KASKI, APR 07 - While all
glacial lakes in the country are located 4,000 metres above sea level, Kapuche
glacial lake is unique in that it is ideally located just 2,546 metres above
sea level. But despite immense tourism potential it has shown, the government
as well as tourism entrepreneurs have not been able to cash in on it.
The glacial lake, which is
formed after glacier erodes the land and then melts to fill the space that it
has created, is the only such lake to be located at an astonishingly low
altitude. Experts say that it is surprising to find a glacial lake below 4,000
metres.
The lake, which has grown
in size over the years and continues to do so, is situated merely eight hours
uphill walk from Sikles VDC, making it a perfect destination for tourists and
trekking enthusiasts with limited time and budget.
Man Bahadur Gurung,
chairperson of the local conservation committee who treks to the glacial lake
at least twice a year, said that he finds it surprising that despite holding
immense tourism potential, local authorities as well as tourism entrepreneurs
have not been able to devise ways to promote the lake and benefit from it.
“However, the trail leading
to the lake is not very easy,” Gurung said, adding that he was trying to find
an alternative route to the lake.
“But, it is not easy to
find an investor ready to bear the expenses for the survey and construction of
the foot trail,” he said. Moreover, even the Department of Hydrology and
Meteorology (DoHM) does not have much information about the lake. Dr. Hum
Bahadur Gurung, a noted conservationist who hails from Sikles, said that the
department started to take keen interest in the lake only recently.
“The Department of
Hydrology and Meteorology should immediately conduct a detailed survey of the
Kapuche glacial lake to gather more information about the lake,” Dr Gurung
said, In a telephone conversation
with the Post, DoHM’s director Rishi Ram Sharma said that he had learned about
the glacial lake from Dr Gurung, adding that it was indeed surprising to find a
glacial lake at such a low altitude and that it needed to be surveyed.
Sharma said the lake had
managed to fall off the government’s radar due to tendency of its agencies to
only take note of those glacial lakes which pose an immediate threat of
bursting through the glacial dam. “Instead of just looking at it from
tourism point of view, a glacial lake which is expanding in size is a cause for
concern and that it needed to be properly surveyed for probable effects and
threats it poses,” he said.
While government agencies
are just learning about the lake, Japanese environmentalist Jiro Komori, who is
assistant professor at the Teikyo Heisei University, Japan, has already
conducted a detailed survey of the lake, said local hotel entrepreneur Dhan
Gurung, who had accompanied him the Japanese professor to the lake. Citing
Komori, Gurung said the lake is some 40 metres deep spanning 300 metres in
width and 400 metres in length.
होचो ठाउँमा रमणीय हिमताल
मुलुकका अधिकांश हिमतालहरू समुद्र सतहको चार हजार मिटरमाथि छन् । तर, कास्कीको पार्चे गाविसमा २५ सय ४६ मिटरकै उचाइमा कपूचे नामको हिमताल छ । अन्नपूर्ण-२ हिमालबाट खस्ने हिउँले बनेको यो मुलुककै सबैभन्दा कम उचाइमा अवस्थित हिमताल हो ।
बाटोको असुविधाका कारण यो तालमा न पर्यटक पुग्छन्, न त पर्यटन प्रवर्द्धन गर्ने निकायको नजर पुगेको छ । थोरै दुःख खेपेर पदयात्रा गर्न रूचाउनेका लागि सिक्लेसबाट आठ घण्टाको पैदल दूरिमा पर्ने यो तालको विस्तारै आकार बढ्दो छ । नीलो तालमा हिउँका ढिक्काहरू तैरिरहेका देखिन्छन् । बेला बेला माथिबाट खस्ने हिमपहिरो ठूलो आवाजका साथ यहाँ खस्छन् ।
अन्नपूर्ण संरक्षण क्षेत्र एक्यापअर्न्तर्गतको वनजंगल छिचोलेर पुगिने यो ताल मादी नदिको मुल भएको स्थानीय संरक्षण समिति अध्यक्ष मनबहादुर गुरूङले बताए । 'म वर्षमा दुइपल्टजस्तो तालमा पुग्छु । यहाँ आउनलाई सजिलो बाटो कसरी बनाउने भनेर सोच्छु', उनले भने, 'तर, यहाँ बाटो खोज्ने र त्यसका लागि लगानी ल्याउन सजिलो छैन ।' पदमार्ग सजिलो बनाउने हो भने हिमतालको यात्रामा रमाउनेका लागि यो ठाउँ गतिलो गन्तव्य बन्ने उनले बताए ।
हिमतालको अवस्थाबारेमा अध्ययन गर्ने सरकारी निकाय जल तथा मौसम बिज्ञान विभागस“ग पनि यसको जानकारी अद्यावधिक छैन । 'मैले विभागमा कपुचेका बारेमा बताएपछि केही चासो भएको छ', हिमाली दिगो भविष्य संस्थाका प्रमुख कार्यकारी अधिकृत डा. हुमबहादुर गुरूङले भने, 'हामीले यसको डिटेल सर्भे गर्न सकेमात्रै बाहिरी संसारलाई जानकारी गराउन सक्थ्यौं ।' ५१ वर्षीय गुरूङ सिक्लेसकै बासिन्दा भएपनि तालको वर्तमान अवस्था अध्ययनका लागि गत सोमबार त्यहाँ पुगे । उनले भने 'म ३६ वर्षछि यहाँ आइपुगेको हो । पहिले यो निकै सानो आकारमा थियो ।'
जल तथा मौसम बिज्ञान विभागका निर्देशक ऋषिराम शर्माका अनुसार चार हजार मिटरभन्दा मुनि हिमताल हुनु अनौठो हो । 'यो सुन्दै अचम्म हो । तालको अध्ययन जरुरी छ', उनले फोनमा संवाददातासँग भने, 'डा. हुमकै मार्फत तालका बारेमा सुनियो । हामीले यसको अवस्थितिबारे अनुसन्धान गर्नु जरुरी भन्ने मैले बुझेको छु ।' कुनै हिमतालले जोखिम हुने भएमात्रै सरकारी संयन्त्रले सम्बद्ध क्षेत्रका गैरसरकारी संस्थासँग मिलेर वा आफैं पनि अध्ययन गर्ने भएकाले कपूचेमा ध्यान नपुगेको उनले बताए । 'आकार बढ्ने हिमताल देख्ता रमाइलो मान्नुभन्दा खोजीको विषय हो', उनले भने, 'यसको दीर्घकालीन गति र प्रभावबारे अध्ययन जरुरी छ ।' उनका अनुसार मुलुकमा एक हजारभन्दा बढि हिमताल छन् । यिनमा जोखिम पहिचान गरिएका २१ वटाको मात्रै अध्ययन र केहीमा जोखिम घटाउन काम गरिएका छन् ।
नेपाली अधिकारीले अध्ययन जरुरी छ भनिरहँदा यहाँ एकजना जापानी प्राध्यापकले भने कपूचेको अध्ययन र नापजोख गरि फिरिसकेका छन् । सिक्लेसस्थित होटल नमस्तेका सञ्चालक माइला भनिने धन गुरूङका अनुसार फागुन दोस्रो साता यहाँका तेक्यो हेसे विश्वविद्यालयको स्कुल अफ इन्भाइरोन्मेन्टल इन्फर्मेशनकासहायक प्राध्यापक जिरो कोमोरीले अध्ययन गरेका हुन् । उनी गत असोजमा पनि सिक्लेस आएका थिए । त्यसबेला मादी तर्न नसकेर तालमा पुग्न सकेका थिएनन् । 'योपल्ट उनले डुंगा लिएर तालमा दुइ घण्टा घुमे पनि', माइलाले भने, 'उनलाई त्यहाँ पुर्याउन गाउँबाट हामी तीनजना गएका थियौं । फिर्दा डुंगा हामीलाई छाडेर गएका छन् ।' कोमोरीले ताल ४० मिटर गहिरो, ४ सय मिटर लम्बाइ र ३ सय मिटर चौडाइको भएको हिसाब निकालेको उनले बताए । उनीअघि गत वर्ष अर्का एक जापानी पर्यटक यहाँ आएका थिए । गाउँलेबाट जानकारी लिएपनि उनी बाटोको असुविधाका कारण तालसम्म पुगेनन् ।
दूरिको हिसाबले पोखराबाट सिक्लेस ३९ किमि र यहाँबाट ताल २५/२६ किलोमिटर मात्रै हुनुपर्ने डा. गुरूङ बताउँछन् । 'एडभेञ्चर ट्रेकिङ मन पराउनेका लागि यो एकदमै नजिकको सुन्दर ठाउँ हो', उनले भने, 'बाटो नभएका कारणमात्रै यसको ख्याति बाहिर पुग्न सकेको छैन ।' यस क्षेत्रबाट अन्नपूर्ण-२ र लमजुङ हिमालनजिकैजस्तो देखिन्छ । पदमार्गमा आधा दर्जन हिमनदि पर्छन् । यहाँको जंगल वर्षौभरि चिस्यान रहने भएकाले वनस्पति र वन्यजन्तुका बारेको अध्ययन पनि सम्बद्ध विद्यार्थीका लागि ठूलो सम्भावनाको भएको उनले बताए ।
गुरूङ भाषामा कपूचेको अर्थ 'हिउँ भत्केर खस्ने समथर भाग' भन्ने बुझिने पार्चा ७ का ७० वर्षीय आसबहादुर गुरूङले बताए । धार्मिक आस्थासँग जोडिएको भएपनि तालमा पुग्न बाटोको समस्याका कारण यो भएर बग्ने नदिलाई गाउँले वर्षमा एकपटक पुज्ने गरेका छन् । उनले भने 'बाटो यति अप्ठ्यारो छ कि बलियोबांगोले मात्रै तालसम्म पुग्न सक्छन् ।' सिक्लेसबाट एकोहोरो ६ घण्टाको हिडाइपछि पुगिने हुगूमा रहेको गोठमा वास बसेर दोस्रो दिन यहाँ पुग्न सकिन्छ ।
(२५ चैत २०७१ को कान्तिपुर र दी काठमाण्डु पोष्टमा प्रकाशित)
No comments:
Post a Comment