A technician was busy to examine chicken before dispose, at Animal Inspection Aouthorities office, Biratnagar. They nabbed 300kg chicken, which brought by smugling from
Wednesday, December 16, 2009
Chicken dispose
Player's or ground's badluck
A group of sportsman ploughed the Myrter Stadium at Biratnagar on Tuesday. They claim government not responding for maintain ground.
Thursday, December 10, 2009
रुमालभित्र अनुहार
यो तस्बिर २३ मंसिर २०६६ मा विराटनगरको हाटखोलामा लिइएको हो । मातृका यादव नेतृत्वको माओवादीले आफ्नो युवादस्ताको पहिलो अधिवेशन भन्दै गरेको सभामा यी युवा सहभागीलाई बसाउने , लाइन मिलाउनेमा तल्लिन थिए । यो फोटो ती सय एमएमको टेलिलेन्स उपयोग गरेर लिइएको हो । जनआन्दोलन-२ पछि कुनै पनि आन्दोलन, सभा, प्रदर्शन वा समान्य घटना । यसरी रुमालले अनुहार ढाक्नेहरु देख्न पाउनु गाहारो छैन ।
विदेशी आन्दोलनका दृश्यमा पनि ढुङ्गा हान्ने र तोडफोडमा अघि रहेकाहरु यसरी नै अनुहार ढाकेर मच्चिएको समाचार टेलिभिजनहरुले देखाउने गरेकै छन् । मोटरसाइकलमा हिडदा हावा र धुलोबाट जोगिन यसरी अनुहार ढाक्नु हितकर नै हुन्छ । तर, यो नौलो फेशनले ढाकिएको अनुहार सामान्यत राम्रो चिनारी मान्न सकिदैन । जे होस लगाउनेले लगाएकै छन् । यसरी लगाउनेहरुले पार्टीको शान बढाएका छन भन्ने नेताहरुको बुझाइ होला । अन्यथा किन यस्ताहरु प्रोत्साहित भएका छन् । आपराधिक मनोवृतिकाहरुलाई सितिमिति आफ्नो अनुहार अरुले नदेखुन भन्ने चाहना रहन्छ । त्यही मनोवृतिले उनीहरुलाइ प्रोत्साहित गरेको हुनुपर्छ
Tuesday, December 1, 2009
समाज अघि सर्दैछ कि पछि
कार्ल मार्क्सले सन १८४८ मा प्रकाशित गरेको कम्युनिष्ट घोषणापत्रको पहिलो अध्यायको सारमा लेखेका छन् 'अहिलेसम्मको सम्पुर्ण समाजको इतिहास वर्ग संघर्षको हो ।' उनले तर्क दिएका छन् 'पुरानो सामाजिक, आर्थिक प्रणालीसरह पूँजीवाद पनि आन्तरिक तनावको कारण विनाश भएर जानेछ । जसरी समान्तवादको स्थान पुजीवादले लिन्छ त्यसरी नै समाजवादले पनि पूँजीवादको स्थान ओगट्ने पालो निश्चय आउनेछ । अनि राज्यविहीन, वर्गहीन शुद्ध साम्यवादी समाजको निर्माण हुनेछ ।'
मार्क्सले प्रतिपादन गरेको द्वन्द्वात्मक भौतिकवाद भनिने वर्गसंघर्षको सिद्धान्तको जति समाजशास्त्रीले आलोचना गरे त्यति नै त्यो सिद्धान्तको पक्षमा वकालत पनि भएको छ । उनका अनुसार समाजमा दुइ वरग हुन्छन्- 'श्रमिक र मालिक ।'
समाजशास्त्रका विद्यार्थीले मार्क्सको 'दास क्यापिटल' अर्थात् 'पूजी' पुस्तकलाई पढेनन् भने अध्ययन अपूरो हुन्छ । कम्युनिष्ट पार्टीका नेता तथा कार्यकर्ताका लागि त यो पुस्तक 'श्रीमद्धभागवत गीता, कुरान वा बाइबल' सरहको श्रेणीमा पर्छ । मार्क्सले भनेका छन्- मालिकहरू श्रमको पूरा मूल्य दिन चाहदैनन् । अनि श्रमिकहरू आफ्नो अधिकारका लागि निस्कदा संघर्ष हुन्छ । त्यसबाट आउने सकारात्मक परिणामपछिको अवस्था समाजको उत्तम अवस्थाका रूपमा रहने भनाइ उनको सार हो ।
मार्क्सको सिद्धान्तका आलोचक समाजशास्त्रीहरूले समाजमा श्रमिक र मालिक पछि पनि एउटा वर्ग रहन्छ भनेका छन् । जसले दुवैसग सरोकार राख्छ । र, दुवैका असजिलाबाट प्रभावित हुन्छ भनेका छन् । समाजशास्त्रका व्याख्याताहरू बीचको मतमतान्तरलाई सम्बन्धित क्षेत्रका विज्ञ र विद्यार्थीले नै केलाउ"दा ठीक होला । तर, हाम्रो समाजले व्योहोर्दै आएको संघर्षको परिणाम सुखद हुने दिन कहिले आउला भनेर चिन्ता गर्नेका लागि प्रतीक्षा असहज बनेको छ ।
मार्क्सले भनेका कुरा आजभन्दा १ सय ६० वर्ष पुरानो हो । तर, समाज उनले भनेभन्दा फरक गतिमा मात्र कुदेको छैन । पूजीवाद पराजीत हुने अवस्थामा पुग्नुको साटो अझ मौलाएर आएको छ । मार्क्सको सिद्धान्तलाई शिरोपर गरेका देश, दल र अगुवाहरूमा परिवर्तन निरन्तर छ । के मार्क्सले भने जसरी साम्यवादले पूजीवादको ठाउँ लिन सक्ला ? यसमा तर्क सबैका आआफ्नै खालका होलान्, हुन्छन् । तर, साम्यवादी विचारधाराका समर्थकहरूले यो कल्पना गरेजस्तो सजिलो छैन ।
अझ हाम्रोजस्तो भूपरिवेष्ठित राष्ट्रका लागि यो अझ कठिन हुनसक्छ । परनिर्भरताको पराकाष्ठा व्योहोर्दै आएको हाम्रो मुलुक सबैखालका विकास निर्माण र बजेट चलाउन दातृ निकाय/राष्ट्र अनि ऋण दिने बैंकको मुख ताक्छ । विश्व बजारको बद्लिदो अवस्थासगै प्रभावित हुने हाम्रो विकास बजेटलाई कहिल्यै आत्मनिर्भर हुने अवस्था पुर्याउनु हुदैन । बरू मागेर खानुपर्छ भन्ने भनाइलाई हाम्रा नेताहरूले आत्मसात गर्दै आएका छन् ।
अहिले पेट्रोलियम मजदुरहरू आन्दोलनमा छन् । उपमहानगरभित्र होटल मजदुर-कामदार र व्यवसायी आन्दोलनमा छन् । २२ दलको सरकार छ । संविधानसभा निर्वाचनको परिणामले ठूलो पार्टी बनेको माओवादी सरकारबाट बाहिरिनेवित्तिकै आन्दोलनमा छ । राज्यको शासकीय स्वरूप र निर्वाचन प्रणाली कस्तो बनाउने भन्ने मतमतान्तर मंगलबार सिंहदरवारमा हात हालाहालको अवस्थामा पुगेको समाचार सुन्न पाइयो । धेरै प्रकारका आन्दोलन भोगेका हामी अहिले पनि यसको याम समापनको साटो मलजल भएर जाने रहेछ भन्ने ज्ञान पाउनमा व्यस्त छौं ।
एक दसक लामो सशस्त्र संघर्षका क्रममा गाविस भवनलगायत अन्य भौतिक संरचनामा क्षति पुर्याइदा माओवादीको भनाइ सुनिन्थ्यो- 'ध्वस्त भएपछि मात्र निर्माण हुन्छ ।' शान्ति प्रक्रिया सुरू भएको वर्षौंपछि पनि ती संरचना पुन बनिसकेका छैनन् । मुलुक पहिलेभन्दा पनि विकासमा पछि पर्दै आएको अवस्था छ । सधैंको उर्जा संकट कम भएर जानुको साटो अझ विकराल बन्ने छाट छ । नेताहरूले कहिले बुझछन् ? जनताको खस्कदो क्रय क्षमतालाई नजिकबाट नियाल्ने कसले ? हुनेहरूलाई थपिएको थपिएकै र नहुनेहरू सधैं रित्तिने अवस्थामा छन् । नया संविधान बनाउन जुटेको भनिएका दलहरू बीच सधैं सत्ताको हानाथाप छ । नेताका आफ्ना असन्तुष्टि सधैं जनताका मागको आवरणमा सत्ता मोहसग गाजिएको छ ।
मुलुकको सत्ता समीकरण र त्यसका लागि भइरहेका गतिविधिले समाज विकासको क्रमलाई अघि बढाउने छाट छैन । यसका लागि गम्भीर हुने बेला ढिलो हुदै आएको छ ।
कलकता- कोलकाता
मंसिर ११-१५ का चार दिन भारतको कलकता घुम्ने अवसर मिल्यो । यो यात्रामा धेरै अविस्मरणीय अनुभवहरु छन् । विराटनगरबाट जोगबनी हुदै रेलमा १२ घण्टामा पुगिने रहेछ । महगो बजार । भेटिने अधिकांशले नया भन्ने जानेमा ठग्ने बानी । सार्वजनिक र सामरिक महत्वका स्थलमा तस्बिर खिच्न प्रतिबन्ध । बंगाली भाषाको बाहुल्य । यात्रा समग्रमा रमाइलो रहयो । धेरै कुरा त्यहा देख्दा हामीकहाँ किन कसैले यस्तो ध्यान दिँदैनन ? सरकार किन जनताका लागि सुविधा पुग्ने र दर्शनीय स्थल बनाउन ध्यान दिदैन भन्ने लाग्यो । ती सबै फुर्सदमा लेखौंला । अहिलेलाइ केही तस्बिरमात्र अपलोड गरेको छु ।
Subscribe to:
Posts (Atom)