Sunday, May 2, 2010

अनुपस्थितिका यो अवधि

लामो समय भएछ ब्लग अप्डेट नगरेको । यी अवधिमा म एक साता काठमाडौं गए । छोरोको स्कुल भर्नाका लागि जानै पर्ने थियो । तर, अप्रत्याशित रुपमा एकीकृत माओवादीले आह्वान गरेको अवरोधले वातावरण असहज बनायो । ब्लग अप्डेटका लागि समय नभएको होइन ।
समय पाएकबा बेला देख्ने कुरा फुरेन । अनि माओवादीको बिद्यार्थी संगठनले स्कुल बन्द गरेर बाधा पार्‍यो । त्यसपछि उसको माउ पार्टीले अनिश्चितकालीन बन्दको आह्वान गरेर । अहिले युवा जस्तै मलाई कुनै पनि दल प्रति अन्ध भक्त हुने मन छैन ।
किनभने दलहरुले हाम्रो विश्वासमा खरो उत्रन सकेनन् । माओवादीले संसदीय परम्परा अनुसार बहुमत पुष्टि गरेर सरकार परिवतर्न गर्नुको साटो सडक संघर्षको बाटो रोज्यो । उसले आह्वान गरेको आम हड्तालको आज पहिलो दिन हो । मधेसी जनअधिकार फोरमका नाउमा भएको आन्दोलनमा सिकार भएको म आज हड्तालको पहिलो दिन पनि आम जनतार् भर सोच्न मन पराउछु । जनतालाइ दुख दिने कि सजिलो बाटोबाट सत्ताका लागि अघि जाने । हामीलाइ खासै मतलबको कुरा होइन सरकार जसले चलाओस । मतलब यति हो बेरोजगारले रोजगारी पाउनु पर्छ । सर्वसाधारणका लागि अवसरको पहुच बढ्नु पर्छ । सडकबाट सत्ता ढाल्नेहरुका लागि भोली कस्तो नजिर होला भन्ने म सोच्छु ।
फेरि ब्लगमा लेखौला । आज धेरै कुरा भएपनि लेख्ने समय जुरेन ।

No comments: