Saturday, December 20, 2014

मनेको माया

जहाँ यो फोटो राख्न मन लाग्यो, त्यो सेक्सनको नाम 'तस्बिरभन्दा पछाडि' छ । तर, यो फोटोका पछाडि त्यस्तो केही छैन जसलाई म बयान गरौं । बाटामा भेटियो, खिचियो, हिँडियो ।
 
मलाई आज पुरानो एक्स्टर्नल हार्ड-ड्राइभ खोतल्ने काम थ्यो। यसमा आँखा अडिए। २०६४ मंसिरताका खोटाङ यात्राको मौका मिलेको थियो। त्यो यात्रामा क्यामेराको सटर धेरै खियाइयो। यो फोटो सम्भवतः जालपामा खिचेको हो। मैले यसको तिथि-मिति हेरें। २०६४ मंसिर १९ बुधबार (१२ डिसेम्बर २००७) देखायो।

नानीहरू जेका पनि राम्रा। त्यसमाथि तिनका गतिविधि सधैं मनमोहक हुन्छन्।  यो यस्तै आयो। ;)

No comments: