन्दबहादुर मल्ल र मेजर गुरूङको सक्रियतामा भ्यु टावर निर्माण गरिएको थियो । उक्त भ्युटावर पोखराको मुख्य बजार क्षेत्रबाट प्रष्ट देखिन्छ । साबिक काहूँ गाविसमा पर्ने डा“डा पूर्वमा धरान-धनकुटा मार्गको भेडेटार जस्तै छ । टावर, खेल मैदान, पुराना मन्दिर र समुदायिक वन रहेको क्षेत्रमा एकपटक पुगेकाहरू बारम्बार जान मन पराउँछन् । यहाँ रेडियो र टेलिभिजनका टावरहरू छन् । चैत-बैशाखमा गुराँस फुल्छ । बजार क्षेत्रबाट ५ किमीकै दूरीमा रहेपनि रमणीय क्षेत्रलाई पर्यटकीय क्षेत्र विकासको योजना अघि बढाउनेहरूले उक्त डाँडालाई प्राथमिकतामा नपार्दा स्थानीय दुखी छन् । 'यहाँबाट माछापुच्छ्रे, धौलागिरि र अन्नपूर्ण हिमश्रृंखलाहरू प्रष्ट देखिन्छन् तर, फेवाताल प्रष्ट हेर्न अर्को डाँडाले छेल्छ,' स्थानीय दीपकप्रकाश आचार्य भन्छन्, 'अब समय पहिलेको जस्तो रहेन । होमस्टे सुरु भयो । होटल रेस्टुरेन्ट खुल्ने क्रम बढ्यो । आउजाउ सजिलो छ ।' पोखराबाट ४० किमीको दूरीमा रहेको कास्कीको पर्यटकीय गुरूङ गाउँ सिक्लेस जानुपर्दा काहूँखोलाबाट गाडी पाइन्छ । पोखराका अधिकांश सवारीचालकलाई 'काहूँडाँडा जाउँ' भन्दा उनीहरूले डाँडा नपुर्याइ काहूँखोला चोक लगिदिने गरेका छन् । 'त्यसैले हामीले स्थानीयस्तरमै डाँडा चिनाउन मिहिनेत गर्नुपरेको छ,' उनले भने, 'डाँडा चिनाउन हामी त बल गर्र्छौ तर, स्थानीय तह र प्रदेश सरकारले पनि सघाउनुपर्छ भन्ने लाग्छ ।' आफ्नो ठाउँ चिनाउन काहूँडाँडाका बासिन्दाले २०६२ र २०६५ मा काहूँ धरहरा महोत्सव गरेका थिए । दुवै महोत्सव आर्थिक हिसाबले नाफाको रहेन । 'त्योबेला पूर्वाधारको समस्या थियो,' आचार्यले भने, 'बाटो राम्रो थिएन । हिलो धूलो थियो, अप्ठ्यारो थियो ।' अब डाँडामा सडक पूर्वाधारका सबै सुविधा पुगिसकेका छन् । काहूँ क्षेत्रको कृषिमा आधारीत दैनिकी पोखराको बजार क्षेत्रभन्दा छुट्टै रहेको उनले बताए ।
त्यसो त वडास्तरका जनप्रतिनिधिहरूले डाँडामा नयाँ अत्याधुनिक भ्युटावर निर्माण गर्न गुरुयोजना तयार पारिसकेका छन् । 'हामीले त्यसको मोडेल हाम्रो प्रदेशका पर्यटन मन्त्रीलाई सुनाइसकेका छौं,' वडाध्यक्ष बास्तोलाले भने, 'प्रदेश सरकारले प्रदेश राजधानीमा भ्युटावर बनाउनुपर्छ भनिरहेका बेला हाम्रो मोडल उपयुक्त हुनसक्छ भनेर योजना बनाएका हौं ।' डाँडामा सजिलै पुग्न सकिने कालोपत्रे सडक बनिसकेको र गुराँस पनि हेर्न पाइने क्षेत्र भएकाले योजनालाई प्रदेश सरकारले अघि बढाउनेमा आफूहरू आशावादी रहेको उनले बताए ।
पोखरामा फूलवारी र रानीपौवाबाट पुग्न सकिने काहूँडाँडामा यसपटक स्थानीय जनकल्याण क्लव र फूलवारी क्लवको अगुवाइमा मंसिर २८ देखि डेढ साता महोत्सव हुने भएको छ । 'हाम्रो महोत्सव नाफामुखी नभइ यो क्षेत्र चिनाउने प्रयास हो,' महोत्सव संयोजक दामोदर आचार्य भन्छन्, 'हामीले हाम्रा स्थानीय उत्पादन र डाँडाबाट केके देखिन्छन्, त्यसको प्रचार गर्छौं ।' आफ्नो गाउँठाउँ प्रचारका लागि गर्न लागेको महोत्सवले पर्यटकीय क्षेत्र विकासका योजना बनाउनेहरूको ध्यानाकर्षण गर्ने उनले बताए ।
(२१ मंसिर २०७५ मा कान्तिपुरको गण्डकी प्रदेश संस्करण पृष्ठमा प्रकाशित)
Bhim Prasad Ghimirehttp://www.blogger.com/profile/01083707530713845950noreply@blogger.com0tag:blogger.com,1999:blog-998931820621270254.post-13012593812144903532018-11-30T14:00:00.000+05:452018-11-30T14:38:16.405+05:45रैथाने प्रजाति जोगाउने रहर
कुखुराका रैथाने प्रजातिको बजारमा सधैं माग उच्च , पाल्ने तरिका अझै निर्वाहमुखी ।
लगानी र श्रम खन्याएर दुनियाँलाई छिटो फाइदा हात पार्न उत्साहित पार्नुपर्ने जमाना छ । व्यवसायिक कृषिका जुनसुकै उद्यम गर्न खोज्नुस्, सुझाव पाइन्छ- विकासे जातका बल गर्नुस् । अन्नबाली, तरकारी र माछा होस् वा पशुपंछीपालन । जे गर्नुस् सिफारिसकर्ता छिटो फाइदा दिने विकासे जात नै सुझाउँछन् ।
पोखरामा डाँडानाक नजिकै भित्री बाटोका राजेन्द्र अधिकारीको सल्लाह भने अलि फरक छ । उनी भन्छन् 'विकासे होइन लोकल पाल्नुपर्छ । तरिका पुर्याए लोकलबाट पनि मनग्गे फाइदा लिन सकिन्छ ।' उनको कुखुरा फार्म गएर हेर्नेले विकासे कुखुरापालनको सोच बनाएको छ भने पनि थालिहाल्नुअघि अवश्य सोच्छ । 'बोइलर जतासुकै पाइन्छ तर, लोकलको स्वाद जिब्रोमा बसेकाहरूले सकेसम्म गाउँघरमा पालेकै कुखुरा खोज्छन्,' उनी भन्छन्, 'लोकल धेरैले व्यवसायिक तरिकाले पाल्दैनन् । पाले घाटा लाग्ने कुरै छैन ।' अध्ययनका हिसाबले अधिकारी स्वास्थ्यकर्मी हुन् । तर, उनले आफूले पढेको विषयको पेशा रोजेनन् । लामो समयदेखि विकासे कार्यकर्ताका रूपमा गैरसरकारी संस्थामार्फ खानेपानी र सिंचाइका परियोजनाहरूमा काम गरिरहेका उनले देशका विभिन्न जिल्ला पुगेर भूगोलपिच्छे कुखुराका फरक फरक रैथाने प्रजाति देखेका छन् । 'मेरो अध्ययनको विषय कुखुरा होइन तर, यो बारे बुझ्न रहर लागेदेखि तरिका पुर्याए फाइदा हुने नै देखेको छु,' उनी भन्छन्, 'हामीले अहिले गाउँघरमा पाल्ने गिरिराजजस्ता केही जात इण्डियाले विकसित गरेपछि भित्रिएको छ । खोज्दै गए हाम्रा आफ्नै रैथाने प्रजाति पनि कमका छैनन् ।'
थोरै पाल्ने, आफ्ना लागि खान मात्रै पाल्ने निर्वाहमुखी चलन छाडेर कुखुराका रैथाने प्रजाति पनि संतुलित आहारा र लाग्न सक्ने रोगव्याधिलाई ध्यान पुर्याएर पाल्नसक्दा राम्रो फाइदा लिन सकिने उनको भनाइ छ । 'लोकल कुखुरा पाल्नेको न संगठन छ, न त जोगाउनुपर्छ भन्ने प्रभावकारी सरकारी कार्यक्रम,' उनले भने, 'बोइलर र लेयर्स पाल्नेको लगानी ठूलो, दाना कारखानाको लविङ । जमात ठूलो भएकाले विकासे जातका कुरा जसले पनि गर्न सजिलो छ । तर, म लोकल पालेर पनि फाइदा लिनसक्ने कुरा भन्छु ।'
त्यसो त अधिकारीले पनि विकासे जातका कुखुरा पाल्दै नपालेका भने होइनन् । २०७२ बैशाख १२ को भूकम्पको घटना अघिसम्म उनले पनि विकासे कुखुरा पालेका थिए । 'त्योबेला घाटा लागेको थियो । अनि यातायातको हडताल भो की दाना चाहिने बेलामा नआइदिने समस्या भयो,' उनले भने, 'मैले पहिलेदेखि पनि लोकल जातमाथि प्रयोग गरिरहेकै थिए“ । भूकम्पपछि अब मसँग लोकल जातमात्रै छन् ।' डाँडानाकको भित्री गल्लीमा रहेको उनको लेखनाथ पशुपंछी ब्रिडिङ र्फममा अहिले पनि हजारवटा हाराहारी रैथाने प्रजातिका कुखुरा छन् । भालेमात्रै डेढ सय वटाको हाराहारी संख्यामा छन् । श्रीमती र छोरीले अधिकारीलाई फर्मको काममा सघाएका छन् । फरक प्रजातिका भाले लगाएर प्रयोग गरिरहेका उनले तनहुँ, स्याङ्जा र लमजुङ आदि जिल्लामा पनि १८ वटा फर्मसँग साझेदारीमा कुखुरापालन गरेका छन् । रैथाने प्रजाति पाल्न रहर गर्नेहरू चल्ला खोज्न उनको लेखनाथस्थित फर्ममा पुग्छन् । वरपर गाउँमा पालेकाहरूले अण्डा र कुखुरा बेच्न पनि उनैकहाँ ल्याउने गरेका छन् ।
'साखिनी, प्वाँख उल्टे र घाँटी खुइले गरेर तीन प्रजाति र यिनका क्रससहित अहिले मसँग आठ प्रकारका कुखुरा छन्,' उनले भने, 'हुन त सबै पशुपंछी र मान्छेमा पनि हाडनाता ख्याल राख्नुपर्छ । कुखुरामा मैले भाले लगाउँदा हाडनातामा पार्दिन, त्यसले गर्दा प्रयोग सफल छ ।' जहाँ बोइलर कुखुरा खानयोग्य तौलको डेढ महिनामै हुन्छ, त्यहीँ लोकललाई भने तयउर हुन तीनदेखि चार महिना लाग्ने उनले बताए । 'दाना संतुलित तरिकाले दिने, चिसो-तातो र रोगव्याधि ख्याल गरे लोकल प्रजाति पनि एउटै कुखुरो आठ-नौ किलो तौलको बनाउन सकिन्छ,' उनी भन्छन्, 'अहिले मेरोमा आएर, हेरेर, चल्ला लगेर पाल्नेहरूले पनि मनग्गे फाइदा लिन थालेका छन् ।' कास्की, स्याङ्जा, पर्वत, बागलुङ, लमजुङ, म्याग्दी, मनाङ र मुस्ताङ लगायतका ट्रेकिङ रुट र होमस्टे सञ्चालित जिल्लाका व्यवसायीसँगै गाउँलेलाई रैथाने प्रजाति पाल्न सल्लाह दिइरहेको उनले बताए । 'हिजोआज लोकल पाल्नुस् भनेर चित्तबुझ्नेगरि सल्लाह दिने नै कोही भएनन्,' उनी भन्छन्, 'गाउँघरमा जति जोगिएका छन् त्यो गाउँलेले जानीनजानी पालेर जोगिएका हुन् ।' जंगलमा हुने कुखुरालाई मानवीय सभ्यताको विकास क्रमसँगै घरपालुवा बनाइएको हो । जंगलमा हुर्केका भाले आफ्नो समुह छाडेर अर्को समुहमा जाने, त्यो समुहका भालेलाई लडाइँ गरेर अन्तै धपाएपछि प्रजननमा हाडनाता नपर्ने विकास भइआएको उनी बताउँछन् । 'हामीले गाइभैंसी पालौं, भेडाबाख्रा वा कुखुरा,' उनी भन्छन्, 'हाडनातामा प्रजनन् हुन नदिने हो भने पशुपंछी स्वस्थ हुन्छन् । छिटो रोगले भेट्दैन ।' पोल्ट्री फर्महरूले आवश्यकताअनुसार चिसो-तातो राखेजस्तै रैथाने प्रजाति पाल्दा पनि तापक्रम, आहारा र हाडनाता ध्यानमा राख्न नसक्दा गाउँघरमा पाल्नेले फाइदा लिन नसकेको अवस्था भएको उनी बताउँछन् । 'हाम्रो फरक फरक भूगोलमा घरपालुवा पशुहरू फरक फरक प्रजातिका भएजस्तै कुखुरा पनि छ,' उनी भन्छन्, 'यसो हेर्दा यो अनुसन्धानका लागि राम्रो विषय हो । तर, यसमा काम गर्नेहरू मैले भेटेको छैन । बरु जसलाई भेट्यो विकासे जात पाल्नेबारे खरर बताइदिन्छन् ।' मुलुकको जुनसुकै कुनामा स्वाद र धार्मिक संस्कार प्रयोजनका लागि रैथाने प्रजातिका कुखुराको माग सधैं हुने भएपनि धेरै पालेर व्यवसायिक काम गर्नेहरू औंलामा गन्न सकिने संख्यामा रहेको उनले बताए ।
ग्रामीण कुखुरा तथा रैथाने पशुपंछीपालक कृषक संघका उपाध्यक्षसमेत रहेका अधिकारी भन्छन् 'जातीय चेत बढेका बेला आआफ्नो संस्कार संस्कृति जोगाउनुपर्छ भन्छौं भने हाम्रा रैथाने प्रजतिका पशुपंछी जोगाउन किन अघि नसर्ने ?' पाल्दा विकासेका तुलनामा केही ढिलोगरि बेच्नयोग्य हुने भएपनि रैथाने प्रजातिका कुखुराले किसानलाई घाटा नपर्ने उनको दाबी छ ।
कास्कीको पशु रोग अन्वेषण प्रयोगशालाले कुखरामा लाग्ने रोगबारे अनुसन्धान गरिरहेको हुन्छ । यहाँ रोग पहिचान र निदानको उपाय खोज्न पुग्ने विकासे कुखुरापालक नै अधिकांश हुन्छन् । 'लोकल कुखुरा झोक्रायो की के रोग लाग्यो भनेर सोधीखोजी गर्नुभन्दा काटेरै खाइहाल्ने चलन छ,' डा. केदार पाण्डे भन्छन्, 'हामीकहाँ पाइने रैथाने प्रजाति वातावरणअनुसार बाँच्न सक्ने प्रकारकै छन् । तर, बेलाबखत तिनमा लाग्ने रोग के हो भनेर चासो लिने किसान मैले निकै कम भेटेको छु ।' पछिल्ला केही वर्षता राम्रो दाम आउने बुझेकाहरूमा व्यवसायिक तरिकाले लोकल कुखुरा पाल्न चासो बढ्न थालेको उनले बताए । 'बन्द खोरमा नापेर दाना खुवाएर पालेर लोकल हुने होइन,' उनले भने, 'लोकल पाल्नेले छोडेर पाल्नुपर्छ, चरनको व्यवस्था गर्नुपर्छ र कुखुराले एक्सरसाइज गर्न पाएको हुनुपर्छ ।' साखिनी, प्वाँख उल्टे र घाँटी खुइले नेपालका पुराना र चलनमा रहेका कुखुराको रैथाने प्रजाति भएको उनले बताए । 'भाले पोथी हेर्दा सुन्दर, छिटो बढ्ने र मासु स्वादिलो हुने साखिनी हो,' उनले भने, 'लोकल प्रजाति अझैसम्म निर्वाहमुखी तरिकाले पाल्ने नै धेरै भएकाले न किसान संगठित छन्, न उनीहरूको निश्चित बजार छ ।' बजारमा लोकल कुखुराको माग सधैं हुने र तुलनात्मकरूपमा विकासे भन्दा राम्रो दाम पाइने बुझेकाहरूले बिस्तारै गाउँघरमा प्रजाति नै पाल्न रहर गरिरहेको उनले बताए ।
(२९ असोज २०७५ मा कान्तिपुर दैनिकमा प्रकाशित सामाग्री संग्रहका लागि ब्लगमा साभार)
यसरी लेखियो
पोखरामा काम गर्न आएको वर्षदेखि नै मैले समय मिलेसम्म ताल, खोला र डाँडा घुम्न रुचाएको छु । बेगनास ताल घुमेर फिर्दा साथीहरूले २०७२ को अन्त्यतिर पहिलोपटक अधिकारीको घर रहेको फर्ममा पुर्याएका थिए । त्यो दिन उनीकहाँ करिब १ घण्टा बसियो होला ।
घाम नडुब्दै थुप्रै भाले पालैपालो बसे । उनी बोलिरहे, काम गरिरहे । अन्डा लिन आउनेलाई अन्डा र चल्ला लिन आउनेलाई चल्ला बेचे । कुखुरा किन्न आउने केहीले राम्रा राम्रा भाले तौलेर लगे । अधिकारीले आफू काम गरे, सहयोगीलाई अह्राए । चुनाको घेरा टेकेर मात्रै हामीलाई कुखुराको खोर भएतिर फोटो लिन बोलाए । थरि थरिका कुखुरा देखाए । केही भाले झिकेर आफ्नो पाखुरामा चटकेले जसरी राखे । रंगरूपमा केही भाले त अघिपछि कहिल्यै नदेखेकाहरू पनि रहेछन् । लाग्यो, यस्ता व्यस्त मनुवासँग कुरा गरिदिएर समय नास पारियो । हामी नपुग्दा उनले धेरै काम भ्याउने रहेछन् । यिनलाई डिस्टर्ब गर्न हुँदैन भन्ने लागिरह्यो । तर, हामी ३/४ जना थियौं । केही साथीले उनका बारेमा पहिल्यै समाचार गरिसकेका रहेछन् । उनलाई पनि समाचारको महत्व थाहा रहेछ ।
हामीले कुरा टुंग्याएर निस्कन हतार गर्दा पनि उनले हतार मानेनन् । आफ्ना कुरा सुनाइरहे । अफिस फर्किएपछि अरू कामहरूको चाप पर्यो । उनका बारेमा लेख्न रहर थियो । तर, त्यो एउटा भेटमा प्राप्त जानकारी पर्याप्त थिएन त्यसैले फेरि भेट्नु आवश्यक लाग्यो । हामी 'गोलभेंडा फलाएर लाखौं, कखुरा पालेर करौडौं, तरकारी फलाएर मनग्ये' ढाँचाका समाचार दोहोर्याइ रहन्छौं । कहिलेकाही यस्ता समाचारबारे कृषि, अर्थ र फीचरमा ध्यान दिने अग्रजहरू सोध्नछन् - हामीले सही समाचार पस्केका छौं ? हरेक पेशाका दु:ख हुन्छन् । कृषि पेशामा सजिलै लाभ हुन्न । मनग्गे कमाउन पर्ने हैरानीका कुरा किन लेख्न छुटाउँछौं ? सफल हुनका लागि पर्ने लगनशीलता, परिश्रम र बेलाबेला पेशा ठीक चयन गरिएनछ भन्ने मान्छेका दुविधा खोइ केलाएको ?' तर, त्यस्ता अन्तरकुन्तर नकेलाएका समाचार लेख्न छाडिन्न । छापिन्छ पनि बारम्बार । तर, आफूले लेख्दा होस् वा अरूले, सुखदु:ख सबै लेखेमात्रै कुनै पनि पेसा सजिलो, असजिलो थाहा लाग्छ । तर, धेरैपटक अखबारको पेज भर्न 'फिलर न्युज' चाहिएका बेला कसले अन्तरकुन्तर समेटेको मापदण्डबारे हेक्का राखोस् । धेरैपटक छापिएपछि मात्रै मापदण्डअनुसार केके पुगेन भन्ने छनफल हुन्छ ।
डा. राजेन्द्र अधिकारीको विषय कुखुरा पालेर मनग्गे कमाइवाला होइन । उनको रैथाने पाल्दा पनि राम्रो हुन्छ भन्ने सन्देश समाचारको विषय ठीक हुन्छ भन्ठानेर मैले फेरि भैट्न खोजेँ । समय के कसो भो मिल्दै मिलेन । दोस्रो भेटमा उनी निकै व्यस्त थिए । मैले उनको मूल्यवान समय नष्ट गर्न चाहिँन र, थोरै कुरा गरेर फर्किएँ । त्यसले पनि मैले लेख्न चाहेको जस्तो जानकारी यथेष्ट भएन ।
तेस्रो भेटका लागि समय मागेँ । उनले '१ घण्टा फुर्सद हुन्छ, आउनुस् । म काम गर्दै कुरा पनि गर्दै गर्छु' भनेपछि गइयो । करिब ३ घण्टा बसिएछ । धेरै कुरा भयो । आएर चार भागको दुइमात्रै लेखियो । अधिकारीको मन परेको पक्ष रैथानेले पनि फाइदा दिन्छ, पाल्ने तरिका पुर्याउँ भन्ने भनाइमात्रै उत्तम हो । समाचारको मर्म पनि त्यतिमात्रै हो ।
उनले स्वास्थ्य विषय पढेको, कहाँ पढे, कसरी सर्टिफिकेट ल्याए । त्यो पढाइको पेशा किन गरेनन् भन्ने कुरा माथिको समाचारका लागि आवश्यक थिएन । त्यसैले लेखिएन । कुखुरा पाल्न थालेर थुप्रै हैरानी खेपेछन्, फाइदा पनि गरेछन् । तर, उनको फर्म हेर्दा उल्का फाइदा गरेको भान मिल्दैन । तीन वर्ष अघि जाँदा जस्ता संरचना थिए, पछि पनि त्यसमा खासै फरक थिएन । तर, तरिका पुर्याएर पालेका उनको तरिका लोकल जात व्यवस्थित तरिकाले पाल्छु भन्नेका लागि हेर्न योग्य छ ।
समाचार लेख्नुअघि उनले गरिरहेका कामका विषयमा कृषिका सम्बद्ध सरकारी अधिकारीहरूसँग कुरा गरेँ । उनीहरूले राम्रो कुरा गरेनन् । त्यो लेखिएन । जंगली कुखुरा घरमा पाल्न पाइँदैन । सरकारी कर्मचारीले 'राजेन्द्रजीले गर्न नहुने काम गर्नु भएको छ, जंगली जात ल्याएर त्यससँग क्रस ब्रिडिङ गर्नुभएको छ' भने । उनले राम्रो गरेको भन्नै चाहेनन् । अधिकारीले पनि सुरूमै भनेका थिए- 'म जे गर्न चाहन्छु त्यस्ता योजनाला लागि कृषि मन्त्रालय र सरकारले मेरो पनि सल्लाह लिए हुन्थ्यो जस्तो लाग्छ । तर, कर्मचारीको पारा अलि बेग्लै छ ।' त्यो 'बेग्लै' शायद कुनै समय खटपट परेको हुनुपर्छ भन्ने ठानियो । व्यक्तिगत कुरा जेसुके होस्, पहाडी गाउँहरूमा छाडा छाडेर पालिने कुखुरामा जंगली भाले लाग्छ । यो स्वभाविक र सहज छ । कोसी टप्पु वन्यजन्तु आरक्ष छेउछाउ सयौं भैंसीगोठ छन् । जसमा लाग्ने राँगो जंगली भैंसी(अर्ना) हुन्छ । जमानादेखि आरक्षसँगै भैंसीगोठ राखेकाहरूले अर्नालाई मेरो भैंसी भनेर दाबी गर्ने नगरेका पनि होइनन् । जे भए पनि जंगलीसँगको क्रस ब्रिड रैथाने घरपालुवाका तुलनामा लाभदायक मानिन्छन् । जे होस्, राजेन्द्र अधिकारीले ल्याएका केही भाले त्यस्ता क्रसका उपज छन् । उनले नै पनि मलाई प्रष्ट भने । केही भाले लामा लामा नङ्ग्रा भएका, बुढा छन् । जसलाई उनी यति उती लाख दिन आएका थिए, बेचिँन भन्न छुटाउँदैनन् । तर, छन् गाउँघरमा सजिलै देख्न नपाइने गतिला बिउ भाले ।
समाचार लेखियो । छापियो । चाडबाड सुरू भएपछि पत्रिकाका भित्री पृष्ठमा प्रकाशित समाचारको चर्चा गर्न कसैलाई ध्यान हुन्न । यो समाचार पनि त्यस्तै भयो । आफूलाई कुनैबेला हेर्न-पढ्न काम लाग्छ भनेर आज ब्लगमा संग्रह गरियो ।
समाचार प्रकाशित भएपछि उनको र मेरो प्रत्यक्ष भेट भएको छैन । फोनमा कुरा भयो । हुन्छ । उनले अझै धेरै कुरा लेख्नुपर्छ भन्थे । मैले 'हस हुन्छ' मा टार्छु । उनी चाहन्छन्- जंगली प्रजाति पनि गाउँलेले घरमा पाल्न पाउनुपर्छ । कारण- तिनलाई घरपालुवा जसरी छिटो रोगव्याधिले भेटदैन । यसका लागि इजाजत पाइने/नपाइने लफडा छँदैछन् । नियमकानुनले मार्न, सिकार गर्न वर्जित भनेपनि जंगल जंगल चारो छरेर, पासो थापेर, गुलेली र गोली हानेर कुखुराका जंगली प्रजाति सिकारको चलन नयाँ छैन । त्यसमा पनि जंगल छेउछाउ घर भएकाहरूलाई थाहा हुन्छ, कालिजको हालत के छ । जे होस्, पछि नयाँ केही भए अप्डेट गरम्ला भनुम् ।
Bhim Prasad Ghimirehttp://www.blogger.com/profile/01083707530713845950noreply@blogger.com0Lekhnath, Nepal28.1484247 84.08016129999998627.9244087 83.757437799999991 28.3724407 84.402884799999981tag:blogger.com,1999:blog-998931820621270254.post-50887385532179626392018-01-07T16:06:00.000+05:452018-01-07T16:13:52.477+05:45पर्वतीय संग्रहालय घुम्न सहयोगी एप्स
पोखरामा घुम्नका लागि थुप्रै ठाउँहरू मध्येको एउटा अन्तर्राष्ट्रिय पर्वतीय संग्रहालय हो । विश्वका अग्ला शिखर, तिनको अवस्थिति, आरोहणको इतिहास, हिमाली जनजीवन र जलवायु पविर्तन बारे बुझ्न चाहनेका लागि उक्त संग्रहालयमा थुप्रै सचित्र जानकारी छन् ।
वर्षो सरदर २ लाख ५० हजार जनाले यो संग्रहालय अवलोकन गर्ने गरेका छन् । अबको केही सातापछि स्मार्टफोन बोकेर संग्रहालय प्रवेश गर्नेले भित्रका तथ्य-तथ्यांकका बारेमा बुझ्न गाइड खोजिरहनु पर्दैन । किनभने सूचनाप्रविधिका प्राध्यापक र विद्यार्थीको एउटा समुहले हेर्न-सुन्न मिल्नेगरि जानकारी दिने एप्स तयार गरेको छ ।
दक्षिण कोरियाको हाङदोङ युनिभर्सिटी र पोखरा विश्वविद्यालयको एउटा साझेदार परियोजनाले सूचनाप्रविधि सम्बद्ध प्राध्यापक र विद्यार्थीलाई सघाउन योजना अघि सारेको छ । उक्त योजनामा नेपाली प्राध्यापक र विद्यार्थीको सूचनाप्रविधि सम्बद्ध व्यवसायमा सीप अभिबृद्धिका लागि प्रस्तावहरू माग गरिएका थिए । यतिबेला म्युजियमका लागि तयार एप्समा जानकारी संग्रहको काममा जुटिरहेको समुहमा नेतृत्वकर्ता राजेन्द्रबहादुर थापा भन्छन् 'धेरै पर्यटक पुग्ने, उनीहरूको खाँचोलाई मोबाइल फोनमार्फ सम्बोधन गर्ने हामीले म्युजियमका लागि एप्स बनाउँदा उपयोगी हुने सल्लाह भयो । हाम्रो यही प्रपोजल युनिभर्सिटीले एक्सेप्ट गरेपछि काम थालेका हौं ।' एप्स बनाउन खटिनेमा पोखरा विश्वविद्यालयका अनुप आचार्य, गण्डकी कलेज अफ इञ्जिनियरिङ एण्ड साइसन्सका यी थापासँगै हरि केसी, महेश शाक्य, सुजन ताम्राकार, बीइ तेस्रो वर्षा विद्यार्थीहरू हरि लामिछाने, सूर्यमान श्रेष्ठ र शंकर आचार्य छन् । समुहले नेपाल इनोभेसन टेक्नोलोजी एण्ड इन्टरप्रीनीयरसीप सेन्टरमार्फत जुटेर काम गरिरहेको छ ।
'प्लेस्टोरबाट इन्टरनेशनल माउन्टेन म्युजियमको एप आफ्नो मोबाइलमा डाउनलोड गरेकाहरूले भित्र पसेपछि जुन जुन कक्षमा पुग्छन्, त्यसको जानकारी अडियो-भिडियोको माध्यमबाट पाउन सक्छन्,' प्रोजेक्ट लिडर थापाले भने, 'हामीले एप्स प्लेस्टोरमा राखेर ट्रायल गरिसक्यौं, अब भित्रको जानकारी अंग्रेजी र नेपाली भाषामा संग्रह गर्ने काम थालेका छौं ।' म्युजियम भित्र पसेर अवलोकनकर्ताले उक्त एप्स जुन कक्षमा पुग्छन्, त्यसको क्यूआर कोड रीडरमा देखाउने वा कोड नम्बर हेरेर हाल्नेबित्तिकै एप्सले जानकारी दिन सुरू गर्ने उनले बताए । प्रारम्भिक चरणमा एप्समा अंग्रेजी भाषामा जानकारीहरू संग्रहीत छन् । 'यो एउटा डिजिटल गाइड हो, सबैका हातमा स्मार्ट फोन छन्, त्यसको अधिकतम उपयोग पनि गर्नैपर्छ,' समुहका सदस्य अनुप आचार्य भन्छन्, 'एप्सले म्युजियमभित्र रहुञ्जेलमात्रै अधिकतम जानकारी दिन्छ । यसका लागि हामीले इन्ट्रानेटमार्फ इन्फर्मेसन फ्लो हुने व्यवस्था गरेका छौं ।'
त्यसो त पर्वतीय संग्रहालय भित्र पसेर आफूलाई बुझाउन गाइड चाहियो भन्नेका लागि तीनजना गाइड छन् । संग्रहालयका प्रमुख बलप्रसाद राइ संसार सूचना प्रविधिको द्रुतत्तर विकासमा लम्किरहेका बेला आफ्नो म्युजियमले पनि उत्साही युवाहरूको साथ पाएको बताउँछन् । 'हामीकहाँ घुम्न आउनेका फरेनरले म्युजियमका गाइड खोज्दैनन्, उनीहरू विस्तारै घुम्नछन्, लेखेका कुरा पढ्दै जान्छन्,' उनले भने, 'गाइड खोज्ने इण्डियन, नेपाली र र्सार्कका अरु कन्ट्रीका भिजिटरले हो । धेरैवटा ग्रुप एकैपटक आउँदा हाम्रा सीमित जनशक्तिले गाइड गर्न अप्ठ्यारै पनि छ ।' एप्समार्फ घुमन्तेहरूलाई आफ्नै मोबाइलबाट म्युजियम बुझ्ने सुविधा दिन सक्नु आफैंमा संग्रहालयका लागि उपलब्धि हुने उनले बताए । उनले भने 'अहिले हामी म्युजिम भित्रका जानकारी कसरी सरल भाषामा दिने भनेर लेखक, इतिहासकार र भाषाका जानकारहरूसँग वर्कसपको प्रोसेसमा छौं । उहाँहरूले तयार पारेका इन्फर्मेसन भेरिफिकेसनपछि एप्समा अपलोड हुन्छ ।' हिजोआज नै म्युजियम पस्नेले अंग्रेजीमा र थोरै जानकारी पाउने छन् । केही सातापछि भने म्युजियमका धेरै जानकारी नेपाली भाषामै उपलब्ध हुने र भिजिटरको संख्या, खाँचोअनुसार अन्य भाषामा पनि जानकारी राखिने उनले बताए ।
नेपालीलाई वयस्क प्रतिव्यक्ति ८०, विद्यार्थीलाई ४०, सार्क मुलुकबाट आउनेलाई २ सय र अन्यलाई ४ सय लिने गरेको संग्रहालय सन् २००४ बाट सञ्चालनमा आएको हो । गत वर्ष यहाँ घुम्न आउनेको संख्या २ लाख ५२ हजार रह्यो । सय रोपनी क्षेत्रफल हातामा फैलिएको संग्रहालयको मुल भवन साढे ६ रोपनीमा छ । चारवटा हल रहेको मुल भवनभित्र तीनवटामा मात्रै ११ वटा सेक्सन छन् । चौथो हलमा अस्थायी प्रकारका जानकारी संग्रहीत छन् ।
(२०७४/०९/२१ कान्तिपुर/ हेलो शुक्रवारमा प्रकाशित आफ्नै सामाग्रीमा केही जानकारी थपेर ब्लगमा साभार गरेको )
Bhim Prasad Ghimirehttp://www.blogger.com/profile/01083707530713845950noreply@blogger.com0tag:blogger.com,1999:blog-998931820621270254.post-42748038076708077602018-01-07T15:14:00.000+05:452019-01-31T13:01:10.223+05:45चराका कुरा के लेख्ने ?
गत महिना राजधानीमा एउटा कार्यक्रम मैले सञ्चालन गरेँ । कुरा किताबको थियो । अरू विधा भए के कसो हो तर, किताब पनि 'लाटोकोसेरो' को । त्यो भेलाका लागि म २४ घण्टा राजधानीमा थिएँ । शुक्रवार बेलुकी ९ बजे चढेको बसले मित्र राजु आचार्य र मलाइ कलंकीमा बिहान कसरी ४ बजे उतारेको थियो ।
कार्यक्रम 'लाटोकोसेरो की बाठोकोसेरो' किताब विमोचनको थियो । डा. हेमसागर बराल र गुरु करणबहादुर शाहले किताब बिमोचन गर्नुभयो । कार्यक्रमपछिको चियापान बसाइँमा प्राध्यापक शाहले मलाइ २/३ पल्ट नै 'भाइले लेख्न छाड्नु हुँदैन । लेख्नुस् । लेखीरहनुस्' भनिरहनु भयो । यस्ता उर्जा दिने प्रेरक मनुवासँगका बसाइँ आनन्दका हुन्छन् । लेख्न नछाडौं भइरहन्छ । तर, सजिलो छ र चराका कुरा लेख्न !
हामी अखबारी मजदुरलाई बिकाउ कुरा जहिल्यै 'राजनीति' रहिआएको छ । तै फरक विषयहरूमा लेख्दालेख्दै पनि चराका कुरा सजिलै सूचना पाइनेमा पर्दैन । वन, वातावरण, जैविक विविधता र चराका कुरा अखबारका नियमित पाठकका लागि नयाँ खुराकी हो । दिनु पर्छ । तर, सही सूचना जुटाउन समय लाग्छ । पोखरा बसाइँमा जैविक विविधतामा रूचि भएका र यही विषय पढ्ने-पढाउनेका जमातले पनि हौस्याउँछ । तर, म हिजोआज विषय हराएजस्तो भएको छु ।
चराका कुरा लेख्न फोटो राम्रो हुनुपर्छ । फोटा खिचेपछि जे खिचियो, त्यसका बारे बुझेकालाई भेटेर-सोधेर जानकारी जुटाउनुपर्छ । मसँग केही विषय छन् तर, 'अन्डर कन्स्ट्रक्सन ।' पत्रकारिता यस्तो पेशा हो जहाँ आफूले कलेजमा जुन विषय पढियो, त्यही विषयले पनि काम गर्न सघाउँछ । तर, धेरथोर लेख्नु सबैथोकका बारेमा पर्छ । राजधानी बाहिर रहेर सञ्चारमाध्यममा काम गर्नेले 'म यो जान्दिन' भन्न पाउँदैन । अत: विषय चयन गरेर म केही चिजबिज तयार त पार्दैछु । तर, भन्न सक्दिन पुरापुर पढ्न हुने कहिले बनाउन सक्छु ।
भूगोलअनुसार पाइने चराका प्रजाति फरक छन् । तर, अन्नपूर्ण संरक्षण क्षेत्र यो मामिलामा धेरैथोक खोज्न र खिच्न-लेख्न सकिनेमा पर्छ । विषय भेटिन्छन् । तिनका पछि लाग्ने समय पर्याप्त छैन । तैपनि रूचिले डोर्याएको मान्छे क्यामेरालाई साथी बनाएर हिडेकै छ ।
के लेख्ने ?
चराका कुरा थुप्रै छन् । कहाँ केके पाइन्छन्, तिनको जीवनचक्रदेखि अहिलेका अवस्थासम्म विषयलाई रोचक बनाउनु आफ्नै रुचि र खोजीमा निर्भर छ । पहाडी बस्तीमा जाँदा दिनदिनै बन्दै गरेका पक्की घर, होटल, रिसोर्ट देख्दा अब गौथलीले गुँड कहाँ लगाउँदा हुन् । यही विषय हुन सक्छ । हामीले आफ्ना बास बनाउँदा आफ्ना लागि बनाएका छौं । मान्छेकै आडमा बास लिने पंछीका प्रजाति थुप्रै छन् । कोही घरमै आएर बस्छन्, कोही बस्ती वरपर बस्न रुचाउँछन् ।
घडेरी बनाउने, जग्गा सम्याउने गरेको देख्न पाउनु सहज छ । रुखपात मासिएका छन् । घर फलेको फलेकै छन् । मान्छेले आफ्नो बास बढाएको बढाएकै छ । हामीले देख्दै आएका धाद्रा, धाप, वर्षैभरि चिस्यान रहने क्षेत्र पुरिएर तिनमा पनि घर फलेका छन् । ती क्षेत्रका जीवजन्तु बाटो लागे हुनन् ।
घरआँगनमा भँगेरा आउँछन् भने ती कहाँ बस्छन्, कसरी बस्छन्, के खान्छन् । आफैंमा यो विषय छ । सफासुग्घर चाहने मनुवा पंछीका बिष्टा सफा झेल्न रुचिकर मान्दैन । त्यसैले गुँड लगाएर फोहोर झार्ने प्राणीले उकहाँ आश्रय लिन खोजे धपाउँछ ।
विषय छरपस्ट छन् । तिनलाई पठनीय बनाउनु लेख्ने स्वयंको जिम्मेवारी पनि हो भन्ने लाग्छ । चराका बारेमा लेख्दै गर्दा 'मलाइ चरा मन पर्दैन' भन्ने मान्छे मैले भेटेको छैन । बरू माइण्ड नगर्नुस् है भनेर 'त्यसको फ्राइ कति मिठो हुन्थ्यो होला' भन्नेलाई बराबर भेटिन्छ ।
चराहरू आकारमा जति साना हुन्छन्, तिनीहरूको गुँड उति नै मिहिनेत गरेर बनाएको देख्न पाइन्छ । जस्तो की फिस्टा, कालेबुंगे, तोप चरा । ठूला आकारका चराका गुँड नियालेर हेर्दा तिनलाई बनाइदिनु पर्छ की के हो जस्तो हुन्छन् । जस्तो की काग, ढुकुर, बकुल्ला, गरुड, चील, गिद्ध आदिका गुँड । झिक्रामिक्रा बटुलेर बनाइएका गुँडमध्ये हामीले सजिलै देख्न सक्ने भनेको बकुल्ला र ढुकुरका गुँड हुन् । आकाशमा निकै माथिसम्म उडान भर्नेहरू गुँड लगाउन पनि अग्ला ठाउँ रोज्छन् । जहाँ मान्छे सजिलै पुग्दैनन् ।
भूइँ-भूइँ र झाडी-बुट्यानमा सजिलै देख्न सकिने पंछीका गुँड हाम्रै वरपर हुन्छन् ।
प्रकृतिले आआफ्नै प्रकारले गरिदिएको जीवनचक्रमा पंछी स्वार्थ राख्दैनन् । बरू हामी आस राख्छौं । तर, हामी न तिनको बास राख्छौं न त तिनलाई आफ्ना कारणले पर्ने बाधामा गम्भिरता ।
पहिले पहिले केके धेरै देखिन्थे/देखिँदैनथे, अनि अहिलेको अवस्था के हो बाट पनि विषय सुरु हुन सक्छ । बालीविरूवामा चलाउने विषादिले पनि तिनलाई असर पारेकै छ । चितवनका केही रिसोर्टमा देख्न पाइने रमाइलो दृष्य के हो भने पाकेका फलफूल बोटैमा छाडिदिनु । यस्तो गरे चरा आउँछन् । तिनीहरूले सजिलै आहारा पाउँछन् । हामी सजिलै फोटो खिच्न सक्छौं ।
केही चराचुरूंगीलाई हाम्रो बाली चक्रको प्रभाव परेको छ । वर्षभरि लगाइने बालीमा केके हटे, केके थपिए । त्यसबाट पनि विषय भेट्न सकिन्छ । चराले मन पराउने बाली घटे की घटेनन् ! पोखरामा फेवातालको पश्चिमी क्षेत्र पामेमा 'कुर्मा' आएर बस्न थालेको करीब एक दसक भएछ । दुइ वर्षअघि मैले सजिलै तिनका हुल देख्न पाएको हो । तर, हिजोआज त्यहाँ खेती गर्नेभन्दा रेस्टुरा र रिसोर्ट फलाउने धेरै भए । कुर्माले धान खाइदिन्छ । किसानले मन पराउँदैनन् । पहिले पहिले त्यो क्षेत्रमा कुर्मा मारेका घटना अहिले पनि सुन्न पाइन्छ ।
पोखरामै मैले हिड्दा-डुल्दा देखेको विषयमा भँगेरा र डाङ्ग्रे (सारौं/रुप्पी) पनि छन् । भँगेराका दुइ प्रजाति रूख भँगेरा र घर भँगेरा एउटै हुलमा देखिन्छन् । अनि जंगल मैना भनिने वनरूपी र कमन मैना भनि डाङ्ग्रे पनि सँगै घुमेका देखिन्छन् ।
पोखरामा रहेर तालका कुरा गर्दा अतिक्रमणको ब्यथा चर्को छ । मान्छेहरू तालको पानी मुनिको जमिनका लालपुर्जा हातमा लिएर बसेका छन् । फेवातालमा पानी उम्रँदैन । पश्चिममा अँधेरी, हर्पन र नगर क्षेत्रभित्र बुलौंदी र फिर्के खोला मुल स्रोत हुन् । हिउँदमा पानी थोरै रहने भएपनि चारैवटा खोलाले फेवातालको पानीलाई भरथेग गरेका छन् । नगरको घना बस्तीभित्र भएर बग्ने फिर्के र बुलौंदी नालामा परिणत भइसकेका छन् । यी दुइ खोलाले तालमा ढलसहितको फोहर पुर्याउँछन् ।
पोखरा महानगरपालिकाले आव २०७४/७५ देखि फिर्केलाई संरक्षण गर्ने भन्दै योजना अघि सारेेको छ । तर, यसको कार्यान्वयन जटिल छ । कारण- खोलाको मापदण्ड मिचेर डीलै-डील बस्ती बसेको छ । अग्ला अग्ला घरहरूको साँधमा फिर्के धेरै ठाउँ सहजै देखिँदैन । ती घरहरू भत्काएर फिर्केलाई पुरानै अवस्थामा सुरक्षित पार्ने योजना प्रभावकारी रूपमा बढाउन स्थानीय सरकारलाई धेरै वर्ष लाग्न सक्छ । पोखरा महानगर बन्दा गाभिएको लेखनाथ क्षेत्रमा पनि बेगनासहितका आठवटा ताल छन् । जहाँ जहाँ जलाशय, खोलानाला र जंगल छन्, त्यहाँ चरा छन् । तुलनात्मक रूपमा पुरानो पोखराभन्दा नयाँ पोखरा भन्न मिल्ने लेखनाथ क्षेत्रमा धेरै चरा छन् ।
लेखनाथ क्षेत्र धेरै पोखरेलीको खेती गर्ने कामत थियो । कालान्तरमा यहाँ पनि अव्यवस्थित बसोबास तीव्र भइसकेको छ । जहाँ खेती हुन्छ, त्यहाँ कीरा-फट्यांग्रा र मुसा हुन्छन् । तिनलाई आहारा बनाउने चराका थुप्रै प्रजाति पनि हुन्छन् । पोखराको पछिल्लो अभ्यास परम्परागत तवरको खेतीभन्दा अन्य व्यवसाय छ । बोरामा चामल-दाल आइपुग्छ, तेल आउँछ । दूधको माग डेरीले पुरा गरिरहेकै छन् । त्यसैले खेतीका तुलनामा जमिन टुक्रयाएर घडेरीमा बेच्दा राम्रो घर, गाडी र विलासी आवश्यकताको सहज पूर्ति भइरहेको सहरले देखेको छ । खेतमा काम गर्न मजदुर, बिउ-मल र भित्र्याउन पर्ने लागत, समय र श्रमको हिसाब निकाल्दा जग्गा दलाल घडेरी किनबेचमा उत्साहित छन् ।
यसले परम्परागत कृषि प्रणालीमा असर पारेको छ । जसको असर वातावरणमा परेको छ । चराचुरुंगी र अन्य जीवमा परेको छ । यस्तो अवस्था एक्लो पोखरा उपत्यकाको मात्रै होइन । पटक पटक व्यवस्था फेरिएपनि कुनै पनि सरकारले बसोबास, उद्योग र खेती गर्ने क्षेत्र निर्धारण गरेन । जसले गर्दा मनलाग्दी जतासुकै छ ।
को ठूलो, कसका आवश्यकता महान
केही वर्षअघि मैले 'चमेरो बिचरो' लेख्दा सुरुवातमा एउटा व्यवसायीको प्रसंग उल्लेख गरेको थिएँ । विराटनगरका ती व्यवसायीले जहाँ आफ्नो व्यवसायिक प्रतिष्ठानका लागि भवन बनाएका थिए, त्यहाँ कुनै जमानामा वरको ठूलो रूख थियो । चार मान्छे उभिएर अंगालो हाल्दा पनि नसकिने गोलाइ थियो त्यो बरको रूखको । काटियो, घर उभियो ।
बर छउञ्जेल त्यहाँ झुण्ड झुण्ड चमेरा बस्थे । दिउँसो त्यो बरको रूख भएको बाटो हिड्दा अनौठो लाग्थ्यो । बासस्थान विनास भो, झुण्ड तितरबितर भयो । ती व्यापारीले भनेका थिए-बजारभित्र महंगो मूल्यको जग्गा चमेरा बस्छन् भनेर कसरी छाड्ने ? हामीले गरिखानु परेन ?' उनको तर्क नाजायज लागेको होइन । तर, हामी जहाँ जहाँ पुगौं, खेती हुने वा बाँझो जमिनका कुरा छाडौं । डाँडा, खोला धाप, पैनी, वन बुट्यान जे भएनि ती निजीकरण भए/भइरहेका छन् ।
मान्छेलाई घर चाहिएको छ । घर भएर पुगेन थुप्रै सम्पती चाहिएको छ । आफ्ना लागि मात्रै चाहिएको छ । मान्छेकै इच्छा सर्वोपरि भइरहँदा प्रकृतिमा रहेका अरू जीवको वासस्थान विनास गम्भिरताको विषय मानिन्न । उनीहरू कहाँ जालान् ?
पर्यटकीय नगरी पोखरामा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माणाधीन छ । अँ पोखराको कुरा गर्दा यहाँ कसैले पनि त्यो विमानस्थलका विरूद्ध बोल्नुहुँदैन भन्ने जमातको जगजगी छ । जसले बोल्छ, त्यो पोखराको विकासको शत्रुमा दरिन्छ । विमानस्थल चाहिन्छ भनेर जग्गा छुट्याएको पाँच दसकपछि पनि योजना सरकारले सजिलै अगाडि बढाएको होइन । धेरै दिन आन्दोलन र धर्ना भए । विकासप्रेमी भनिएका अगुवाहरू यतिबेला 'हामीले गर्दा' भनेर भन्न छुटाउँदैनन् । अबको चार वर्षपछि विमानस्थल तयार भइसक्ला, विदेश आउजाउ गर्ने जहाज चढ्न पोखरेलीले काठमाडौंको जमिन टेक्न नपर्ला । योजनाकारका सुकिला कुरा रमाइला छन् । विमानस्थलले पोखराको विकासमा क्रान्ति ल्याएको छ । होटल-रेस्टुरेन्ट र अरू व्यवसायमा भविष्य देखाएको छ । पोखरामा लगानी आएको छ ।
यी गन्थनको अर्को एउटा पाटो चासोको छ, जो निकै कमले कुरा गर्छन् । विमानस्थलका लागि भनिएको जमिन वर्षौदेखि खाली थियो । त्यो वस्तुभाउको चरन क्षेत्रमात्रै थिएन, पोखरामा बिभिन्न प्रजातिका गिद्ध सजिलै हेर्न पाइने ठाउँ थियो । घाँसे मैदानमा पाइने चराका थुप्रै प्रजाति त्यहाँ जाँदा सजिलै हेर्न सकिन्थ्यो । यतिबेला निर्माण धमाधम छ । त्यो क्षेत्रमा चौपाया हुल्न पाइँदैन । चराचुरुंगीले विकल्प खोजी सके हुनन् ।
दक्षिण एशियामा नौ प्रजाति गिद्ध पाइन्छन् । पोखरा उपत्यकामा मात्रै आठ प्रजाति हेर्न सकिन्थ्यो । जहाँ हाम्रो कृषि प्रणाली फेरिएर खेती गर्ने क्षेत्र घट्यो, त्यहीँ खेती भइरहेका ठाउँमा पनि किटनासकको उपयोग बढेको छ । ट्याक्टर र मिनीटिलरले जोते पुग्ने भएपछि गोरू पाल्ने झन्झट पनि रहेन । खेतमा पहिले पहिले जसरी मुसा लाग्दैनन् । जहाँ लाग्छन्, त्यो क्षेत्रमा पनि निकै कम भइसकेको छ ।
मुसा लाटोकोसेरो र चीलका बिभिन्न प्रजातिको मुख्य आहारा हो । गिद्धले सिकार गर्दैन । मरेर फालिएका सिनो खान्छ । चौपाया पाल्न घट्यो । जहाँ जहाँ पालिन्छन्, त्यहाँ मरेका जन्तु बाहिर त्यसै फालिँदैनन् । पुरिन्छ, गाडिन्छ । सन् २०१५ सम्म गरपालुवा पशुलाई दर्द निवारकका रूपमा प्रयोगमा रहेको 'डाइक्लोफेनेक' को विषाक्त असरले थुप्रै गिद्ध मासिए । पछि त्यसको प्रयोगमा सरकारले बन्देज गरेपनि गिद्धका लागि हितकर वातावरणीय चक्र नै फेरिएको छ । गुँड लगाउन अग्ला रूख त मासिए नै, आहारा पनि नपाउने भएपछि गिद्ध अबका वर्ष झन दुर्लभ हुँदै जाने अवस्था छ ।
पछि लेख्छु ....................आजलाई यति
Bhim Prasad Ghimirehttp://www.blogger.com/profile/01083707530713845950noreply@blogger.com0tag:blogger.com,1999:blog-998931820621270254.post-68126911279967579842017-09-18T19:33:00.002+05:452017-09-18T19:33:56.175+05:45प्रकाश घिमिरे
पर्दा पछाडि र अगाडि
'दलन' टेलिश्रृंखलाको 'धम्मरे परियार' देखि चलचित्र 'पशुपतिप्रसाद' को 'मित बा' सम्म प्रकाश घिमिरे प्रभावशाली चरित्र अभिनेताका रूपमा उभिँदै आएका छन् । घरपरिवार र कामगरि खाने पेशाको दैनिकीबाट समय मिलाएर 'अभिनयकर्म' प्रतिको उनको समर्पण अरू कलाकर्मीभन्दा भिन्न छन् ।
रुचि, पेशा र परिवार । तीनथोककै लागि दैनिकीमा समयको सन्तुलन सजिलो छ - जोजोसँग सकिँदैन, अप्ठ्यारो-असहज भन्ने जवाफ छ, उनीहरूले 'पशुपतिप्रसाद' चलचित्रमा 'मितबा' पात्रको अभिनय गर्ने प्रकाश घिमिरेलाई भेट्दा हुन्छ । उनको घर पुगे हुन्छ ।
त्यसो त उनको परिचय 'मित बा' पात्रले मात्रै पुरा हुँदैन । टेलिश्रृंखला 'दलन' मा धम्मरे परियार नामका पात्र भएर 'क्यामेरा फेस' सुरू गरेका उनले नेपाली भाषाका हालसम्म २२ वटा चलचित्रमा अभिनय गरिसकेका छन् । रंगमञ्चबाट क्यामेराका अघि आएका ५५ वर्षीय घिमिरे कुनै चलचित्रमा पनि नायक/सहनायक भएर पर्दामा आएका भने छैनन् । उनको 'रोल' चरित्र अभिनेताको छ । यही भूमिकामा पनि उनी खेलेका चलचित्रका प्रभावशाली पात्र छन् ।
०००
पोखराको नदिपुर बस्छन् । घरनजिकैको कन्या माविमा निमावि तहका बिद्यार्थीलाई गणित विषय पढाउँछन् । साँझ-विहान श्रीमती, तीन छोराछोरीका साथ घर र दुइवटा माउ गाइ भएको गोठमा भेटिन्छन् । साँझ-विहान गाईलाई घाँस-पराल हाल्छन्, दुहुन्छन् । भकारो सोर्छन् । विहान गोठबाट निस्केर घर पुग्नुअघि चर्न जान दिन गाई फुकाउँछन् ।
ठूलीछोरी चितवनमा 'बीडीएस' र सानी सँगै रहेर पोखराको जनप्रिय कलेजमा बीबीए पढ्दैछन् । 'डिप्रेसन' की विरामी श्रीमती र 'डाउन सिन्ड्रोम' भएका १९ वर्षका छोरा प्रतीकलाई उनले समय दिएका छन् । 'छोरीहरू भरपर्दा छन्,' उनी भन्छन्, 'इन्टरनेट टेक्नोलोजीका धेरै कुरा मलाई छोरीहरूले बुझाउँछन् ।' छोरो जन्मिएको धेरैबेरसम्म रोएन । चिनजानका चिकित्सकले पटक-पटक हेरे । उभिन-बोल्न नसक्ने हुने बताएको त्यो सन्तानलाई उनले सकेजति सीप लगाए । उपचार चलाए । 'अहिले नर्मल केटाकेटी जस्तो त छैन तर, हिड्न-बोल्न सक्छ,' उनले भने, 'बिस्तारै भर पर्न सकिने भएको छ । उसका रुचि र रहर अलि फरक छन् ।' कन्या मावि संस्थापकमध्येका एक तथा पूर्वप्रधानाध्यापक तेजनाथ घिमिरे साहित्यकर्मी पनि हुन् । यिनै तेजनाथका तीन छोरामध्ये प्रकाश जेठा हुन् । पिता-पुत्रको बसाइँ छुट्टाछुट्टै भएपनि नजिकै छ ।
०००
पारिवारिक अवस्था र शिक्षण पेशाको निरन्तरताका हिसाबले घिमिरेसँग 'अभिनय' जस्तो शोखको अतिरिक्त क्रियाकलापमा खर्च गर्न फुर्सदिलो समय देखिँदैन । अभिनयका लागि समय कसरी निस्कन्छ ? 'शुक्रवारको स्कुल हाफ छुट्टीपछि शनिवार दिनभर मेला लागि समय छ,' उनी भन्छन्, 'अनि स्कुल विदा परेका बेला मेरो समय सुटिङका लागि हो ।' आफ्नो पिरीयड नपरेका बेला स्क्रीप्ट पढ्न घोरिने गरेका उनको काम गराइ देख्ता सँगैका शिक्षक सहकर्मी पनि छक्क पर्छन् ।
'प्रकाश सरले कसरी मेन्टेन गर्नुहुन्छ भन्ने अचम्म लाग्छ, हाम्रा सहकर्मी यस्ता भनेर गर्व पनि लाग्छ,' कन्या माविका प्रअ प्रेम बुढाथोकी भन्छन्, 'छुट्टी निकै कममात्र लिनुहुन्छ । त्यसैपनि स्कुलमा र्सार्वजनिक विदाका दिन धेरै आइपर्छन् । उहाँले त्यो समयलाई भरपुर सदुपयोग गर्नुभएको छ ।' साढे तीन दसकदेखि शिक्षण पेशा गरिरहेका उनको जागिरमा स्थायी भएकै अवधि २९ वर्ष पुगिसकेको छ । 'मलाइ जहिले पनि लाग्यो, म नभए घर, बुवाआमा, परिवारको विचल्ली हुन्छ । कसले भेरो ठाउँमा भरको काम गर्छ,' घिमिरेले भने, 'त्यसैले मैले घर छाड्न नसकेको हो । हुन त म गलत पनि हुन सक्छु । तर, मेरो भागको दायित्व जेजे छन् त्यो मैले नै पुरा गर्नुपर्छ भन्ने लाग्छ । गर्दैआएकै छु ।' शुक्रवार आधा दिनको अध्यापन समय, शनिवारको विदा, अनि र्सार्वजनिक विदाका दिनहरू फारो गरिगरि अभिनय कर्मका लागि खर्च गर्ने उनले बताए । 'टाढा गएर धेरै दिनसम्म सुटिङ चल्ने सिनेमा मेरा लागि समस्या हो तर, साथीभाइले मलाइ सजिलो हुनेगरि समय मिलाइदिएका छन्,' उनले भने, 'कतिपटक अवस्थाअनुसार मैले पनि एडजस्ट गरेको छु ।'
०००
नेपाली सिनेकर्मको अभिनय क्षेत्रमा फरक प्रकारको काम गराइका लागि चिनिएका नवीन सुब्बा र अनुप बराल घिमिरेको कला क्षेत्रको 'करिअर' सँग जोडिएर आउने नाम हुन् । रंगमञ्चमा अभिनय गर्दै आएका उनलाई क्यामेरा अघि 'दलन' निर्देशक सुब्बाले धम्मरे परियार बनाएर उभ्याए । दलनको कथालाई क्यामेरामा उतार्नुअघि 'कास्टिङ डाइरेक्टर' को जिम्मेवारी बरालले सम्हालेका थिए । उक्त पात्रमा घिमिरे ठीक हुने निर्णय उनैले गरेका हुन् ।
सञ्चारमाध्यममा प्रभावशाली व्यंग्यचेतका कार्टुन बनाइरहने कलाकार दुर्गा बराल 'वात्स्यायन' घिमिरेका छिमेकी हुन् । चार/पाँच वर्षे उमेरमा कान्छा भएपनि वात्स्यायनका जेठा छोरा अनुप बाल्यकालदेखि नै घिमिरेको संगतमा छन् । २०७० पछि बराल अधिकांश समय राजधानी केन्द्रित भएर 'एक्टर्स स्टुडियो' सञ्चालन गर्दै नवोदित तन्नेरीहरूलाई अभिनयकर्म सिकाइरहेका छन् ।
'उमेरका हिसाबले मैले प्रकाशजीलाई दाइ भन्नुपर्छ तर, हामीबीच साथीको नाता छ,' उनले भने, 'मेरो उमेरका केटाहरूभन्दा अलि बढि बुझेका, अगुवा र आड-भरोस भएका हुन् प्रकाशजी ।' बाल्यकालमा घरमा हुने अंग्रेजी किताव र कमिक्स बोकेर घिमिरेको गाइभैसी पालेको ग्रामीण बसाइँको झल्को दिने घरमा पुग्ने, त्यहाँ उनले ती किताब पढेर अर्थ्याइदिने गरेको स्मरण गरे । 'हामी टोलका केटाहरू केही सामाजिक कामका लागि जुटौं, केही गरौं भन्दा अगुवाइ प्रकाशजीले लिने हो,' उनले भने, '२९ सालतिर सूर्योदय युवा क्लव गठन गरियो, साहित्यिक कार्यक्रम र नाटक/प्रहसनको क्रम त्यहीँबाट सुरू भयो ।'
बरालको बुझाइमा घिमिरे जहिल्यै जीवन-जगतलाई बुझेका, नहतारिने, विचारेर मात्रै निर्णय दिने अगुवाका रूपमा रहिआएका हुन् । 'पहिलो नाटक गर्दा मैले प्रकाशजीको निर्देशनमा अभिनय गरेँ, दोस्रो नाटकका बेला निर्देशनको जिम्मेवारी मलाइ आयो, प्रकाशजीले अभिनय गरे,' उनले भने, 'अभिनय हाम्रो पूर्णकालीन पेशा थिएन, रहर थियो । मैले यही क्षेत्र रोज्न दिल्ली पढ्न गएँ, प्रकाशजीले घरपरिवार, पढाउने काम गरेरै पनि अभिनयलाई समय दिँदै आउनुभयो ।' थोरै काम गरेर धेरै प्रशंसा चाहने अभिनयकर्मीको भीडमा प्रकाशको बानी फरक रहेको उनको अनुभव छ । 'म फर्केर आएपछि लामो समय पोखरा बाहिर छु, हामीले अहिलेसम्म एउटै फिल्ममा सँगै काम गरेका छैनौं तर, एकअर्कालाई बुझ्छौं,' उनले भने, 'अवसर खोजीरहने, अवसरका लागि साथीभाइलाई आग्रह गरिहने बानी प्रकाशको छैन । अनौठो पनि लाग्छ ।'
०००
'दलन' र 'नुमाफुङ' चलचित्रका निर्देशक नवीन सुब्बाको अनुभवमा घिमिरे कलाकर्मीमात्रै होइनन् । 'आहुतीजीले लेखेको कथाले दलनमा पर्वतको दक्षिण भेग स्याङ्जा जोडिने गाउँको परिवेश कुरा बोल्थ्यो, सुटिङ गर्नेबेला हामीले खौलालाँकुरी छान्यौं, जहाँको संस्कृति थोरै फरक थियो ।' यही फरकमा स्थानीय लवज र संस्कृतिमा पात्रका दैनिकीबारे घिमिरेले आफूलाई प्रष्ट्याएको उनले बताए । 'काम गराइको अनुभवअनुसार मैले प्रकाशजीमा एउटा कलाकारमात्रै होइन गण्डकी क्षेत्रको संस्कृति बुझेको स्रोतव्यक्ति पाएँ,' उनले भने, 'क्यामेराले खिच्ने कुरा कथाअनुसार कलाकारको अभिनयमात्रै होइन, नबोली, वर्णन नगरी पनि दर्शकलाई बुझाउने भाव खिचिन्छ, यसमा मैले प्रकाशको ठूलो सहयोग पाएको हो ।' घरको काम भ्याएर खौलालाँकुरी पुगी सुटिङमा पात्रको चरित्र प्रष्ट उतार्ने क्षमताले आफूलाई प्रभावित पारेको उनले बताए ।
पछिल्लो पुस्ताका सिनेकर्मी खगेन्द्र लामिछानेको 'धनपति' हालै प्रदर्शनमा आयो । यसअघि उनले आफैं शीर्ष भुमिकाको 'टलकजंग भर्सेज टुल्के' र 'पशुपतिप्रसाद' बनाइसकेका छन् । 'धनपति मेरो तेस्रो प्रोजेक्ट हो । प्रकाश दाइको रोल छोटो छ तर, यसमा पनि मैले दाइलाई छाडेको छैन,' उनले भने, 'उहाँको खुबी भनेको तपाइ यस्तो पात्र हो, सिन यस्तो छ भनेपछि सम्झाइरहनु पर्दैन । उहाँ सोझै त्यो चरित्रमा पस्न सक्नुहुन्छ ।' निकै कम कलाकारमा देखिने असाधारण खुबी उनका भएको लामिछानेको बुझाइ छ । 'म पोखरा नै बसेर पढेको हो, प्रकाश दाइ र अनुप दाइले नै मलाई अभिनयको क्षेत्रमा लाग्न प्रेरित गर्नुभएको हो,' उनले भने, 'घरपरिवार सुखदुःखका अवस्था थाहा छन् । तर, क्यामेरा अगाडि जुन पात्र भएर उभिँदा पनि प्रकाश दाइको अनुहारमा घरेलु तनाव र निराशाका भाव मैले देखेको छैन ।' स्क्रीप्ट तयार पार्दै गर्दा नै 'यो पात्रको अभिनयमा प्रकाश घिमिरे ठीक' भन्ने हुने गरेको उनले बताए । 'अरुको जस्तो बानी नभएकाले पनि उहाँसँग जसले काम गर्छ, उसले फेरि फेरि पनि काम गर्न चाहन्छ,' उनले भने, 'यो क्यारेक्टर म गर्दिन, यो गर्छु यो मबाट हुँदैन भन्ने जवाफ कहिल्यै सुन्न पाइएको छैन ।'
यतिबेला घिमिरे घनश्याम लामिछानेको 'पञ्चेबाजा' को स्क्रीप्ट पढ्दैछन् । छायांकन सुरू भएपछि युवा निर्देशक घनश्यामस“ग घिमिरेको यो तेस्रो चलचित्र हुनेछ । उनीहरूले यसअघि 'धौली' र 'अग्निदहन'(प्रदर्शन हुने तयारीको) मा काम गरेका हुन् । 'उहाँको टाइम टाइट हुन्छ, हामीले उहाँबाट काम लिन उहाँकै समयअनुसार चल्नुपर्छ,' लामिछानेले भने, 'तर, यति भइकन उहाँलाई जुन क्यारेक्टर दियो भनेपनि अभिनय जिवन्त हुन्छ । नाटकीय भाव पटक्क पनि छैन । कामप्रतिको डेडिकेसन लोभलाग्दो छ ।' नयाँ पुस्ताका कलाकर्मीले घिमिरेबाट सिक्न सकिने कुरा धेरै रहेको उनको बुझाइ छ । 'मान्छेपिच्छे समस्या कसका हुँदैनन् तर, अभिनय गर्छु भनेर आएपछि कुनै पनि बहानाबाजी नगरी खुरुखुरु काम गर्ने र यतिबेलासम्मका सक्नुपर्छ भनेर समयको महत्व सिकाउने मान्छे कमै छन्,' उनले भने, 'उहाँको त्यो सादा र संतुलित बानीव्यवहार प्रेरक लाग्छ ।'
०००
तेजनाथ भूमिप्रशासन कार्यालयका नायवसुब्बा थिए । जागिरमा जिल्ला जिल्ला सरुवा भइरहन्थ्यो । जेठा छोरा प्रकाशले पितासँगै पोखरा बाहिर लमजुङ, धनगढी, परासी, जलेश्वर र जनकपुरमा पनि बाल्कयाकालका वर्षहरू बिताएका हुन् । २०३९ सालतिर पोखराको नदिपुरका युवाहरूले सूर्योदय युवा क्लव गठन गरेर साप्ताहिक भेटघाटको जमर्को कविगोष्ठीजस्ता साहित्यिक कार्यक्रमबाट थाले । यसको अगुवाइ उनैले गरेका थिए ।
आफ्ना उमेरका भन्दा पाका र कम उमेरका साथी बनाउन रुचाउने उनले साथीहरूसँग मिलेर सडकमा ढुंगा छाप्ने, चौतारो बनाउने र साहित्यिक कार्यक्रम आयोजनाको काममा सक्रिय हुँदै गए । साहित्यिक कार्यक्रमबाट युवा जमातलाई नाटक देखाउने रहर लाग्यो । दीपक पराजुलीले नाटक लेखे - जब इज्जत सल्कन्छ । 'त्यो नाटक हामीले तीन वर्ष त रिहर्सलमात्रै गर्यौं,' घिमिरेले सुनाए, 'त्यसपछि डाँफे कला मन्दिरमा सात दिनसम्म मञ्चन भयो । यही हाम्रो सुरुवात थियो ।' नाटक हेरेका सरुभक्तले ती तन्नेरीको जमातलाई 'ताण्डव नृत्य र अजम्मरी भ्वाइलिन' नामको आफ्नो नाटकमा अभिनय गराए । सरुभक्तले आफ्ना नाटकमा लिन थालेपछि घिमिरे रंगमञ्चमा बराबर प्रभावशाली पात्रको भुमिकामा देखा पर्न थाले । पोखरेली कलाकर्मीले 'प्रतिविम्व नाट्य समुह' का नामबाट नाटक लिएर राजधानी आउजाउको क्रम बाक्लियो । उनले दन्त्यकथा जस्तो, न्यायप्रेमी, सिरुमा रानी आदि नाटकमा अभिनय गरे । दिल्लीको नेशनल स्कुल अफ ड्रामामा पढेर फर्किएका अनुप बरालले उनलाई सरुभक्तद्वारा लिखित 'थाङ्ला' नाटकमा अभिनय गराए । 'दलन' ले उनलाई पहिलोपटक रंगमञ्चको संसारबाट क्यामेराअघि लगेको थियो । त्यसपछि सुवर्ण थापाको सर्ट मुभी 'मलामी' मा काम गरे ।
यतिबेला उनको पनि अभिनय देख्न पाइने सूचिमा 'करोडपति,' 'छक्कापञ्जा-२' र 'अग्निदहन' चलचित्र प्रदर्शनको मिति पर्खाइमा छन् । याम थापाको निर्देशनमा निर्माण हुन लागेको 'हुर्रे' को छायांकन सुरू हुन लागेको छ ।
सांस्कृतिक र सांगीतिक कार्यक्रमको आयोजना गर्दै आएकाहरूको पुरानो संस्था पोखरेली युवा सांस्कृतिक परिवारको सचिवदेखि अध्यक्षसम्मको जिम्मेवारी सम्हालिसकेका घिमिरे यतिबेला पहिले जसरी कविता लेख्ने, गीत गाउने भने गर्दैनन् । 'त्यो एउटा बेला थियो, यतिबेला थोरै पनि फुर्सद निस्क्यो भने किताब पढ्छु, सिनेमा हेर्छु उनले भने, 'अबका नेपाली सिनेमा मौलिक प्रकारका बन्दैछन् । आफूले पाएको भुमिका कसरी गहकिलो हुन्छ भन्ने सोच्छु ।'
रंगमञ्चबाट सिनेमामा पुगेका कलाकारलाई अभिनयका दृष्टिले कुन राम्रो भनेर सोधियो भने 'रंगमञ्च' भन्ने धेरै हुन्छन् । 'दुवैका खुबी आआफ्नै पाराका छन्, सिनेमामा टेक खाएजस्तो नाटकको रिहर्सलमा तयारी राम्रो चाहिन्छ,' उनले भने, 'सिनेमामा अगाडि अर्को पात्र भएन भनेपनि क्यामेराले कताबाट खिच्छ भन्ने हेक्का राखेर एक्लै पनि डाइलग बोल्नुपर्छ, एउटै सिनलाई भिन्न भिन्न कोणबाट पटकपटक सुट गर्दा कलाकारले संतुलित भइरहनु सजिलो कहाँ हुन्छ ।'
(कान्तिपुर कोसेलीमा १० भदौ २०७४ मा प्रकाशित यो लेखोट सामान्य सम्पादनपछि ब्लगमा संग्रहीत)
यसरी लेखियो
पोखराको बसाइँमा धेरै भेट हुने मान्छे कला र साहित्यमा लागेकाहरू नै छन् । प्रकाश दाइका अभिनय चलचित्रमा हेर्दा र भेटघाटमा कुराकानी हुँदा यिनका बारेमा लेख्दा राम्रो हुन्छ भन्ने लागेकै हो । अझ जब यिनको घर पुगियो, घरमा नभेटेर गोठ पुगियो ।
गाइ दुहुँदै गरेका माडसाबसँगै उनले पढाउने स्कुल आइयो, दैनिकीमा समयको व्यवस्थापन रमाइलो लागेको हो । हामी एउटा क्षेत्रमा काम गर्दा अर्को क्षेत्रमा समय व्यवस्थापन गर्न असजिलो मान्छौं तर, प्रकाश दाइको व्यवस्थापनको तरिका पढ्न-सुन्न उदाहरणीय लागेको हो । कोसेली संयोजक साथी पुरुषोतमजीलाई 'म प्रकाश घिमिरेका बारेमा लेख्छु' भन्दा उनी एकैवचनमा खुसी भए र, लेख्नैपर्ने भने । त्यसपछि लेख्ने जमर्को गरियो । लेख्तालेख्तै लामो भयो । त्यसैले माथि घिमिरेले चलचित्रमा अभिनय गरेवापत कति पारिश्रमिक पाउँछन्, त्यो पैसा के गर्छन्, सिनेमा पाउनको सजिलो अप्ठेरो, अनि उनका दुर्गुणका चर्चा लेखिएन । राम्रा नराम्रा बानी सबैका हुन्छन् । समाजलाई घातक लाग्ने बानी छैन, राम्रा बानीको बलले छवि उज्यालो छ भने सामान्य अप्ठ्यारा बानी उल्लेख्य पनि हुन्न । त्यसैले जेजे अँटाएनन्, ती नहुँदा पनि लेखोट अपुरो लाग्दैनन् भन्ने ठानियो ।
Bhim Prasad Ghimirehttp://www.blogger.com/profile/01083707530713845950noreply@blogger.com0tag:blogger.com,1999:blog-998931820621270254.post-4515486612562037132017-07-03T15:51:00.002+05:452017-07-03T15:51:48.743+05:45बसबाट फोहोर कता फाल्ने ?
ठट्टा गर्नुहुन्छ ! त्यस्तो जाबो चीज फाल्न जता मन लाग्यो त्यतै नि । कल्ले पो
हजारौं सवारीसाधन गुड्छन् । लाखौं लिटर पानी खपत हुन्छ । अनि धेरै प्लास्टिकका
प्राथमिकतासाथ दिएका थिए । सभ्य व्यवहारका लागि राम्रो मानिएको उक्त खबरमा संघीय
मामिला तथा स्थानीय विकास मन्त्रालयले नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघसँग
सम्झौता गरिसकेको उल्लेख थियो । गत पुसदेखि लागू हुने भनिएको उक्त नियमअनुसार सबै
चरणमा सहचालकमार्फत यात्रुलाई बाहिर फोहोर नफाल्न सचेत पारिने भनिएको थियो ।
अभियानका रूपमा सुरु गरिने भनिएको नियम उल्लंघन गरी बाहिर फोहोर फाल्नेलाई पाँच
मुलुकभर लागू हुने भनिएको खबर आयो । त्यसको फलोअप हरायो । हाम्रो व्यवहार जस्तो
छ । सरसफाइका लागि लागू गर्न कुनै भार नपर्ने यो नियमबारे चासो बोलेको देखिँदैन ।
प्रतिवाद गर्नुपर्ने पनि कारण हुँदैन । लोकप्रिय लाग्ने अभियान घोषणामा
दूरिका सवारीसाधनले बीच बाटोमा कतै रोकेर यात्रुलाई दिसापिसाब गराउने चलन पनि हट्न
सकेको होइन । त्यसमाथि खानेकुराका प्याकेट र पानीका बोतल जथाभावी फाल्न हुँदैन
र कागज पुनप्र्रयोग हुनसक्छन् । फलफूलका बोक्रा सड्ने भएकाले निश्चित स्थानमा तह
व्यवस्थाका लागि स्थानीय तहले पहल गर्नसक्छ । फोहोर बाहिर नमिल्काऊँ भनेर
यात्रुलाई यातायातकर्मीले अनुरोध गरेमात्रै पनि पुग्छ । बढ्दो सहरीकरणसँगै यतिबेला
गाउँहरू बजारमा रूपान्तर भइरहेका छन् । सबैजसो ठाउँमा सवारी आवागमन भई नै रहेको छ
रोकिने ठाउँहरू र बसपार्कहरूमा सार्वजनिक शौचालयको प्रबन्ध हुनुपर्छ । शौचालय भएका
स्थानमा सरसफाइ नियमित हुनुपर्छ । सवारीसाधनले रोकेर बीच बाटामा कतै त्यस्तो
व्यवहार नगर्न/नगराउन सामान्यरूपमा सचेत गराउन जरुरी छ । लामो तथा छोटो दूरीका
सवारी आउजाउ भइरहने क्षेत्रमा सार्वजनिक शौचालयमै मलमूत्र त्याग गर्न लगाउने चलन
यात्रुले सचेत भइदिए हाम्रो व्यवहार बस्छ । यतिबेला सार्वजनिक सवारीभित्र धूमपान
एक दशकअघिसम्म यात्रामा सवारीसाधनभित्रै धूमपान गर्नेहरू भेटिन्थे । त्यो व्यवहार
अहिले परिवर्तन भएको छ भने फोहोर निश्चित स्थानमा तह लगाउने बानी पनि बसाउन सकिन्छ
। कुनै ठूलो जरिवानाको त्रास देखाएर नियम लागू गर्नु/गराउनुको साटो सामान्य
Bhim Prasad Ghimirehttp://www.blogger.com/profile/01083707530713845950noreply@blogger.com0tag:blogger.com,1999:blog-998931820621270254.post-87586570848050757032017-07-01T17:24:00.001+05:452017-07-01T17:24:12.989+05:45जाने बाटो
के तपाइँले सेकुवा खानुभएको छ ?
धत्तेरी
पहिले जान्नुपर्ने कुरा बुझ्दै नबुझी सोधिएछ
हजुर शाकाहरी की मांसाहारी ?
मांस भक्षण नगर्ने तर, कुखुराको अण्डाहारी
वा पानीफल उचितको तर्क गर्ने माछाहारी ?
भैगो, आउनुस् मुल प्रश्नमा फर्कम्
के तपाइँले सेकुवा खानुभएको छ ?
के तपाइँ सेकुवा हुनुभएको छ ?
घाटका कोइला सेकुवा पोल्न प्रयोग
त्यो राजधानीको खबर थियो
सुन्नु-पढ्नु भएको हुनुपर्छ
हामी यतिबेला रामघाटमा छौं
रामघाटको पनि तुलसी तारिणी घाटमा छौं
हाम्लाई त्यो आर्यघाटको कोइला के मतलब
राजधानीको सेकुवा के मतलब भन्न सक्नुहुन्छ
भन्नुस् भन्नुस् भने हुन्छ
तर, म फेरि सोध्छु
के तपाइँले सेकुवा खानुभएको छ ?
के तपाइँ सेकुवा हुनुभएको छ ?
उ त्यहाँ सेतीको पानी नजिकै मुर्दा पोलेको देख्नुभो ?
त्यहीँ पर्तिर तातो घामको फिक्री नगरी बालुवा चालेको देख्नुभो ?
खसी, कुखुराका मासु र मान्छे पोल्दाको गन्धमा
मेरा नाकले पटक्कै विभेद खुट्याउँदैन
तपाइँ सक्नुहुन्छ की
म परिस्थितिले बनाउने सेकुवाको कुरा गर्दिन
त्यो अमुर्त सेकुवा
अँ गन्धमा विभेदका कुरा गर्दै थिएँ
खसी, कुखुरो, मान्छे
के पोलिँदै के सेकाइँदै हो !
म चिन्दिन
नरिसाउनु होला फेरि सोधेँ है
के तपाइँले सेकुवा खानुभएको छ ?
के तपाइँ सेकुवा हुनुभएको छ ?
रामघाटको बाटो आर्यघाटको बाटो
भन्नेहरू भन्लान् स्वर्ग पुगिन्छ
हामी आधुनिक युगका मान्छे नदेख्ने कुरा कसरी गर्नु
अनुभव लिन नपाइने कुरा कसरी गर्नु
घाटको बाटो वास्तवमा स्वर्ग होइन सेकुवा बन्न पुग्ने हो
हामी पशुपंछीको सेकुवा बनाउँछौं
समयले हाम्रो सेकुवा बनाउँछ
सेकुवा खानु र बन्नुको नियति निश्चित छ
भागेर कहाँ जानुहुन्छ ?
अब म सोध्दिन
के तपाइँले सेकुवा खानुभएको छ ?
के तपाइँ सेकुवा हुनुभएको छ ?
सबै इच्छा, आकाक्षा र बाध्यता बिसाएर
जानुपर्ने बाटो सेकुवा नै भएर जान्छ
मलाइ त गाड्छन्
मलाइ बगाउँछन्
मलाइ पोल्दैनन् भन्नुहोला
म सेकुवा हुँदिन भन्नेहरू पनि हुनुहोला
ठीकै छ
कफी सम्झनुस् कोल्ड कफी
तातोमात्रै होइन चिसो पनि पाइन्छ
दौडधूपको दैनिकीबाट बाहिर निस्केर
जिन्दगीको म्याराथनमा ट्रयाक छाडेर जान्छु भन्दा
हाम्रा बाटोहरू घाट भएरै निस्केका छन्
महत्वाकांक्षाको फेर समात्दै जुन गोरेटो जान्छु भनौं
लोभ, मोह, घृणा छाडेँ अब सन्त बन्छु भनौं
हामी दुनियाँलाई पटकपटक ढाँट्न सक्छौं
ढाँट्न नसक्ने घाटलाई मात्रै हो
बिश्रामको यात्रा जहाँबाट सुरू हुन्छ
आउनुस् चुनढुंगा मिसिएर बगेको सेती हेरौं
किनारमा बल्दै गरेको चिता हेरौं ।
१७ असार २०७४
रामघाट, पोखरा
(घाटमै बसेर लेखेर घाटमै अक्षरयात्राको १४३ औं श्रृंखलामा वाचन गरेको कविता )
Bhim Prasad Ghimirehttp://www.blogger.com/profile/01083707530713845950noreply@blogger.com0tag:blogger.com,1999:blog-998931820621270254.post-63607005679194381452017-02-26T16:16:00.001+05:452017-02-26T16:16:14.258+05:45वसन्त केशव पराजुली - वचनको साङ्लोभित्र
आमाबुवाका कुरा कति मान्ने - तन, मन धन दिनुपर्ने कामका लागि अझ कसमै खुवाए सन्तानले गर्ने कि नगर्ने ? अरूका लागि दुविधाका विषय होलान् तर, पोखरा बृद्धाश्रमका अध्यक्ष ७८ वर्षीय वसन्तकेशव पराजुलीका लागि ढुंगामा लेखिएका अक्षर जतिकै छन् ।
उनको दिनरात ४८ बृद्धबृद्धा र कर्मचारीसहित ६० जना आश्रित आश्रमलाई सक्षम बनाउने कोशिशमै बितेका छन् । पोखराका शैक्षिक संस्थाहरूको स्थापनाका लागि सक्रिय केही थोरै नाममध्ये छुटाउनै नमिल्ने नाम हो ऋषिकेशव पराजुलीको । कांग्रेसी राजनीतिकै खातिर उनले केही वर्ष निर्वासित जीवन पनि गुजारे । कांग्रेसको दिन फर्किएपछि भने उनले पार्टीबाट केही लाभ लिएनन् । कुनै सरकारी ओहदाको मोह राखेनन् ।
उनैका जेठा छोरा हुन् बसन्त । बाबुभन्दा राजनीतिक विचारमा फरक । उर्जाशील उमेर शिक्षण पेशामा गुजारेपछि अवकाशको जीवन बसन्तलाई आफ्नै सुरले जिउने ध्याउन्ती थियो । पञ्चायतकालमा अभिभावकको निर्वासित जीवनलाई उनले फरक पाठ सिकाएको थियो । 'मलाइ लाग्थ्यो, राजनीति मैले जाने बाटो होइन', उनले भने, 'त्यसैले मैले कहिल्यै राजनीति गरिँन । तर, त्यसको छर्कोबाट मुक्ति पनि मिलेन । कतै न कतै खरो भएर बोल्दा पनि फरक अर्थ निकाल्ने रहेछन् ।'
२९ वर्ष प्राध्यापन पेशामा उनले ६ ठाउँ पढाए । तीन ठाउँ प्रधानाध्यापकको जिम्मेवारीमा रहे । अवकाशपछि उनले २०५२ मा सेवानिवृत्त शिक्षकको संगठन बनाए । आफू अध्यक्ष भए । हकहितको कुरा गर्नु राजनीति नै भन्ने बुझियो । २०१४, २०३६ र २०३८ का विद्यार्थी र शिक्षक संघर्षका दौरान तीनपटक थुनामा पनि परे । पढाउने पेशाअघि उनले २०१२ देखि तीन वर्ष किराना पसल पनि गरि हेरे । २०१५ देखि नेपाल एयरलाइन्सको एउटा एउटा एजेन्सीमा भैरहवा र जनकपुर पुगी जागिरे भएर अढाइ वर्ष बिताए ।
'५२ सालमा बुवाले मेरो एउटा कुरा मान भनेर वाचा गराउनु भयो', उनले भने, 'त्यो वाचा यो पोखरा बृद्धाश्रम चलाउने भन्ने थियो ।' बृद्धबृद्धाले परिवारबाट परित्यक्त जीवन बिताउने क्रम सुरू हुनुलाई बुवाले दूरदृष्टिबाट देखेको उनले बताए । बाबुले दिएको २६ हजार ७ सय रूपैयाँबाट पोखरा-१७ सीतापाइलामा आश्रम सुरू गर्दा यसको दीर्घकालीन सञ्चालनको कुनै योजना थिएन । सञ्चालक समितिका अध्यक्ष रहेका उनका पिताजी २०५३ मा ७९ वर्षमा उमेरमा दिवंगत भए । जिम्मेवारी पुरै काँधमा आयो । 'मैले सुरूमै भनेको थिएँ, आश्रम आफ्नो खुट्टामा उभिने भएपछि मैले स्वतन्त्र हुन पाउनुपर्छ', उनले सुनाए, 'अहिलेको उपक्रम यही छ कहिले आश्रम सक्षम होला भन्ने ।'
आफूले धर्मकर्मको मार्गमा हिड्न स्वतन्त्र हुन पाउनुपर्छ । तीर्थाटनका लागि समय मिल्नुपर्छ । 'तर, म वचनले बाँधिएको छु', उनले भने, 'यो आश्रममा आश्रित बढेका छन् । भवन बनाउन थालियो । पुगनपुगकै चिन्तामा दिन जान्छ ।' बसन्तकेशव नेतृत्वको आश्रम पोखरेलीका लागि अहिले नौलो तीर्थ भएको छ । जन्म दिन, दिवंगतका पूण्यतिथिका दिन यहा“ आउने, भेला भएर आश्रतिलाई खाना खुवाउने, दान दिने चलन बसेको छ ।
आफ्नो घर, परिवारलाई समय नदिएर बसन्तले बृद्धाश्रममा बाबुलाई दिएको वचनको मान राखेका छन् । यहाँ सबै आश्रित उमेरका ६० वसन्त नाघेकाहरू छन् । आधा दर्जन असी नाघेकाहरू पनि छन् । खानपान, रोगव्याधि र उनीहरूको सजिलो बसाइँको व्यवस्थापन सजिलो छैन । 'मैले आफ्नो घरपरिवारलाई समय नदिएर आश्रमलाई दिएको छु', उनले भने, 'यो एउटा तपस्याकर्मभन्दा कम छैन । तपस्याकर्म कहिल्यै सजिलो हुँदैन भन्ने पनि थाहा छ ।' सानो झुप्रो, पाँच बृद्धबृद्धाबाट थालेको आश्रम अहिले करीब डेढ करोडको भौतिक संरचना भएको बनेको छ । यद्यपि निर्माणका काम अझै जारी छन् । अब केही स्वास्थ्यकर्मीको ध्यान यहाँ पुगेकाले आश्रितको सञ्चो-बिसञ्चो १५/१५ दिनमा चेकजाँचको व्यवस्था मिलेको छ । दान दिन आउनेका मायाले मात्रै यहाँको दैनिकीलाई खर्च यथेष्ट छैन । उनले भने 'सुरूमा दुइ सहयोगीले भवन बनाउन सघाए, पछि गायक कर्ण दासले २ महिनाका लागि बुढाबुढीको खानेकुरामा सहयोग गरिदिएर सजिलो बाटो खुलेको थियो । अझै पनि जहाँ जहाँ सकिन्छ हात फैलाएर माग्दै यहाँ ल्याउँछु । सुनेर मन पग्लिएकाहरूले विदेश पुगेर पनि सम्झेका छन् ।'
बाबुको एउटा वचनको मानका खातिर आफ्नो जीवनको अवकाशको समय आफूजस्तै बृद्धबृद्धाका बीच बिताउनु अब भने बन्धन जस्तो नलाग्ने उनले सुनाए । 'यो आश्रम कुन दिन आफै दिनदिनैको खर्च धान्ने होला भन्नेमात्रै ध्याउन्ती छ', उनले भने, 'खासमा बृद्धबृद्धा आफ्नै परिवारका बीच आफूले आर्जेको घरमै बाँचेको राम्रो भन्ने लाग्छ । तर, जसका लागि त्यस्तो सम्भव भएन, उनीहरूलाई यो ठाउँ जहिल्यै आश्रय दिनसक्ने भइरहनु पर्छ ।'
(नेपाल म्यागजिनको 'जीवनका रंग 'स्तम्भमा ०७२ मा प्रकाशित लेखोट संग्रहका लागि ब्लगमा राखिएको)
Bhim Prasad Ghimirehttp://www.blogger.com/profile/01083707530713845950noreply@blogger.com0tag:blogger.com,1999:blog-998931820621270254.post-74867814922140125362017-02-22T17:35:00.001+05:452017-02-22T17:39:24.772+05:45मुस्ताङसम्मै मोटरमा सरर ...
विराटनगरबाट आफ्नै जिप लिएर मुक्तिनाथसम्मको यात्रामा निस्केका जयेश बोहोराले पोखरा आइपुगुञ्जेल पनि इन्टरनेटमा हिमालपारिको जिल्लाको सडकमार्गको अवस्था 'सर्च' गरिरहेका थिए । पोखरा बस्ने साथीभाइसँग पनि आफ्नै गाडी जान सजिलो-अप्ठ्यारो बारे जानकारी लिइरहे ।
बेनीबाट घाँसा, मार्फा, जोमसोम र त्यहाँबाट मुक्तिनाथ अनि छुक्साङ पुगेर आनन्दले दुर्इ रातको बसाइँपछि पोखरा फिरेका उनले भने 'अब मेरा साथीहरू धेरैजना यताको यात्रामा आउने छन् ।' यही यात्रामै रहेका विराटनगरका सुकुमार सेनले पनि कोलकातामा रहेका भाञ्जालाई मुस्ताङ आउजाउका फोटा 'ह्वाट्स एप' पठाए । 'मैले अब भाञ्जालाई घुमाउन नल्याइ नहुने भयो,' उनले भने, 'यति सजिलो यात्रा होला भन्ने सोचेकै थिइँन ।'
यतिबेला मुस्ताङ उक्लने सिजन होइन । तर, यात्रुको चाप भने घटेको छैन । यो जिल्ला प्रवेश गर्दाको पहिलो गन्तव्य घाँसामा प्रहरी चौकीले आउने सवारीको रेकर्ड राख्छ । चौकी इञ्चार्ज योगेन्द्र यादवका अनुसार सार्वजनिकभन्दा निजी सवारी आगमनको दर निकै उच्च छ । 'सिजनमा सरदर महिनाको बस, ट्रक, ट्याक्टर र साना गाडी १५ सय जति र मोटरसाइकल दुइ हजारवटा जति मुस्ताङ आउँछन्,' उनले भने, 'भिरालो बाटो भएपनि यहाँ दुर्घटना नहुनु चाहि अचम्म लाग्दो छ ।' उनका अनुसार गत असोज र कात्तिकमा घाँसा भएर मुस्ताङ पुगेका गाडीहरूमा बस ६३४, जिप-कार १७१३, ट्रक १७९ र ट्याक्टरको संख्या ९९ वटा रह्यो । यो अवधिमा पुगेका मोटरसाइकलको संख्या ६०३५ रहेको रेकर्ड छ । 'इन्ट्री गराएर मात्रै जाने भएकाले हामीले कुनै गाडी नफर्के वा केही सामान हराए खोजी गर्छौ,' उनले भने, 'मुस्ताङ घुम्न आउनेहरू नेपालको अरु ठाउँ यसरी भीड भएर जाँदैनन् होला ।' सडक सहज भएकै कारण हिमाल पारिको जिल्ला हेर्न रहर लाग्नेहरू आउने गरेको उनले बताए ।
कोवाङ-६ का अशोक गौचन गोठभरि खच्चड पाल्थे । यिनै खच्चडलाई पोखराबाट सामान बोकाएर जोमसोम ल्याउँथे । 'पोखरा ओहोरदोहोर गर्न महिना दिन बिताउनु पर्थ्यो,' ६० वर्षपार गरेका गौचन अतित सम्झँदै भन्छन्, 'यति छिटै जोमसोममा मोटर आउला भन्ने मैले सोचेकै थिइँन ।' २०४९ सालतिर बागलुङमा मोटर चल्यो । २०५२ देखि बेनीबाटै बस चल्न सुरु भयो । 'पछि महिनाभरिको पोखरा आउजाउ सात दिनमै भ्याउन थालियो,' उनले भने, 'हिंड्दा-हिड्दै हाम्रो जीवन बित्यो तर, अब सुविधा देख्न पाइयो ।' ०६३ सालपछि जोमसोमसम्म नै मोटर चल्न थालेपछि खच्चड पाल्न छाडिएको उनले सुनाए । 'अब त मुस्ताङीको लाइफस्टाइलमै ठूलो परिवर्तन आइसक्यो, पोखराबाट खच्चडमा सामान बोकाएर ल्याएको सम्झिँदा-सुनाउँदा एकादेशको कथा जस्तै लाग्छ,' उनले भने ।
सडकले नेपालीको पहुँच चीनको सिमाना कोरला नाकामा सोझै जोडिदिएको छ । नवलपरासीको गैंडाकोटदेखि कोरलासम्म ४ सय ३५ किमी कालीगण्डकी कारिडोरको यो उत्तर-दक्षिण राजमार्गले जोमसोम बजार मुग्लिन जस्तै खाना खाने केन्द्र बन्न पुगेको छ । पोखराबाट बिहानै निस्केको मोटर बाटोमा अवरोध भएन भने दिउँसै जोमसोममा खाजा खान आइपुग्छ ।
यहाँको सडक निर्माणको इतिहासमा नेपाली सेनाको ठूलो भुमिका छ । कुनै समय बेनीदेखि जोमसोम सडक खन्न सरकार पनि तयार थिएन । यो खण्डमा ठूला पहराले कामदारलाई निकै जोखिम थियो । तर, देशमा सशस्त्र द्वन्द्व चर्कंदै गर्दाको समय सेनाले जोमसोम सडक खन्ने जिम्मा लियो । ५ वर्ष लगातार मिहिनेतले बेनीदेखि जोमसोम ट्रयाक खोल्न सफल भयो । २०६३ बैशाखमा गणतन्त्र घोषणा भयो, यही महिनादेखि जामसोममा सेनाले मोटर बाटो बनाएरै छाड्यो ।
'जोमसोम, लोमान्थाङ, कोरलामा मोटर चलेको देख्दा एउटा सपनाको क्षण जस्तै लाग्छ,' धौलागिरि बोर्डिङ स्कुलका प्रिन्सिपल तथा पूर्व सांसद चन्द्रबहादुर गुरुङ भन्छन्, 'अब मुस्ताङ र पोखरामा कुनै भिन्नता रहेन । ६० सालसम्म यहाँको जनजीवन निकै फरक थियो, वर्ष लाग्दा पनि घर छोड्नुपर्ने, हिउँदमा पनि घर बस्न नसकिने । खच्चडलाई भारी बोकाएर परिवारसहित खुला चौरमा बसिन्थ्यो ।' हिउँदको चिसो र वर्षाको पानी छल्ने मेसोमा आम्दानी पनि गर्न खच्चडलाई सामान बोकाएर सपरिवार हिंडेर बेंसी झर्नुपर्ने बाध्यता अब हटेको उनले बताए । ४० साल अघिको त्यस्तो थियो । पछि यहाँको जनजीवनमा केही परिवर्तन आयो । वर्षायाममा घरमै बस्ने, हिउँद लागेपछि पोखरातिर झर्ने । तर, अहिले यो पनि बदलिएर यहाँका स्थानीय वर्षभरि नै घरमा बस्ने क्रम बढेको उनले सुनाए ।
अहिले म्याग्दीको गलेश्वरदेखि कोरलासम्म कच्ची सडक छ । अबको ५ वर्ष भित्र जोमसोमसम्म कालोपत्रे सडक बन्ने निश्चित भएको छ । बागलुङ मालढुंगा-गैंडाकोट र बेनी-कोरला दुइ भागमा बिभाजन गरेर निर्माण सुरु गरिएको सडक बिभागले जनाएको छ । कच्ची सडकमै भएपनि जोमसोमदेखि काठमाडौंसम्म रात्री बस संचालन भइसकेको छ ।
सडकलाई स्तरोन्नति गर्न गैंडाकोटदेखि कोरलासम्म ४ सय ३५ किमी सडक निर्माणमा पछिल्ला सरकारले निकै प्राथमिकता दिएका छन् । सडक विभागले जोमसोम-कोरला सडकलाई उच्च प्राथमिकता दिएको छ । यो सडकको निर्माण दुइ बर्ष भित्रै सकिने विभागले जनाएको छ । यसका लागि विभागले मंसिरदेखि जोमसोम बजारमा कालीगण्डकी करिडोर कार्यालय संचालनसँगै बेनी-जोमसोम र तेस्रो चरणमा मालढुंगा-गैंडाकोट सडकको निर्माण पुरा गर्न सरकारले योजना ल्याएको छ ।
उत्तर-दक्षिण राजमार्ग आयोजनाका निर्देशक गोपालप्रसाद सिग्देल भन्छन्, यो उच्च प्राथमिकतामा परेको उत्तर-दक्षिण मार्ग हो ।' जोमसोमदेखि कोरलासम्मको १ सय १० किमी सडक खन्न २ अर्ब ५० करोड विनियोजन भइसकेको छ । विनियोजित बजेटअन्तर्गत यो वर्ष ३९ करोड निकासा भइसकेको छ । बेनी-जोमसोम ७६ किमी सडक पुरै कालोपत्रे गर्न अब काम सुरु हुने विभागले जनाएको छ । कालीगण्डकी करिडोर सडकमा कोरलादेखि गैंडाकोटसम्मका मुस्ताङ, म्याग्दी, बागलुङ, गुल्मी, पाल्पा र नवलपरासी जिल्ला पर्छन् । यो सडकले नवलपरासीको तर्राई क्षेत्रबाट सोझै चीनको कोरला सिमानासम्म जोड्ने छ । उत्तर-दक्षिणको यो सडक गैंडाकोट-मालढुंगा २ सय ३५, मालढुंगा-वेनी १४, वेनी-जोमसोम ७६ र जोमसोम-कोरला १ सय १० किमी छ । ४ सय ३५ किमी लामो यो सडक मुलुकको उत्तर-दक्षिण जोड्ने सबैभन्दा छोटो राजमार्ग हो ।
कुनै समय थियो, राजधानीबाट मुस्ताङ आउँदा कम्तीमा सातादिनको भ्रमण तालिका चाहिन्थ्यो । पोखरासम्म आउन सुविधा थियो तर, मुस्ताङ पुग्न ठूलो सकस । गत माघदेखि जोमसोम-काठमाडौं रात्रीबस संचालनले मुस्ताङको यात्रा सहज बनाइदिएको छ । पोखराबाट जोमसोम पुग्न बसमा एक हजार भाडा तिरे विहान चढेर साँझ उत्रन सकिने भएको छ । बस संचालनले काठमाडौंबाट एकै रातमा जोमसोम आउन पाइन्छ । पोखरा र बेनीबाट मिनीबस तथा जीप परिवर्तन गर्नुपर्ने झन्झट रात्री बस संचालनले अन्त्य गरिदिएको छ ।
गत वर्षसम्म 'सिण्डकेट'ले बदनाम बेनी-जोमसोम सडकमा अहिले कुनै पनि सवारीसाधनलाई रोकछेक छैन । यात्रुहरू आफ्नो सुविधाअनुसारको सवारीसाधन लिएर आउजाउ गर्न सक्छन् । सिण्डिकेट पूर्णरुपमा हटेपछि यो रुटमा सवारी संञ्चालन खुला प्रतिष्पर्धामा भइरहेको छ । यहाँ मुस्ताङ, म्याग्दी, बागलुङ, पोखरा र काठमाडौंका समेत सातवटा ब्यवसायी समितिहरूले सार्वजनिक यातायातको सेवा दिइरहेका छन् ।
'सिण्डिकेट छैन । सबैका गाडी कम्पिटिसनमा चलेका छन्,' म्याग्दी बस तथा जीप ब्यवसायी समिति कोषाध्यक्ष मोहन केसीले भने, 'मौसमी ब्यवसाय भएकोले सजिलो-अप्ठ्यारोमा जनतालाई बोक्ने हामी मात्र हौं ।' मापदण्ड पुरा नभएकोले सडक विभागले हिउँदे अस्थायी 'रुट' कायम भएको छ । रुट कायम भएपछि बेनी-जोमसोम सडकमा पोखराको पृथ्वीराजमार्ग, मुस्ताङका दुइ समिति, म्याग्दीका तीन र बागलुङका एक बस ब्यवसायी समितिका सवारीसाधनले यात्रु बोक्ने गरेका छन । बेनीबाहेक बागलुङ, पोखरा र काठमाडांैबाट जोमसोमका लागि सोझै गाडी पाइन्छ । आन्तरिक यात्रु बोक्न छुट्टै स्थानीय सवारीसाधन पनि चल्ने गरेका छन् ।
'बेनी-जोमसोम सडकमा हल्ला जस्तो अवरोध छैन । सडक पहिलेभन्दा धेरै सुध्रिएको रहेछ,' काठमाडौंको कोटेश्वरका तीर्थयात्रु बोकेर आएको बा३ख ४८३४ नम्बर बसका चालक नारायण कार्कीले भने, 'आफ्नो गाडी कन्डिसनमा छ भने मुस्ताङ आउन सजिलै लाग्यो ।' मुस्ताङमा मंसिर, पुस, माघमा हिउँ पर्ने र असार, साउन, भदौ र असोज वर्षाले सडक अवरुद्ध पार्ने भएकाले फागुनदेखि जेठका चार र कात्तिकको महिना बेनी-जोमसोम सडकमा सवारी चाप रहन्छ ।
देशभरबाट बौद्ध तथा हिन्दुको साझा तीर्थस्थल मुक्तिनाथ दर्शन गर्न आन्तरिक पर्यटक आउने क्रम गत वर्षाबाट निकै बढेको छ । सडकको अवस्था स्तरोन्नति भएकाले छोटो समय र न्युन खर्चमा हिमालपारीको जिल्ला सहजै पुग्न सकिने भएपछि आन्तरीक पर्यटकको ओइरो लाग्ने गरेको हो ।
(भीम घिमिरे, विनोद त्रिपाठी र घनश्याम खड्काको ७ फागुन २०७३ मा कान्तिपुर दैनिकमा प्रकाशित रिपोर्ट)
Bhim Prasad Ghimirehttp://www.blogger.com/profile/01083707530713845950noreply@blogger.com0tag:blogger.com,1999:blog-998931820621270254.post-81321283142153638092017-02-02T10:58:00.001+05:452017-02-02T11:17:09.113+05:45पोखरेली फुटबल पर्वको डेढ दसक
माघको दोस्रो साता पोखरेली खेलप्रेमीका लागि वर्षेनी चल्ने पर्व जस्तै हुन्छ आहा-रारा गोल्डकप फुटबल । दिउँसो २ बजे मैदान धुइरिने, आ-आफूले पक्ष लिएका टिमका लागि हौसला बढाउने र खेलको मजा लिने क्रम चल्छ ।
मुलुकका अन्य शहरको दाँजोमा पोखरेलीलाई खेलकुदको पूर्वाधारमा सजिलो छ । यसको कारण एउटै ठूलो मैदान हो, जहाँ फुटबलका लागि मात्रै नभइ क्रिकेट, भलिबल, बास्केटबल, लन-टेनिस, आर्चरीका लागि छुट्टाछुट्टै ठाउँसँगै 'इनडोर' खेलहरूका लागि कभर्ड हल पनि छ । १४ करोड ३२ लाखको लागतमा 'इनडोर' खेलकै लागि अर्को ठूलो बहुदेश्यीय भवन निर्माणाधीन छ ।
सेती नदीको किनार रंगशालाका लागि २०३९ सालमा चार सय १७ रोपनी जग्गा अधिग्रहण भएको थियो । त्यसको अर्को वर्ष फुटबलका लागि मैदान तयार पारियो । प्यारापिट निर्माण भयो । २०५९ मा खेलप्रेमीकै सक्रियतामा मैदान तारबार गरिएको थियो ।
'फुटबलको जमाना फेरिएकै हो, पहिले एक्लाएक्लै रहरले खेलिने खेललाई सहाराले वर्षोनी प्रतियोगिता गर्न थालेपछि व्यविस्थत भएको हो,' पुराना फुटबल खेलाडी एवं सहारा क्लवका सल्लाहकार शम्भु कार्कीले भने, 'हामीले २४/२५ सालतिर खेल्दा न कोच हुन्थे, न राम्रो जर्सी न बुट ।' तीसको दसकसम्म पोखरामा फुटबल खेल्नेहरूले आफ्ना लागि चाहिने सामान र तालिमको व्यवस्था नै नभएको उनले बताए । 'पछि बिस्तारै टोल र क्लवहरूले फुटबल आयोजना गर्ने चलन बढ्यो,', उनले भने, 'सहारा क्लव गठन भएपछि मात्रै पोखरामा फुटबल खेलको आयोजना व्यवस्थित र गतिविधि नियमित भएको हो ।'
सहारा क्लवको आयोजनामा वर्षेनी हुने आहा-रारा गोल्डकप फुटबलको यसपटकको १५ औं संस्करण सुरू हुनु दुइ दिनअघिको पत्रकार सम्मेलनमा उद्योगी सूर्ययबहादुर केसी अलि भावुक देखिएका थिए । पोखराका पूर्वमेयर तथा रारा र आहा चाउचाउको उत्पादक कम्पनी हिम श्री फुड्सका सञ्चालक केसी प्रतियोगिताको सुरुवातदेखिका मुख्य प्रायोजक हुन् । 'म मरेपनि मेरो परिवारले सकेसम्म यो प्रतियोगितालाई पछिसम्म प्रायोजक गरिरहने छ,' उनले भने, 'हामी सबै उद्यमीले खेलकुदलाई सघाएमात्रै समाजका लागि काम गरेको ठहर्छ ।'
सहारा क्लवको इतिहास खोतल्दा स्मारिकाहरूमा रमाइला प्रसंग छन् । २०५० अघिसम्म पोखरामा खेलकुदका आयोजनाहरू हुँदै आएपनि ती निरन्तर हुन गाह्रो परिरहेको थियो । फुटबल रुचाउने एउटा जमातलाई अग्रजहरूले हौस्याए । टिम बन्यो । फुटबल खेल्न र सामाजिक काममा अगुवाइ लिन अघि सरेको समुहले बसपार्कमा शौचालय बनाउन पहल गर्यो । सहारा क्लवका संस्थापक अध्यक्ष वसन्त थकाली भन्छन् 'हाम्रो टिम कोकाकोला कपको क्वाटर फाइनलमा पुगेको थियो । त्यही जोशलाई आफैं फुटबल टुनामेन्ट किन नगराउने भन्ने सल्लाह भयो ।' २०५७ मा जिल्लाका क्लवस्तरीय प्रतियोगिता आयोजना गरेको क्लवले २०५८ मा क्याराभान गोल्डकपको आयोजना गर्यो । त्यसको अर्को वर्षदेखि नै आहा गोल्डकपका नामबाट वर्षोनी प्रतियोगिता आयोजनाको सिलसिला सुरू भयो । फुटबल आयोजना र प्रशिक्षणको कामलाई व्यवस्थित बनाएको सहारालाई स्थानीय र विदेशिएका पोखरेलीले सहयोग गर्ने क्रम सुरू भयो ।
'खासमा बलियो टिम बनाउनका लागि व्यवस्थित क्लव, नियमित अभ्यास र खटेर खेल्ने खेलाडी चाहिने महसुस भयो,' उनले भने, 'त्यसपछि आफ्नै टिमका लागि खेलाडी उत्पादन गर्न एउटा एकेडेमी चाहिन्छ भन्ने सल्लाह भयो ।' ०६१ देखि एकेडेमी सञ्चालन थालेको सहाराले पोखराको दोबिल्लामा २६ रोपनी जग्गा खरिद गर्यो । एकेडेमीको सुरुवाती चरणमा खेलाडी घरैबाट धाएर प्रशिक्षणका लागि जान्थे । 'एउटा अनुभव के भयो भने सम्पन्न घरका छोराहरू पढाइ बिग्रियो भनेर बहानाबाजी गरेर ट्रेनिङमा आउन छाड्ने, गरिब घरकाहरू बुट र प्याड आफैंले किन्न नसकेर बीचैमा छाड्ने,' पूर्वअध्यक्ष थकालीले भने, 'हामीले घरघर गएर कारण बुझेपछि अब गरिब घरका २० जना छोराहरू ल्याउने, उनीहरूलाई खानबस्न, पढ्न दिएर फुटबलको तालिम दिने, आठ/दसजना प्रोफेसनल खेलाडी टिममा लिने सल्लाह गर्यौं ।' यही सल्लाहपछि क्लवले एकेडेमीलाई व्यवस्थित रूपमा चलाउन सकेको उनले बताए ।
हाल दोबिल्लास्थित सहारा एकेडेमीमा १६ जिल्लाका २८ बालकहरू छन् । उनीहरूलाई आवासीय सुविधासहित शिक्षा र फुटबलको दीक्षा दिइएको छ । क्लबमा सुरूदेखि नै सक्रिय फोटोपत्रकार सुदर्शन रञ्जित भन्छन् 'सहारा क्लब यसका पदाधिकारीको मात्रै होइन, पोखरेलीको सम्पती हो । सबैको माया र सहयोग पाएकाले नै यो टिकेको छ ।' एकेडेमी दिगो र दीर्घकालसम्म निर्वाध सञ्चालनका लागि सहाराले अक्षयकोष जुटाउने अभियान चलाएको छ । उक्त कोषमा बचतसँगै खेलप्रेमीले वर्षेनी आफूले सकेको रकम योगदान गरेका छन् ।
क्लवले वर्षेनी आयोजना गर्ने आहा-रारा गोल्डकप फुटबल प्रतियोगिताबाट हुने आम्दानी एकेडेमीको खर्चका लागि मुख्य स्रोत रहिआएको छ । त्यसो त पोखराभित्र आयोजना गरिने फुटबलका प्रतियोगिताहरू दर्जन हाराहारी छन् । तर, सबै प्रतियोगितामध्ये भव्य र प्रतिष्ठित भने सहाराकै आयोजना मानिन्छ । पोखरा रंगशालामा र्सवाधिक दर्शक भित्र्याउने सहारा क्लव नै हो ।
पश्चिमाञ्चल खेलकूद विकास समिति अध्यक्ष खगराज पौडेलले भने, 'पोखरेलीको खेलप्रतिको लगावलाई सहाराले संगठित आकार दिएको छ ।' विदेशमा रहेका नेपाली र पोखरेलीको सहयोग हेर्दा देशका अरु शहरका क्लवले खेलका लागि यस्तो संगठित आकार बनाउन सकेको उदाहरण नपाइने उनले बताए ।
सहाराले क्याराभानको नामबाट पहिलो प्रतियोगिता गर्दा विजेताका लागि ५० हजार नगद पुरस्कार राखेको थियो । यतिबेला त्यो राशि ५ लाख पुर्याइएको छ । 'आयोजना सहाराले गरेको देखिएकोमात्रै हो, यो सबै पोखरेलीको आयोजना हो । हामी स्वयंसेवकमात्रै हौं,' क्लव अध्यक्ष वीरभद्र आचार्यले भने, 'फुटबल सबैको रोजाइको खेल हो । जसले जहाँ इमानदारीपूर्वक आयोजनाको प्रयास गर्छन् तिनलाई कसले नसघाउला जस्तो लाग्छ ।' सहारामा खेलप्रेमी र खेलका लागि चिन्ता गर्नेहरूको विचार मिलेको उनले बताए । 'हामीले संगठित हिसाबले आफ्ना प्रयास गरेका हौं, सरकारको मुखमात्रै ताकेर हामीले आफूले गर्नसक्ने कोशिश छाड्न भएन,' उनले भने, 'पहिलो, दोस्रो, तेस्रो गर्दै १५ वर्ष बित्यो । अब त हाम्रो टुनामेन्ट गराउने सिस्टम पनि बस्यो । सबैको माया र सहयोगले यो सम्भव भएको हो ।'
आहा-रारा गोल्डकप फुटबल प्रतियोगिताका फाइनलहरू
क्रस वर्ष टिम गोल
२०५९ पुलिस क्लव-फ्रेण्ड्स १-०
२०६० एमएमसी- पुलिस ३-१
२०६१ एमएमसी-पुलिस ३-२
२०६२ अफ्रीकन युनाइटेड-पुलिस २-०
२०६३ थ्रीस्टार-एमएमसी १-१ (४-३)
२०६४ पुलिस-एपीएफ २-०
२०६५ पुलिस-त्रिभुवन आर्मी ५-०
२०६६ पुलिस-आर्मी १-०
२०६७ थ्रीस्टार-एमएमसी १-०
२०६८ एमएमसी-जावलाखेल युथ २-०
२०६९ सहारा-थ्रीस्टार ०-१
२०७० एमएमसी-सहारा ०-१
२०७१ एमएमसी-थ्रीस्टार ०-१
२०७२ आर्मी- एमएमसी ०-१
२०७३ एमएमसी- सहारा १-०
तस्बिरमा पहिलो प्रतियोगिता (माथि) र सहारा आयोजनाको क्याराभान कपको एउटा खेल ।
तस्बिर सौजन्य : सुदर्शन रञ्जित
(८ माघ २०७३ मा कान्तिपुरको खेलकुद पृष्ठमा प्रकाशित । सामान्य अप्डेटपछि ब्लगमा जतन गरिएको)
Bhim Prasad Ghimirehttp://www.blogger.com/profile/01083707530713845950noreply@blogger.com0tag:blogger.com,1999:blog-998931820621270254.post-70189544346155633672017-02-02T10:26:00.001+05:452017-02-02T11:41:52.858+05:45कामले सिकाउँछ काम
महिनाको बचत २० रूपैयाँ । हेर्दा-सुन्दा यति पैसाले के नै आउँछ भन्ने लाग्न सक्छ । तर, जीवनोपयोगी कृषि समुहमा आबद्ध महिलाका लागि मासिक बचतले थुप्रै काम गरेको छ ।'बचतको कारण हामी आमा दिदी बहिनीको भेटघाट हुन्छ,' अध्यक्ष गुमा पौडेल भन्छिन् 'कृषि विकाससँग कार्यक्रम माग्न सक्ने भएका छौं ।' ३२ सदस्यले गर्ने बचत आठ हजार पाँच सय रूपैयाँ पुगेको छ । समुहलाई सामुदायिक वन उपभोक्ता समुहले पनि सघाएको उनले बताइन ।
'गाउँमा १३ वटा सामुदायिक वनका उपभोक्ता समिति छन्,' उनले भनिन्, 'पहिले पहिले छलफलमा जान धक मान्ने आमा दिदीबैनी अब निर्धक्क आफ्ना कुरा राख्नसक्नु हुन्छ ।' वन समुहका कार्यसमितिमा रहने महिलाहरू पनि अधिकांश आफ्ना टोलका आमा, कृषि, वातावरण समुह र टोल संगठनमा आवद्ध रहेकाले नेतृत्वको अभ्यास निरन्तर रहेको उनले बताइन ।
फेवातालको पश्चिम-उत्तरमा अवस्थित कास्कीको ढिकुरपोखरी पोखरा-बागलुङ राजमार्गमा पर्ने गाविस हो । यहाँका बासिन्दाको मुख्य बजार पोखरा र हेम्जा हो भने उच्चशिक्षाका लागि उपमहानगरसम्म गाडीमा आउजाउ सजिलो नै छ । गाउँका कृषि उपज बिक्रीका लागि पोखरा नै पुग्छ भने उताबाट चाहिने सामान गाउँले लिइ आउँछन् । फेवातालमा मिसिने खोलाहरू ढिकुरपोखरी र भदौरेतामागी भएर बगेका छन् । फेवामा पुग्ने पानी ढिकुरपोखरीको वन क्षेत्र हुँदै जाने भएकाले सामुदायिक वन उपभोक्ता समुहहरू पनि अधिकार र चेतनाको क्रियाकलापमा सक्रिय छन् । यसको प्रत्यक्ष असर महिला समुहहरूमा परेको छ । १० हजार ८६ जनसंख्या रहेको गाविसमा महिला संख्या चार हजार आठ सय ६३ छ ।
यहाँ महिलामात्रै मिलेर चलाएको एउटा सहकारी पनि छ । शेयर पूँजीमात्रै एक करोड १९ लाख पुर्याएको दिगो महिला बचत तथा ऋण सहकारीकी अध्यक्ष सगुन गुरूङ भन्छिन् 'सानो समुह थियो, हामीले ५८ सालदेखि त्यसलाई सहकारी बनाएका हौं ।' नौ सय ९३ सदस्य पुगेको सहकारीले गर्ने कर्जा लगानी कृषिमा आधारीत काममै रहेको उनले बताइन । 'महिला महिलामात्रै के पो गर्न सकौंला जस्तो लाग्थ्यो तर, कामले काम सिकाउने रहेछ,' उनले भनिन्, 'अहिले त हाम्रो सहकारीकै कार्यसमितिको चुनाव पनि गाविस वा नगरपालिकाको चुनावभन्दा कम हुँदैन ।' समुहहरूमा कार्यसमितिमा बस्न अनुरोध गर्दै हिड्नुपर्ने जमाना गएको उनले बताइन । 'महिलाले बोल्न जानेका छन्, आफ्नो गाउँका लागि गाविस र जिल्लासँग योजना माग्न पनि जानेका छन्,' उनले भनिन्, 'यसो हेर्दा त्यस्तो ठूलो के नै पो परिवर्तन आयोजस्तो लाग्छ तर, हाम्रो गाविसमा समुहले गर्दा महिलाको चेतनास्तर निकै बढ्यो ।'
सामाजिक परिचालक संगीता भण्डारीका अनुसार परिवारका सदस्यमध्ये अधिकांशको एक/एकजना घरघरै विदेशिएका भएपनि महिला संगठीत छन् । 'वनको बेग्लै, कृषिको बेग्लै अनि स्वास्थ्यको पनि वडापिच्छे ३०/३० जना सदस्य रहेका समुहहरू छन्,' उनले भनिन्, 'गाविसस्तरीय महिला सञ्जाल पनि छ ।' विभिन्न समय गैरसरकारी संस्थाहरूले आवधिक कार्यक्रम सञ्चालन गरेपनि अधिकांश महिला समुह आफैंमा आत्मनिर्भर रहेको उनले बताइन ।
'ठूला कुरा के गर्नु, हाम्रा समुह तरकारीखेती, बाख्रापालन आदिका पनि धेरै छन्,' गाविसस्तरीय महिला सञ्जालकी सदस्यसचिव चन्द्रा अधिकारीले भनिन्, 'जसलेसुकै गाविसमा कार्यक्रम ल्याओस् महिला समुहको सहभागिता भएन भने सफल नहुने अवस्था छ ।' सञ्जालले लघुउद्यमका तालिमहरू पनि सञ्चालन गरेर ब्युटीपार्लर, सिलाइकटाइ र बुट्टा भर्ने कामलाई व्यवसायका रूपमा थाल्न सघाएको उनले बताइन । 'महिला संगठीत त भएका छौं तर, हामीलाई चाहिने योजनामा जिविस र सांसदलाई अझै दबाब दिन सकेका छैनौं जस्तो लाग्छ,' उनले भनिन्, 'गाविसका योजनामा महिलाका लागि केके पार्ने र केके परे भन्नेमा बहस चाहि गर्न थालेका छौं ।' श्रीमान-श्रीमती घरैमा भएकाहरूमध्ये अधिकांशले कृषिमा आधारीत उद्यम गरेपनि श्रीमान विदेश गएका कतिपय महिलामा उद्यम नगर्ने बानी विकास भएको उनले बताइन । 'ढाँट्नु किन छ र, श्रीमान विदेश गएका परिवारमा महिला बजार सरेर डेरा बस्ने, छोराछोरी उतै पढाउने, आफू इलम नगर्ने बानी पनि बढ्दो छ,' उनले भनिन्, 'हामी जति गाउँ छाड्न नसकेर बसेका छौं, धेरैले समुहमा बचत, आम्दानी हुने कृषिको काम र महिला स्वास्थ्यका कुरामा सकेको गरेका छौं ।'
भकरजुङ सामुदायिक वन उपभोक्ता समुहका अध्यक्ष दुर्गाप्रसाद पौडेल समुहमा आबद्धमध्येका विपन्न परिवारका लागि सहुलियत ऋणको व्यवस्था गरेको बताउँछन् । 'सहकारी र महिला समुहका आआफ्ना गतिविधि छन्,' उनले भने, 'हामीले वन समुहबाट पनि विपन्नलाई सहुलियत कृषि कर्जा दिन्छौं । कारोबार गर्न, ऋण तिन र समुहमा छलफल गर्न थालेपछि चेतनास्तर बढ्नु स्वभाविकै पनि हो ।' वडा नागरिक मञ्च र गाविसस्तरीय सञ्जालमा पनि महिला सहभागिताले योजनाहरूको निगरानी गर्न सजिलो रहेको उनले बताए । भकरजुङले चोरीसिकार नियन्त्रणका लागि गठन गरेको इकाइमा नेतृत्व महिलालाई दिइएको छ । इकाइ सदस्य पार्वती पौडेल भन्छिन् 'नौजनामध्ये हामी महिला सातजना छौं । हामीले राम्रो काम गर्यौं भनेर पुरस्कृत पनि हुन पाइयो ।' गाविस सचिव स्थानेश्वर ढुंगाना महिला समुहहरूको सक्रियताकै कारण गाउँमा आएका योजनाको कार्यान्वयन प्रभावकारी भएको बताउँछन् ।
(१९ माघ २०७३, कान्तिपुरको चितवन संस्करण पृष्ठमा प्रकाशित)
Bhim Prasad Ghimirehttp://www.blogger.com/profile/01083707530713845950noreply@blogger.com0tag:blogger.com,1999:blog-998931820621270254.post-54462536137833670492017-01-08T14:47:00.000+05:452018-09-13T12:42:33.188+05:45सिक्लेसको त्यो दोस्रो यात्रा
। अघिल्लोपल्ट जाँदाको समय वर्षाको थियो । पोखराको काहुखोलाबाट चढेको बसले निकै
दु:ख दिएको सम्झना छँदै थियो । त्योबेला सुदुरपश्चिमसँगै मुलुकका बिभिन्न भागका
पहाडी बाटामा बस दुर्घटना भएका थिए, त्यसैले प्रहरीले बसमाथि निगरानी बढाएको थियो
। ३५ जनाभन्दा यात्रु चढ्न नपाउने । त्यस दिन हामीसँगै बसमा ५० जनाभन्दा धेरै
प्रहरीको चेक प्वाइन्ट छलेर बस अघि बढेपछि चढे । भित्र कोचाकोच, छतमा पनि
उक्लिनेहरू थिए । बाटामा धेरै ठाउँ उकालोमा बस अघि बढ्न नसक्दा हामी धेरैजना
त्यस्तो सकसको थिएन । कारण - जानका लागि सानो जिपमा मिलेको थियो । सिक्लेसका अगुवा
मनबहादुर गुरुङ दाइले किन जानुपर्ने भन्ने कारण प्रष्ट थिएन । गाउँमा कुनै समारोह
थियो, त्यसैले उनले जानैपर्छ भनेर १५ दिन अघिदेखि नै आग्रह गर्दै फोन गरेकाले
'हुँदैन, समय छैन' भन्न सकिएन । मलाइ पनि पोखराको कोठा र अफिसको दैनिकीबाट एक दिन
भएपनि बाहिर निस्केर सास फेर्न मन लागेको थियो । बिहान ८ बजे काहुँखोला बसपार्कबाट
। बेला बेला घाम देखिँदै, बादलमा छेलिँदै पानीले पनि सिमसिम गर्दै थियो । लमजुङ
हिमालको काखमा रहेको यो गाउँ जहिल्यै चिसै हुने हो तर, अघिल्लो दिन उच्च पहाडी
घरको बाक्लो बस्ती । ९० प्रतिशतको बोलिचालीको भाषा गुरुङ । अघिपछि आउँदा पनि
यहाँको आतिथ्य गजबकै हो । यसपटक पुगेपछि मात्रै कारण बुझियो – त्यो पर्यटकीय गुरुङ
गाउँमा यूके बस्ने एकजना लाहुरेले स्वागतद्धार बनाएका रहेछन् । दुइ छोरी, एक
छोराका पिता कोलप्रसाद गुरूङ । जसले आफ्नी आमाको ८४ वर्ष पुगेको अवसर पारेर पक्की गेट बनाएका रहेछन् । त्यसको
उद्घाटनका लागि आमालाई २० वर्षपछि पुर्ख्यौली थलो टेकाउँदै थिए । भोजसहितको समारोह आयोजनाले गाउँले खुसी थिए ।
दाइ व्यस्त थिए । पोखराबाट लैजाने भनिएपनि अरू सञ्चारकर्मी आएका थिएनन् । मेसो के
छोरा र एकजना आफन्त पनि थिए । उनीहरू हेलिकप्टर उत्रने स्थानमा प्रतिक्षार्थ उभिए
बजे धूलो उडाउँदै हेलिकप्टर ल्याण्ड भयो । कोलप्रसाद, आमा बिपी गुरुङ,
१९ र १४ वर्षीया दुइ छोरीसँगै उत्रिए । गाउँलेले धुमधाम स्वागत गरे । भीड समारोहस्थलमा
आयो । एकातर्फ बिपी र उनका दिवंगत श्रीमान समसेर गुरुङको तथा अर्कातिर तीन
सिक्लेस भनिने बस्तीमा पार्चेका चार/पाँचवटा वडा पर्छन् । कार्यक्रममा भने
पार्चेमात्रै नभइ आसपास गाउँका गुरुङ समुदायको पनि उल्लेख्य सहभागिता थियो ।
गाउँको स्कुलका छात्रछात्रा र शिक्षक पनि कोलप्रसादको परिवारलाई स्वागत गर्न आएका
थिए । फूलमाला, दहीमा मुछेको सेतो टीका, अबिरको स्वागत थापेपछि लाहुरेको परिवारले
बस्तीभित्रको ढुंगे बाटो छिचोल्दै पुरानो एउटा घर अगाडि आएर अडियो । चौरासी
वर्षीया आमाले आँगन, ढोका र भित्र पसेर चुला ढोगिन । त्यो उनीहरूको पुरानो घर थियो
भएर गाउँ फर्किएको छोटो समयमै बिते । समसेर-बिपी गुरुङको सन्तान ढिलो भएको थियो ।
कोलप्रसाद डेढ वर्षको छँदा समसेरको निधन भएको थियो । स्कुले पढा अलि ढिला भयो । १०
कक्षाको टेस्ट परीक्षा दिएर छाती नाप्न उभिएका कोलप्रसाद भर्ती भइहाले । एसएलसी
दिन पाएनन् । भर्तीमा छँदै पोखरामा पनि घर बनाए । बिहे गरे । पत्नीको हङकङ आइडी
थियो । सन् २००३ मा रिटायर्ड भएर हङकङ बस्ने योजना बन्यो । पोखराको घरमा एक्लै परेकी
आमालाई पनि उतै लगे । जेठी छोरी जन्मिएपछि भने उनलाई हङकङभन्दा बेलायतको बसाइँ ठीक
सपरिवार सरे । एउटा सेक्युरिटी गार्डको कम्पनी स्थापनाको तयारीमा रहेकाहरूसँग
सम्पर्क भयो । उनले तिनका लागि अपरेसन म्यानेजरको काम सम्हाले । पहिलो वर्ष नै
कम्पनीले अपेक्षाभन्दा बढि नाफा कमायो । शेयर हाल्ने बिचार गरेका कोलप्रसाद राम्रो
सुनाए, 'खुसीको जागिर हो । मन लागेका बेला विदा लिन पाउँछु । तलब आकर्षक छ ।'
आमाको ८४ मा केही नौलो काम गर्ने, सन्तानलाई गाउँको घर टेकाउने, आमालाई पनि गाउँ र
आफन्त भेटाउने इच्छाले आजको दिनसम्म आइपुगेको उनले बताए । कान्छी छोरी र छोरा
नेपाली बोल्दैनन् । 'हामी रहरले, बाध्यताले विदेशिएकाको सन्तानले अब हाम्रा भाषा
बिर्सने अवस्था छ', उनले भने, 'बाउबाजेको थलो पनि देखाइएन भने हामी कहाँबाट आएका
हौं, इतिहाँस के हो भन्ने बिर्सन्छन् भन्ने लाग्छ ।' यसैका लागि पनि सपरिवार गाउँ
घुम्न आएको उनले बताए । अघिल्लोपटक छोराछोरीमात्रै पठाउँदा नेपालमा जारी इन्धन
परिवारमध्येका नयाँ पुस्ता नौलो मानिरहेका थिए । पुराना पुस्ताको आँखामा आँसू टिलपिलाएको
देखिन्थ्यो । भित्र धुवाँ मडारिएकाले नयाँ पुस्ता धेरैबेर बसेनन् । आमा निकैबेर
बसिरहिन । घर अलि टाढाका आफन्तलाई रेखदेख गरिदिने शर्तमा सितैंमा बस्नका लागि
सभामा परिणत भयो । त्यहाँ गाउँका सबैजसो विकासनिर्माण र सामुदायिक काममा
कोलप्रसादको योगदानको चर्चा भयो । बोल्नेहरू सबैजसोले काममा खातिर जहाँ पुगेपनि
पनि घर छ । कोलप्रसादले तीमध्येका धेरै परिवारलाई दुइ बस रिजर्भ गरि गाउँ लगेका
थिए । कार्यक्रममा बोल्ने पालो सकिएपछि आमा समुहहरूले ल्याएका कोसेली खाने मेलो
सुरू भयो । समाजघरको पछाडिको भान्सामा खाना पकाउन १०/१२ जना खटिएका थिए । भान्साको
र्याकमा देखीएका ठूल्ठुला सिङ भएका खसीका दुइटा टाउकाले तरकारीमा पाकेको थोक
प्रस्टै बुझिन्थ्यो । ग्यालनमा घरेलु मदिरा र बजारबाट लगिएका बियर र ह्विस्कीका
त्यो बिहानको हो वा बेलुकीको छाक भन्नेमा चाहि दुविधा भयो । खानापछि नाचगान सुरू
भयो । पालैपालो गुरुङ र नेपाली भाषाका लोकभाका घन्किए । नाच्ने नाचिरहे । आयोजक र
खायोजक सबै नाचे । कोलप्रसादले गुरुङ समाजका आमा र दिदी बहिनी समुहलाई पालैपालो नगद
सहयोग हस्तान्तरण गरे । नाचगान चलिरहँदा राति साढे १० बजेपछि म भने सुत्न गएँ ।
पार्चे अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना(एक्याप) भित्र पर्छ । यहाँ एक्यापको
कार्यालय र गुरुङ संग्रहालय पनि छ । एक्यापका सिक्लेस एकाइ प्रमुख नरेन्द्र
अफिस हाता पुर्याए । बसियो, कुराकानी भयो । एक्याप हातामा चियाका बुटा लगाइएका
जस्तो थियो । दोस्रो दिनको भोजका साक्षी र्याकमा थिएनन् तर, कटाइ दुइटै भन्ने
सुन्न मिल्यो । थालमा हालेको खानाको बाफ छँदाछँदै नसिध्याए सेलाइजाने । दोस्रो दिन
भने अघिल्लो रात जसरी मदिराको खान्की थिएन । गाउँलेहरूले पोखरा बसेका आफन्तका लागि
तरकारीको कोसेली ल्याइरहेको देखियो । बिहानको खानाको कार्यक्रम सकिएपछि भीड आआफ्नो
गाडीतर्फ लाग्यो । गाउँलेले आँखा भिजाउँदै विदाइ गरे । <o:p></o:p>
Bhim Prasad Ghimirehttp://www.blogger.com/profile/01083707530713845950noreply@blogger.com0tag:blogger.com,1999:blog-998931820621270254.post-68784633731059666662016-11-10T15:26:00.001+05:452016-11-10T15:26:23.398+05:45स्पाइनल इञ्जुरीको हकमा - कहाँ छ सजिलो सल्लाह दिन
स्पाइनल इञ्जुरीका अवस्था भोग्दै गरेकाहरूलाई परामर्शदाताले सुखद सपना बाँड्नुको साटो भोगेकै अवस्थालाई जीवनयापनका लागि कसरी सहज बनाउन सकिन्छ भन्ने सल्लाह दिनु जरुरी छ ।
धेरैलाई लाग्छ सल्लाह दिने काम सजिलो हो । कारण, एउटा समस्या भन्नुस्, सल्लाह थुप्रै आउँछन् । के साँच्चै सल्लाह दिनु सजिलो काम हो ? यहाँको हरियोखर्क अस्पताल तथा पुनर्स्थापना केन्द्रमा यही काम गर्ने ४३ वर्षीय चेतप्रसाद अधिकारीको अनुभवमा यो काम निकै जटिल छ ।
'मान्छेको अवस्थासँग सामान्यीकरण गर्ने क्षमता र उसको परिवेश नबुझी सल्लाह दिनै हुन्न,' उनले भने, 'सल्लाह दिने काम अरु कुरामा सजिलो होला तर, स्पाइनल इञ्जुरीको अवस्थामा रहेकालाई सल्लाह दिन चाहिँ धेरै विचार पुर्याउनु पर्छ ।'
अधिकारीको आफ्नै पनि कम्मरमुनिको भाग चल्दैन । ह्वीलचियरमा गुडेर अस्पतालका विभिन्न वार्डमा पुग्ने उनी पहिले विरामीको नाम, ठेगाना र घटना कस्तो अवस्थामा भएको हो भन्ने जानकारी लिन्छन् । 'री-ह्याभ' का लागि भर्ना भएकाको घरपरिवार र मनोदशाबारे बुझेपछिमात्रै सल्लाह दिने प्रक्रिया सुरू हुन्छ ।
कास्कीको लाचोक-८ का अधिकारी पोखरा आएर फलफूल व्यवसाय गर्थे । २०५७ सालमा सिजनको नासपाती आफैंले टिपेर ल्याउन गोरखाको पालुङटार पुगे । रुख चढे । हाँगो भाँचियो । लडे । बाहिरी चोट देखिएन तर, उठ्नै नसक्नेगरि सिकिस्त भए । उनलाई पोखरा ल्याइयो । पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा उपचार हुन सकेन । काठमाडौं लगियो । त्रिवि शिक्षण अस्पतालले भर्ना लिएन, मोडल हस्पिटल लगिएपछि उनले थाहा पाए- मेरुदण्ड भाँचिएछ । अब आफ्ना गोडामा उभिएर हिड्न सकिँदैन । 'म पोखरा आएर हरियोखर्क अस्पतालमा री-ह्याभका लागि भर्ना भएँ,' उनले भने, 'यो यस्तो प्रक्रिया रहेछ जसमा ढाड भाँचिएको मान्छेले आफ्नो बिगत बिर्सेर अब अगाडिका स्थितिमा म यसरी बाँच्छु भन्ने दृढता लिएमात्रै सजिलो हुने, नत्र डिप्रेसनको सिकार भइजाने ।' आठ हप्ते अस्पताल बसाइँपछि उनी घर फिरे । स्थितिसँग सम्झौतामात्रै गरेनन्, ह्वीलचियरमै मेची-महाकाली यात्रामा निस्के । व्यवसाय फलफूलबाट जडीबुटी बेच्नेतर्फ रुपान्तर गरे । पछि आफू केही समय बसेकै अस्पतालमा आफूजस्तैका लागि 'दौंतरी परामर्शदाता' को पदमा नियुक्त भए ।
'मैले बिगत बिर्सेर आफ्नो ह्वीलचियरकै जीवन कसरी सहज बनाउने भन्नेमा ध्यान दिएँ,' उनी भन्छन्, 'त्यसैले मेरो दैनिकी सहज भयो । आज म चारपाङ्ग्रे मोटरसाइकलमा घर-अफिस गर्छु, अफिसमा ह्वीलचियरमा हिड्छु । आफूजस्तैलाई सल्लाह दिन्छु तर, अलि बुझेर, जोगिएर ।' उनको अनुभवमा सबलांग अवस्थाबाट शारीरिक जटिलतातर्फ धकेलिँदा धेरैले आफूलाई बुझाउन सजिलो हुँदैन । र, यस्ता अवस्थामा घरपरिवार, समाज र सल्लाह दिनेको भूमिका त्यस्तालाई सहारा दिने, यथास्थितिमा जीवन सहज बनाउन आडभरोस दिने हुनु जरुरी हुन्छ । 'सामान्य मान्छेलाई हुनेभन्दा धेरै र छिटो डिप्रेसन स्पाइनल इञ्जुरी भएकालाई हुन्छ,', उनले भने, 'त्यसैले अवस्था बुझेर सल्लाह दिन सकिएन भने तिनै सल्लाहले डिप्रेसन घटाउने होइन बढाउने काम पनि गर्छ ।' स्पाइनल इञ्जुरी भएकालाई छिटै युरिनरी इन्फेक्सन (पिसाबको संक्रमण) हुन्छ । उनले भने 'नियम बनाइएन, पिसाब निष्काशनबारे चनाखो भइएन भने आफैं दैनिकी जटिल हुन्छ ।'
अधिकारीसँगै उस्तै काम गर्ने स्याङ्जाको छाङछाङदीकी पुनम विकको जीवन कहानी पनि धेरै अप्ठ्यारा पार गर्दै अघि बढेको छ । १७ वर्षैको उमेरमा उनको बिहे भएको थियो । विवाहको १८ महिनापछि दुर्घटना भयो । २०५८ पुसमा जंगलमा रुखबाट स्याउला झार्दै गर्दा भूँइमा बजारिइन् । मेरुदण्ड भाँचियो । बाहिर देखिने चोट थिएन । श्रीमान र परिवारले निको होलिन् भन्ने आसले वर्षदिन उपचार लगाए । निको नभएपछि उनको वास्ता गर्न छाडियो । श्रीमानले दोस्रो बिहे गरे । उनले सिलाइकटाइ तालिम लिइन र, घर छाडिन् । एकजना साथीको साथ लिएर पोखरामा टेलरिङ व्यवसाय थालिन् ।
'मैले हरियोखर्क अस्पतालमा आफूजस्तै महिलाका लागि परामर्शदाताको काम गर्न थालेको पनि तीन वर्ष बित्यो,' उनले भनिन्, 'ढाड भाँचिएका श्रीमान भए श्रीमती दासी जसरी खटेको, रोएको देखेकी छु तर, महिलालाई त्यस्तो घटना भए समाज कस्तो छ भन्ने हामीले बुझेकै छौं ।' धेरैलाई सल्लाह दिने क्रममा आफ्ना भोगाइ सुनाएर आडभरोस दिने गरेको उनले बताइन ।
०००
स्वास्थ्य शिविरका लागि पर्वत जाँदा दुर्घटनामा परेर मेरुदण्ड भा“चिएका हरिकृष्ण शर्मा बरालले क्षतिपूर्ति नपाउँदै स्वास्थ्य सहायकको जागिरबाट अवकास पाएका हुन् । ह्वीलचियरको जीवनमा उनी मेरुदण्ड पक्षाघात संघ नेपालका अध्यक्ष पनि छन् । 'सरकार हामीजस्ताको हितका लागि कहिल्यै उदार हुन सकेन,' ६१ वर्षीय शर्माले भने, 'हामी आफूजस्ता जोजो भेट्छौं, उनीहरूलाई गर्न सक्नेसम्मका सहयोग खोजी गरेर पनि दिलाउँछौं ।' दुर्घटनामा परेपछि ३२ वर्षदेखि ह्वीलचियरमा आफूलाई अभ्यस्त बनाएका उनले १६ वर्षमा २२ जिल्लाका आफूजस्ता ३ सय ९७ जनालाई थोरबहुत सहयोग दिलाउन सकेको बताए । 'मेरुदण्ड भाँचिने र कम्मर मुनिको भाग नचल्ने समस्या एउटैमात्र कारणले हुने होइन, दुर्घटना, रोग वा जुकाको संक्रमणका विभिन्न कारण हुन्छन्,' उनले भने, 'जे भएपनि त्यस्ताले बेलैमा उचित परामर्श र उपचार पाउनुपर्छ । त्यो वातावरण बनाउन सरकार आफैं लागिपरेन, नीति बनाएन भने कहिल्यै सहज हुँदैन ।'
०००
गत वर्ष भूकम्पलगतै बन्द सडक खोल्न खटिएको बिद्युत प्राधिकरणको माथिल्लो तामाकोसीको टोलीका सुपरभाइजर ३४ वर्षीय सुवास पंत दुर्घटनामा परे । पाल्पाको हुंगीका उनी उपचार र री-ह्याभको बसाइँपछि आफूलाई ह्वीलचियरमा अभ्यस्त बनाउने क्रममा छन् । हाल राजधानीमा रहेका उनले फोनमा भने 'यस्तो अवस्थामा मान्छेलाई डिप्रेसनले घेर्नु स्वभाविक रहेछ । जसरी सकिन्छ आफ्नो अवस्थालाई स्वीकार गर्ने र गर्न सकिने काममा आफूलाई व्यस्त राख्ने अभ्यास गर्नुको विकल्प हुन्न ।' स्पाइनल इञ्जुरी भएकाहरूका लागि उसको परिवार र काम गर्ने ठाउँमा वातावरण सहज हुन सके अगाडिको जीवन सहज लाग्दै जाने उनले बताए ।
१४ वर्षेखि दुबइमा कार्यरत पोखरा, फूलवारीका ४३ वर्षीय मनबहादुर केसी सवारी दुर्घटनामा परे । तीन साता त्यहाँको अस्पतालमा बसेका उनी पोखराको हरियोखर्क अस्पताल आइपुगेका छन् । 'म आत्तिएको छैन,' उनले भने, 'ढाड भाँचिएको अवस्थाका मान्छेको संगत र अवस्था थाहा थिएन तर, अब जसरी जीवन सहज हुन्छ त्यही गर्दै जाने सोचमा छु ।'
०००
मेरुदण्डसम्बन्धी उपचारमा लामो समयदेखि कार्यरत डा. दीपक महर्जन भन्छन् 'स्पाइनल इञ्जुरीको अवस्थाबारे विरामीले छिटै थाहा पाएर सही ठाउँमा उपचारका लागि पुग्न सकेमात्रै रिकभरीको चान्सेस बढ्छ । हामीकहाँ त धेरैजना ढिला आइपुग्ने चलनले अप्ठेरोमा परेका हुन्छन् ।' जस्तो अवस्थामा आइपुगेपनि उनीहरूलाई सहज बनाउने अवस्थाका लागि सल्लाह दिनु उत्तम हुने उनले बताए । 'सल्लाह दिनु सजिलो काम होइन तर, अवस्था बुझेर दिइयो भने सही सल्लाहले बाकी जीवन सहज बनाउन मद्दत गर्छ,', उनले भने । विभिन्न कारणले अपांगता भएकाहरू नै पोखरामा आफूजस्ताका लागि स्वालम्बवन जीवन पद्धति समाज गठन गरि क्रियाशील छन् । 'म पोलियोको कारण यस्तो जीवन बिताउन बाध्य छु तर, सबैको कारण एउटै हुन्न,' महासचिव हेमबहादुर गुरूङ भन्छन्, 'मुल कुरा अपांगताको अवस्था भएपनि गरिखान र जीवन चलाउन कसरी सहज हुन्छ हामीले त्यही सल्लाहको अपेक्षा गर्नुपर्छ ।' सल्लाह भन्दैमा जीवनमा चमत्कारिक परिवर्तन हुनेछ भन्ने गफ दिन नमिल्ने उनको तर्क छ ।
तस्बिरमा
पोखराको नयाँगाउँस्थित हरियोखर्क अस्पताल तथा पुनर्स्थापना केन्द्रका परामर्शदाता पुनम बिक र चेतप्रसाद अधिकारी ।
(यो समाचार सम्पादितरूपमा कान्तिपुर दैनिक २०७३ कात्तिक २५ मा पृष्ठ १६ मा 'पीडितको पुनः स्थापना जटिल' शिर्षकमा प्रकाशित भएको छ ।)
Bhim Prasad Ghimirehttp://www.blogger.com/profile/01083707530713845950noreply@blogger.com0