गत महिना राजधानीमा एउटा कार्यक्रम मैले सञ्चालन गरेँ । कुरा किताबको थियो । अरू विधा भए के कसो हो तर, किताब पनि 'लाटोकोसेरो' को । त्यो भेलाका लागि म २४ घण्टा राजधानीमा थिएँ । शुक्रवार बेलुकी ९ बजे चढेको बसले मित्र राजु आचार्य र मलाइ कलंकीमा बिहान कसरी ४ बजे उतारेको थियो ।
कार्यक्रम 'लाटोकोसेरो की बाठोकोसेरो' किताब विमोचनको थियो । डा. हेमसागर बराल र गुरु करणबहादुर शाहले किताब बिमोचन गर्नुभयो । कार्यक्रमपछिको चियापान बसाइँमा प्राध्यापक शाहले मलाइ २/३ पल्ट नै 'भाइले लेख्न छाड्नु हुँदैन । लेख्नुस् । लेखीरहनुस्' भनिरहनु भयो । यस्ता उर्जा दिने प्रेरक मनुवासँगका बसाइँ आनन्दका हुन्छन् । लेख्न नछाडौं भइरहन्छ । तर, सजिलो छ र चराका कुरा लेख्न !
हामी अखबारी मजदुरलाई बिकाउ कुरा जहिल्यै 'राजनीति' रहिआएको छ । तै फरक विषयहरूमा लेख्दालेख्दै पनि चराका कुरा सजिलै सूचना पाइनेमा पर्दैन । वन, वातावरण, जैविक विविधता र चराका कुरा अखबारका नियमित पाठकका लागि नयाँ खुराकी हो । दिनु पर्छ । तर, सही सूचना जुटाउन समय लाग्छ । पोखरा बसाइँमा जैविक विविधतामा रूचि भएका र यही विषय पढ्ने-पढाउनेका जमातले पनि हौस्याउँछ । तर, म हिजोआज विषय हराएजस्तो भएको छु ।
चराका कुरा लेख्न फोटो राम्रो हुनुपर्छ । फोटा खिचेपछि जे खिचियो, त्यसका बारे बुझेकालाई भेटेर-सोधेर जानकारी जुटाउनुपर्छ । मसँग केही विषय छन् तर, 'अन्डर कन्स्ट्रक्सन ।' पत्रकारिता यस्तो पेशा हो जहाँ आफूले कलेजमा जुन विषय पढियो, त्यही विषयले पनि काम गर्न सघाउँछ । तर, धेरथोर लेख्नु सबैथोकका बारेमा पर्छ । राजधानी बाहिर रहेर सञ्चारमाध्यममा काम गर्नेले 'म यो जान्दिन' भन्न पाउँदैन । अत: विषय चयन गरेर म केही चिजबिज तयार त पार्दैछु । तर, भन्न सक्दिन पुरापुर पढ्न हुने कहिले बनाउन सक्छु ।
भूगोलअनुसार पाइने चराका प्रजाति फरक छन् । तर, अन्नपूर्ण संरक्षण क्षेत्र यो मामिलामा धेरैथोक खोज्न र खिच्न-लेख्न सकिनेमा पर्छ । विषय भेटिन्छन् । तिनका पछि लाग्ने समय पर्याप्त छैन । तैपनि रूचिले डोर्याएको मान्छे क्यामेरालाई साथी बनाएर हिडेकै छ ।
के लेख्ने ?
चराका कुरा थुप्रै छन् । कहाँ केके पाइन्छन्, तिनको जीवनचक्रदेखि अहिलेका अवस्थासम्म विषयलाई रोचक बनाउनु आफ्नै रुचि र खोजीमा निर्भर छ । पहाडी बस्तीमा जाँदा दिनदिनै बन्दै गरेका पक्की घर, होटल, रिसोर्ट देख्दा अब गौथलीले गुँड कहाँ लगाउँदा हुन् । यही विषय हुन सक्छ । हामीले आफ्ना बास बनाउँदा आफ्ना लागि बनाएका छौं । मान्छेकै आडमा बास लिने पंछीका प्रजाति थुप्रै छन् । कोही घरमै आएर बस्छन्, कोही बस्ती वरपर बस्न रुचाउँछन् ।
घडेरी बनाउने, जग्गा सम्याउने गरेको देख्न पाउनु सहज छ । रुखपात मासिएका छन् । घर फलेको फलेकै छन् । मान्छेले आफ्नो बास बढाएको बढाएकै छ । हामीले देख्दै आएका धाद्रा, धाप, वर्षैभरि चिस्यान रहने क्षेत्र पुरिएर तिनमा पनि घर फलेका छन् । ती क्षेत्रका जीवजन्तु बाटो लागे हुनन् ।
घरआँगनमा भँगेरा आउँछन् भने ती कहाँ बस्छन्, कसरी बस्छन्, के खान्छन् । आफैंमा यो विषय छ । सफासुग्घर चाहने मनुवा पंछीका बिष्टा सफा झेल्न रुचिकर मान्दैन । त्यसैले गुँड लगाएर फोहोर झार्ने प्राणीले उकहाँ आश्रय लिन खोजे धपाउँछ ।
विषय छरपस्ट छन् । तिनलाई पठनीय बनाउनु लेख्ने स्वयंको जिम्मेवारी पनि हो भन्ने लाग्छ । चराका बारेमा लेख्दै गर्दा 'मलाइ चरा मन पर्दैन' भन्ने मान्छे मैले भेटेको छैन । बरू माइण्ड नगर्नुस् है भनेर 'त्यसको फ्राइ कति मिठो हुन्थ्यो होला' भन्नेलाई बराबर भेटिन्छ ।
चराहरू आकारमा जति साना हुन्छन्, तिनीहरूको गुँड उति नै मिहिनेत गरेर बनाएको देख्न पाइन्छ । जस्तो की फिस्टा, कालेबुंगे, तोप चरा । ठूला आकारका चराका गुँड नियालेर हेर्दा तिनलाई बनाइदिनु पर्छ की के हो जस्तो हुन्छन् । जस्तो की काग, ढुकुर, बकुल्ला, गरुड, चील, गिद्ध आदिका गुँड । झिक्रामिक्रा बटुलेर बनाइएका गुँडमध्ये हामीले सजिलै देख्न सक्ने भनेको बकुल्ला र ढुकुरका गुँड हुन् । आकाशमा निकै माथिसम्म उडान भर्नेहरू गुँड लगाउन पनि अग्ला ठाउँ रोज्छन् । जहाँ मान्छे सजिलै पुग्दैनन् ।
प्रकृतिले आआफ्नै प्रकारले गरिदिएको जीवनचक्रमा पंछी स्वार्थ राख्दैनन् । बरू हामी आस राख्छौं । तर, हामी न तिनको बास राख्छौं न त तिनलाई आफ्ना कारणले पर्ने बाधामा गम्भिरता ।
पहिले पहिले केके धेरै देखिन्थे/देखिँदैनथे, अनि अहिलेको अवस्था के हो बाट पनि विषय सुरु हुन सक्छ । बालीविरूवामा चलाउने विषादिले पनि तिनलाई असर पारेकै छ । चितवनका केही रिसोर्टमा देख्न पाइने रमाइलो दृष्य के हो भने पाकेका फलफूल बोटैमा छाडिदिनु । यस्तो गरे चरा आउँछन् । तिनीहरूले सजिलै आहारा पाउँछन् । हामी सजिलै फोटो खिच्न सक्छौं ।
केही चराचुरूंगीलाई हाम्रो बाली चक्रको प्रभाव परेको छ । वर्षभरि लगाइने बालीमा केके हटे, केके थपिए । त्यसबाट पनि विषय भेट्न सकिन्छ । चराले मन पराउने बाली घटे की घटेनन् ! पोखरामा फेवातालको पश्चिमी क्षेत्र पामेमा 'कुर्मा' आएर बस्न थालेको करीब एक दसक भएछ । दुइ वर्षअघि मैले सजिलै तिनका हुल देख्न पाएको हो । तर, हिजोआज त्यहाँ खेती गर्नेभन्दा रेस्टुरा र रिसोर्ट फलाउने धेरै भए । कुर्माले धान खाइदिन्छ । किसानले मन पराउँदैनन् । पहिले पहिले त्यो क्षेत्रमा कुर्मा मारेका घटना अहिले पनि सुन्न पाइन्छ ।
पोखरामै मैले हिड्दा-डुल्दा देखेको विषयमा भँगेरा र डाङ्ग्रे (सारौं/रुप्पी) पनि छन् । भँगेराका दुइ प्रजाति रूख भँगेरा र घर भँगेरा एउटै हुलमा देखिन्छन् । अनि जंगल मैना भनिने वनरूपी र कमन मैना भनि डाङ्ग्रे पनि सँगै घुमेका देखिन्छन् ।
पोखरामा रहेर तालका कुरा गर्दा अतिक्रमणको ब्यथा चर्को छ । मान्छेहरू तालको पानी मुनिको जमिनका लालपुर्जा हातमा लिएर बसेका छन् । फेवातालमा पानी उम्रँदैन । पश्चिममा अँधेरी, हर्पन र नगर क्षेत्रभित्र बुलौंदी र फिर्के खोला मुल स्रोत हुन् । हिउँदमा पानी थोरै रहने भएपनि चारैवटा खोलाले फेवातालको पानीलाई भरथेग गरेका छन् । नगरको घना बस्तीभित्र भएर बग्ने फिर्के र बुलौंदी नालामा परिणत भइसकेका छन् । यी दुइ खोलाले तालमा ढलसहितको फोहर पुर्याउँछन् ।
पोखरा महानगरपालिकाले आव २०७४/७५ देखि फिर्केलाई संरक्षण गर्ने भन्दै योजना अघि सारेेको छ । तर, यसको कार्यान्वयन जटिल छ । कारण- खोलाको मापदण्ड मिचेर डीलै-डील बस्ती बसेको छ । अग्ला अग्ला घरहरूको साँधमा फिर्के धेरै ठाउँ सहजै देखिँदैन । ती घरहरू भत्काएर फिर्केलाई पुरानै अवस्थामा सुरक्षित पार्ने योजना प्रभावकारी रूपमा बढाउन स्थानीय सरकारलाई धेरै वर्ष लाग्न सक्छ । पोखरा महानगर बन्दा गाभिएको लेखनाथ क्षेत्रमा पनि बेगनासहितका आठवटा ताल छन् । जहाँ जहाँ जलाशय, खोलानाला र जंगल छन्, त्यहाँ चरा छन् । तुलनात्मक रूपमा पुरानो पोखराभन्दा नयाँ पोखरा भन्न मिल्ने लेखनाथ क्षेत्रमा धेरै चरा छन् ।
लेखनाथ क्षेत्र धेरै पोखरेलीको खेती गर्ने कामत थियो । कालान्तरमा यहाँ पनि अव्यवस्थित बसोबास तीव्र भइसकेको छ । जहाँ खेती हुन्छ, त्यहाँ कीरा-फट्यांग्रा र मुसा हुन्छन् । तिनलाई आहारा बनाउने चराका थुप्रै प्रजाति पनि हुन्छन् । पोखराको पछिल्लो अभ्यास परम्परागत तवरको खेतीभन्दा अन्य व्यवसाय छ । बोरामा चामल-दाल आइपुग्छ, तेल आउँछ । दूधको माग डेरीले पुरा गरिरहेकै छन् । त्यसैले खेतीका तुलनामा जमिन टुक्रयाएर घडेरीमा बेच्दा राम्रो घर, गाडी र विलासी आवश्यकताको सहज पूर्ति भइरहेको सहरले देखेको छ । खेतमा काम गर्न मजदुर, बिउ-मल र भित्र्याउन पर्ने लागत, समय र श्रमको हिसाब निकाल्दा जग्गा दलाल घडेरी किनबेचमा उत्साहित छन् ।
यसले परम्परागत कृषि प्रणालीमा असर पारेको छ । जसको असर वातावरणमा परेको छ । चराचुरुंगी र अन्य जीवमा परेको छ । यस्तो अवस्था एक्लो पोखरा उपत्यकाको मात्रै होइन । पटक पटक व्यवस्था फेरिएपनि कुनै पनि सरकारले बसोबास, उद्योग र खेती गर्ने क्षेत्र निर्धारण गरेन । जसले गर्दा मनलाग्दी जतासुकै छ ।
को ठूलो, कसका आवश्यकता महान
केही वर्षअघि मैले 'चमेरो बिचरो' लेख्दा सुरुवातमा एउटा व्यवसायीको प्रसंग उल्लेख गरेको थिएँ । विराटनगरका ती व्यवसायीले जहाँ आफ्नो व्यवसायिक प्रतिष्ठानका लागि भवन बनाएका थिए, त्यहाँ कुनै जमानामा वरको ठूलो रूख थियो । चार मान्छे उभिएर अंगालो हाल्दा पनि नसकिने गोलाइ थियो त्यो बरको रूखको । काटियो, घर उभियो ।
बर छउञ्जेल त्यहाँ झुण्ड झुण्ड चमेरा बस्थे । दिउँसो त्यो बरको रूख भएको बाटो हिड्दा अनौठो लाग्थ्यो । बासस्थान विनास भो, झुण्ड तितरबितर भयो । ती व्यापारीले भनेका थिए-बजारभित्र महंगो मूल्यको जग्गा चमेरा बस्छन् भनेर कसरी छाड्ने ? हामीले गरिखानु परेन ?' उनको तर्क नाजायज लागेको होइन । तर, हामी जहाँ जहाँ पुगौं, खेती हुने वा बाँझो जमिनका कुरा छाडौं । डाँडा, खोला धाप, पैनी, वन बुट्यान जे भएनि ती निजीकरण भए/भइरहेका छन् ।
मान्छेलाई घर चाहिएको छ । घर भएर पुगेन थुप्रै सम्पती चाहिएको छ । आफ्ना लागि मात्रै चाहिएको छ । मान्छेकै इच्छा सर्वोपरि भइरहँदा प्रकृतिमा रहेका अरू जीवको वासस्थान विनास गम्भिरताको विषय मानिन्न । उनीहरू कहाँ जालान् ?

पर्यटकीय नगरी पोखरामा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माणाधीन छ । अँ पोखराको कुरा गर्दा यहाँ कसैले पनि त्यो विमानस्थलका विरूद्ध बोल्नुहुँदैन भन्ने जमातको जगजगी छ । जसले बोल्छ, त्यो पोखराको विकासको शत्रुमा दरिन्छ । विमानस्थल चाहिन्छ भनेर जग्गा छुट्याएको पाँच दसकपछि पनि योजना सरकारले सजिलै अगाडि बढाएको होइन । धेरै दिन आन्दोलन र धर्ना भए । विकासप्रेमी भनिएका अगुवाहरू यतिबेला 'हामीले गर्दा' भनेर भन्न छुटाउँदैनन् । अबको चार वर्षपछि विमानस्थल तयार भइसक्ला, विदेश आउजाउ गर्ने जहाज चढ्न पोखरेलीले काठमाडौंको जमिन टेक्न नपर्ला । योजनाकारका सुकिला कुरा रमाइला छन् । विमानस्थलले पोखराको विकासमा क्रान्ति ल्याएको छ । होटल-रेस्टुरेन्ट र अरू व्यवसायमा भविष्य देखाएको छ । पोखरामा लगानी आएको छ ।
यी गन्थनको अर्को एउटा पाटो चासोको छ, जो निकै कमले कुरा गर्छन् । विमानस्थलका लागि भनिएको जमिन वर्षौदेखि खाली थियो । त्यो वस्तुभाउको चरन क्षेत्रमात्रै थिएन, पोखरामा बिभिन्न प्रजातिका गिद्ध सजिलै हेर्न पाइने ठाउँ थियो । घाँसे मैदानमा पाइने चराका थुप्रै प्रजाति त्यहाँ जाँदा सजिलै हेर्न सकिन्थ्यो । यतिबेला निर्माण धमाधम छ । त्यो क्षेत्रमा चौपाया हुल्न पाइँदैन । चराचुरुंगीले विकल्प खोजी सके हुनन् ।
दक्षिण एशियामा नौ प्रजाति गिद्ध पाइन्छन् । पोखरा उपत्यकामा मात्रै आठ प्रजाति हेर्न सकिन्थ्यो । जहाँ हाम्रो कृषि प्रणाली फेरिएर खेती गर्ने क्षेत्र घट्यो, त्यहीँ खेती भइरहेका ठाउँमा पनि किटनासकको उपयोग बढेको छ । ट्याक्टर र मिनीटिलरले जोते पुग्ने भएपछि गोरू पाल्ने झन्झट पनि रहेन । खेतमा पहिले पहिले जसरी मुसा लाग्दैनन् । जहाँ लाग्छन्, त्यो क्षेत्रमा पनि निकै कम भइसकेको छ ।
मुसा लाटोकोसेरो र चीलका बिभिन्न प्रजातिको मुख्य आहारा हो । गिद्धले सिकार गर्दैन । मरेर फालिएका सिनो खान्छ । चौपाया पाल्न घट्यो । जहाँ जहाँ पालिन्छन्, त्यहाँ मरेका जन्तु बाहिर त्यसै फालिँदैनन् । पुरिन्छ, गाडिन्छ । सन् २०१५ सम्म गरपालुवा पशुलाई दर्द निवारकका रूपमा प्रयोगमा रहेको 'डाइक्लोफेनेक' को विषाक्त असरले थुप्रै गिद्ध मासिए । पछि त्यसको प्रयोगमा सरकारले बन्देज गरेपनि गिद्धका लागि हितकर वातावरणीय चक्र नै फेरिएको छ । गुँड लगाउन अग्ला रूख त मासिए नै, आहारा पनि नपाउने भएपछि गिद्ध अबका वर्ष झन दुर्लभ हुँदै जाने अवस्था छ ।

पछि लेख्छु ....................आजलाई यति
No comments:
Post a Comment