
साना नानीहरुलाई प्रश्न गरिन्छ 'ठूलो भएर के बन्ने ?' उतर आउँछ, 'डाक्टर बन्छु, म त इन्जिनियर बन्छु ,
अनि म नर्स बन्छु ।' उनीहरु जे बनुन तर, बालापनमा भनिएका कुराले क्यारियर त्यही बन्छ भन्ने छैन । अधिकांश युवा धेरै क्षेत्रमा हात हालेर
'ज्याक अफ अल' बनेको अनुभव गर्छन । केही 'मास्टर अफ
वन' बन्ने मार्गमा लाग्छन् ।
राजधानीभन्दा करीव ५०० किलोमिटर पूर्व सुनसरीको तरहरामा रहेका युवा फोटोपत्रकार यात्रा थुलुङ विस्तारै मुलधारको फोटो पत्रकारिताभन्दा आफ्नो क्षेत्रलाइ 'मास्टर अफ वन' बनाउने बाटोमा छन् ।
'मलाइ वाइल्ड लाइफ फोटोग्राफी औधि रुची लाग्छ' उनी भन्छन् । यस्तो रुचीले नै वितेका पाँच वर्षमा कोशी टप्पु वन्यजन्तु आरक्ष र आसपासका क्षेत्रमा पाइने चराका तस्बिर संग्रहमा उनलाइ धनी बनाएको छ । उनीसँग अहिले यस क्षेत्रका चराका थरि थरि तस्बिर छन् । कुनै बेला राजधानीमा कानूनमा स्नातक पढन पुगेका यात्राको फोटो यात्रा यस क्षेत्रका अन्यभन्दा
केही फरक छ ।
'काठमाडौं बसेको ५२/५३ सालतिर पढदा पढदै रुचीले क्यामरा समाउने बनायो' उनी भन्छन 'तालिमपछि पत्रिकामै काम गर्नु थियो त्यो रहर पनि पुरा गरियो, पछि राजधानी बसिरहने स्थिति भएन ।' तीन भाइमध्येका
माहिला हुन उनी । भाइ पनि पढ्न अष्ट्रेलिया गएपछि तरहरा फर्केर घर सम्हाल्नुपर्ने जिम्मेवारी भयो । 'काठमाडौंको काममा पनि एक प्रकारको मजा थियो, उनी सम्झन्छन् 'जनआस्थामा काम गरिन्थ्यो,त्यो साथीहरुसँग फोटो गर्न कालापानी पनि पुगेको हो ।'
घर फिरेर आएपछि आफ्नो कामलाई एउटा क्षेत्रमा केन्द्रित गर्ने रहर आएपनि तीन वर्ष त्यसै वितेको उनी सुनाउँछन् । धराने सञ्चारकर्मीका साथ मुलधारको पत्रकारिताका लागि तस्बिरको काम पनि हेर्दै गरेका उनी फरक खालको रुचीकै कारण क्षेत्र फेरिएको अनुभव गर्छन । 'साथीहरुको सल्लाह थियो, टप्पु नजिक भएकाले चराको फोटो गर्न थाल्नु' उनले भने 'तर, यो कुरा अरु खालको फोटो गरेजस्तो सजिलो रहेनछ ।' चराका बारे अध्ययन गर्न किताबहरु संग्रह पनि थालेका उनी फोटो खिचेर फिरेपछि पनि त्यसको आनीबानी बारे जानकारी जुटाउन निकै कसरत पर्ने बताउछन् ।

'चाहिने कुरा
क्यामरा, लेन्स, ट्राइपोट र पेसेन्स, उनी भन्छन् 'सजिलो छैन चराको फोटो गर्न । मैले प्रयास थालेको मात्र छु ।' तस्बिरका लागि काम गर्नेहरु माझ आफुलाई केन्द्रित गराउने विभिन्न क्षेत्र रहेको उनी बताउछन् । भन्छन् 'एउटा क्षेत्र चाहि आफुले खास दख्खल राखेको क्षेत्र हुनुपर्छ, अनि मात्र काम गरेकोमा सन्तोष
हुन्छ , मेरो त्यही अभियान छ ।'
घरमा स्टुडियो खोलेपनि हिडिरहने उनको बानीलाई बाधा छैन । उनी भन्छन् 'मिसेजले स्टुडियोको काम हेर्छिन, अनि मात्र मलाइ डुल्न सम्भव भएको हो ।' पूर्व क्षेत्रमा

यतिखेर कोशीटप्पुका चराको तस्बिर खोज्ने जो कोही यात्रा थुलुङको सम्पर्कमा पुग्छन् । यात्रालाई चराको फोटोग्राफीमा जादा जानकारीमा सघाउने दुइ प्रँध्यापक छन् - केपी लिम्बू र डा. भरतराज सुब्बा । लिम्बू भन्छन् 'यात्रासँग रुची मिल्छ, उ फोटो खिचेर हिड्दैन, जे को फोटो गर्यो त्यसको जानकारी जुटाउछ ।' परिश्रमी बानीका कारण यात्रासँगका हिडाइहरु चरा अवलोकनमा सहयोगी भएको उनको अनुभव छ । प्राणीशास्त्रका प्राध्यापक डा. सुब्बा भन्छन् 'यात्रासँग यात्रा गर्नुको मज्जा अर्कै छ , उसले एकै ठाउँमा उभिएर फोटो खिच्न धेरैबेर लगाउछ, मलाइ पनि चराको जानकारी खोज्न नम्बर काउन्ट गर्न सजिलो हुन्छ ।'
पछिल्लोपटक मोरङको उर्लाबारीस्थित मंगलवारे पुगेको यो टोलीले त्यहाँका करमका अग्ला रुखमा गुँड लगाएका भुडीफोर गरुडको बानी र गुडबारे अध्ययन गरे । डा. सुब्बा भन्छन् 'चराको संसारबारे जानकारी संकलन गर्नुको रमाइलो बेग्लै खालको हुन्छ , यसले हाम्रा वरपरका अरु टेन्सन बिर्साउन मद्दत गर्छ ।' यात्राको चरा यात्रा आफैमा युवाहरुले एउटा क्षेत्रमा दख्खल बनाउन उदाहरणीय भएको उनको भनाइ छ ।
1 comment:
Abo Koshi Tappu ko pani website update garnu paryo. Koshi Tappu, Eastern Nepal: http://www.Koshi-Tappu.com
Post a Comment