गएको चैतदेखि कोरोना आतंकका बीच हाम्रा १० महिना बिते । हामी अब 'न्यु नर्मल' तिर जाने प्रयासमा छौं । मान्छे सधैं डराएर बस्न सक्दैन । डरले भोकलाई नजित्ने रहेछ भन्ने मान्नुपर्छ। काम नगरी चुल्हो नबल्ने वर्गको संख्या ठूलो छ।
'मुख्य जिम्मेवार' बन्न नारा लगाउन आह्वान गर्नेका पछि पछि कुदेर आग्रह-अनुग्रहमा सरकारी पद र सुविधा हात पार्न नसक्ने/नचाहनेहरूले पनि बाँच्नु पर्छ ।
यी १० महिनामा २/३ वटा कुरा बडा नौला र रमाइला लागेका हुन्।
१। ज्यान जोगाउनु पर्छ
मान्छे मर्छ । मृत्यु निश्चित छ । तर यति भनेर चल्दैन । भोलि आउँछ, सुख भोग गर्नै छ, राम्रा कुरा देख्नै छ भनेर बाँच्नै पर्छ। कोरोनाले डर देखायो । हामी डरायौं । तर मन डराउँदैमा भुँडीले मान्दैन । भोक मेट्नै पर्छ । त्यसैले काम गर्नै पर्छ । रोग लागे उपचार गर्नुपर्छ, त्यसैका लागि डाक्टर हुन्, अस्पताल हुन् । यति भनेर यो विषय सकौं ।
२। इन्टरनेट र सोसल साइटको उपयोग
कोरोनाकालले 'अफिस फ्रम होम' सिकायो । अनलाइन काम कसरी गर्ने भन्ने हामीजस्ता कामकाजीलाई मात्रै सिकाएन, थरी थरीका व्यापार गर्नेले आफ्नो सामानको अर्डर लिन र बेच्न अनलाइनबाट यसरी सम्भव हुने रहेछ भन्ने सिके ।
हामीले अझै पनि इन्टरनेटको समुचित उपयोग जानिसकेका छैनौं । व्यवहारमा त्यो अनुभव हुन्छ । तैपनि कोरोनाकालले इन्टरनेट माथिको निर्भरता बढायो । यो अवधिमा बिजुलीले साथ दिएकाले काम गरी खानपानमा बाधा परेन । अफिस फ्रम होम चल्यो/चलाइयो ।
३। मोबाइल फ्रेण्ड्ली
अघिपछि जति चलाइन्थ्यो, त्यो भन्दा कयौं गुणा बढी मोबाइल चलाउनु पर्यो । सबै कामकै लागि । मोबाइलमै सबैथोक छ। डिजिटल वालेट, क्यालकुलेटर र विभिन्न एप्सहरू ।
क्युआर कोडबाट भुक्तानी गर्ने, नोट नभए पनि काम चल्छ भन्ने सिकायो । भलै यसका लागि अनिवार्य चाहिने इन्टरनेट सस्तो र सहज छैन । तर काम चलेको छ ।
***
(१९ जनवरी २०२१ को पोस्ट)
No comments:
Post a Comment