मौसम परिवर्तन हुने क्रिया लगातार भइ नै रहेको अवस्थामा पृथ्वीको तापक्रम बढेको तथ्यांक प्रकाशमा आएपछि यसबारे विश्वभर चासो बढ्दो छ । बैज्ञानिकहरुले पृथ्वीको तापक्रम बृद्धि हुनुको घटनालाई सबै कोणहरुबाट अध्ययन गर्दै आएका छन् । यसको असर जैविक वस्तुसँगै समुद्र, नदी, हिमाल आदिलाई पनि कसरी किन परेको रहेछ भन्ने तथ्य पत्ता लगाउन प्रयोगहरु गरिएका छन् । जाडो महिनामा पनि हिउँ पग्लने, एकातिर हिमताल र नदीहरुमा पानीको सतह बढेको घटनाहरु प्रस्तुत गरेका छन् भने अर्कातिर फूल्ने र फल लाग्ने बिरुवाहरुमा देखिएको समयको अन्तर आदिलाई पनि मौसम परिवर्तनको असर भन्ने गरिएको छ । सुखा मौसमले गर्दा पानीका मुहान सुक्ने, पिउने पानीको लागि हाहाकार भएका घटनाहरु हाम्रा सामु नौला छैनन् ।
वास्तवमा मौसम परिवर्तन गर्ने मूख्य कारक के हो यसमा कुन कुन अन्य कारणहरु सामुहिक रुपमा सक्रिय भएर आज सम्पूर्ण पृथ्वीको तापक्रममा परिवर्तनको हलचल ल्याउन सफल बन्न सक्यो । यो ज्यादै सोचनीय प्रश्न बनेको छ, हामी सबैका लागि । धेरै कारणहरु मध्ये बढ्दो जनसंख्या जसलाई गाँस-वासको व्यवस्था नहुनु, अनियन्त्रित तरीकाले जंगल फाडिनु, सिमसार सुकाइनु, औद्योगिकीकरण बढ्न युद्धमा वातावरण विनाश गर्ने किसिमका आधुनिक रसायनहरु र हतियारहरु प्रयोग गरिनु, प्रकृतिमाथि वेरोकतोक हस्तक्षेप गरिनु जस्ता मानव क्रियाकलापहरु धेरै हदसम्म मौसम परि्वर्तनका कारकको रुपमा खडा देखिएका छन् । शायद यी वाहेक अन्य धेरै अदृश्य कारणहरु प्नि हुन सक्दछन् जसलाई प्रष्ट व्याख्या गर्न गाह्रो हुन्छ ।
मौसम परिवर्तनका असर क्रमिक रुपमा सम्पूर्ण वनस्पति र जन्तुहरुमा पर्न जान्छ । सम्वेदनशील जीवमा असर तुरुन्त देखिने र अन्यमा विस्तारै देखिने मात्र हो । मौसम परिवर्तनको असर जलीय र थलीय कुनमा धेरै होला यो पनि एक विशेष अध्ययनको विषय बनेको छ । यसबारे पनि अनुसन्धान भइरहेकै छ ।
मैले विगत १५ वर्षदेखि नेपालमा पाइने शंखेकीराहरुको अध्ययन गर्दै आएको हुँदा हाल यसको अवस्था र विगतका दिनहरुमा रहेको अवस्थालाई तुलनात्मक अध्ययन गर्दा, जमिनमा पाइने धेरै थरिका शंखेकीराहरुको संख्या उल्लेखनीय तरिकाले घटेको पाइएको छ । यसो हुनुको मूख्य कारणहरु निम्न छन् । जमिनमा पाइने शंखे कीराहरु ओसिलो जमिनमा रहने र सुख्खा मौसममा माटोमुनि वा ढुंगार् इटा आदिमा लुकेर रहने गर्दछन् । समय समयमा पानी नपर्नाले जमिन धेरै सुकेर उनिहरुको शरीरमा रहेको पानी सुकेर मर्ने गरेको पाइएको छ । सायद यसै कारणले होला आगन्तुक लार्ज गार्डेन स्नेल -बगैंचे ठूलो शंखेकीरा) जुन हरेक बगैचाहरुमा प्रायः गरेर तराइको ओसिलो ठाउँहरुमा छरिएर रहेको छ । यसको संख्या वर्षेनी घट्दै गएको छ । यो ओसिलो ठाउँहरुमा बस्छ र बस्ने ठाउँ जलमय भएमा मर्छ ।
विराटनगरको प्राय धेरैजसो गल्लीहरुमा हिड्दा पोलिथिनको ब्यागमा शंखेकीरा पोको पारेर सडकमा राखिएको पाइन्थ्यो । त्यो दृश्य आज कमै देख्न पाइन्छ । बगैंचाबाट गल्लीमा फ्याकिएका शंखेकिराहरु प्रशस्त देखिन्थे । तर आज कमै देखिन्छ वा देख्न छोडिएको छ । मैले आफ्नै वगैचामा वयस्क शंखेकीराहरु वर्षा २०० देखि ३०० सम्म संकलन गर्थे र मार्थे । किनभने तिनले बगैचामा फुल विरुवा र तरकारी बालीलाई नोक्सानी गर्थे । तर यस वर्ष जम्मा ४ वटा मात्र भेटिनुलाई मौसम परिवर्तनको असर मान्नु पर्ने ठानेको छु । किनकी मैले मेरो बगैचामा कुनै कीटनाशक औषधी पनि प्रयोग गरेको छैन । यसरी नै अन्य ठाउँहरुमा सुख्खा मौसमले गर्दा धेरै मरे । बाँचेकाहरुले पनि सन्तान उत्पादन गर्ने मौका पाएका छैनन् । किनकी उनीहरुको वासस्थान अतिवृष्टिका कारण जलमय भएको छ ।
यसरी नै चुरे पहाड, तर्राई र महाभारत पहाडका फेदीहरुमा स्थानीय जातका जमिनमा बस्ने शंखेकीराहरु प्रशस्त पाइन्थे । तर हाल सुखाका कारणले धेरैजसो ठाउँहरुमा देखा पर्न छाडेका छन् । यतिमात्र नभएर एप्पल स्नेल जसलाई डोका भन्ने गरिन्छ, तराइवासीले यसको संख्या पनि अत्यन्तै घटेको वताउछन् । मोरङका आदिवासीका अनुसार सिमसार मासिनुको साथसाथै डोकाको संख्या पनि उल्लेखनीय तरीकाले हराउदै गएको छ ।
यस्तै अवस्था छ, जमिनमा पाइने शंखेकिराको, अरु ठाउँहरुमा पनि । यस्तै गरि सिमसार वा पोखरीहरुमा पाइने कछुवा जो जाडो छल्न जमिन भित्र लुक्दछ । सात/आठ महिनासम्म पानी नपर्नाले जमिन बाहिर आउन नसकि मर्ने गर्दछन् ।
कछुवाको संख्या घट्ने कारणमा मौसम परिवर्तन एक कारक बनेको छ । पानीमा पाइने माछा लगायत अन्य कीराजन्य जीवहरु पानी कम हुनाले वा पानी सुक्नाले सखाप हुँदै गइरहेको छ । निकट भविष्यमा मौसम परिवर्तनले विकराल समस्या ल्याउने छ । यसलाई रोकथाम गर्न अन्तर्राष्ट्रिय सम्मेलनहरु भएका छन् । यसबारे धेरैले चासो देखाएका छन् । तर जबसम्म जनचेतना अभिबृद्धि हुँदैन तबसम्म रोकथाम गर्ने सोचले सोचमै पूर्णविराम लिएर रहने छ । हरेक राष्ट्रले मौसम परिवर्तनलाई रोकथाम गर्न अन्तर्राष्ट्रिय नीतिको साथसाथै राष्ट्रिय र क्षेत्रीय नीति पनि बनाइनु पर्छ र कडाइका साथ लागू गर्नुपर्ने हुन्छ । हाल राष्ट्रमा देखिएका राजनीतिक समस्याहरु अल्पकालिन हुन् तर मौसम परिवर्तनले ल्याउने समस्या सुल्झयाउन त्यति सहज हुनेछैन र त्यसको असरले जीवहरुलाई लोप नै गराउन सक्दछ । समयमा ध्यान नपुर्याएमा मानवले धेरै कष्टदायी समय व्यतित गर्न तत्पर हुनुपर्ने समय आएको छ ।
कछुवाको संख्या घट्ने कारणमा मौसम परिवर्तन एक कारक बनेको छ । पानीमा पाइने माछा लगायत अन्य कीराजन्य जीवहरु पानी कम हुनाले वा पानी सुक्नाले सखाप हुँदै गइरहेको छ । निकट भविष्यमा मौसम परिवर्तनले विकराल समस्या ल्याउने छ । यसलाई रोकथाम गर्न अन्तर्राष्ट्रिय सम्मेलनहरु भएका छन् । यसबारे धेरैले चासो देखाएका छन् । तर जबसम्म जनचेतना अभिबृद्धि हुँदैन तबसम्म रोकथाम गर्ने सोचले सोचमै पूर्णविराम लिएर रहने छ । हरेक राष्ट्रले मौसम परिवर्तनलाई रोकथाम गर्न अन्तर्राष्ट्रिय नीतिको साथसाथै राष्ट्रिय र क्षेत्रीय नीति पनि बनाइनु पर्छ र कडाइका साथ लागू गर्नुपर्ने हुन्छ । हाल राष्ट्रमा देखिएका राजनीतिक समस्याहरु अल्पकालिन हुन् तर मौसम परिवर्तनले ल्याउने समस्या सुल्झयाउन त्यति सहज हुनेछैन र त्यसको असरले जीवहरुलाई लोप नै गराउन सक्दछ । समयमा ध्यान नपुर्याएमा मानवले धेरै कष्टदायी समय व्यतित गर्न तत्पर हुनुपर्ने समय आएको छ ।
हाल भइरहेको कुनैपनि वस्तुहरुको महत्व नबुझेर नाश गरी तिनीहरुलाई पुनःस्थापन गर्नुपर्ने अवस्थामा पुग्न, विवेकशील मानवको कर्तव्य कदापी हुन सक्तैन । हाम्रो विवेकलाई सही ठाउँमा समयमै प्रयोग गर्नु हाम्रो कर्तव्य हो । समयको आगमनलाई स्वागत गर्नुपर्ने समय आएको छ । हामी सबैको समझदारीमा हामी सबैका लागि अत्यन्तै महत्वपूर्ण कदम रहने छ - मौसम परिवर्तन गर्ने हाम्रो क्रियाकलापहरुलाई न्यूनीकरण गर्नु ।
मौसम कसरी बदलिँदै छ, र यसका असरहरु कुन कुन वस्तुहरुमा देखिदै छन् । यसको अल्पकालीन र दीर्घकालिन असरहरुले मानवमा कस्तो असर पार्छ - यसबारे जनचेतना जगाउने मात्र होइन, मौसम परिवर्तनलाई सहयोग पुग्ने जुनसुकै योजना भए पनि रोक्न सरकारले पहल गर्नुपर्छ ।
No comments:
Post a Comment