सेतो छडी, घाँटीमा सिठ्ठी, हातमा डटपेनका प्याकेट।
यहाँका बजारको चौरस्तामा भेटिने २४ वर्षीय विष्णु नेपालीले भेटेको सजिलो काम डटपेन
बिक्री गर्ने हो । उनको अवस्था देखेर कतिले झट्ट किन्छन्, कतिलाई उनले आग्रह गरे
पनि ‘भो
अहिले चाहिँदैन’ भन्छन् ।
कास्कीको
चापाकोट ३ का विष्णु जब स्नातक तह पढ्न पृथ्वी नारायण क्याम्पस भर्ना भए । उनको भेट
बागलुङको तित्याङकी डिलमाया नेपालीसँग भयो । दुवै मायाप्रीतिमा बाँधिए । मागी विवाह
गरे । दुवैले एक–अर्कालाई
लुकाएका कमजोरीले अहिले जीवनको गाडी संकटको घडीबाट गुज्रिरहेको छ । डिलमायाको
घाँटीको हाड खिएको छ । लगातारको उपचारले पनि उनलाई सञ्चो भएन । बेलाबेला बेहोस हुने
समस्या लिएर अस्पताल पुगेका विष्णुलाई चिकित्सकले ‘डिप्रेसन’ भनेर औषधि दिए । त्यसको सेवन दैनिक टुटाउन मिल्दैन ।
दृष्टिविहीन
यी दम्पतीलाई अहिले बिहान–बेलुकाको
छाक टार्न समस्या छ । कुन स्रोतबाट उपचार खर्च जुटाउने भन्ने पिरोलो त्यसैमा थपिएको
छ । पोखराको अर्चलबोटमा डेरा गरी बस्छन् । गिर्खा देखिएपछि डिलमायाको ६ वर्षअघि
स्तनको शल्यक्रिया भएको थियो । त्यसयता बेलाबेला छिटोछिटो मुटु ढुकढुक गर्छ ।
घाँटीको समस्याले टाउको राम्ररी उठाउन सक्दिनन्। तीन महिनादेखि उनको महिनावारी
बन्द भएको छ । सुरुमा गर्भ रहेको कारण त्यसो भएको अडकल काटे । पिसाब जाँचले ‘होइन’ भन्ने रिपोर्ट दिएको छ ।
दुवै आत्तिएका छन्। ‘मेरो
त जसोतसो चल्दैछ डिलमायाको उपचार गराउन हाम्रो हैसियतले भ्याएन,’ विष्णु भन्छन्, ‘हामीले बिहेअघि दुवैका
कमजोरी एक–अर्कालाई
भनेका थिएनौं । तर, अबचाहिँ
एक–अर्काको
रोगसँग परिचित भएपछि निद्रा पर्न छाडेको छ ।’ चिकित्सकले राजधानीको
राम्रो उपचार केन्द्रमा डिलमायाको घाँटीको हाडको उपचार गराउन लैजान सुझाव दिएका
छन् । अल्पकालीन औषधि
चलिरहेको छ । विपन्न परिवारका यी दुवैले
खान्कीभन्दा औषधिमा धेरै खर्चनु परिरहेको छ ।
विष्णु जन्मजात दृष्टिविहीन होइनन् । तीन वर्षको छँदा टाइफाइडले सिकिस्त भएका थिए। त्यसै बेलादेखि दुवै आँखाको ज्योति घट्दै गयो। पूरै देख्न छाडेपछि उनले उपचार गराएर पुन: हेर्न पाउने आश गरेका थिए । तर, ज्योति फर्किएन। यतिबेला डिलमाया विष्णुसँगै डटपेन बेची हिँड्न नसक्ने भएकी छन् । ‘म डिलमायाको उपचार गराउन चाहन्छु,’ बुधबार विष्णुले भने, ‘तर, डटपेन बेचाइले काठमाडौं जान र उनको उपचार सम्भव छैन ।’

(१९ भदौ २०७३ मा कान्तिपुर दैनिकमा प्रकाशित)
No comments:
Post a Comment