Tuesday, March 16, 2010

संविधान समयमै जारी होला ?

नयाँ संविधान समयमै जारी नभए मुलुक संकटमा फस्छ । यस्तो हुन दिनुहुँदैन । माओवादी बाधा भो । दलहरुले १४ मा जारी नगरे जनव्रि्रोह हुन्छ । समयमै जारी हुन्छ । दलहरु गम्भिर भएनन् । 
धेरै यस्ता भनाइ हामीले सुन्दा सुन्दा वाक्क लाग्ने अवस्था छ । आज दुइजनासँग भेट भयो । एक विद्यार्थी नेता । अर्का सभासद । विद्यार्थी नेता अभियानमा विराटनगर आइपुगेका थिए । सभासद नवाह महायज्ञको उदघाटनका लागि अतिथि बनेर बसेका । 
पछि भेट भएपनि पहिले सभासदसगको कुरा लेख्छु । यी सभासद हुन् - मोती दुगड । सेन्चुरी मसला । सदभावनाबाट मनोनित । ज्येष्ठ नागरिकका लागि सामुदयिक भवन र अस्पताल बनाउन महायज्ञ आयोजना गरिएको रहेछ । १३ करोडको महत्वाकांक्षी लक्ष्यमा सहयोग संकलनको सुरुआत यज्ञले गर्ने रहेछ । उनीसग मैले सोधे - आज संसद चल्दैन ? तपाइ यहाँ हुनुहुन्छ ? उनले भने - चल्छ । जान्छु । धेरै लफडा छ । समयमा संविधान जारी हुन्छ जस्तो लाग्दैन । 
मैले सोध्दै गए । दलहरुको रवैया । अनि संक्षिप्त संविधान जारी गर्ने कुरा आएको । उनी भन्दै गए -दलहरु गम्भिर छैनन् । सरकार टिकाउने र गिराउनेमै ध्यान छ । संविधान समयमा जारी हुँदैन । कारण यसको एकसरसाइज पुगेको छैन । सदन छ महिनाका लागि थपिन्छ होला । यसको प्रावधान नै छ अन्तरीम संविधानमा । समयमा जारी गर्नुपर्छ भनेर हल्ला गरेरमात्र हुन्छ । काम गर्नुपरो नि । कामभन्दा झगडा-वादविदमै ठूला दल अल्भिएका छन् । अनि समय नथपेर  म त विकल्प देख्तिन । संक्षिप्त संविधान जारी हुदैन । यसले बखेडा सिर्जना गर्छ । उनले कुरा सिध्याए । 
यसअघि पत्रकार महासंघको मोरङ शाखामा प्रेस युनियनले नेपाल विद्यार्थी संघको टोली राखेर पत्रकार भेटघाट गरेको थियो । वक्ता थिए- नेविसंघका अध्यक्ष प्रदीप पौडेल । संघले हिजोदेखि मेची-काली अभियान थालेको छ । संविधान समयमै जारी गराउन दवाव दिने उदेश्यले एउटा टोलीले महाकाली र अर्कोले मेचीको माटो लिएर संविधानसभा अध्यक्ष सुवास नेम्बाङलाई चैत ९ गते बुझाउने रे । मेचीबाट हिडेको टोलीलाइ पौडेलले अगुवाइ गरेका छन्  महाकालीका लाई महामन्त्री कल्याण गुरुङले । पौडेलले सबै कुरा भने । संविधान निर्धारित मितिभित्रै जारी गराउन अभियान । नेता गम्भिर भएनन् । सेना समायोजनमा माओवादी लडाकुको समूहगत प्रवेश अमान्य हुने । अनि माउ पार्टीका केही नेताको संविधान समयमा जारी गराउने विषयमा आएका नकारात्मक टिप्पणीमा असहमति ।
संविधान समयमा जारी होला नहोला भन्ने टिप्पणी व्यर्थ छ । कारण समयमा जारी गराउनु ठूलो कुरा होइन । कानूनव्यासयीको एउटा टोली गठन गरिदिए एक सतामै संविधान बन्छ । सभासदले ताली दिएर पास गर्ने हुन् । अनि जुन कुरा परे परेनन्  तिनको बहस चल्दै जाँदा संशोधन गर्दै थप्दै जाने बाटो खुला नै रहेछ भइहाल्यो । के को रडाको  ?  

3 comments:

Aakar said...

यो राजनिती भन्ने पनि अचम्म कै चिज रहेछ । सत्ता भनेपछि जे गर्न पनि पछि नपर्ने !!! एउटा ले पाएन भने अर्को को खुट्टा तान्ने, अघि जानै नदिने !!! अत: संविधान समय मै जारी हुन लगभग असम्भव नै देखिएको छ ।

साँच्चै, भन्दा अब संविधान समय मै जारी हुन्छ भन्ने कुरा कसैले गर्छ भने नपत्याए हुन्छ । सबै सत्ता का भोका छन् ।

Ramesh said...

"संविधान समयमै जारी होला भन्नेमा शँकै छ, सत्ताका भोकाहरुले के संबिधान बनाउला र खै ???"

Unknown said...

सरकारमा भएका मन्त्रीहरुलाई खाली सरकार टिकाउनमा मात्रै ध्याउन्न छ । संविधान नबने देश भड्खालोमा जान्छ । अनि झन् लुट्न पाइन्छ भन्ने मनस्थितिका मानिसहरु पनि होलान् । जसले बनाउनु पर्ने उसलाई हतारो छैन । जे होस्, अझै ढिलो भएको छैन । अब पनि एकजुट नभए संविधान बन्ला जस्तो छैन । हेर्दै जाऔं के के गर्छन् हाम्रो देशका नेताहरुले ।