पखेटाले राम्ररी काम नगर्दै उड्न चाहनेको जीवन जोखिममा पर्छ । दर्शनका हिसाबले भनाइ ठीक होला । तर, मान्छे र अरु प्राणीका सन्दर्भ फरक छन् । गरुड प्रजातिको घुघीफोर भनिने ओपन विल स्टोर्कका गुड हेर्न जाँदा उपरोक्त भनाइ मगजमा घुमिरह्यो ।
विराटनगरको खार्जी भनिने दुग्ध वितरण आयोजना परिसरमा सिमलका ७/८ वटा रुख छन् । यहाँ ती चरा वर्षेनी प्रजननको समयमा आएर चल्ला हुर्काइ उड्छन । अहिले यहाका सिमलमा करीव दुइ सय गुँड छन । तिनमा चार सयको हाराहारीमा चल्ला छन । धेरै चल्लाहरु उड्ने अभ्यास गरिरहेका छन् ।
म चराको अनुसन्धानकर्ता होइन । तर, रुची लाग्छ । सात वर्षदेखि चराको फोटो खिच्न तल्लिन मेरा मित्र यात्रा थुलुङलाइ साथ दिन म हिडछु । यात्राजी र मेरो भेट हुदा हामी कतै बसेर खाने , रमाइलो गर्ने कुरा हुदैन । हाम्रो धुन हुन्छ - चरा , अनि तिनको फोटो ।
हिजो बुधवार म एक सातापछि काठमाडौंबाट घर फिरेको हँ । यात्राजी विराटनगर आउनुभो । घर पुगेर चारो च्यापेपछि हामी दुग्ध वितरण आयोजना आयौं । अघिल्ला वर्षहरुमा पनि हामीले यहा आएर फोटो गरेको हो । तर, यसपटक अघिल्लोभन्दा बढि संख्या रहेछ ।
परिवार नियोजनको महत्व बुझाउन राखिने होर्डिङहरुमा प्राय लेखिने 'थोरै भए ठिक्क , धेरै भए दिक्क' यहा पनि लागू भएको रहेछ । यहा चराहरुको झुण्ड सुरक्षित स्थान भएकाले बसेका हुन भन्नेमा शंका छैन । तर, धेरै बचेराहरु तल खसेका रहेछन् । मरेका रहेछन् । पखेटाले उडान भर्न नजान्दै रुखबाट मच्चिन चाहनेहरु तल खस्दा रहेछन । अनि खसेकालाइ माउले चारो खुवाउन छाड्दो रहेछ । अग्लो रुखको हागामा गुँड । बचरा बिचरा । माथि उक्लन नसक्दा तलै इहलीला समापन हुने रहेछ ।
हामीले नजिकै एउटा बचरो देख्यौ । जो तल खसेर माथि उक्लन नसक्ने भएको थियो । खुट्टा गलेर उभिन नसक्ने भएपछि घुडा टेकिरहेको थियो । उसलाई समात्न समस्या । अनि मँन्छेले पाल्न समस्या । हामीले फोटो खिच्यौ । उसलाइ उसकै अवस्थामा देखेर फिर्यौ । डार्बिनको बाच्नका लागि संघर्ष भन्ने सिद्धान्त सम्झदै । उ कसैको आहारा हो । उसलाइ केहीले नखाने हो भने संख्या धेरै पक्कै हुन्छ । र, जति जोगिन्छन । तिनीहरुबाट जीवन चलिरहन्छ ।
नेपालमा गरुड प्रजातिमध्ये बढि संख्या हाल ओपनविलको मात्र छ । यसले घुघी, माछा, पानीकीरा खान्छ । लामो उडान भरेर सिमसार र चिस्यान क्षेत्रबाट आहारा खोज्ने यी चरा गुडमा आएर ओकल्छन । अनि बचरा पोस्छन् । अण्डा पार्ने समय सेतो, कालो आकर्ष देखिने यो चरा अरुबेला कालो र धुस्रे खरानी रंगको हुने रहेछ ।
No comments:
Post a Comment