Saturday, November 29, 2014

एउटा बाबु

तस्बिरका पछाडि त्यस्तो ठूलै भन्न पर्ने कुरो छ जस्तो लाग्दैन । तैपनि हराउला भनेर ब्लगमा जतन गर्न मन लागेर पोष्ट गरिएको हो । 
२०७१ मंसिर १२ शुक्रबार (हिजो) शम्भु पोखरेल भाइलाई भेट्न विराटनगर अस्पताल (विराट नर्सिङ होम) जाँदा पल्लो बेडमा यस्तो देखियो । जो फोटो बोल्छ ।
शम्भु अस्ति राति डेरामा लडेछन् । बंगारा भाँचिएछन् । उपचारार्थ भर्ना छन् । म पुग्दा उनी निदाइरहेका थिए । बोलाउन मन लागेन । उनको नजिकको अर्को बेडमा यी युवक सानो बच्चोको नङ काटिदिइ रहेका थिए । टाउको अलि असामान्य देखिने बच्चोको हेराइ जिज्ञासू थियो । मोबाइलले यो तस्बिर खिचें । अनि ती युवकसँग कुरा गरें । उनको घर सुनसरीको चिमडी रहेछ । काम भारतको चेन्नइमा गर्दै आएका । 
एक महिनाअघि छोरा निकै बिरामी भएको खबरपछि घर आएछन् । 'यसको निधारमा पानी जमेको छ । इलाज सुरू भयो', उनले भने, 'ठीक हुञ्जेल बस्छु ।' चारमध्ये आफूसहित दुइभाइ चेन्नईमा काम गर्न थालेको धेरै वर्ष भएको उनले बताए । 'यहाँ भनेजस्तो काम मिलेको भए टाढा जान पर्दैनथ्यो होला । के गर्ने मजबुरी छ', दुखेसो पोखे ।  
उनको यो ३ महिनाको छोरोअघि ४ वर्षकी छोरी रहिछन् । 'परिवार लैजान मिल्ने जागिर छैन । त्यसैले गाउँमै छोडेको छु । बेला बेला आइरहन्छु', उनले बताए । धेरै रोइरहने, नसुत्ने गर्न थालेपछि सुरू भएको छोराको उपचारमा धेरै हैरानी खेप्नु परेको उनले सुनाए । 'यसलाइ भएको के हो भनेर जान्न नै धेरै हैरानी भयो । जहिल्यै जँचाउँदा डाक्टरले पेट दुखेको दबाइ दिएर पठाउने !', उनले भने, 'बल्ल पत्ता लाग्यो यसको निधारमा पानी जमेको कुरो ।' उपचार सुरू भएपछि केही सन्तोक लागेको उनको भनाइ थियो ।  
शम्भुकी श्रीमति अाइन् । उनी ब्यूँझेछन् । म अब उनीहरूसँग कुरा गर्न थालें । केहीबेर पछि 'ल आउँदै गरौला' भनेर बिदा मागें । फिर्दा फिर्दै त्यो बच्चाको बेडमा हेरें । उसको नाम 'कृष्ण यादव' लेखेको रहेछ । बाबुको नाम नसोधे नि मलाइ त्यो शिशुको नाम थाहा भो । 
कुरो सकियो । 

Friday, November 28, 2014

नूरसँगको यात्रा

'यू डोन्ट नो अबाउट लाइट', रफिकी र पेप दुवै मलाइ हेरेर मज्जाले हाँसे । अनि पेप बोनेटले भने, 'वी वील बी ब्याक इन दीस रूरल एरिया अफ्टर थ्री । वी कान्ट डु फोटो इन दिस लाइट ।' खाना खानका लागि हामी कोसीब्यारेजतिर फर्कियौं । सप्तरीको जोगिनियाँमा थियौं । दिउँसोको १ बज्दै थियो । टन्टलापुर घाम । ब्यारेजमा कंकालिनी मन्दिरबाट केही पश्चिममा आइपुग्ने चोक भारदह हो । त्यहाँबाट पूर्व-पश्चिम राजमार्ग छाडेर राजबिराजतर्फ लाग्न हनुमाननगरको बाटो जान सकिन्छ । हनुमाननगरबाट एक किलोमिटर वरको गाउँ नै जोगिनियाँ हो । हामी यहीँ थियौं । यो सप्तकोशीको पश्चिमी तटबन्ध क्षेत्रबाट नजिक छ ।
खाना खाएर आएपछि फेरि फोटो गर्ने । त्योबेला मान्छे होइन गाउँका दैनिकी, खोला किनारका बस्तीका गतिविधि खिच्ने सल्लाह थियो । असिम रफिकीले 'खाना खान जाने' प्रस्ताव गर्दा मैले जिस्कने पारामा भनेको थिएँ 'ह्वाइ डोन्ट वी कम्प्लिट टास्क नाउ ? द्यान गो फर लञ्च ।' उनीहरूले मलाइ गिज्याउने पारामा 'तँलाइ फोटोग्राफीमा लाइटको महत्वबारे थाहा रैनछ' भने । मैले हाँसेर टारें । कारण - कुबेला जिस्किने गरि बोल्नु मेरो गल्ती नै थियो ।
 लाइटको भाषा बुझेकाहरूबाट सुन्न मिल्छ । सामान्यतः आउटडोर फोटोग्राफीका लागि बिहान १० बजेअघि र दिउँसो ४ बजेपछिको समय उपयुक्त मानिन्छ । कारण - सूर्यको प्रकाश । घाम कताबाट छ । लिनपर्ने विषयमाथि पर्ने प्रकाशको अवस्था नबुझे राम्रो फोटो लिन सकिन्न । फोटोग्राफी प्रकाशको भाषा हो । क्यामेराले जेसुकै विषयमाथिको उज्यालोलाई खिचेर चित्र बनाउँछ । 
जीप ब्यारेजतिर फर्कियो । हाम्रो यात्रामा अर्को गाडी पनि अघिपछि भयो । यी थिए कम्बोडियाको रुम कलेक्टिभका पत्रकारको टोली । म नूर इमेजेजका दुइ फोटोपत्रकारका साथ थिएँ । रूमका निक र ल्युक अलिपछिमात्रै भेट भएका थिए । उनीहरूको साथ खाना खानेबेलासम्मका लागि मात्रै थियो । कारण- उनीहरूले खोज्ने खबर र खिच्ने तस्बिरका विषय हाम्राभन्दा फरक थिए ।
खाना खाएपछि टोली पुनः फिर्‍यो । ठाउँ खोजी खोजी खिच्यो । एउटै विषयमाथि धेरै समय लगायो ।  म गत साताको यात्राको कुरा गरिरहेको छु ।
***
अस्ति भर्खर पत्रकार महासंघ मोरङ शाखा अध्यक्ष महेन्द्र विष्टले सुनाएका थिए । विराटनगर सतवार्षिकोत्सव समारोह समितिका सदस्य रहनु दोष आउला कि जस्तो लागेको कुरा  ।  '४८ लाख खर्च भयो भन्छन् । जहिले सोध्छु केकेमा खर्च भो हिसाब देखाउनुस् । हामी पनि हेरौं', उनले भने, 'कर्मचारी हामीले हिसाब मिलाइसक्यौ, केलाइ खोज्नु हुन्छ पो भन्छन् । सदस्यका नाताले एउटा बैठकमा मैले एक कप चियाबाहेक केही खाएको छैन । हिसाबमा तलंमाथि निस्क्यो भने दोष आउला भन्ने पीर छ ।' 
यो एउटा कार्यक्रमको हिसाब मिलानको प्रसंग थियो । हाम्रा सरकारी कार्यक्रम स्वास्थ्य, शिक्षा, नगर विकास आदि जेमा पनि जति गहिरिएर हेर्‍यो बजेट खर्चनुको तरिका, क्षेत्र र उपयोगमाथि प्रश्न उठाउने ठाउँ निस्कन्छ । दातृका कार्यक्रममा पनि बजेटको राम्रै हिस्सा कन्सल्ट्यान्टले लैजान्छन् । धेरै कार्यक्रम यस्ता छन् जसको अनुगमन आग्रहले अोतप्रोत हुन्छ ।
२०७१ मंसिर ११ का विराटनगरका पत्रिकाले रमाइलो खबर लेखेका थिए । सिडिअोको नेतृत्वमा खोलाका ढुंगा-गिटी अनुगमनमा हिडेको टोलीको । योजना अधिकृत बीच बाटैबाट त्यही ठेकेदारको गाडी चढेछन् जसको कामबारे अनुगमन गर्न टोली हिडेको थियो । बाटामा उतारेर सिडियोले सार्वजनिक रूपमै हप्काएछन् । भैगो यी कुरा ।
 नूरको टिम यस्तै एउटा खबरको लागि आएको थियो, जो कुनै संयुक्त राष्ट्र संघीय कार्यक्रमको हाँगाको भरमा धेरै विकासोन्मुख मुलुकमा चलेका छन् । खासमा रिपोर्टले सेवाग्राही भनेर पठाएका नामहरूले सेवा पाएकै हुन् ? हुन भने कस्तो अवस्थाका हुन् ? त्यो सेवा लिने अवस्थासम्म उनीहरू कसरी पुगे ? काम गराई पुरै समयको हिसाब किताबको थियो । काममा कुनै कसैको आग्रह र हस्तक्षेप थिएन ।

***
नूर इमेजेजको टिमसँग ५ दिन यात्रा गर्दा हाम्रो राजधानी बाहिरका पत्रकारले गर्ने फोटोग्राफी र विदेशीले गर्ने बीचका अन्तरहरू देख्न पाइयो । रफिकी पोट्रेट फोटो र बोनेट डीएसएलआरबाट भिडियो खिच्ने । दुवैलाई आफूले खिचेका विषयमाथिका कथा पनि चाहिएको थियो ।
फोटो, भिडियो, लेखन, अडियो लिने सबै काम एकसाथ गरिरहेका थिए । एउटा विषयमा चाहिने जानकारी केही नछुटाउने तरिकाको काम गराइ थियो उनीहरूको । फोटो र भिडियोका लागि प्रकाशको मापदण्ड पुरै नापजोखसहितको । लाइट मिटर, जीपीएस आदि सबैको काम लिइने । पोट्रेट खिच्न पनि सब्जेक्टको ब्याकग्राउण्डमा सेतो पर्दा राख्ने, एक्स्टर्नल फ्ल्यास पनि कोडालाइटको ठूलो चलाउने । त्यसको ब्याट्री पनि भारी भरकम । पहिले भिडियो-अडियो । त्यसपछि फोटोको काम । 
हुन त फोटोपत्रकारिता आफैमा जटिल छ । जटिल यस अर्थमा - खिचेर हिड्न पाइँदैन । के खिचियो ? त्यसको जानकारी टिप्नै पर्छ । टिपेको जानकारीलाई न्याय दिने फोटो हुनैपर्छ । हाम्रो नेपाली फोटोपत्रकारितालाई अर्थ्याउनु पर्दा मलाई शोखका लागि गीति एल्बम निकल्ने र गायनलाई निरन्तरता दिएर टिक्न खोज्नेका उदाहरण सटिक लाग्छ । आफ्नो आवाज सुन्नके लागि नि पैसा खर्च हुन्छ । यो रहर, ट्रायल अनेक रूपमा हुन सक्छन् । करिअर नै बनाउनका लागि पनि मान्छे जिन्दगीमा 'टर्निङ प्वाइन्ट' पर्खिरहेको हुन्छ । राम्रो गाउनेले पनि खास प्रकारका मोडमा आफूलाइ प्रमाणित हुनेगरि उपस्थित गराउन सकेन भने करिअरको बाटो फेरिन्छ । यो बाटोको तालमेल अनौठो छ । 
फोटोपत्रकारिताको करिअर बनाउँछु भनेर कस्सिनेका लागि हाम्रा नेपाली सञ्चारमाध्यम कति मित्रवत छन् भन्नेमा केलाउनु-खुर्किनु पर्ने कुरा धेरै छन् । आफ्नो घरबाट पैसो हालेर सञ्चारमाध्यमका लागि काम गरिरहेको युगमा नेपाली छन् । केही समय बिताउन रहर गरेर सञ्चारमाध्यममा पस्ने पनि जमात छ । त्यो पक्कै लामो समय टिक्दैन तर, पारिश्रमिक पाए/नपाए पनि निस्फिक्री रहने मनुवाहरूका कारण यसैलाई करिअर बनाउँछु भन्नेलाई अप्ठ्यारा सिर्जित हुन्छन् । नेपाली फोटोपत्रकारितामा अहिले पनि २/४ जनाबाहेक अरूले आफ्नै निजी सम्पत्ति खर्चेर किनेका सामान खियाएका छन् । काम गरिरहेको माध्यम देखिने ठाउँ हो, यसका आधारमा बाहिरका आवधिक अवसर हात पार्ने काम गरिन्छन्/गर्छन् । की वायर सर्भिसका लागि काम गर्न पाए टिकिने, कि त आफ्नो अर्को बलियो आधार भएर पत्रकारिता नामका लागि गर्नेलाई सजिलो छ ।  
यी दुइ पाहुना आफू कार्यरत संस्थालाई सबथोक किनाएर क्याप्चर भएका कुरामात्रै दिनेगरि आएका थिए । कसैलाई भेट्नै परे उसको समय नाश हुने, आर्थिक नोक्सानी पर्ने अवस्थामा क्षतिपूर्ति दिनेसम्मको विकल्प उनीहरूका साथ थियो । 
**** 
पाकिस्तानी मुस्लिम परिवारका रफिकीले आफ्ना अनुभव सुनाए -'मैले धेरैपल्ट टाइम्स, न्यूयोर्क टाइम्स र यस्ता ठूला पत्रिकाका सम्पादक तहकाहरूसँग झगडा गरेको छु । धेरैजना फोटोपत्रकारलाई अवमुल्यन गरेर हतोत्साही गरिरहेका हुन्छन् ।' आफ्नो कामको मूल्यांकन आफै गरेर अघि बढ्नको विकल्प नभएको उनले बताए ।
'धेरैपल्ट फोटो स्टोरी त्यस्ताको प्रमुखतासाथ छापिन्छ, जो एडिटर, पेज एडिटरका चिनजानका, आफन्त र मुल रूपमा फोटोपत्रकारितालाई मुख्य काम मानेर गर्ने हुँदैनन्', उनले भने, 'यो एक प्रकारले फोटोपत्रकारलाई चिढ्याउने काम हो । पेशामाथिको भद्दा मजाक हो । तर, गर्छन् । गरिरहेका छन् । त्यसैले कहिलेकाँही झगडा पर्छ ।' यस्तो स्थिति जहाँसुकैका सञ्चारमाध्यममा समस्या भएको उनले सुनाए । 'तर, निराश नभइ आफूले छानेको विषयमाथि राम्रो काम गरेर अडान राख्नैपर्छ', उनले विकल्प बताए, 'सोसल मिडियामा आफ्नो कामको प्रचार हुनेगरि पोस्ट बढाउनु पर्छ । यसका लागि फेसबुक, इन्स्ट्राग्राम र यस्ता माध्यम ठीक छन् । पत्रिकाका पाठकले यी माध्यमबाट पनि फोटोपत्रकारको कामलाई याद गर्छन् ।'
रफिकी सञ्चारमाध्यमसँगको कामका मामिलामा कुरा गराइले अनुभवी लागे । उनका तर्क हाम्रो कामका मामिलामा पनि धेरै फरक थिएन । 'एउटा फोटो स्टोरी गरौ । त्यसको अलि लामो टेक्स्ट लेखौं । पेज एडिटरले २/३ वटा फोटोमात्रै छानेर काम खत्तम गर्छ', उनले बताए, ' अरू फोटा जतगसाथ राख्ने अनि मौका पर्खने । छिटो र भनेकै बेला नहुन सक्ला तर, त्यो कामको कदर हुने समय आउँछ ।'
मलाइ लाग्यो- 'के कुरा गर्छ यसले । सोझो र सुनिदिने भेटेर खुब अर्तिवाला कुरा गरिरहेछ !' मैलै सोधे 'त्यसरी मौका आउला भनेर कसरी चल्छ ? कहिले आउँछ त वास्तवमै मौका ?' उनी हाँसे र, भने 'म भन्न सक्दिन । तर, आउँछ भन्ने थाहा छ । मेरा लागि आएका छन् ।'  साँच्चै आदर्शका कुरा गर्न सजिलै हुन्छ । व्यवहारिक हुने कसरी भन्ने चाहि मान्छेले भोग्छ-सिक्छ । 
उनले सम्झौता नगरी विषय टिप्नुपर्ने बताइरहे । म सुनिरहें । भेटको दोस्रो दिन थियो दुवैका कामका तरिका देख्न पाएको । धरानको बसाइँमा मैले यी दुवै भेट्रानहरूका गूगलले देखाएका केही लिंक खोलेर हेरें । साँच्चै निकै काम गरेकाहरू रहेछन् । 
पेपको काम गराइ रफिकीभन्दा फरक । उनले विषयलाई आफ्नो उपस्थितिको बाधा पर्न नदिइ खिच्थे । यो शैली मलाइ मन परेको हो । उनी कम बोल्थे । फरर नभए नि काम चल्ने उर्दू बोल्ने रफिकी कश्मीरका मुसलमान परिवारका, हाल उनका आफन्त पाकिस्तानमा । आफू अफ्रिका बसेर रूवान्डामा काम गरिरहेका । नेचुरल लाइटमै काम गर्न मन पराउने पेप स्पेनिस । 'म लाइट डिस्टर्ब गरेर खिच्दा रमाउँदिन', उनले भने, 'जस्तो छ त्यही नेचुरल लाइटमा फोटो गर्दा राम्रो । मैले अहिलेसम्म त्यस्तै गर्दै आएको छु ।'
***
निकोनको  डी८१० (फुलफ्रेम) क्यामेराधारी यो जमात फिक्स र २.८ लेन्स चलाइरहेका थिए । दुइवटा ट्राइपोर्ट, एक्स्टर्नल भ्यू-फाइन्डर, हार्ड-ड्राइभ, फ्ल्यास, माइक, रेकर्डर, त्यसका आवश्यक डिभाइसहरू । एप्पलका ल्यापटप । लोप्रोका ब्याग ।  सामानको अति जतन गर्ने । हराउला, झर्ला, धूलो लाग्ला भनेर चनाखो । स्थितिअनुसार बढी ट्राइपोर्ट नै प्रयोग गर्ने । 
एउटा खास विषयका लागि यिनीहरू आफू अनुकूल परिस्थिति बनाउन हरतरहले तयार थिए । खोटाङ फर्कनुपर्ने एउटा जोडीलाई एक दिन रोकिन लगाएर होटल, खाना र गाडीभाडा दिएपछि उनीहरू कतिसम्म तयारीमा थिए भन्ने बुझियो ।
फुर्सदमा पेप एमेजोनमा आउने क्यामेराका सहयोगी डिभाइसबारे सर्च गरिरहने । रफिकी इन्स्ट्राग्राममा फोटो पोष्ट गरिरहने । नूरको अर्को टोली पाकिस्तान पुगेको रहेछ । त्यो टोली पनि उसैगरि फोटो पोष्ट गरिरहेको थियो ।  
***
हामीले धरानबाट थालेको यात्रामा सप्तरीको जोगिनियाँ, सिरहाको कर्जन्हाहुँदै धनुषाको  रघुनाथपुर छिचोलियो । रघुनाथपुरको किरतपुर पुग्दा झमक्क साँझ परेको थियो । नेपाली भाषा बुझ्ने नै भेट्न गाह्रो । तर, तराइका भाषा सजिला छन् । जवाफ उनीहरूकै लबजमा फिराउन सकिएन भने पनि भोजपुरी-मैथिली मिसाएर बोल्दा चल्छ । थोरै हिन्दी थोरै नेपाली मिसाएर जवाफ दिँदा पनि सञ्चार हुन्छ । भाषैले समस्या भएन ।
अहिलेका डीएसएलआर क्यामेरा भिडियो खिच्न गज्जप सुविधासहितका छन् । तर, कस्तो खिच्ने ? जेमा दिनुपर्ने हो, त्यहाँ गुणस्तर बुझेकाहरू के खोज्छन् ? यी प्रश्न महत्व राख्छन् । ती महत्वअनुसारै हुने रहेछ मूल्य र गुणस्तरका लागि क्यामेराको चयन ।
फोटो सकभर ठूलो साइजमा 'र' फर्मेटमा खिच्ने ।


नेपाली यूनिकोडमै फरर टाइप गर्दै जाम भनेको ..................
लेख्ता लेख्तै अल्छि लाग्यो । 
कुनैबेला लेखम्ला फुर्सदमा फेरि । 






गढीमाइ, बलिप्रथा र हामी

सप्तरीको कंकालिनीमा दशैंको महानवमीमा राँगो-पाडो बलि दिइन्छ । त्यो मन्दिर मेरा लागि डेढ घण्टाकै मोटरसाइकल यात्राको दूरिमा छ । काटेको, रगतपच्छे र बिभत्स तस्बिर पत्रिकामा छापिन्नन् । त्यसैले खिच्न जाने कुरो पनि भएन ।
तर, एकपल्ट मन लाग्यो । घरमा दशैं लागेको छ । अफिस विदा भए पनि जाने सुनेर श्रीमतिजीले साथै जान मन गरिन् । २ वर्षअघि हो । गइयो । खिचियो । चार सय हाराहारी बलि हुने थियो । ३०/३५ भएपछि नै त्यहाँ बसिरहन मन भएन । हिडियो । गएको दशैंमा फेरि त्यहाँ जान मन भयो । यसपटक मैले सुनसरीका फोटोपत्रकार साथीहरू यात्रा थुलुङलाई बोलाएँ । इटहरीबाट हाम्रो यात्रामा बिसप ताम्राकार पनि थपिए । बिसप पनि राम्रो फोटोग्राफीमा कुशल छन् । 
कंकालिनी मन्दिर कोसी ब्यारेजबाट केही पश्चिममा छ । यहाँ तराइवासी र भारतीयकै भीड लाग्छ । भीड थियो । हामीले गाडी प्रहरी कार्यालय हातामा पार्किङ गरि खिच्न गयौं । पुगेलगत्तै बलि सुरू भयो । ४०/४२ वटा पुगेपछि त्यो दिन पनि धेर बसिएन । हामीमध्येका धेरै यस्ता हुने- रगत हेरिरहँदा टाउको दुखेजस्तो लाग्ने । बलिका तरिका । छिनालेपछि लडेकाको टाउको र जीउ तह लाइएको हेरियो । खिचियो । हिडियो ।
*** 
सप्तरीको भारदहभन्दा धेरै बलि बाराको गढिमाइमा हुने सुन्दै-पढ्दै आएको हो ।  बेलायतमा गढीमाइमा हुने बलिको विरोध भएपछि यसपटक धेरैका ध्यान त्यतातिर छ । अझ भारतको अदालतले गढीमाइमा हुने बलिलाई नै लक्ष्य गरि त्यतातिर पशु लान नदिनु भनेपछि पनि ध्यान सोझिएको हो । गढीमाइ र कंलालिनीमा दिइने बलिको हिसाब फरक छ । तरिका लगभग उस्तै हुन् ।
तराइवासीमा भाकल गर्ने चलन । र, त्यो मनोकांक्षा पुरा भएको मानिए बलि दिएर भारा तिरेको ठान्ने संस्कार । जाति र समुदाय बिशेषका चलनका आफ्ना विविधता छन् । जसरी कसैको मौलिक भाषा, भेष र धर्मलाई सम्मान गरिनुपर्छ भन्ने मान्यता हो, त्यसैगरि गढिमाइ आउने जमातका चलन पनि बुझ्न बाकी छन् । एकोहोरो विरोधले उनीहरूका आस्थामाथि चोट पारिनु हुँदैन । 
 काठमाडौंबाट फोटोपत्रकार भाइ लक्ष्मीप्रसाद ङाखुसीले अस्ति फोनमा भनेका थिए 'खिच्न पाइन्छ/पाइँदैन थाहा छैन दाइ । तर, खिच्नै भनेर गढिमाइतिर लागियो ।' आज त्यहाँ बलि सुरू भयो भन्ने खबर सञ्चारमाध्यममा छन् । ङाखुसी जसरी पुगेका साथीहरूले सुरक्षित काम गर्न पाउन् भन्ने लागेको छ । उताका खबर आसलाग्दा पढ्न मिलेको छैन । खबर पढ्दा लाग्दैछ- आफ्नो चलन मान्न पनि लुकी लुकी काम गर्नुपर्ने अवस्था पारिएको छ ।
यस्ता मन्दिरमा गरिने राँगा-पाडा बलिप्रथा अलि अनौठो छ । अनौठो यस अर्थमा- बलि दिन ल्याउनेले त्यो पशु ढालेपछि लैजाँदैनन् । त्यसको रगत छर्छन् । कुल र भैरव पुज्छन् । ढलेका टाउका र जीउ मन्दिर व्यवस्थापन समितिले लिलाम गर्छन् । खरिदेको भीड लागेको हुन्छ । कंकालिनीमा महानवमीमा गरिने बलि ५ सयवटा हाराहारी पुग्ने रहेछ । गढीमाइमा ४ हजार नाघ्छ भन्छन् खबरी साइटहरू ।
बलि दिइएका पशु त्यतिकै मन्दिर परिसरमा त नसड्दा हुन् । खरिदे त्यहाँ पनि पुग्ने होलान् । विभिन्न सहर पुग्ने मासू बिक्री हुँदो हो । कतै त्यसै नफालिए गिद्धजस्ता पंछी र स्यालजस्ता जनावरले पनि आहारा कताबाट पाउँछन् होला । 
आस्थामा अचम्मको नशा हुन्छ । समाज अझै पनि बिरालो बाटो काट्नुलाई साइत बिग्रने मान्छ । बलि हट्न समय त लाग्छ नै । मलाइ लाग्छ, समयले कुनै दिन यो हटाउँछ । बल गरेर लगाइने रोकमाथि अरू तत्वले खेल्न पाउँछन् ।
डार्बिनको बाँच्नका लागि संघर्षकै सिद्धान्त हेर्दा पनि सबै प्राणी बलियाले निर्धाको सिकार गरेका छन् । प्रकृतिले आश्रित हुन सिकाएको छ । बाघ बचाउनु पर्छ भन्नेमा कसैको पनि दुइ मत हुँदैन । तर, उसले घाँस खाँदैन । खाने मासू हो । मासूका लागि कुनै पनि प्राणी मारिनु हिंसा होइन र ? तर, प्रकृतिप्रदत्त पारस्थितिक चक्र यस्तै छ । एउटामाथि अर्को निर्भर छ ।  
धान फलेको खेतमा मुसा लाग्छ । मुसाले धान खान्छ । आफ्नो सन्तान बृद्धि गर्छ । तर, त्यसको संख्या धेरै हुन नदिन प्रकृतिको चक्र छ । मुसालाई सर्प, गरूड, लाटिकोसेरोलगायतले सिकार गर्छन् । जाति र संस्कार विशेष मान्छे पनि मुसाको सिकारमा पछि पर्दैन । यो चलनले मुसाको वंश पुरै निर्मुल हुन्न तर, संख्या अत्यधिक हुन नदिन नियन्त्रणको काम गरेको छ । 
मान्छे सर्वश्रेष्ठ प्राणी भएकाले अरूलाई कज्याएर राख्छ । पशु पाल्छ । आफ्नो मन लागी गर्छ । उसले पाल्ने वा जंगलकै पनि कुखुरा, बाख्रा, गाइ, भैसीको सिकार कसैले नगर्ने हो भने तिनका संख्या कति हुन्थे होलान् ! मान्छेले ती सबैको संख्या नियन्त्रणकै लागि पनि संस्कृतिमा विधि बनाएको छ । हामीले देखेको अब पुराना केही संस्कार फेरिएको समयमा सटिक नलाग्न सक्छ/हुन्छन् । सुधारको बाटो खोजेको राम्रो । केही संस्कार भलै उनीहरूलाई आरिस लाग्दा होलान् तैपनि हामी दातृले दिसा गरेपछि, खाना खानअघि हात धुन पर्छ भनेर सिकाउने युगमै छौ । 
छठका बेला नदि, जनाशय, घाट सफा पारिनु पूजाको लागि पवित्रस्थल चाहिने भएर मात्र होइन । सफा हुनु मान्छेकै जीवनका लागि बढि महत्व राख्ने बैज्ञानिकता लुकेको पक्ष हो । मान्छेहरू दिवंगतको आत्माले सुख पाउन, मुक्ति मिलोस् भनेर पिण्ड दिन्छन् । पिण्ड भनिने अन्नको डल्लो खोलानालामा बगाउनु भनेको जलचरलाई आहारा दिनु हो । आहारा पाएर ती जीव बढ्छन् । अन्ततः तिनलाई निल्नेहरूमा प्राणी धेरै छन् । बढ्नै पाएनन् भने मान्छेले नि उनीहरूबाट पाउने लाभको बाटो गुमाउँछ । प्रकृति र पर्यावरण संतुलित राख्न धार्मिक संस्कारमा धेरै बिधि यस्ता छन् जसले सुदुर परिणाम बिचारेका छन् । बुझ्दा भलै हामी झट्ट त्यहाँसम्म पुग्न सजिलो छैन । 
धार्मिक आस्थामाथि चोट दिइनु हुन्न । अझ परबाट अरू कोही फरक आस्थाकाहरूले अर्कालाई होच्याउने त गर्नै हुन्न । सुधार भित्रैबाट खोजियो भने त्यसले विवाद ल्याउँदैन । म गढीमाइमा हुने बलिको विरोधको पक्षमा छैन । तर, यसलाई एकोहोरो विरोधभन्दा व्यवस्थित बनाउन जोड दिइनुपर्छ भन्छु । संस्कृति जाति, समुदाय र स्थान विशेषको विशेषता पनि हो । मान्छेका संस्कारहरू सरेर संसार देशजस्तो हुन थाल्यो भन्दैमा बलले तुरून्तै केही फेरिदैन । फेर्ने हो भने सुधारका लागि योजनाबद्ध अभियान हुनुपर्छ । 
मासू कारखानाभित्र पसेर हेर्दा मलाई गढीमाइको बलि दिने तरिकाभन्दा धेरै भिन्न लाग्दैन । फरक यति छ, त्यहाँ रगत बाहिर छताछुल्ल पारिँदैन । मार्ने तरिका त बलि दिनेले च्वाट्ट काटेभन्दा क्रुर नै छ । अहिलेलाई बलिमा बरू स्वस्थ पशु, निश्चित संख्या, बाहिर बिभत्स नदेखिने व्यवस्थापन जरूरी छ । पुरै छेकबार लगाएर त्यहाँ स्लटर हाउस खोल्न खोज्दा प्रत्युत्पादक हुन्छ ।
त्यसै पनि पश्चिमाको बोलीमा लोली मिलाउँदा फाइदा बुझेकाको जमात बढ्दो छ । के विश्व बजारमा बिक्री हुन्छ र, हाम्रो गोजी बलियो हुन्छ भन्ने बुझेकाहरू बग्रेल्ती भएका छन् । हामी उताका कुसंस्कार र क्रुर चलनबारे सोध्न सक्ने भएनौ । आफ्ना घरका भित्ता फोरेर सधैं बहादुरी देखाएकै हौ/छौ । चेत फिर्नु पर्छ । 
गढीमाइमा हुने बलिको विरोधले बिस्तारै संसारको ध्यान तानेको छ । यसलाई व्यवस्थित कसरी पार्ने भन्नेतर्फ अब सोच्ने बेला भएकै हो । नगर क्षेत्रमा बढेका भुस्याहा कुकुर कुनैबेला नगरपालिकाले विष खुवाएर मार्ने गरेको थियो । विरोध भयो । लामो समयपछि बल्ल बन्ध्याकरणको विकल्प कतै कतै अवलम्बन गरिएको देख्न पाइएको छ । बिरोध गर्नेहरूले पनि धर्मसंस्कृतिमाथि धावा बोल्नेगरि उठ्नुभन्दा सही विकल्प सुझाउनु पर्छ । नकि पश्चिमाले विरोध गरे, उनीहरूको आवाजमा बल दिउँ भनौ ।  अहिलेलाई यति नै ।     


Wednesday, November 26, 2014

बाटो

 
लान क्यै पाइन्न 
तैपनि दैनिकी दौडधुपको
असन्तुष्टिका गठरी बोकेर 
यात्रा आफ्नै गतिमा चलायमान हुन्छ 
जानेहरू भन्दैनन् 
भन्नेहरू पनि जान्दैनन् 
टिकट कहाँसम्मको हो
उत्रनुपर्ने कता हो 
कहाँसम्म सवारी
कता पदयात्रा 
कुन गन्तव्य 
अन्जान यात्रीहरू भेटिन्छन्
छुटिन्छन् 
म हेर्छु 
उनीहरूका पदचाप
कानमा मसिनो मसिनो गरि 
बिलिन हुन्छन्  
हराउँछन्
बाँकी के छ ?
सम्झनाका डोबहरू
यै चप्पल छुटेजस्तो मात्रै ।

#जोगिनियाँ, सप्तरी
सप्तकोशी, पश्चिमी तटबन्ध क्षेत्र 

Tuesday, November 18, 2014

Varsity students build toilet for female students

BIRATNAGAR, NOV 18 - With an intention to help female students, three graduate level students from Kathmandu University (KU) have helped construct a toilet for female students at Bidhya Bikash Primary School in Biratnagar-19.

Using money collected through donations, students Aastha Basnet, Sahara Basnet, and Aarju Basnet have constructed a three-roomed building with two toilet s and a bathroom for female students at the cost of Rs 275,000.
The school, which runs classes from grade one to eight has a total of 336 students, of which 206 are females. However, due to lack of separate toilet s for girls, the female students had been facing a hard time and had trouble attending the school on a regular basis.
“We felt the need to do something after learning about their plight and managed to collect Rs 300,000 in donations through various programmes,” Aastha said during the handover ceremony on Friday, adding that the remaining amount will be used to procure stationeries for the students. “Although it is not a big achievement, we wanted to spread the message about their problem and draw the attention of stakeholders and concerned authorities,” she added.
The trio had learned about the plight of the students when they had reached Mangalbare in east Morang during March last year to distribute clothes and relief materials. As the students were compelled to abandon school during their menstrual cycle owing to lack of separate girl’s toilet , affecting their studies, we wanted to do something that would send a message to the society, Aastha said. Previously, the school only had a two-roomed toilet , one for the teachers and another for students, said an eighth grader Laxmi Sharma.
Stating that the toilet used to be filthy and female students had to play truant during their menstruation, Laxmi said that they were grateful now that they did not have to refrain from attending school on such pretexts.
Published in The Kathmandu Post on: 2014-11-18 (4th page)
url link : http://goo.gl/7OE5JS 

Saturday, November 15, 2014

Family seeks cure for genetic disease

MORANG, NOV 14 - Constantly ridiculed by his peers who call him “two-headed”, 12-year-old Raghubir Mudiyari of Bhedibathan, Babiyabarta-3 has lost all interest in his studies. Lamenting that even his teachers did nothing to help him stave off the torments, Raghubir said he no longer wants to attend school.
A fifth grader at local Janapriya Higher Secondary School, a huge lump of flesh which is round in shape has grown on Raghubir’s head. And it has been growing by the day. Apparently, Raghubir is not the only one from his family affected by the debilitating condition, as his mother, two sisters and a younger brother have also been suffering from this disease.
Diagnosed as neurofibromatosis, a rare genetic disease which causes nervous system tumors, Dr Ghana Shyam Jha of Koshi Zonal Hospital said that “the disease has no cure”.
“It is an inherited disease. However, despite the growth of tumors on the body, it does not pose cancer risk,” Jha said, adding that they cannot do anything for the patients with such conditions apart from consoling them that it would not pose a mortal threat.
While Raghubir’s mother Phool Kumari is in no condition to work due to the benign tumors on her head also spreading to her shoulders and other parts of her body, even Radhika, Raghubir’s elder sister, has been troubled after the disease started manifesting on her legs.
“I am worried as to how I should take care of my family, as our mother cannot work and following the manifestation of the disease in me, I too have trouble working in the fields,” Radhika lamented, adding that she has not
talked about her condition to anyone as she fears she might not get any work which could seriously affect their daily livelihood.
“When we think about our father and the debt he had taken to build this house, we don’t know what to make of our condition,” Radhika said. Their father, the only member of the family not affected by the disease, had passed away just a month ago.
Although senior surgeon Dr Sunil Chandra Adhikari at the Koshi Zonal Hospital said that the tumors can be cut down to ease the pain of the affected, the right kind of treatment still depends on the individual situation of the patient.

However, that too is not an option for the economically deprived Mudiyari family afflicted by the debilitating genetic disorder.

बिसेक नहुने रोग लागेपछि ....
एकजना मित्रको इ-मेल पाएपछि जिज्ञासा भयो । फोन गरें । ठेगाना सोधें । अनि उहाँले फोटो र सानो क्याप्सनमा दिन खोज्नु भएको खबरलाई आफैं पुगेर एउटा सिंगो समाचारका रूपमा लेख्न मन बनाएँ । धेरैपल्ट खबरको सुत्र यसरी पनि पाउने हो ।
सुत्र चिनेर पच्छ्याउन सके सग्लो पठनीय समाचार बन्छ । मेल पाएको भोलिपल्ट अफिसतिर नआइ मेरो मोटरसाइकल विराटनगरबाट पूर्व सिंघिया तरेर हान्नियो ।
गाउँमा पुराण जारी थियो । आमा र मेरी श्रीमतिको आग्रह त्यहाँ गइदिए, वाचक भेटिदिए हुन्थ्यो भन्ने । मन्दिर निर्माणका लागि स्रोत जुटाउन गरिएको आयोजना ठीकै हो । तर, त्यहाँ म जानु भनेको उनीहरू अखबारमा समाचार र फोटो छापिएर आअोस् भन्ने आसमा छन् भन्ने प्रष्ट थियो । समाचारका भीडमा पुराणका समाचार निकै फरक र ध्यान आकृष्ट गर्ने क्षमता बोकेको हुनुपर्छ । म तेता गएर मात्र केही हुन्नथ्यो । बरू गाउँ जानु, कुनै दुःखीका लागि भर हुने समाचार लेख्नु धर्म हो जस्तो लाग्छ । धेरैपल्ट समाचारका कारण मान्छेका दर्द निवारण भएका छन् । त्यो बेला आत्मिक आनन्द पनि महसुस हुन्छ । लाग्छ, धार्मिक समारोहमा उपस्थिति जनाउनुभन्दा त्यताको आनन्द कैयौं गुणा ठूलो छ । त्यस्ता स्थिति कामको दैनिकीमा उर्जा दिने प्रकारका नै हुन्छन् ।
पत्रकारितामा एउटै आनन्द के हो भने भलै वेतन थोरै र जिन्दगी अभावमै बितोस् । तर, कतै गएर 'म फलानो' भन्दा मान्छेले समाचारका कारण चिनिदिए काम गर्ने उर्जा त्यहीँबाट प्राप्ति महसुस हुन्छ । हुन त बिगत आठ महिनादेखि मेरो काम गराई भुमिगत पाराको भएको छ । समाचार संयोजकको जिम्मेवारीले मलाई पहिले जसरी घुमिहिड्न मिल्दैन । हरेक साता सहकर्मीलाई नयाँ विषय सुझाउने, उनीहरूका सुझावबाट विषय छनोट, अनि पठाइएका समाचारमा फाइव डब्ल्यु वन एच र आफ्नो पत्रिकाको शैलीमा लेखाइ कसरी मिल्छ भनेर काटछाँट र पालिस लाउनेका काम छन् ।
केही सजिलो सम्पादनका काममा अग्रज सहकर्मी माधव घिमिरेका कारण छ । उहाँलाई मैले आफू कतै जाने जानकारी दिएर हिड्न त मिल्छ । तर, साथै बसेर काम गरिँदा त्रुटी भरसक नजाअोस् भनेर सल्लाह भइरहने भएकाले दुवै वल्लोपल्लो टेबलमा कम्प्युटरका की-बोर्ड टाकटाक टुकटुक पारिरहेका हुन्छौं । समाचार सम्पादन,जस पाउने र आफू देखिने कामै होइन । नगरी पनि भा छैन । जिम्मेवारी पछिका अवधि मैले पहिले जसरी शनिवारे कोसेलीमा 'चरा-जीव र वातावरण' विषयमा लेख्न पाएको छैन । ती विषय लेख्नका लागि समय र खर्चको माया नगरी हिड्नै पर्छ । मान्छेका कुरा लेख्न परे गाउँबस्ती, जीव र वातावरण लेख्न परे जंगल, खोलानाला । त्यसैले समय लाग्छ ।
यी गन्थन यस्तै हुन् । यसपटक मेरा मित्रको एउटा मेलका कारण समाचार लेख्न मन लाग्यो । अब अघि बढौं ।

***
मित्र (उमेरमा अग्रज) राजन पौडेल प्लान नेपालमा काम गर्नु हुन्छ । उक्त संस्थाको कार्यक्रमभित्र असक्त, अपांग, विपन्नलाई सघाउने कार्यक्रम भएकाले त्यस्ता मान्छे र परिवार उहाँले भेटिरहनु नौलो थिएन । तर, उहाँको राम्रो बानी- अवस्थाले असक्त भएपनि पौरखले बाँचेकाहरूका कथा हरेक साता स्थानीय दैनिक 'उद्घोष' मा लेख्नु हुन्छ । उहाँको स्तम्भको नाम नै पौरखी पात्र छ । 
प्लानले मध्य र सुदुर पश्चिममा सञ्चालित कार्यक्रममा लामो समयदेखि कार्यरतका लागि पूर्व देखाउने कार्यक्रम राखेछ । यही बेला आफ्ना ती साथीहरूलाई गाउँ घुमाउन पुगेका राजनजी बबियाबिर्ताको भेडीबथान पुग्नु भएछ । बेलुकी मलाई तस्बिर मेल गरेपछि फोन गर्नुभयो । ती परिवारको उपचारका लागि कोही दयालु वा रूची र क्षमता राख्ने कसैको ध्यान आकृष्ट गर्न सके भलो हुन्थ्यो भन्नुभो । 
पत्रकारितामा परोपकारको धार पनि छ । लेखेर भलो हुन सक्छ भने किन बल नगर्ने ? म उहाँको कुरामा सहमत भएपनि एउटा फोटो र थोरै जानकारीले सूचना पूरा हुने थिएन । त्यसैले म ती परिवार भेट्नैका लागि जानुपर्ने भयो । मोबाइलमा कुरा भइरहेकाले राजनजी कर्सियामा भेट हुनुभयो । हामी उनीहरूको गाउँ पुग्यौ । त्यो ठाउँ बिराटनगरबाट करिब १६/१७ किलोमिटर टाढा हुँदो हो । कर्सियाबाट कालोपत्रे सडक छाडेपछि करिब ९/१० किमिको दूरिमा भित्री बाटो ।
*** 
घाम-धूलो खेप्दै हामी पुगेपछि थाहा भो- कान्छी छोरी भेट्न फूलकुमारी विराटनगर पुगेकी छन् । घरमा १२ वर्षे रघुवीर र ठूलीछोरी राधिका थिए । फोनमा कुरा गर्न सम्भव भएपछि फूलकुमारीलाई विराटनगर नै पुगेर भेट्ने भइयो । घरमा भेटिएका दिदी-भाइ र छिमेकीसँग कुरा गरियो । अलि वर बबिया बजार आएर स्वास्थ्य चौकी इञ्चार्जलाई भेट्न मन लाग्यो । दिउँसो करीब डेढ बज्दै थियो । 
सप्तरी, मलेकपुरका नन्दलाल साह (चौकी इञ्चार्ज) बेलैमा हाजिरी बजाएर निजी कामतिर हिडिसकेका रहेछन् । खबर पटाउन लाएपछि केहीबेरमा पान चपाउँदै आए ।  राम्रै कुरा भयो । फूलकुमारीलाई धेरैअघि देखेको उनले बताए । अहिलेको अवस्था उनलाई थाहा रहेनछ । ४० सालदेखि स्वास्थ्य सेवाको जागिरमा हिडेपछि आफ्नो थातथलो आफूले बबियामै सारेको सुनाएका उनको कुरो प्रष्ट थियो -'त्यस्ता रोग चिन्ने र उपचार गर्ने ल्याकत हामीसँग हुँदैन । छैन पनि ।'
***
'उनलाई घर फिर्न ढिला हुन्छ । छिटो आउनु हुन्छ की' विराटनगरबाट फोन आयो । फूलकुमारीको छोरी बसेको घरको बुहारीले गरेकी थिइन । मैले हतार हतार फिरेर राजनजीलाई कर्सियामा छाडें । अनि विराटनगर फिरें । भेट भयो ।
फूलकुमारीको छोरी बसेको घरका मुली छबिलाल मैनालीले भने 'यो यसको पुरानो रोग हो । निको भएन ।' आफूले १४/१५ वर्षअघि कुष्टरोग निवारण परियोजनाको क्लिनिकमा जचाउँन ल्याएको सुनाए । त्यो बेला डाक्टरले फूलकुमारीलाई कुष्टरोग नभएपनि 'यो सरूवा रोग होइन' भनेका रहेछन् । अर्का एक चिकित्सकले फूलकुमारीको बिहेअघि नै 'यसको बिहे नगरिदिनु । सन्तानमा यस्तो रोग देखिन सक्छ' भनेका रहेछन् । तर, उनको बिहे भयो । शरिरमा फोका बढे । मासू लत्रियो । अब सन्तानमा यस्तो समस्या देखिएपछि गरिब परिवार मर्कामा थियो ।
मैनाली र फूलकुमारीका कुराबाट के प्रष्ट भयो भने उपचार लाउन उति दौडधूप गरेनछन् । जनबनी गरेर खाने परिवारले कति पो गर्न सक्ने । उनीहरू चल्पसंख्यक झाँगड समुदायका । लोग्नेको पेशा दिगो थिएन । त्यसै पनि उनीहरूको परिवारका अधिकांश पुरूष दिनभर काम गरेर बेलुकी रक्सीमा सबै उडाउने मैले सुनेको थिएँ । फूलकुमारीका लोग्नेको बानी त्यस्तै रहेछ । ऊ मर्‍यो । उसको काजकिरियाको ऋण । ऐलानीमा बनाएको सानो झुप्रो । त्यो बनाउँदाको पनि ऋण रहेछ ।
बृद्ध मैनालीको कामत त्यो गाउँमा र घर विराटनगरमा । नजिक भएकाले त्यहाँका मुडियारी उनले अराउपराउ गर्ने कामदार । जानेबुझेका पहाडे छिमेकीको भरमा उनीहरू रहेछन् । काम गर्दै पढाइदिन फूलकुमारीको छोरी अन्जना उनीकहाँ बसेकी रहिछन् ।
अवस्था बारे सोध्दा र तस्बिर लिँदा उनीहरू मप्रति आशावादी देखिए । यो स्वभाविक पनि थियो । मान्छेका घाउ कोट्याएपछि निदान पहिल्याइदेला भन्ने लाग्छ नै । धेरैअघि म जसरी नै कुनै पत्रकारले सोधेर गएका रहेछन् । खबरमा आयो आएन उनीहरूलाई थाहा रहेनछ । मलाई पनि थाहा थिएन । मैले आश्वासन दिइँन । रोगको कारक र निदान मलाई थाहा थिएन । केही हुन सके खबर गर्ने भन्दै म हिँडे ।
***
मलाई अफिस पुग्नुअघि कुनै डाक्टरलाई भेट्नु थियो । उनलाई आखिर भएको के हो ? म चर्मरोगका डा. अविनारायण घिमिरेको क्लिनिक पुगें । उनी केही साताका लागि दिल्ली गएकाले भेट हुन नसक्ने क्लिनिक कुरुवाले सुनायो ।
बाटामा ग्रीनक्रस अस्पतालछेउ एउटा पसलमा डा. रोशन पोखरेल भेटिए । उनी अहिले कोशीअञ्चल अस्पतालका मेसु हुन् । म मनोविज्ञानको बिद्यार्थी, उनी साइक्रेटिक डाक्टर । गफ मिल्ने भएकाले मैले क्यामेरा झिकेर 'यस्तो समस्याबारे कसको कोट लिन ठीक पर्छ' सोधें । उनले रोगका बारेमा बताए तर, कोट गर्न डा. घनश्याम झाको नाम सुझाए । करिब ४ बज्दै थियो । पोखरेल र झा दुवै सरकारी ड्यूटी सकेर निजीमा आइसकेका थिए । क्लिनिकमा नभेटिएका डा. झालाई खोज्न पोखरेल आफै मसँग अब पैदल यात्रामा थिए । डा. झा गोल्डेन हस्पिटलमा भेटिए । कुरा भयो । उनले भने 'यो निको हुने रोगै होइन । जिन डिसअर्डरको उपचार विकसित भएको मैले अहिलेसम्म सुनेकै छैन ।'
गोल्डेनबाट तल झरेपछि बाटामा सर्जन डा. सूनीलचन्द्र अधिकारी पनि भेटिए । उनले यस्ता कुरा अखबारमा ल्याएर प्रचार गर्नुको साटो पलाएर झोल्लिएको मासू काटेर हटाउन मद्दत गरे हुने बताए । भने 'बेकारमा के छाप्नुहुन्छ । बोलाइदिनुस् । हेरौं । सकेको उपचार लाउनु पर्छ ।' उनको कुरा मनासिब नै थियो । तर, यति लामो बाटो गएर ल्याएको खबर नलेख्नु पनि कसरी ?
डाक्टरहरूले जे भनेका थिए, अफिस आएर गुगल सर्च गर्दा मैले त्यही भेटें । जीनबाट आउने रोग । निदान नेपालमा छैन । तर, समाचार त लेख्नै थियो, लेखियो ।
कान्तिपुर दैनिकमा २७ कात्तिक २०७१ बिहीबार (11/13/2014) पृष्ठ ११मा समाचार छापियो । मैले ब्लगमा राखेको शिर्षक पठाएको थिएँ, छापिँदा शिर्षकचाहिँ फेरिएछ ।  प्रकाशित हूँदा केही शुद्धाशुद्धी र केही अनावश्यक वाक्य काटिए होलान् । लेखेको यस्तो थियो, जो धेरै फरक छैन ।
उपचार गर्दा पनि बिसेक भएन रोग
दुःखीको घरमा मात्र तेरो वास हुने भए
हे इश्वर दया राखी मलाई अझ दुःख दे । 
-बालकृष्ण सम

बबियाबिर्ता (मोरङ)- इश्वर जहाँ रहन्छन्, त्यहाँ सुखशान्ति हुन्छ भनिन्छ । त्यसैले समले कुटनीतिक पाराले यी पंक्ति लेखेको हुनुपर्छ । तर, जहाँ दुःखीका घर छन्, तिनमा अझ दुःख थपियो भने मोरङ, बबियाबिर्ता-३ भेडिबथानका अल्पसंख्यक मुडियारीको एउटा परिवारमा परेजस्तै पीडा हुन्छ ।
'दुइ टाउके आयो, दुइ टाउके आयो भनेर साथीहरू जिस्क्याउँछन्', उनले नियाउरो हुँदै भने, 'सधैं त्यस्तै । सर-मिसले पनि केही गर्नुहुन्न ।' बबियाबिर्ता-३ को भेडिबथान टोलका १२ वर्षीय रघुवीर मुडियारीको टाउकोमा मासु पलाएर ठूलो डल्लो हुँदै आएको छ । स्थानीय जनप्रिय उच्चमाविको कक्षा ५ का यी छात्रलाई साथीहरूले जिस्क्याउने गरेकाले स्कुल जान रुचि लाग्न छाडेको छ ।
फोका आउने, बढ्ने र मासुको डल्लो हुँदै जाने समस्याका पीडित परिवारका उनी एक्ला सदस्य होइनन् । आमा फूलकुमारीको अझ विजोक अवस्था छ । टाउकोमा देब्रेतिर मासू बढेर आँखै छोपिने भएको छ । जीउभरि गिर्खा पलाएका छन् । '१४/१५ वर्षो उमेरमा सानो फोका आएको थियो', ४५ वर्षीया फूलकुमारीले देब्रे काँध देखाइन र भनिन् 'अलिअलि चिलाउँथ्यो । विस्तारै बढ्दै गयो । अनि जीउभरि आयो ।'
सुरूमा गाउँको स्वास्थ्यचौकी, पछि विराटनगरको कोसी अञ्चल अस्पतालमा देखाएको बताएकी उनले भनिन् 'बिसेक भएन । जँचाउन छाडियो ।' अहिले छोराछोरीलाई पनि यस्तो आउन थालेपछि भने उनलाई  चिन्ता छ । उपचारपछि क्षयरोग बिसेक भएको भनिएका उनका पति दमका बिरामी थिए ।
'बुवा बितेको एक महिना पनि भएको छैन', ठुली छोरी राधिकाले भनिन् 'बुवालाई त्यस्तो रोग थिएन । आमालाई भएको देखेका छौ । अहिले मेरो हात-पाखुरामा आयो ।' उनले पाखुरा देखाइन । परिवारमा आमा, २५, १६ वर्षका दुइ छोरी, १२ र ९ वर्षका छोरा गरी पाँच सदस्य छन् । समस्या नौ वर्षका सुदीपबाहेक सबैका शरीरमा देखा परेको छ । गाउँकै छविलाल मैनालीका घर विराटनगर बसेर ८ कक्षा पढ्दै गरेकी अन्जनाको पनि टाउकोमा गिर्खा बढ्न थालेको छ । 
ऐलानी जमिनमा घर बनाइ बसेको परिवार अर्काको खेतमा ज्यालादारी काम गरेर गुजारा चलाउँछ । छिमेकी बिर्सो मुडियारीले भनिन् 'एकपल्ट गाउँमा चन्दा उठाएर इलाजमा पठाएको पनि हो । तर, निको भएन । ठूलो हस्पिटलमा जाने हैसियत नभएको परिवारले कसरी इलाज गरोस् ।'
'गरिब परिवार हुन् । मैले अन्जनालाई पढाइदिन राखेको छु, त्यसको पनि टाउकोमा गिर्खा बढ्न थालेको छ', मैनालीले भने, '१३/१४ वर्षपहिले फूलकुमारीलाई विराटनगर बोलाएर जँचाउदा डाक्टरले वंशाणु रोग हो, उपचार हुँदैन भनेका थिए ।' उनका अनुसार त्यसबेला कुष्ठरोगको उपचार केन्द्रमा जाँच गराइएको थियो । चिकित्सकले कुष्ठरोग नभएको बताए पनि यस्तो समस्या फूलकुमारीका सन्तानमा देखिन सक्ने बताएका थिए । 
परिवारमा अहिले जनबनी गर्न आमालाई सघाउने राधिका हुन् । 'आमा भारी बोक्न सक्नुहुन्न । टाउको दुख्छ', राधिकाले भनिन् 'भाइबैनीको हेरचाह गर्ने मलाई पनि यस्तो फोका बढ्न थालेपछि चिन्ता लागिरहन्छ ।' अर्काको खेतमा काम नगर्दा बिहान-बेलुकीको खाना नपाक्ने भएकाले उपचारका लागि कतै कसैलाई नभनेको बताइन । उनले भनिन् 'बुवाको काम र घर बनाउ“दाको ऋण सम्झँदा हामीलाई यो रोग हो कि के हो याद हुँदैन ।' 
बबियाबिर्ता स्वास्थ्यचौकीका इञ्चार्ज नन्दलाल साहका अनुसार गाउँमा फूलकुमारीबाहेक अरू परिवारका कसैलाई पनि यस्तो समस्या देखिएको छैन । 'उ पनि धेरै वर्ष पहिले एकपल्ट जँचाउन आएकी हो', उनले भने, 'त्यस्तो रोग के हो भन्ने नजानी गाउँको सानो स्वास्थ्य चौकीमा हामीले उपचार चलाउने क्षमता कसरी होस् ।' 
फूलकुमारी र उनका सन्तानका तस्बिर देखाएपछि विराटनगरको कोशीअञ्चल अस्पतालका छाला तथा कुष्टरोगका चिकित्सक डा. घनश्याम झाले भने 'यो जेनेटिक डिअर्डर हो । यसको उपचार कतै भएको मैले सुनेको छैन ।' उनका अनुसार मेडिकलको भाषामा यो रोगलाई 'न्यूरोफाइब्रोमेटोटिस' (neurofibromatosis) भनिन्छ । 'यो रेयर केस होइन तर, देखा परेर समस्यामा परेका बिरामी आइरहन्छन्', उनले भने, 'यसले अनुहार र शरिरमा गिर्खा आएर सुन्दरता बिगार्नेबाहेक अरू शारीरिक समस्या हुँदैन भन्ने हामीले पढेका हौ ।' वंशाणुबाट आउने रोग भए पनि श्रीमान/श्रीमति एकअर्का जसलाई समस्या छ उसकोलाई अर्कोको जिनले जितेका खण्डमा सन्तानमा नआउने उनले बताए । उनले भने 'फूलकुमारीको जिनले उनको श्रीमानको जिनलाई डोमिनेट गरेकाले सन्तानमा यस्तो समस्या आएको हुनुपर्छ ।'
यस्ता बिरामीको राम्रो जाँच गरी क्यान्सर भए/नभएको पत्ता लगाउन जरुरी हुने उनले बताए । 'गिर्खा छन् तर, क्यान्सर छैन भने ढुक्क भए हुन्छ', उनले भने, 'अन्यथा यसको उपचार खोजेर हिड्दा केही भेटिँदैन ।' झापामा रहँदा आफूले ११/१२ जना यस्ता बिरामी हेरेको उनले बताए । उनले भने 'मैले दिने सल्लाह चिन्ता नलिनुस् भन्नेमात्रै हो । उपचार नै छैन ।'
बरिष्ठ र्सजन डा. सुनीलचन्द्र अधिकारीले भने 'केस हेरेर मात्रै केही भन्न सकिन्छ । धेरै ठूलो डल्लो पलाएर गाह्रो परेको अवस्थामा अपरेसन गरेर हुन सक्नेसम्म सजिलो बनाउने बाटो पनि छन् ।' यस्ता समस्या भएकाहरूले अस्पतालमा सम्पर्क गरेर सल्लाह लिन जरुरी रहेको उनले बताए ।

Family seeks cure for genetic disease

Constantly ridiculed by his peers who call him “two-headed”, 12-year-old Raghubir Mudiyari of Bhedibathan, Babiyabarta-3 has lost all interest in his studies. Lamenting that even his teachers did nothing to help him stave off the torments, Raghubir said he no longer wants to attend school.
A fifth grader at local Janapriya Higher Secondary School, a huge lump of flesh which is round in shape has grown on Raghubir’s head. And it has been growing by the day. Apparently, Raghubir is not the only one from his family affected by the debilitating condition, as his mother, two sisters and a younger brother have also been suffering from this disease.
Diagnosed as neurofibromatosis, a rare genetic disease which causes nervous system tumors, Dr Ghana Shyam Jha of Koshi Zonal Hospital said that “the disease has no cure”.
“It is an inherited disease. However, despite the growth of tumors on the body, it does not pose cancer risk,” Jha said, adding that they cannot do anything for the patients with such conditions apart from consoling them that it would not pose a mortal threat.
While Raghubir’s mother Phool Kumari is in no condition to work due to the benign tumors on her head also spreading to her shoulders and other parts of her body, even Radhika, Raghubir’s elder sister, has been troubled after the disease started manifesting on her legs.
“I am worried as to how I should take care of my family, as our mother cannot work and following the manifestation of the disease in me, I too have trouble working in the fields,” Radhika lamented, adding that she has not
talked about her condition to anyone as she fears she might not get any work which could seriously affect their daily livelihood.
“When we think about our father and the debt he had taken to build this house, we don’t know what to make of our condition,” Radhika said. Their father, the only member of the family not affected by the disease, had passed away just a month ago.
Although senior surgeon Dr Sunil Chandra Adhikari at the Koshi Zonal Hospital said that the tumors can be cut down to ease the pain of the affected, the right kind of treatment still depends on the individual situation of the patient.
However, that too is not an option for the economically deprived Mudiyari family afflicted by the debilitating genetic disorder.

Published in The Kathmandu Post on: 2014-11-15 
http://goo.gl/FZZZQt

Monday, November 3, 2014

बेड नम्बर १२६

भरसक जानै नपरोस् भन्न मन लाग्नेमा पहिलो नम्बर म अस्पताललाई दिन्छु । तर, आफूले चाहेर के हुन्छ ? जानै पर्छ । हिजो र आज म विराटनगरको कोशीअञ्चल अस्पताल पुगें । धरानका एकजना दाजैका ७२ वर्षीया दिदी भर्ती हुनुहुन्छ । दाजैले हिजो विहानै फोन गरेकाले सहयोगका लागि जानु पर्‍यो । गईयो ।
सर्जिकल फीमेल वार्ड, बेड नम्बर १२६ । उहाँलाई पत्थरीका कारण साह्रै दुखेकाले भर्ना गरिएको रहेछ । मुत्रनली र पित्तमा पत्थरी । १६ एमएम भनिएको रहेछ । डाक्टर र नर्सले हिजो 'अपरेसनको पालो पाउन ढिला हुन्छ, केही दिन भर्ना राखेर घर लैजानु । पछि माघतिर अपरेसन गर्नुपर्छ' भनेका रहेछन् । अस्पताल भर्ना भएपछि दुखाइ केही कम भएको रहेछ ।
बेलुकी ८ बजे फोन आयो । बिरामीकी छोरीले भन्नुभो 'भाइ, भोली बिहानै अपरेसन गर्नुपर्छ भने । के गर्नु ?' रोग भनेको काँडा हो, जति छिटो मिल्काउन सक्यो उति जाती । दिदीलाई मैले भने 'पालो दिन्छन र भोली नै हुन्छ भने अोके गर्नुस् ।' त्यही सल्लाह भयो । 
आज अपरेसन भयो । दुइ ठाउँमा भनिए पनि पत्थरी मुत्रनलीमा मात्रै भेटियो रे । अपरेसन थिएटरबाट प्लाष्टिकको सानो प्याकेटमा पाइएको सुपारीको कुड्कोजस्तो त्यो दुखाउने कुरो दिदीले ल्याएर देखाउनु भो । बिरामी बाहिर ल्याइयो । बेडमा राखियो । अपरेसन थिएटरको भीड बुढासुब्बामा बलि दिन भाले च्यापेर उभिएकाको लामभन्दा धेरै फरक थिएन । 
त्यो भीडमा असम्बद्ध मान्छेले ढोकाभित्र पस्न नि भएन । अल्ट्रा साउण्डको रिपोर्टमा दुइ ठाउँ पत्थरी भनिएको छ । हामीले सर्जिकलको नर्स बस्ने कोठामा गएर सोध्यौ । नर्सले बताइन-'दुइ भने पनि एक ठाउँमा मात्रै भेटिएछ ।' उनीसँग सवालजवाफ गर्ने कुरा पनि भएन । त्यो रातो बत्ती बलेको कोठामा पस्न नि पाइएन ।
यो बेला के लाग्यो भने अस्पतालमा विवाद र झगडा हुने मसिना कारण यी पनि हुन् । बिरामीको उपचार सजिलै भो, निको हुने लक्षण आयो भने ठीकै छ । कोही अझ सिकिस्त र कसैले मृत्युवरण गर्दा डाक्टर कुटिएको, तोडफोड र हुलहुज्जत भएका समाचार सुन्नमा आउँछन् । त्यस्ताको कारण यस्तै खालका अन्यौल त हुन् नि । 
बिरामीका आफन्तलाई 'तपाइको मान्छेलाई यस्तो भएको हो, यसरी उपचार गरियो' भन्न किन अस्पतालले कन्जुस्याँइ गरेको होला ?
अघिल्ला केहीपटक भन्दा यी बेड नम्बर १२६ की आमै भाग्यमानी । कारण- 'छिटै उपचार सम्भव भयो । अपरेसन भयो ।' तर, परिवारका सदस्यका दुविधा नर्सको भनाइले समाधान गरेन । मलाइ पनि स्वास्थ्योपचारबारे त्यस्तो ज्ञान छैन । तैपनि मैले दिदीलाई भने -'डाक्टर आउँदा सोध्नुहोला । नभए पछि एकपल्ट राम्ररी अल्ट्रासाउण्ड गर्नुपर्छ । पत्ता लाग्छ ।'
दिदी केही दिन अघिमात्रै काठमाडौंबाट फिरेकी हुन् । उनको भाइको १० वर्षे छोरा (भदा) लाई शरिरमा रगत नबन्ने रोग देखा परेको थियो । ६ महिना कान्ती बाल अस्पतालमा उपचार गराएर फिरेकी हुन् । केटो अझै तङ्ग्रिएको छैन ।
मैले बेड नम्बर १२६ को बिरामीलाई ख्याल गर्न लाइदिन एकजना मित्र (अस्पतालका प्रशासन कर्मचारी) लाइ भनेर बाहिरिएँ । 

Sunday, November 2, 2014

दुर्घटना र दोषहरू

जीमेलको इनबक्समा बेलुकी ८-९ बजेका बीच दिनहुँ एउटा मेल थपिन्छ । सेन्डर- रीजनल ट्राफिक पुलिस, सब्जेक्ट - ट्राफिक विवरण । कैले कैले जिल्लाका साथीहरूले पठाएका दुर्घटनाका तीन/चारवटा घटनाका समाचार कम्पाइल गरेर पत्रिकालाई मेल पठाइसकिएको हुन्छ, ट्राफिकको विवरणमा त्यसको उल्लेख हुँदैन ।
नछुटाइ पठाइने विवरण हो- आज कति चालक, यातायात व्यवसायी कार्वाहीमा परे । जरिवानाबाट कति राजस्व असुली भयो । मापसे कार्वाहीमा कतिजना परे, कति जरिवाना उठ्यो । यी मेल समाचारकै लागि साह्रै धेर स्रोतका रूपमा काम लाग्दैन । तैपनि साथीहरूलाई खोज्न सुझाव दिनेबेला कैले कैले यिनले विषय फुराउँछन् । 
एकपटक हो, नेपालगञ्जबाट विराटनगर आउँदा । एउटै ड्राइभरले १८ घण्टा बस हाँकेर ल्याउने देखेर सडक जोखिम भान भएको थियो । म साथीहरूका साथ बर्दियाबाट फिरेर नेपालगञ्जहुँदै विराटनगर आउने  यात्रामा थिएँ । बाटामा सीट छाडेर क्याविनमा गइ बसियो । चालकसँग कुरा भयो । २२/२५ उमेरका हँदा हुन् । उनले भनेका थिए 'के गर्नु आठ दिनमा एकपल्ट पालो आउँछ । अनि २/२ जनाले कुदाउनुभन्दा एउटैले कुदायो । पैसा हो पैसा । पेटले यो जोखिम उठाउन बाध्य पारेको छ ।'
त्यो बस दिउँसो २ बजे नेपालगञ्ज बसपार्कबाट निस्केको थियो, बिहान ८/९ बजे विराटनगर पुग्नका लागि । हेटौडा आइपु्ग्ने बेला मैले साथीहरूलाई भने - 'एउटै गुरूजीले लग्ने रछन् । मान्छेको ज्यान हो, थाक्छ । के होला नहोला । उत्रिएर आज हेटौडा बसौं । विहान अर्कै गाडीमा जाउँला ।' साथीहरू सहमत भएनन् । समूह छाडेर म एक्लै उत्रने कुरा पनि निको थिएन । 
त्यति लामो बाटो ननिदाइ आइयो । बाटामा २/४ दुर्घटना पनि हेरियो । हामी सकुशल आइपुगेपछि गाडी छाडेर जानेबेला ती चालकलाई धन्यवाद दिएँ । हिजोआज पनि बसपार्क जाँदा सोध्छु, त्यो लामो रूटको तरिका उही नै रहेछ । फेरिएको छैन । चालक मेशिन होइन । मान्छे हो । मान्छेलाई भोक लाग्छ, प्यास लाग्छ, थाक्छ । ज्यानले निदाउनु पर्छ । ज्यानले आराम नपाइ लगातार काम गर्न सक्दैन । यदि गर्छ भने त्यो सोझै जोखिम मोल्नु हो । तर, स्थिति फेरिएको होइन । हेर्ने कोही छैन । राजधानी जाउआउ गर्ने अहिले कतिपय नाइट बसमा त्यस्तै रछ । 
बाइकमा दुइजना अलि लामो बाटो हिडियो भने केहीबेर कुदाएपछि म साथीलाई भन्छु ' ल अब हेटौंडा आयो । गुरूजी चेन्ज ।' तर, लामो दूरिका बसको बिग्रिएको बानी सोधिखोजी गरे अब त्यसरी भन्ने अवस्था पनि रहेन । हानीकहाँ नियम-कानूनका जति कुरा गरे पनि सुधार्नु पर्ने पहिलो र जरूरी कुरो बिग्रिएका बानी हुन् । क्षमताभन्दा बढि यात्रु नबोक्ने, खास स्थानहरूमा सीमित गति, सडकका लेन प्रष्ट हुनुपर्ने, छाडा र घरपालुवा पशु सडकमा छाड्न नहुने, चालक-सहचालकको स्वास्थ्य, खान्कीमा ध्यान र निश्चित दूरिपछि चालक फेरिनुपर्ने आदि धेरै यस्ता मसिना कुरा छन्, जसलाई ध्यानमै राखिन्न । ध्यान भएपनि बेवास्ता गरिन्छ । 
एक दिन ट्राफिकको मेलमा सप्तरीको शम्भुनाथमा लामो दूरीका बस रोकेर चालकलाई मुख धुन लगाई फ्रेस बनाइ पठाइयो भन्ने लेखिएको थियो । नौलो र उदाहरणीय लाग्यो, मैले ट्विटमा हालेको थिएँ । धेरैले फेव गरेका थिए । 
दुर्घटना सजिला सडकमा नहुने होइनन् । तर, हामीले जोखिम बोकेर गरिरहने यात्रामा सधैं अप्ठ्यारा छन् । जोखिम घटाउन पर्छ । यसका लागि जिम्मवार निकायले कडाइ गरे कसैले विरोध नगर्ला । जसले विरोध गर्छन् ती एक्लै पर्छन् । सुरक्षित यात्राको लागि जोखिम हुने मसिना त्रुटी पनि सुधारिनु पर्छ । 
हिजो मकवानपुरको वासामाडीमा भएको बस दुर्घटनाको खबर आजका अखबारभरि छन् । १० जनाको ज्यान गएछ । पढ्दा नि नरमाइलो लागेको छ । अस्ति अोखलढुंगामा जीप दुर्घटना हुँदाको खबर त्यस्तै थियो । त्यो गाडीको रूट पर्मिट र बीमा पनि रैनछ । 
जिम्मेवारी सम्हाल्नुपर्ने राज्य उदासीन हुँदा जनताले पत्याउन छाड्छन् । मनोमानी बढ्छ । जनताको आधारभूत अधिकारसँग गाँसिएका कतिपय सवालमै राज्य उदार बन्न सकेको छैन । यो बानी हटोस् । भयमुक्त भएर यात्रा गर्न पाइयोस् ।