Friday, September 11, 2015

भीडको मनोबिज्ञान

ट्वीटरमा लेख्न मन लागेको हो । १४० भित्र संक्षेपीकरण गर्न सक्छु जस्तो लागेन । आज एकजना पूर्व सिडिअोसँग भेट भयो । लामो कुराकानी भयो । 
कुरैकुरामा उनले सोधे - प्रहरीको गोलीले हुलदंगामा सामेल नै नभएका मान्छे मर्छन् नि थाहा छ ?
म - थाहा छ । हुन्छ यस्तो ।
उनी - किन मर्छन् थाहा छ ? आन्दोलनमा सरोकार नै नभएका त नमर्नु पर्ने होइन ? 
म त एकछिन अलमलिएँ । साँच्चै यो पक्ष विचारणीय छ । 
उनले नै भने - हेर्नुस् भीडको मनोबिज्ञान बुझेर प्रहरीले काम गर्छ । गर्नुपर्छ । गरेन भने उ काम लाग्ने प्रहरी होइन । 
उनले बिस्तारसँग बताए । 
प्रहरीले भीडमा गोली चलायो भने त्यो गोलीले एकजनामात्रै होइन उस्तै पर्दा सातजनासम्म ढाल्न सक्छ । र, भीडमा गोली चलाउने पनि होइन । भीडलाई तर्साउनु पर्छ । भीडमा गोली चलाए झन भयावह अवस्था हुन सक्छ । त्यसैले छेउछाउ, अन्त कतै चलाउँछ । मान्छे तर्साउँछ । एक-दुइ कसैको ज्यान गएर भीड जोगिन्छ भने जोगाउनु पर्छ भन्ने हुन्छ । तर्साउने काम गरिन्छ ।  
***
म सोचिरहेँ अमिल्दा कुरा धेरै छन् । प्रश्न गर्ने कोण धेरै छन् । अवस्था हेर्दा-पढ्दा मन पोल्छ । 

No comments: