दुवइबाट मेरा एक मित्रले घरमा फोन गरेछन्, 'टेलिभजनमा मेरो साथीलाई देख्दा खुसी लाग्यो ।' संविधानसभा निर्वाचनको बेला थियो त्यो । मैले कान्तिपुर टेलिभिजनका लागि त्यसबेला राजधानीबाट आएका साथी भुवन केसीसँगै 'लाइभ रिर्पोटिङ' को मौका पाएको थिए । उसले दुबइबाट हेरेछ । तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइराला मत खसाल्दै गरेको हामीले 'लाइभ' प्रसारण भ्याएका थियौ“ । आमाले फोन आएको कुरा सुनाएपछि मैले साथी सम्झेँ । उसले फोनमा मेरी आमालाई भन्यो रे 'आमा मैले त देशमा बाँच्न जानिन । फेरि विदेशिएँ । मेरो साथीलाई टिभीमा हेर्दा आँसु आयो । खुसी लागेर फोन गरेको । उसको मोवाइल लागेन ।'
अनि मैले सम्झेँ बाल्यकालको मेरो त्यो स्कुले साथी । हरि प्रधान । उ आफुलाई हरिश भन्न मन पराउँथ्यो । जोसँग १६ वर्षदेखि काम गर्ने बाटो अलग छ । अहिले पनि मैले भेट्ने ठाउँमा छैन । शायद, ऊ इ-मेल चलाउदैन होला । जति 'सर्च' गरे पनि फेसबुकजस्ता इन्टरनेट सञ्जालमा उसलाई भेटेको छैन । मसँग फोन नम्बर छैन । के काम गर्छ होला ? उसले पढ्न सकेन । यहाँ रहेर कुनै खास पेशा पनि गर्न सकेन । अन्ततः साउदी अरब हान्निएको थियो । १० वर्ष भएछ पछिल्लो भेटको । ऊ त्यसबेला छ वर्षपछि घर आएको थियो ।
घरमा आएका बेला उसले धेरै कुरा गरेको थियो । घरमा दुःखका आँधी चल्दा पनि आउन नसकेकोमा उ अत्यधिक दुःखी थियो । भन्थ्यो - 'आमालाई प्यारालाइसिस हुँदा म घरमा हुनुपर्थ्यो । त्यसबेला पैसा होइन छोरो चाहिने बेला थियो । म थिइँन । इश्वरलाई धन्वाद छ मेरी आमाको मुख देख्न पाए ।' उसका कुराले अब विदेश नजाने, यही बसेर केही गर्ने आभास मैले पाएको थिए ।
फिरेर आएपछि उसले बिवाह गरेको थियो । त्यसबेला पत्रकारितामा म भर्खर अभ्यासको क्रममा थिए । जागिरको खोजीले मलाइ यो क्षेत्रमा ल्याएको थियो । चिनी कारखानाको जागिर मिल बन्दसँगै सकियो । अनि म स्नातक पढ्दै लोकसेवालगायत विभिन्न जागिरे परीक्षा दिदादिदै पत्रकारितातर्फ हान्निएको थिए । मसँगै कलेजमा आइए पढेको मेरो साथीले पढाइ बीचैमा छाडेको थियो । कारण, प्रथम वर्षको परीक्षामा उसको अन्तिम एउटा पेपरको जाँच दिदै गर्दा उ चिटसँग समातिएको थियो । निरीक्षकले सो दिनको उसको पेपर क्यान्सिल मात्र गरिदिएनन् , अघिल्ला सबै पेपर रद्द गरिदिएका थिए । युवावस्था । तातो रगत , हामीले ३/४ जना साथी मिलेर त्यो निरीक्षकलाई भेटियो भने काट्ने भन्दै धेरै दिनसम्म खोजेका थियौ । रिजल्ट आएपछि उसको एउटामात्र पेपरको नम्बर मार्कसीटमा थियो । पढाइबाट उ यति निराश भयो कि दोस्रो वर्ष पुरा नगरी कलेज छाड्यो ।
उसको विवाहमा जन्ती जाँदा मेरो भूमिका स्टील क्यामेराम्यानको थियो । रील लाग्ने एनालग एसएलआर क्यामेरा मैले धक मानेर चलाएको थिए । कारण, त्यसबेलासम्म मैले एसएलआर चलाउन जानेको थिइनँ । पत्रिकाका लागि फोटो खिच्न थालेको थाहा पाएकाले उसले मलाई बिहेमा पनि त्यो काम गर्न आग्रह गरेको थियो । त्यसबेलासम्म मैले चलाउने क्यामेरा अटोफोकस थिए । ती क्यामेरा चलाउन सजिलो छ । एन्टी-लाइट नपारी विषयवस्तुतिर सोझयाएर सटर लिभर थिच्यो । फोटो राम्रै आउँछ । तर, एसएलआरमा सटर स्पिड, एपरेचर र फोकस तीन कुराको ज्ञान अनिवार्य । उसले हातमा थमाएको क्यामेरा अझ असजिलो थियो । कतिपयमा एसएलआर भइकन अटोफोकसका अप्सन पनि हुन्छ । तर, त्यसमा थिएन । म्यानुअल खिच्नु पर्ने । सामान्य केही जानकारी भएकाले मैले उसको आग्रह टार्न सकिन । त्यसबेला तस्बिरहरू राम्रै आए । गाली खाइएन । मन लगाएर उमेरमा बिहे मान्छेले एकपटक गर्छ । संस्कारले क्यामेराम्यानका लागि ठाउ सुनिश्चित गर्दैन, जहाँबाट उसले पोज बनाइ बनाइ स्मरणीय तस्बिर खिचोस् । यद्यपि दुलहा-दुलही र उनीहरूका आफन्तका लागि तस्बिरमा यी क्षण संग्रहणीय मानिन्छन् ।
त्यसबेला सुनसरीको चक्रघट्टी भन्ने ठाउँ महेन्द्रनगर गाविसमा पर्छ भन्ने हेक्का थिएन । त्यो बिहेमा समय निकालेर चक्रघट्टीमा काठको इनार र सुकुल बुन्दै गरेका दृश्य भएको दुइ तस्बिर पत्रिकामा छापिएपछि आएका प्रतिक्रियाबाट मेरो बुझाइको गल्ती थाहा भएको थियो । मैले अज्ञानताका कारण त्यो गाविसलाई चक्रघट्टी लेखेछु । पाठकले त्यो महेन्द्रनगर गाविस हो भन्दै प्रस्टीकरण पठाएका थिए ।
साउदीबाट फिरेपछि घरजम गरेर बसेको मेरो साथीले कमाएको उडाएन । तर, यहाँ रहँदा दिगो पेशा गर्न नसक्दा भएको पैसा सबै घरका लागि खर्च गर्यो । सिध्यायो । यदाकदा भेट हुदा ऊ भन्थ्यो 'मैले तँ जसरी नेपालमा बाँच्न जानिन । अब फेरि बाहिरै नगई भएन ।' अहिले दुबई पुगेको छ । वर्षौ भयो भेट छैन ।
यसै साता मेरा अरु दुइ स्कुले छिमेकका साथीहरु फरक फरक दिन भेट भए । बहराइनबाट ६ वर्षपछि तीन महिनाका लागि भन्दै फिरेको सुकु बज्राचार्यलाई भेट्दा मलाई उस्तो केही लागेन । कारण, सुकु पित्तलको मूर्ति बनाउने काम गर्थ्यो । उ धेरै वर्ष पाटन बसेर त्यही कामको जागिरमा बहराइन पुगेको थियो । उ विराटनगर धेरै बसेन । स्कुल छाड्नेबित्तिकै कामका लागि राजधानी हान्निएको थियो । तर, छिमेकको स्कुले रवि श्रेष्ठलाई भेटेपछि मैले हरिलाई सम्भिए । रवि सात वर्षपछि फरेको थियो । उसको घर मेरो नजिकै भएपनि आउजाउ थिएन । म उसका परिवारलाई त्यसति सारै चिन्दिन । उसको बुवा र भाइलाई चिन्छु । उसका केस फुल्न थालेछन् । मोटाएर अलि पाको उमेरको भएजस्तो देखिएको थियो रवि ।
लामो समयपछि देख्नेबित्तिकै मैले सोधे 'के छ रवि । फेरि जाने गरि आको हो -' उसले 'हो । यहाँ बसेर के गर्न पो सकिन्छ र । जाने नि' उसले सजिलो उत्तर दियो । अनि मैले यसरी भेट हुनेहरुलाई सुनाउने पुरानै कुरा भनेको थिए । उमेर छउन्जेल बाहिर गएर पछि आउँदा चाहि के नै गर्न सकिएला र । अलि समय गयो । आएपछि बसेर यही केही गर्नुपर्छ । सधै यसरी गइरहनु हुँदैन । युवा यसरी विदेशिएर हुन्छ । उसले आलटालको उत्तर फिरायो । उसले मलाइ प्रस्टीकरण दिइरहनु र मैले लिइरहनु उचित थिएन । तापनि श्रम गर्न कै लागि बाहिर जाने हो भने निश्चित केही समय बसेर फिरेपछि यतै बाँच्ने बाटो खोज्नुपर्छ भन्ने मेरो राय हो । तर, उसले 'ल यहाँ बसेर म के गरुँ त -' भनेर सोध्दा मैले यस्तो चाहि उचित भनी उसलाई सुझाउन सकिन ।
लामो समयपछि देख्नेबित्तिकै मैले सोधे 'के छ रवि । फेरि जाने गरि आको हो -' उसले 'हो । यहाँ बसेर के गर्न पो सकिन्छ र । जाने नि' उसले सजिलो उत्तर दियो । अनि मैले यसरी भेट हुनेहरुलाई सुनाउने पुरानै कुरा भनेको थिए । उमेर छउन्जेल बाहिर गएर पछि आउँदा चाहि के नै गर्न सकिएला र । अलि समय गयो । आएपछि बसेर यही केही गर्नुपर्छ । सधै यसरी गइरहनु हुँदैन । युवा यसरी विदेशिएर हुन्छ । उसले आलटालको उत्तर फिरायो । उसले मलाइ प्रस्टीकरण दिइरहनु र मैले लिइरहनु उचित थिएन । तापनि श्रम गर्न कै लागि बाहिर जाने हो भने निश्चित केही समय बसेर फिरेपछि यतै बाँच्ने बाटो खोज्नुपर्छ भन्ने मेरो राय हो । तर, उसले 'ल यहाँ बसेर म के गरुँ त -' भनेर सोध्दा मैले यस्तो चाहि उचित भनी उसलाई सुझाउन सकिन ।
मुलुकको अर्थतन्त्रमा विदेश गएर काम गरिरहेकाहरूको ठूलो भर छ । विदेश जानु हुँदैन भन्ने होइन । तर, काम गर्ने उमेरकाहरू बाहिर गएपछि मुलुकमा दक्ष कामदारको अभाव हरेक क्षेत्रमा खड्किएको अनुभव हुन्छ । कामका क्रममा म धेरै यस्ता ठाउँ पुग्न पाएको छु- जो आफ्नै मुलुकका राम्रो आयका क्षेत्र हुन् । तर, यहाँ काम गर्नेहरू धेरै संख्यामा बाहिरबाट ल्याइएका छन् । कामका लागि विदेशिने क्रमले नै उनीहरूलाई पनि यहाँ ल्याएको हो । तर, कुनै एक क्षेत्रमा सीप बनाउने हो भने देशभित्रै काम गर्न नसकिने भन्ने छैन । आज मुलुकका धेरै क्षेत्रमा नेपालीको उपस्थिति घट्दो छ । सहभागिता घट्दो हुनुका पछि काम नगर्नेभन्दा पनि राम्रो दामका लागि कामको खोजीमा बाहिरिएकाहरूकै कारण यस्तो भएजस्तो लाग्छ । मानिसले काम गर्ने आफू र परिवारका लागि हो । उनीहरूको खुसीमा साथ रहनुको रमाइलो भिन्न छ । निश्चित समय बाहिर बसेर आएपछि घरमा रहेर यही कतै केही गर्ने जाँगर हुँदा कति जाती हुन्थ्योहोला ।
3 comments:
पढुन्जेल निकै बाँधेर राख्यो ब्लग ले !
तपाई को पहिले का अनुभव अनि साथि संगी का अनुभव ले कहिँ कहिँ भावुक पनि बनायो ! खै, अब फर्केर जानेहरुलाई नजाओ भन्न पनि सकिँदैन, के गरौँ त भन्ने प्रश्न को जवाफ दिन सजिलो पक्कै पनि छैन ।
भाग्य र भविष्य भन्ने कुरा त्यस्तै हो । मन भए पनि, नभए पनि जिन्दगी त घिस्याउनै पर्छ । तपाईंका ती मित्र पनि यस्तै बाध्यतामा जेलिएका होलान् । मित्रलाई पात्र बनाएर यथार्थपरक भावना बाँड्नुभयो । कथाजस्तै लाग्ने यो यथार्थ सजिलै मेटिने अवस्था छैन । हामी जहाँ थियौँ, आज पनि त्यहीँ छौँ, भोलिको अवस्था ठोकुवा गर्न गार्हो छ । आशा गरौँ, त्यो अवस्था हामीले सोचेभन्दा राम्रो होस् । सबैको सद्बुध्दी पलाओस् । लेख्दै रहनु होला । यति राम्रो भावनामा आँखा दौडाउने मौका पाएकोमा यहाँलाई धन्यवाद । तपाईंको कलमलाई सलाम !
कस्तो राम्रो लेखाइ! बधाई छ।
Post a Comment