Saturday, January 28, 2012

भटाभट मर्न थाले काग


विराटनगर उपमहानगरको भारतीय सीमासँग जोडिएको २२ नम्बर वडामा पर्ने मटेरुवामा एक सातायता काग भटाभट मर्न थालेका छन् करिब एक हजार काग मरेपछि  घटनाले पशु रोग चिकित्सकहरूको पनि ध्यान तानेको । पन्छीमध्ये करिब २० वर्षको लामो आयु बाँच्न सक्ने र  तुलनात्मक रूपमा रोग संक्रमण कम हुने मानिने यो चरा दिनदिनै मरेको देखेर स्थानीयवासी हैरान छन् मटेरुवाका ८० वर्षीय  सहजाद मियाँ भन्छन्, 'जीवनमै यस्तो देखेको थिइनँ खोइ के भो के भो ' उनका अनुसार एक सातादेखि दिनहुँ काग मरेका छन् मटेरुवाका करिब एक दर्जन बाँसघारी गहुँ खेतमा मरेका काग देखिनु स्थानीयका लागि नौलो छैन बरु कुनै रोगको संक्रमण हो भने मान्छेलाई सर्छ कि भन्ने त्रास  

स्थानीय जाबिर आलमले भने, 'मरेका मरेकै छन्, झन्डै हजार पुगे होलान् मर्न थामिएन ' घाँटीमा असजिलो भएजस्तो गर्ने झोक्राएर भुइँमा  झर्दै मरेका काग मटेरुवाका खेत बाँसघारी वरपर छरिएको अवस्थामा मरेको काग कुनै पनि जनावरले नखाने भएकाले धेरै ठाउँमा त्यसै सडेका छन्  

बिहीबार पशु क्वारेन्टाइनको एक टोलीले मरेका तीन एउटा झोक्रिएको जिउँदो नमुना संकलन गरी प्रयोगशालामा परीक्षण गराएको 'यसको कारण राम्रैसँग परीक्षण गरेमात्रै थाहा लाग्छ,' क्वारेन्टाइनका डा. सत्यनारायण चौधरीले भने, '२९ वर्षे जागिरका दौरान मैले कुनै पनि चरो यति धेरै एउटै टोलमा मरेको देखेको थिइनँ उक्त क्षेत्रमा मरेका कागको हालसम्मको संख्या करिब सात सय हुनुपर्ने उनले बताए 'बिष्टा पहेंलो-सेतो , मुन्टो बटारिएजस्तो गर्छ लक्षणमात्रै हेरेर कारण यकिन गर्न सकिँदैन,' उनले भने, 'विष वा महामारी जे पनि हुन सक्छ अनुसन्धानको काम थालिहाल्दा पनि अहिलेसम्म मरेका कागलाई संकलन गरी तीन फिट गहिरो खाडलमा हालेर डढाई पुर्ने काम थालिहाल्नु जरुरी रहेको उनले बताए उनले भने, 'यस्तो गर्न थालिहालियो भने संक्रमणकै कारण हो भने पनि फैलन पाउँदैन स्थानीयले केही गरेको देखिएन  
यता, क्षेत्रीय पशु रोग निदान प्रयोगशालाले भने नमुना परीक्षणपछि काग मारिनुको कारण बर्डफ्लु नभएको जनाएको प्रमुख डाबोलराज  आचार्यले भने, 'हामीले परीक्षण गर्दा बर्डफ्लु  भेटेनौं मर्नाको कारण रोनास्टकै प्रयोगशाला लगियो भने थाहा लाग्छ त्यसै कारण ठोकुवा गर्न सकिँदैन '
मटेरुवाका केही स्थानीयले भने गहुँमा नयाँ प्रकारको विषादी चलाइएकाले त्यसको असर कागलाई परेको हुन सक्ने  शंका गरेका छन् तर डा. आचार्य भन्छन्, 'यो सितिमिति रोगले भेटिहाल्ने पन्छी होइन विष होला भन्ने शंका गरिन्छ भने पनि कागमात्र मर्नु अचम्म हो उक्त क्षेत्रमा कागबाहेक अन्य पशुपन्छी यसरी मरेका छैनन् घरपालुवा वा झट्टै मान्छेलाई नाफा-नोक्सानको  हिसाब  निकाल्न मिल्ने पन्छी नभएकाले कसैले धेरै चासो लिएर कतै कुरा उठाएका छैनन् क्षेत्रीय प्रयोगशालाले पनि नमुना परीक्षणबाट बर्डफ्लु नभेटेपछि त्यसको कारण जान्न खासै चासो लिएको छैन । 



(कान्तिपुरमा २०६८  माघ १३ मा प्रकाशित)


1,000 crows fall dead in a week in Biratnagar


BIRATNAGAR, JAN 27 - A large number of crows have died of an unknown disease in Ward No 22 of Biratnagar sub-metropolitan city in the past a week.
Local people said around 1,000 crows died within the period. Dead crows are seen everywhere, in the farmland and gardens of houses. “I had never seen such a large number of birds die at a time in my life,” said local resident Jabir Alam.
The Regional Veterinary Laboratory (RVL), meanwhile, confirmed the crows did not die of bird flu. RVL Chief Dr Bolraj Acharya said they did find the bird flu virus while testing the samples. “The reason behind the deaths can be found out only after testing the samples in the laboratory of Nepal Academy of Science and Technology,” he said.
Dr Satya Narayan Chaudhary said the colour of the dead bird’s excreta is white-yellow and its head seems to have turned back while dying. “We cannot say the exact cause of the deaths only on the basis of the symptoms of the dying birds.
It may be due to poison consumption or a disease,” he said.
(Published in The Kathmandu Post  on 2012-01-27 )