मौरी पाल्न जानेको छैन । तर आज एक जना दाईले घारको नियति बताउँदा मैले देसको सेरोफेरोमा त्यसको अवस्था सोचेर हेरें । ती दाइले बताएको यस्तो रह्यो । घारमा रानो रहुञ्जेल माहुरी पाल्नु रमाइलो छ । जसरी देसमा राजा । राजाका बारेमा चर्चा गरेर उनीमाथि सहानुभूति राख्ने अवस्था रहेन । राखेको चर्चा कतै सुनिहाले उ प्रतिगामी ठहरिने अवस्था छ । उनी पुराना पत्रिकाबाट माओवादीको उदगम यात्रा बारे जानकारीमुलक समाचार खोजी रहेका रहछन् । त्यसको प्रयोजन सोध्नु मेरो चासो थिएन । उनले माओवादी खोजुन वा मधेसवादी किन चिन्ता लिने ।
जे होस , अगाडी बढौं । उनले सुनाए । रानो कुनै कारणले मर्यो भने तुरुन्त अर्को रानो खोजेर ल्याउनुपर्छ । यदि ल्याइएन भने घार भित्रका पोथी माहुरीमा होड चल्छ रानो बन्ने । अनि रानो बनाउने पदार्थ उनीहरुले खान्छन । ठूलो आकार हुन्छ । उनीहरु रानो होइनन । अनि रानो जस्तो एउटा मात्र फुल पार्ने पनि होइनन् । उनीहरुले चार/पाँचवटा फुल पार्छन । यस्तालाइ वित्पाते भनिन्छ । यी एउटा मात्र हुँदैनन् ।
घार जोगाउन वित्पातेलाइ बाहिर निकाल्नै पर्छ । माहुरी पालकले आफु ढिलो भएको महसुस गर्छ । अनि घारबाट सबै माहुरीलाइ थुन्छ । भुइँमा छाड्छ । अनि त्यो पुरानो घरमा रानो खोजेर ल्याउँछ । रानो ल्याएपछि वित्पाते नभएका माहुरी पुनः घरमा पस्छन् । अनि ती वित्पाते बाहिरै मारिन्छन् । रानो बन्ने महत्वाकांक्षा माटोमा विलाउँछ ।
सबै घारका नियति यस्तै नहोलान । बेलैमा किसानले रानो खोजेर वैकल्पिक व्यवसथा गर्ला । तर, मुलुक सम्झेर हेर्दा वित्पाते बाहिर निकालिएनन् । किसानभन्दा वित्पाते बलिया छन् ।
No comments:
Post a Comment