Thursday, February 4, 2010

कविता : बिथोलिएका दिनचर्या

घर-अफिस
अफिस अनि घर
साँघुरा दिनचर्याभित्र
यन्त्रवत मान्छे
अनपेक्षित पुनरागमन
अनपेक्षित अभिलाषा
दसकपछि फर्किएको खोलो
निर्मल , कञ्चन, शान्त, शीतल
अर्थहीन नाता
भयावह परिणाम
लापरवाह मन
बाटो विराएरै हिड्न खोज्छ
उनलाई सुनिरहुँ झै लागिरहन्छ
दिउँ दिउँ नै लागिरहन्छ ।।

दुइ किनारका यात्री
मन छाम्ने अध्यायको अवसान
मुर्दा फेरि ब्युँतियो
पाइला फेरि बहकियो
सवारी छुटेको यात्रु
फेरि सहयात्री पाए झै गर्छ
अन्यौलको गन्तव्य
ब्रि्रने बाटोमा
रित्तिएको पत्तो हुन्न
दसकको अन्तराल नाघेर
एकाकार यात्रा
दिउँ दिउँ नै लागिरहन्छ ।।

मध्यरात टिङ टिङ टिङ टिङ
मोवाइल बजेको रहेछ
यु हेभ अ न्यु म्यासेज
सन्देशको संकेत
माफ गर, मलाइ निन्द्रा लागेन
सक्छौ भने फोन गर
एक्लो मान्छे बहकिएको मन
बिथोल्छ्यौ किन मेरो रात
जानी जानी अबुझ बन्न
फेरि आतुर मन
दसकपछिको एकाकार यात्रा
दिउँ दिउँ नै लागिरहन्छ ।।


मुलुक बदल्ने हुंकारका बीच
अगुवा कुर्लन्छन
मागेर होइन अब अधिकार खोसेर लिने
त्यही गरेकी हौ कि कसो ,
मलमसँगै नुनचुक लगाउने
वर्तमान छुटाइ अतितमा पुर्याउने
मुस्कान त्यो उस्तै छ
स्पर्श यो मादक छ
दसकपछिको एकाकार यात्रा
दिउँ दिउँ नै लागिरहन्छ
संसार भुलेर
साथ दिउँ दिउँ नै लागिरहन्छ ।।

(विराटनगर, २१ माघ २ :३२ बजे दिउँसो )

1 comment:

  1. ठीकै छ कवि जी
    कविता लेख्न थालेको
    अब म छाडिदिन्छु

    ReplyDelete