१२ बजेपछि विराटनगरमा चिया खान मन लागे सजिलो छ । कोशी अञ्चल अस्पतालको गेट टुङ्गो । कामले महिनाका दुइ साता १२ नघाएकै छ । छिटो नहुनुका पछि चिन्ता लिएर बस्नुभन्दा चिया खाएर निन्द्रा र थकान मेट्नु जाती हुन्छ धेरैपटक । धेरै निन्द्रा लागेका बेला बाइकको गतिमा ध्यानको सक्रियता कम होला भन्ने डर । अनि यदाकदा बाटा रोक्ने वर्दीधारीका प्रश्नमा उठ्ने रीस । चिया पिउञ्जेलको समयले घर पुग्नुका १० मिनेटलाई उर्जाशील बनाउने भान हुन्छ । हो होइन कसले खोजोस् । चलेको यस्तै छ ।
बजारका सडक सुनसान छन् । ९० किमि प्रतिघण्टाको स्पीडमा हुइकिँदा पनि दुर्घटना हुने डर छैन । अन्त कतै चिया पसल भेटिहाल्न सजिलो छैन त्यसैले मुख्य बजार छिचालेर पुगिने गेट चिया । लेट चिया ।
ठेलामा चिया बेच्नेहरु तीन जना छन् । जस्कोमा गएर खाएपनि हुने । एफएम घन्किएको छ । चिया घोटाइ मुख्य व्यापार । नजिकका औषधि पसलको चेपबाट तार तानेर ठेलामा झुण्डिएका सीएफएलको मधुरो प्रकाश । ग्याँस चुलो र मट्टतिलका स्टोव । बेला बेला चिया छान्ने सफा पार्दा ज्वालामा राखेपछि एक प्रकारको गन्ध छ । केही डढेजस्तो ।
चुलो बलेका ठेलामा विस्कुटका पाकेटसँगै रजनीगन्धा र गुट्खा अनि सुर्तीका प्याकेट झुण्डिएका छन् । 'त्यो रेडिमेड चिया चाहि दिने हैन नि' भन्नै पर्छ । कारण, धेरैबेर पकाएर गाढा रंग परेको चिया । अनि चियापत्तीको थुप्रो भाँडोमा देखिन्छ । ग्राहक थपिए त्यहीमाथि पानी र दूध थपिन्छ । छिनमै तयार । उसले त्यही दिन्छ । भनियो भने उसले नयाँ ग्राहकलाई नया वान लगाउँछ । नभए रेडीमेडमै परिन्छ । ठ्वास्स गन्हाउने, तीखो गुलियो, पानीको मात्र बढी भएपनि चिया । जे होस पानी परेको छैन । वर्षात भइरहे यहाँ सजिलै चुस्की लगाउने रहर अलि महँगो हुन्छ । चियाले निन्द्रा भगाउँछ ।
छेवैमा बेञ्चहरु छन् । तिनमा रिक्शावालका आफ्नै भावभंगिमा । अनि विरामीका कुरुवा । लामखुट्टे लाग्छ । आफैलाई मन लागेको औषधि नशामा र्सूइ हानेर लिन पल्कने 'डाक्टर' भनिने भीडका सदस्य पनि यदाकदा भेटिन्छन् । तिनमा एउटा गफ दिइरहेको छ । अरु 'अँ अँ' भन्दै ज्ञानी मान्छे जसरी सुनिरहेका छन् । बेला बेला यस्ता डाक्टर पाखुरा देखाउने भेस्ट, हाफ पेन्ट र तीव्र पीकप भएको बाइकमा देखापर्छन् । अनि कोही मोवाइलमा राखेको गीत सुनाउछन् । रिक्शावालको मोबाइलबाट गीत घन्कन्छ 'मिस कल मार तारु कीस देबु का हो ।'
अस्पताल अघिको मध्यरात बेग्लै प्रकारको छ । सबैको आ-आफ्नै धुन । बेला बेला प्रहरी गस्तीको भ्यान आइपुग्छ । दलबल ओर्लन्छ । चिया पिउँछ । गफ सुन्छ । अनि फेरि घुमन्ते ड्युटी बजाउन हुइकिन्छ । एम्बुलेन्स साइरन बजाउँदै आउँछ । उसको हेडलाइटको तीब्र प्रकाश आँखा खाने खालको लाग्छ । हुन त प्रहरी भ्यानले पनि बत्ती डीम पार्न जानेको छैन । त्यो गाडीलाई लाग्छ- कसैलाई उसले बाधा पार्दैन । तर, हेडलाइटको तीव्र प्रकाशविरुद्ध मध्यरातमा कसले प्रहरीसँग प्रतिवाद गरोस् ।
रिक्शावालहरु धेरै विरामी लिएर आएका बस्छन् । कतिचाहि अस्पतालबाट विरामी अन्यत्र लानुपर्ने भए दोब्बर भाडा पाउने आसमा रातको ड्युटी बजाइरहेका भेटिन्छन् । सरकारी अस्पताल हो । दिनभर सुकिला स्वास्थ्यकर्मीले दावी गरेका हुन् । अस्पतालले सेवा राम्रो दिएको छ । २४ घण्टा खटिएपनि 'जस' नाउँको केही पाइन्न । काममा हौसलाभन्दा निराशा दिनेहरु धेरै भए । उज्यालोमा उनीहरुका कुरा यथार्थ भान हुन्छ । तर, राउण्डका डाक्टर नआएर नजिकको नर्सिङ होममा विरामी लैजान रिक्शासँग कुरुवाको चलेको भाडाको विवादले त्यो पुष्टि गर्दैन । विरामीको अवस्था बिग्रिएको चिन्तामा कुरुवा भाडा घटाउनेमा बढि अडान राख्दैन । जसरी हुन्छ उसलाई आफ्नो मान्छे निको हुनुको चिन्ता छ ।
छेवैमा बसेर चिया पिउँदा कतिको चुरोटको धुआँसगै गन्हाउने सास ठोक्किन्छ । धुआँले भन्छ कोही कोही चुरोटमा गाँजा भरेर पनि सर्को लिइरहेका छन् । यतिखेर कसैले कसैलाई वादविवाद गर्ने बेला होइन । कोही आफ्नै सुरमा व्यथा बकिरहेका छन् । 'हिजो किस्ताको पैसा बुझाउन पुगेन, मालिकले रिक्शा नै लग्यो, उ भन्छ 'आज अर्कैको लिएर आएको । भोली चाहि दिन पुग्छ । मनग्ये भएको छ ।' एउटा विरामी बोक्दा उसले भनेजति आएपछि अरुलाई कुदाउनु नकुदाउनु फरक नपर्ने भएको छ । त्यसैले उसले अलिकति ठर्रा लगाइसकेको रहेछ ।
व्यथा साट्दा साट्दै उनीहरुका लवजमा समान्यसरह छाडा बोली चल्छन् । छेवैमा एउटी महिला पनि छिन् । उनलाई केही फरक परेजस्तो देखिन्न । पुरानो मैलो सारी, जिङ्ग्रङ्ग कपाल । शायद उ मागेर गुजारा गर्दी हो । केहीबेरमा उ पसलेलाई चिया माग्छे । पसले जवाफमा तथानाम गाली गर्छ । अनि पसलेको कामदार प्लाष्टिकको जगले टाउकैमा पर्नेगरि परबाट पानी हुत्याउँछ । भन्छ 'जान्नस भने कुटाइ खान्छेस् । खेदी खेदी कुट्छु ।' उ फत्फताउँछे अनि सानो पोको च्यापेर विस्तारै पर पर लाग्दै देखिन छाड्छे ।
चिया पसल नजिकै कुकुरको एउटा समूह आपसी संघर्षमा देखिन्छन् । वर्षा भइरहने समय कम हुँदै आएको बेला हो यो । छिप्पएएपछि रात केही शीतल छ । त्यसैले ५ वटा डागोको संघर्ष एउटी कुकुर्नीका लागि चलिरहेको छ । धेरै हल्ला हुन्छ । अनि एउटा रिक्शावाल निस्कन्छ । र, ती कुकुरलाइ लखेट्छ । भागेपनि त्यो समूहको जुधाइ र भुकाइ घटेको होइन ।
दिनभर भागदौडमा व्यस्त सहर सुतेको छ । उठेका कोही छन् भने यी चिया पसले, रिक्शाचालक, विरामी, तिनका कुरुवा, उपचार गर्ने र नगर्ने डाक्टर । बैंकका पाले । बजारमा सटर कुर्न ड्युटीमा पालो परेकाहरु । अनि प्रहरी । चिया सिध्याएपछिको यात्रा जलजला मोड हुदै ट्राफिकचोक, जनआन्दोलन चोक भनिने महेन्द्रको सालिक भत्काइएपछिको ठूटो चोक भएर बसपार्क । अनि रोडशेष हुदै तल्लो बाटो मिल्सएरिया । सुनसान सडक । यदाकदा बुधहाट चोकमा बाइक रोकेर ढाडको झोला हेर्न खोज्ने प्रहरी आज भेटिएनन् । रोडशेषमा रोकियो । टोली यता रहेछ । झोला देखाइयो । अघि बढियो । कोशी प्रजेक्ट चोकमा अस्पताल गेट जस्तै कुकुरको समूह । यहा दुइवटा स्पीड ब्रेकर छन् । सैनिक टोल नाघेपछि कुकुर जुलुस देखियो । अचम्म । आज कुकुरले मलाइ भुकेनन् । बाइक पच्छ्याउदै दौड लगाएनन् । त्यो सेतो-खैरो टाटे कुकुर आज ब्यस्त रहेछ । उजस्ता गन्न नभ्याइनेको भेला । करीव ५० हाराहारी होलान् । यतिकाको जमात एकैपटक पहिले देखेकै होइन । कति जोडिएका छन् । कति प्रयासमा छन् । यति संख्याका भेला मान्छेको हुँदो हो त कुनै हलबाट सिनेमा हेरेर फिरेकाको जमात आएछ जस्तो लाग्थ्यो होला । मनले भन्यो - 'कात्तिक आएछ ।'
बासबारीचोकदेखि गौतम बुद्ध स्कुलसम्मको बाटो चौडा, सडक बत्ती भएको छ । अशोक टेक्सटायल अघिको सडकमा धेरै खाल्डाखुल्डी । कुकुरले भुक्दै बाइकसग दौड खेल्न मन पराउने मेरा लागि यो तेस्रो स्थान हो । यहा आज उनीहरु भेटिएनन् । सडक सुनसान । सिम सिम पानी आयो । रेनकोट झिकियो । मोबाइल बज्यो । हेरें । ढिला किन भयो भनेर गृहमन्त्रीको ताकेता थियो । रिसिभ गरिसक्दा घर पुग्ने दूरि । नम्बर हेरेर गोजीमा राखियो । मोबाइल बजिरह्यो । चार नम्बर गियर । ५० को स्पीड । एक्सिलेटर घटेन । कसैका लागि हर्न दिनुपर्ने र ब्रेक लगाउनुपर्ने अवस्था थिएन । कतैबाट समयसुचक घण्ट ठ्याङ ठ्याङ गर्यो २ बजेछ ।

No comments:
Post a Comment