करीब चार किलोमिटर लामो सवारीसाधनको जाम छल्दै चेपचापबाट मोटरसाइकलअघि बढाउँदा खुला सडक पाउन गाह्रो भयो । तैपनि जारी यात्रामा मैले बाटो-बाटो रोकिने र मन परेका दृश्य क्यामेरामा कैद गर्ने गरिहेको थिएँ । लामो जाम खिच्न बसमाथि चढेर ओर्ली मोटरसाइकल स्टार्ट गर्ने बेलामा नजिकै उभिएकी राम्री महिलाको अनुरोध आयो -'दाई , मलाइ अलि परसम्म लगिदिनोस्न् । मेरो साथीहरु अघि बढिसकेछन् ।'
पोते लगाएर विवाह भइसकेको परिचय दिइरहेकी । पातली, गोरी, कुर्ता-सुरुवाल लगाएकी राम्री महिला । भनिन्छ, एक्लो लोग्नेमान्छे, बेइमान मन । एक्लो यात्राको मजा लिनकै लागि नै मैले कसैलाई साथ ल्याएको थिइन । तर, लिफ्ट पाउन यो अनुरोध ?
मैले भने 'मसँग कसरी जानु होला र ? म त एकोहोरो कुदाएर हिँडदिन । बाटो-बाटो रोकिन्छु । तपाईलाइ हतार होला । बोर हुन्छ ।'
***
भदौ १० गते विहान १० बजे । यतिखेर म हेटौंडाबाट अमलेखगञ्ज आइपुग्ने मार्गमा रहेको ३ नम्बर पुल नजिक थिए । भारत निकासी भइरहेको गिटी, ढुंगा र बालुवामाथि सरकारले बढाएको करको विरोधमा क्रसर सञ्चालकहरूले राजमार्ग अवरोध गरेका थिए । यो बाटोमा अघिल्लो दिन भएको झडपमा एक प्रहरी दिवंगत भएको समाचार मैले विहानमात्रै पढ्न पाएको थिए । उनीसँग जवाफ तयार रहेछ भनिन् -'केही छैन, एडजस्ट भइहाल्छ नि ।'

अब लिफ्ट माग्नेलाइ बोर नहुने भएपछि मेरो यात्रामा साथी थपियो । काठमाडौंबाट धादिङ, मुग्लिन, नारायणघाट र हेटौडासम्म आइपुग्दा पनि मैले बाटामा कसैलाई लिफ्ट दिएको थिइँन । कारण, लिफ्ट माग्ने नभेटिएका भने होइनन् । यस्ता राम्रा महिलाले लिफ्ट मागेका थिएनन । पुरुषले उभिएर हात देखाएर-कराएर मागेकै हुन । रोकेको थिइँन । यस्ता यात्रामा लिफ्टका लागि अनुरोध गर्नेहरू देखेर म सुनसरीको हरिनगरामा गाविस सचिवसँग मोटरसाइकलमा लिफ्ट मागेकैले अलि पर पुगेर गोली हानेको समाचार सम्झन्थे । तर, बदमाशी गर्न परे पुरूषले मात्रै गर्लान भन्ने पनि त होइन । अघिल्लो दिन काठमाडौंबाट हिड्दा मैले यस्तै धादिङमा यस्तै लामो जाम देखेको थिए । दुइ ठाउँमा गएको पहिरोले भएका करीव १५ किलोमिटरको जाम छिचोलेर यात्राअघि बढेको थियो । धादिङमा लामो जाम । घुमाउरो बाटो । अनि मुसलधारे वर्षा । क्यामेरा बोकेको व्याग जोगाउँदै रेनकोट ओढेर त्यो बाटो पार गर्दा कहीँ पनि फोटो खिच्ने हिम्मत गर्न सकिएन । कारण, क्यामेरा भिज्थ्यो । नारायणघाट आएर होटलमा वास बसेपछि म बिहान हिडेको थिए ।
लोथरमा चिया खाएर त्यहाँ पसलेलाइ नै आफ्नो तस्विर खिच्न लगाएको मैले हेटौडापछि मात्र राम्ररी फोटो खिच्दै अघि बढन पाएको थिए । जे होस उनलाइ लिफ्ट दिइयो । रक्सौलका लागि लिफ्ट लिएर पथलैयासम्म पुग्नुपर्ने थियो उनले । मेरा लागि अघिल्ला करीव २० किलोमिटरका लागि सहयात्री थपिएको थियो ।
***
***
लागेको बानी । साथी थपिए पनि मैले ठाउँ-ठाउँ रोकिएर फोटो खिचिरहने काम जारी रह्यो । कारण, यात्रामा थपिएको साथीका लागि मेरो बानीमा सुधार गर्नुपर्ने केही थिएन । न त मेरो उदेश्य उनलाइ प्रभावमा पार्नु नै रह्यो । कुराकानीका क्रममा उनले आफ्ना कथा बताइन ।
१६ वर्षको उमेरमा विद्यालय छाडेर वैवाहिक बन्धनमा बाँधिएकी उनको घर हेटौडा रहेछ । सवारीचालक श्रीमान । १० वर्षमुनिका दुइ छोरा । पैसा जोरजाम गरेर गाडी किनेपछि त्यसकै मालिक र चालकको जागिर थामेका श्रीमान घर आउन छाडे । यदाकदा आउँदा मातेर आउने । कुट्ने । आजित भएपछि घरबाट निस्किएको बताउने उनले भनिन् 'दाइ, पढ्ने बेलामा बुवा-आमाको कुरा मानिएन । दुःख पाइयो ।'

यातना खप्न नसेकपछि छोराहरु साथ लिइ घर छाडेर बसेपछि कमाउने मेलोको खोजी गरियो । 'एसएलसी पनि नसिध्याइ बाटो बिराउनेले कसरी काम पाउँथ्यो र, राम्रो काम मिलेन', उनले बताएपछि मैले सोधे 'अनि रक्सौल किन जान लाग्नु भएको ?' हेटौंडामा महिलाहरुको एउटा समूह छ, जसले सानातिना घरायसी उपयोगका सामान रक्सौलबाट काठमाडौं पठाउँछ , आफु त्यसमै संलग्न रहेको उनले बताइन । मैले भने 'त्यसो भए क्यारिङ गर्नुहुँदोरहेछ ।' फेरि पनि जवाफ तयार थियो 'क्यारिङ भन्नुस् जे भन्नुस् मजस्ताले अरु के गर्ने त ?' सानो पूँजी हुनेले चिया, पान, खाना-नास्ताजस्ता खुद्रा पसल चलाउन सकिने जवाफ मैले दिए । उनी सन्तुष्ट थिइनन् । जवाफ थियो 'त्यस्तो काम गरेर पनि गुजारा चल्छ ?'
थोरै-थोरै पूँजी भेला गरेर सामान भंसार कटाइ हेटौडा ल्याउने अनि समय मिलाएर राजधानी पठाउने काममा ३/४ महिना भएको उनले बताइन । कहिलेकाही प्रहरीले सामान समाते एक महिना लगाएर बनाएको पूँजी पनि जाने गरेको घटना भोगिसकेको उनको अनुभव थियो ।
***
मैले जोगबनीबाट समान लैजाने इटहरीका महिलाको समूह सम्झेँ । धेरैपटक त्यस्ता हुल र प्रहरीको भनाभन विराटनगरको रानी भंसार आसपासका क्षेत्रमा देख्न पाउनु नौलो थिएन । यिनी पनि उस्तै । मैले उनलाइ यस्तो पेशाको साटो सानो चिया पसल चलाएर सन्तोक गर्न दिएको उपदेशले सन्तुष्टी भएको देखिँन । उनका सबै कुरा सुनेर मैले त्यस्तो पेशाको साटो अर्को बाटो छान्नु ठीक हुनेमा जोड दिएँ । मेरो भनाइमा कुनै उत्तर आएन । उनी निकैबेर बोलिनन् । अमलेखगञ्जनजिकको एउटा पुलबीचमा दुइ ठूला ढुङ्गा र बालुवाका थुप्रा राखिएका थिए । बाटो अवरुद्ध पारिएको थियो । मैले भने 'पख्नोस है, यसको फोटो लिइहालु ।' हुन्छ/हुँदैन जवाफ आएन । फोटो खिचेर मोटरसाइकल भए ठाउँमा फिर्दा उनी त्यहाँ थिइनन् । यताउता हेरें । देखिएन । घटना, प्रकृति र समाचारजन्य तस्विरमा रुची राख्ने मैले उनको तस्बिर भने लिएको थिइन, न त नाम नै सोधेको थिए ।
नामै थाहा नभएको मान्छेलाइ खोज्नु पनि ठीक थिएन । अनि लाग्यो- 'उपदेश अलि बढि नै भएछ शायद ।' मैले अघि बढनु नै ठीक ठानेँ । पथलैया पुग्दासम्म पनि बाटोमा उनलाइ फेरि कतै देखिएन । केहीबेर पथलैयामा बसेर चिया खाएपछि मेरो यात्रा पूर्वका लागि अघि बढ्यो ।

10 comments:
भीमजी तपाईंंको फोटो पत्रकारिता र सूक्छ्म द्रीस्टीसंग त पारीचित थिएं तर लामो लेखन पनि यती सर्ल मार्मिक र प्रवाह्पूर्ण रहेछ । यात्राा संस्मरण विधाको यो राम्रो प्राप्ती हो ।
Sarai majja ko bhae6a yatra. Tapain sahitya ko pani student ho bhanne thaha thiena. Balla thaha paiyo sir.
Bhim jee,
tapaile kastapurna yatra ko barnan pani ramailo sanga paskanu bhayeko chha. Ending ta katha jastai lagyo. All the best for your photography as well as for your writings.
Best,
Bhagirath Yogi
dai,
Very lively discription.
bhim jee ko lekhai, bhogaima coment nai ta garne thu chhain but tyo yatra ma bhogeka masina kura lai pani input gareko bhai ajha ramro hune thiyo, ani suru ko beta ko foto ma pani pahichan rakhidiy ajah best hune thiyo boss , ani blog ma dherai upalabdhi side haru pani rakhekole ekdam ramro lagyo
confused about the woman. anyway, ramro lagyo....tyo bhanda pani aas ta k lagdo kura ta k bhane....ma pani yaspali bike mai ghar (jhapa) aaundai chhu....sochirahechhau, lift dine ki nadine...dina man lage kastalai dine...tapainle diye jastailai ki alik farak type ka lai.....lets see...haha
भिम जी
लेख्नु होस् र अझै लेख्नु होस् . जति लेख्यो त्यति धेरै शिल्प बढ्छ जस्तो तपाई जति धेरै फोटो खिच्दै हिड्नु हुन्छ त्यति नै राम्रो हुँदै जाने वा राम्रो हुँदै गएको अनुभव जो तपईलई नै छ .
मेरो बुझाई र अध्यनमा आजकाल हामी सजिलोसंग नै अरुको कुनै कामलाई राम्रो मात्र भन्ने बानि पर्दै गएका छौं ! किन तपैलाई केहि अनुमान छ ? राम्रो भन्नलाई सजिलो छ किनकि राम्रो भन्नलाई पढेर हेरेर बुझेर वा जानेर कुनै मेहनत नै गर्नु पर्दैन . आहा कति राम्रो भन्न सकिन्छ . मलाई यस्तै एउटा घटना सम्झना भयो अहिले . एक जना सज्जन थिए जो मेरा लेखहरुको प्रसंसा नै गर्थे . अर्थात प्रसंसा नै मात्र गर्थे . उनीसंग मेरो कुनै स्वार्थ वा सम्बन्ध थिएन र भए नै पनि म जो देख्छु सो लेख्ने प्रयास गर्छु . एक दिन यस्तो भएछ, ति सज्जन मेरो लेखमा कतै आलोचनाको पात्र बने अर्थात तिनलाई मैले हल्कारुपमा उडाएको थिएँ . ब्यङ्ग थियो . उनले भने लाई भने लेखनाथ जी,अहो राम्रो लेख्नु भएछ . खासमा तिनमा पढ्ने धैर्य वा पढेर पनि बुझ्ने क्षमता पो थिएन कि !
अर्को हप्ता तिनै सज्जनको फोन आयो, लेखनाथ जी तपाई मेरो यति राम्रो सम्बन्ध चिनजान घनिष्टता हुँदा हुँदै तपईले नै मलाई यसरी लेख्नु भएछ . मलाई सारै दुख: लाग्यो . आईन्दा मेरो राम्रो वा नराम्रो कुनै कुरा नलेख्नु होला .
ति सज्जनलाई विनम्रता भने तपाईको मर्का प्रति म दुखिछु . मेरो कुनै गल्ति भएको भए मलाई माफ नगर्नु होला. म दण्डहिनताको बिरोधि हुँ . रह्यो भविष्यमा पनि तपाईको बारेमा कुनै कुरा नलेख्ने तपाईको आग्रह, यदि लेखेछु केही भने त्यसैबेला सो बारे चलापह्ल गर्नु जाति होला .
त्यसो त एक थरि मानिस छन्, जस्लाई म लेख्छु भन्नेसम्म जानकारी छ . तर मैले यदा कदा महिनौंसम्म पनि लेखिरहेको हुन्न कतै केही पनि . तर सुन्नु पर्छ, लेखनाथ जी कति लेख्न सक्न्नु हुन्छ हौ तपाई . म तपाईका लेखहरु पढी नै रहेको छु . मलाई तपाईका लेखहरु मन पर्छ . यसमा मैले हाँस्नु बाहेक के गर्न सक्छु .
भिम जी कुरा गर्यो कुरा कै दुख: . मेरो भन्नु यति हो तपाईको बिषय र प्रस्तुति राम्रो छ . शैली शिल्प अलिक कमजोर रह्यो जो सामान्य सामाचार वा निबन्ध भन्दा फरक हुन सके धेरै राम्रो यस्ता अनुभूतिहरु . जो कथा कल्पना होइन तर पनि पढ्दाको मिठास छुट्टै हुन सकोस .
मेरो अर्को बुझाई , आजकाल हामी अलिक बढी नै ब्यस्त हुँदै गएका छौं . राम्रो राम्रा नयाँ वा पुराना कथा, निबन्ध वा उपन्याश पढ्न सक्दैनौं वा भ्याउँदैनौं पनि . तर तपाई प्रयास गर्नु होस्, जले तपईलई उर्जा शिल्प र ज्ञान पनि दिन्छ .
फेरी पनि " उनी " लाई जस्तो यो लम्बे र झर्को लाग्दो उपदेश हुन सक्ने डर र खतरा प्रति म सचेत छु. तपाईको असुविधाको लागि क्षमा प्रार्थी छु .
शुभकामन सहित,
लेखनाथ भण्डारी
Lekh ta dherai ramro cha,teyo keti ko name ra address thaha vhayeko vhaye aajha rochak hunthiyo ki? malai lag6 jaba teyo keti le tapai lai aafno kam ko barema vhhanyo ni ho tehi vhayera laj le gayeko jasto cha.hamro hisab ma ta mahila ko testo samuhalai taskari vhani6 hoyena ra dai.photo pani click gareko vhaye maile birgunj vansar bata yeso bhet na saktye ki ha ha ha ha ! But nice writhing,Keep it up dai !
Manish Paudel
भीम दाई , हाम्रो पेशानै त्यस्तो हो जाहा आफुले देखेको भोगेको कुराहरुलाई समाज सामु प्रस्तुत गर्नुपर्ने । तपाईको उनी पढे वढो राम्रो लाग्यो । अघिनै भनेनी हामीले देखेका घटनाहरु ..यथार्थमा भन्यौ भने काहा राम्रो मान्छन होला त - त्यसैले तपाईले भने झै तपाईको सुझाव उनीलाई पचेन सायद त्यसैले वाटोवाटै धन्यवाद पनि नभनी गायव भयो नी होईन र ??? यस्तै अरु अरु पनि पढन पाउ है दाई .. प्रगतिको कामना ...
Post a Comment