समाचारजन्य तस्बिर लिदाको नियम जो जस्तो अवस्थामा छ त्यही त्यसरी नै खिच्नु पर्छ भनेर फोटोपत्रकारिता सिकाउनेहरु भन्छन् । तर अधिकांश ठाउमा फोटोग्राफर डाइरेक्टर नबनी सुख छैन । हिजो सिंहदरवार संसद सचिवालयमा त्यस्तै भयो । राष्ट्रपतिका विरुद्ध संकल्प प्रस्ताव लिएर गएका माओवादी नेताले फर्कने बेलामा सभामुख सुवासचन्द्र नेम्बाङलाइ भेटे ।
पोष्टबहादुर बोगटी, नारायणकाजी श्रेष्ठ, खीमलाल देवकोटालगायतको टोलीसगै क्यामराकर्मी हामीहरु पनि साथै पस्यौं । सभामुखसग नेताहरुले हस्तमिलान गरे । अनि कुर्सीमा बसेका उनीहरु लगातार फोटो लिइरहदा चुइक्क बोलेनन । बाध्यता भयो । मैले भने 'क्या हो, पत्रकारले फोटो लिइरहुन्जेल बोल्नु हुदैन भन्ने छ र ' अनि सभामुख हासे । बोले -तपाइहरुको क्यामेराले बोली टिप्ला भनेर । अनि कोठामा हासो गुन्जियो ।
उनीहरुले समान्य कुरा गरे । अनि तस्विर पनि लिइयो । यो समान्यतया यो ठूलो कुरा होइन । तर, हाम्रा नेताहरु यस्तो बेला चुपचाप लाग्छन । अनि भुडी ढल्काएर स्टुडियोमा जस्तो पोज दिन्छन् । गत महिना एक पठक यस्तै परेको थियो । मिति मैले बिरि्सए । सेनापति प्रकरणमा माओवादीले अन्य दलको समर्थन खोजिरहेका बेला प्रचण्ड एमाले नेता माधवकुमार नेपाललाइ उनको कोटेश्वरस्थित निवासमा भेट्न गएका थिए । हामी फोटो लिनका लागि साझ माकुनेका घर अघि साझ दुइ घण्टा उभियौं । झमक्क बेलुकी भएपछि पालो आयो । फोटो लिन पुगेको म मात्रै रहेछु ।
कोठामा छिरियो । सेक्युरिटीले एक दुइ स्न्याप लिएर फिरिहाल्न हत्ते हालेका थिए । दुवै नेता बोलेका थिएनन । बरु भुडी ढल्काएर फोटो पोजमा थिए । मैले त्यहा पनि भन्नु पर्यो - तपाइहरु स्टुडियो जस्तो पोज नदिनुस , गफ गर्नुस । हामीलाई अघि छन् भन्ने नठान्नुस । दुवैले ठट्टा गरे । प्रचण्डले भने 'पत्रकार जति सबै ठाउका उस्तै हुदा रहेछन् । अनि उनीहरुले गफ गरे जस्तो गरे ।