Friday, September 11, 2015

भीडको मनोविज्ञान

ट्वीटरमा लेख्न मन लागेको हो। १४० भित्र संक्षेपीकरण गर्न सक्छु जस्तो लागेन। आज एकजना पूर्व सिडिओसँग भेट भयो। लामो कुराकानी भयो। 
कुरैकुरामा उनले सोधे - प्रहरीको गोलीले हुलदंगामा सामेल नै नभएका मान्छे मर्छन् नि थाहा छ ?
म - थाहा छ । हुन्छ यस्तो ।
उनी - किन मर्छन् थाहा छ ? आन्दोलनमा सरोकार नै नभएका त नमर्नु पर्ने होइन ? 
म त एकछिन अलमलिएँ । साँच्चै यो पक्ष विचारणीय छ ।
 
उनले नै भने - हेर्नुस् भीडको मनोविज्ञान बुझेर प्रहरीले काम गर्छ। गर्नुपर्छ। गरेन भने उ काम लाग्ने प्रहरी होइन। 
उनले बिस्तारसँग बताए।

प्रहरीले भीडमा गोली चलायो भने त्यो गोलीले एकजनामात्रै होइन उस्तै पर्दा सात जनासम्म ढाल्न सक्छ। र, भीडमा गोली चलाउने पनि होइन। भीडलाई तर्साउनु पर्छ। भीडमा गोली चलाए झन भयावह अवस्था हुन सक्छ। त्यसैले छेउछाउ, अन्त कतै चलाउँछ। मान्छे तर्साउँछ। एक-दुइ कसैको ज्यान गएर भीड जोगिन्छ भने जोगाउनु पर्छ भन्ने हुन्छ। तर्साउने काम गरिन्छ।
  
***
म सोचिरहेँ अमिल्दा कुरा धेरै छन् । प्रश्न गर्ने कोण धेरै छन् । अवस्था हेर्दा-पढ्दा मन पोल्छ । 

No comments: