'लैजाने जाने भए लानुस् । तर कोर्टले भनेका बेला तपाईंले यी दुईलाई उपस्थिति गराइदिनुपर्छ,' लिन पुगेका उद्धारकर्मीले यो सुनेपछि केहीबेर सोचे । अनि उत्तर फिराए, 'त्यसो भए मुद्दा छिनोफानो नहुन्जेल यिनीहरूलाई यहीं बस्न दिनुस् । त्यसपछि हामी आउँछौं ।'
सुनसरीको दक्षिणवर्ती गाविसबाट एउटा विपन्न परिवारले चेली सीमावर्ती भारतीय गाविसका एक युवकलाई बिहे दान गरिदिएका थिए । बिहे भएर गएकी दिदी भेट्न १२ वर्षिया बहिनी पुगेका बेला दुवै बिचल्ली भए । घरायसी झगडापछि ती चेलीलाई परिवारले घरबाट बाहिर निकालिदिए । आश्रय खोज्दै भौंतारिएका उनीहरूबारे माइतीले त्यसबेला थाहा पाए, जब दुवैलाई भारतको विसनपुर कुचाधामन रेडलाइट एरियाबाट उद्धार गरियो । दुवैलाई त्यहाँ यातना दिएर राखिएको भेटेपछि स्थानीय सामाजिक कार्यकर्ता र प्रहरीले उद्धार गरेका थिए ।
माइती नेपालको विराटनगर आवधिक गृहका निमित्त संयोजक विनोद पोखरेल भन्छन्, 'उनीहरूलाई त्यस्तो पेसाका लागि बाध्य पार्ने र यातना दिने तीन जना पक्राउ परे । मुद्दा चलिरहेको थियो ।' १६ र १२ वर्ष उमेरका उनीहरू किसनगन्जस्थित 'राहत महिला हेल्पलाइन' नामक संस्थाको आवधिक गृहमा छन् । 'इन्डियाबाट खबर पाएपछि म उनीहरूको बाबुलाई नै साथ लिएर गएको थिएँ,' पोखरेल भन्छन्, 'अदालती सुनुवाइका बेला भने हाजिर गराउन आउजाउ सजिलो नभएकाले यता ल्याउन सम्भव भएन ।' मुद्दा अदालतमा छ ।
चेलीबेटी तथा मानव बेचबिखन रोक्न पूर्वाञ्चलका प्रमुख नाकाहरू काँकडभिट्टा, पशुपतिनगर र विराटनगरमा केही वर्षयता गैरसरकारी संस्थाको सक्रियता बढेपछि दलालले तरिका फेरेका छन् । किसनगन्ज अदालतमा पुगेका मुद्दाजस्ता विरलै प्रकाशमा आउँछन् । नेपाली संस्थासँग भारतका त्यस्तै गैससले सहकार्य बढाएपछि परम्परागत तवरले ललाइफकाई लैजानेहरू हच्किएका छन् । 'हिजोआज केटीहरू पुर्याउन दलाल होइन घरैका मान्छे बोर्डरसम्म आएका घटना भेटिन्छ,' माइती नेपालको काँकडभिट्टा बोर्डरगार्ड सारथी राजवंशी भन्छिन्, 'धेरै केटी पढियो, देशमा राम्रो काम पाइएन । अनि हिँडेको हाकाहाकी भन्छन् ।' त्यस्तालाई केरकार र फिराउन सजिलो नहुने उनको अनुभव छ । एउटा जोडीलाई केरकार गर्दाको घटना सुनाउँदै उनले भनिन्, 'धनकुटाबाट इन्डिया जान आएका लोग्नेस्वास्नी भन्थे । अरूकै लोग्ने र अर्कैकी स्वास्नी रहेछन् भन्ने धेरै केरकारपछि खुल्यो ।'
मोरङको मझारे गाविस ७ की एसएलसी गरेकी एक किशोरीलाई छिमेककी महिलाले विहारको कटिहार पुर्याइन् । उनलाई राम्रो पढाइका लागि छात्रवृत्ति मिलाइदिने प्रलोभन दिई लगेर एउटा अपरिचितको जिम्मा लगाइएको थियो । फुत्केर आएपछि उनले ती छिमेकीमाथि मुद्दा हालिन् । असोज १० मा मोरङ जिल्ला अदालतले छिमेकी देवी साहलाई ५ वर्ष कैद र २५ हजार जरिवाना गर्यो ।
विराटनगरको रानी भन्सार नाकामा माइती नेपालसँगै आड्रा इन्डिया र मानव सेवाले सहकार्य गरिरहेका छन् । यी संस्थामा कार्यरत महिला स्वयंसेवी दिनहुँ भारत, जोगबनीस्थित रेलवे स्टेसन र बसपार्क धाउँछन् । शंका लागेकालाई सोधपुछ गर्छन् । उद्धार गरी फर्काइएकालाई परामर्श दिने गीता राई भन्छिन्, 'आयआर्जनको दरिलो स्रोत नहुनु, घरमा सम्मानको वातावरण र छोरी हिँडे केही बिग्रन्न भन्ने मानसिकताले चेलीहरू विदेश पुगेका हुन् । पढ्न पाउने, राम्रोमीठो खान, लाउन र काम मिल्ने भए हिँड्दैनौं भन्नेहरू धेरै छन् ।' उनका अनुसार पछिल्ला केही वर्ष सीमाबाट फर्काइएकालाई परिवारले लैजान पनि झन्झट मानेका छन् । उनी भन्छिन्, 'कति सल्लाहले नै हिँडेका हुँदा रहेछन् ।'
चालू सातामात्रै झापा सीमावर्ती पश्चिम बंगालको एनजीपी रेलवे स्टेसनबाट चार चेली फर्काइए । यिनमा दोलखा, उदयपुर र मकवानपुरका रहेको माइतीका क्षेत्रीय संयोजक गोविन्द घिमिरेले बताए । उनले भने, 'हामीले धेरैपल्ट सिलिगुडी नजिकको खालपाडाबाट उद्धार गरेका छौं । केस चल्छ, मुख्य दलाल फन्दामा पार्नै सकिँदैन ।' गाउँघरबाट नजिकको बजारसम्म एक जना, बजारदेखि सीमासम्म अर्को र सीमा कटेपछि लाने ठाउँसम्म फेरि अर्को अपरिचितका साथ लाग्दै नारकीय जीवनमा पुग्ने अवस्थासम्म चेलीले मुख्य अभियुक्तबारे धेरै बताउन नसक्दा यस्तो हुने गरेको उनले सुनाए । 'चेलीबेटी, केटाकेटी लैजानेलाई कारबाही गर्ने सवालमा प्रहरी पनि चनाखो छ,' उनी भन्छन्, 'तर, धेरैपल्ट पीडितले नै मुख्य दोषी किटान गर्न नसक्दा उनीहरू उम्कन्छन् ।' एकपटक एउटा नाकामा केरकार परेकोले अर्कोपटक अर्को नाका प्रयोग गर्छ । उनी भन्छन्, 'पशुपतिनगरमा केरकारमा परेको मान्छे अर्कोपल्ट विराटनगर वा काँकडभिट्टा पुगेको हुन्छ ।'
झापा सीमावर्ती पानीटंकीस्थित ग्रामीण विकास समाजका कार्यक्रम प्रमुख विमल सिन्हा भन्छन्, 'कानुन कडा भएर नपुग्ने रहेछ । चेली फकाई लैजाने मूल कारणको जरोमै पुग्नुपर्छ ।' त्यहाँको एउटा चिया बगान बन्द भएपछि धेरै बेरोजगार भएको गाउँका २५ घरमा चेतनामूलक कार्यक्रम लिएर जाँदा ५ चेली बेपत्ता भएको सुनाएका उनले भने, 'कारण बेरोजगारी ।' हामीले अहिले त्यहाँ महिलाका लागि आयआर्जनका तालिम चलाएका छौं । चेली हराउने क्रम रोकिएको छ । १२ वर्षदेखि यस क्षेत्रमा काम गर्दै आएका सिलिगुडीको कन्सर्न संस्थाका प्रमुख मोहनलाल झा भन्छन्, 'फिराएकाहरूको पुनस्र्थापनको व्यवस्था दिगो हुन सकेन रोकेरमात्रै समाधान हुँदैन, यो हाम्रो अनुभव हो ।' काँकडभिट्टाका प्रहरी निरीक्षक सुकदेव खनालका अनुसार पीडितको किटानी जाहेरी नआउनुले चेलीबेटी लैजाने गिरोहलाई कारबाही असजिलो भएको हो । 'उनीहरूलाई यस्तो विश्वासमा पारेको हुँदोरहेछ , जति केरे पनि नाम भनिहाल्दैनन्, उनले भने ।
(कान्तिपुर दैनिकमा प्रकाशित मिति: २०६८ पुस ३० )

No comments:
Post a Comment