Saturday, January 28, 2012

भटाभट मर्न थाले काग



विराटनगर उपमहानगरको भारतीय सीमासँग जोडिएको २२ नम्बर वडामा पर्ने मटेरुवामा एक सातायता काग भटाभट मर्न थालेका छन् । करिब एक हजार काग मरेपछि  घटनाले पशु रोग चिकित्सकहरूको पनि ध्यान तानेको छ । पन्छीमध्ये करिब २० वर्षको लामो आयु बाँच्न सक्ने र  तुलनात्मक रूपमा रोग संक्रमण कम हुने मानिने यो चरा दिनदिनै मरेको देखेर स्थानीयवासी हैरान छन् । 

मटेरुवाका ८० वर्षीय  सहजाद मियाँ भन्छन्, 'जीवनमै यस्तो देखेको थिइनँ । खोइ के भो के भो ।' उनका अनुसार एक सातादेखि दिनहुँ काग मरेका छन् । मटेरुवाका करिब एक दर्जन बाँसघारी र गहुँ खेतमा मरेका काग देखिनु स्थानीयका लागि नौलो छैन । बरु कुनै रोगको संक्रमण हो भने मान्छेलाई सर्छ कि भन्ने त्रास छ । 

स्थानीय जाबिर आलमले भने, 'मरेका मरेकै छन्, झन्डै हजार पुगे होलान् । मर्न थामिएन ।' घाँटीमा असजिलो भएजस्तो गर्ने र झोक्राएर भुइँमा  झर्दै मरेका काग मटेरुवाका खेत र बाँसघारी वरपर छरिएको अवस्थामा छ । मरेको काग कुनै पनि जनावरले नखाने भएकाले धेरै ठाउँमा त्यसै सडेका छन् । 

बिहीबार पशु क्वारेन्टाइनको एक टोलीले मरेका तीन र एउटा झोक्रिएको जिउँदो नमुना संकलन गरी प्रयोगशालामा परीक्षण गराएको छ । 'यसको कारण राम्रैसँग परीक्षण गरेमात्रै थाहा लाग्छ,' क्वारेन्टाइनका डा. सत्यनारायण चौधरीले भने, '२९ वर्षे जागिरका दौरान मैले कुनै पनि चरो यति धेरै एउटै टोलमा मरेको देखेको थिइनँ ।' उक्त क्षेत्रमा मरेका कागको हालसम्मको संख्या करिब सात सय हुनुपर्ने उनले बताए । 

'बिष्टा पहेंलो-सेतो छ, मुन्टो बटारिएजस्तो गर्छ । लक्षणमात्रै हेरेर कारण यकिन गर्न सकिँदैन,' उनले भने, 'विष वा महामारी जे पनि हुन सक्छ ।' अनुसन्धानको काम थालिहाल्दा पनि अहिलेसम्म मरेका कागलाई संकलन गरी तीन फिट गहिरो खाडलमा हालेर डढाई पुर्ने काम थालिहाल्नु जरुरी रहेको उनले बताए । उनले भने, 'यस्तो गर्न थालिहालियो भने संक्रमणकै कारण हो भने पनि फैलन पाउँदैन । स्थानीयले केही गरेको देखिएन ।'  

यता, क्षेत्रीय पशु रोग निदान प्रयोगशालाले भने नमुना परीक्षणपछि काग मारिनुको कारण बर्डफ्लु नभएको जनाएको छ । प्रमुख डा. बोलराज  आचार्यले भने, 'हामीले परीक्षण गर्दा बर्डफ्लु  भेटेनौं । मर्नाको कारण रोनास्टकै प्रयोगशाला लगियो भने थाहा लाग्छ । त्यसै कारण ठोकुवा गर्न सकिँदैन ।'

मटेरुवाका केही स्थानीयले भने गहुँमा नयाँ प्रकारको विषादी चलाइएकाले त्यसको असर कागलाई परेको हुन सक्ने  शंका गरेका छन् । तर डा. आचार्य भन्छन्, 'यो सितिमिति रोगले भेटिहाल्ने पन्छी होइन । विष होला भन्ने शंका गरिन्छ भने पनि कागमात्र मर्नु अचम्म हो ।' उक्त क्षेत्रमा कागबाहेक अन्य पशुपन्छी यसरी मरेका छैनन् । घरपालुवा वा झट्टै मान्छेलाई नाफा-नोक्सानको  हिसाब  निकाल्न मिल्ने पन्छी नभएकाले कसैले धेरै चासो लिएर कतै कुरा उठाएका छैनन् । क्षेत्रीय प्रयोगशालाले पनि नमुना परीक्षणबाट बर्डफ्लु नभेटेपछि त्यसको कारण जान्न खासै चासो लिएको छैन ।
  
(कान्तिपुर, २०६८/१०/१३)

***
1,000 crows fall dead in a week in Biratnagar

BIRATNAGAR, JAN 27 - A large number of crows have died of an unknown disease in Ward No 22 of Biratnagar sub-metropolitan city in the past a week.

Local people said around 1,000 crows died within the period. Dead crows are seen everywhere, in the farmland and gardens of houses. “I had never seen such a large number of birds die at a time in my life,” said local resident Jabir Alam.

The Regional Veterinary Laboratory (RVL), meanwhile, confirmed the crows did not die of bird flu. RVL Chief Dr Bolraj Acharya said they did find the bird flu virus while testing the samples. “The reason behind the deaths can be found out only after testing the samples in the laboratory of Nepal Academy of Science and Technology,” he said.

Dr Satya Narayan Chaudhary said the colour of the dead bird’s excreta is white-yellow and its head seems to have turned back while dying. “We cannot say the exact cause of the deaths only on the basis of the symptoms of the dying birds.

It may be due to poison consumption or a disease,” he said.

(the Kathmandu Post  on : 2012-01-27 ) 

Thursday, January 26, 2012

हाटखोलामा फेरि कर्फ्यु

इन्स्पेक्टर कुँइकेल हतपत्त गल्दैनन्। तर, चर्किएको आन्दोलनले उनलाई फोर्स सम्हालिसक्नु छैन। आन्दोलनकारी समातेर ल्याएपछि सधैं राख्ने ठाउँ छैन। कसैको न कसैको फोन आउँछ। समातेकालाई छाड्नै पर्छ। व्यवस्था परिवर्तनको माग गर्दै आन्दोलित हुनेको जमात घट्दैन। खटाइएका जवानहरूका सुझले धेरैपल्ट धोका खानुपर्छ। धेरैपल्ट निर्दोष समातिन्छन्। यातना पाउँछन्। उनीहरूलाई निर्दोष भन्ने थाहा पाएपछि प्रहरी आत्मग्लानि महसुस गर्छ।
 
२०४६ को आन्दोलनलाई केलाउने मिहीन प्रयास स्रष्टा विवश पोखरेलको नाटक 'कर्फ्यु ' ले गरेको छ। दुई दशक पुरानो नाटक फेरि एकपटक मञ्चमा नयाँ कलाकर्मीका साथ जोडिएर आएको छ। विराटनगरस्थित आरोहण गुरुकुलको सुशीला कोइराला नाटकघरमा बुधबारदेखि मञ्चन थालिएको यो नाटकले आन्दोलनकारी र सुरक्षाकर्मीका संवेदनाको धेरैले याद नगर्ने पाटोलाई केलाएको छ। 

आन्दोलनकारी र उनीहरूमाथि दमन गर्ने 'माथिको आदेश' पालना गर्ने प्रहरी हुन् त आखिर मान्छे। मानवीय संवेदनाबाट दुवै अछुतो छैनन्। व्यवस्था परिवर्तन जनताका लागि र यथास्थितिको बचाउ सुरक्षाकर्मीको दायित्व। एउटा पेसाले बाध्य, अर्को जमात बुझाइ र भावनाले आन्दोलनमा छ। 

दुवै पक्षका फरकहरू केलाउन मिल्नेछन् । तैपनि दुवैलाई भोक लाग्छ, निद्रा पनि लाग्छ । घरपरिवार छन् । आश्रतिको भरणपोषणका दायित्व छन् । यति भईकन आफ्ना फरक प्रकारका आनीबानी पनि छन् । खटाइएका प्रहरीले खाना खान र आराम गर्न पाएनन् भने उनीहरूको काम गराइमा पर्ने असर त छँदै छ । आन्दोलनकारी भन्दै समातेर यातना दिएपछि निर्दोष पुष्टि हुनेका भोगाइ-सोचाइका जटिलता फरक छन् । सबै आन्दोलनमा व्यवस्था फर्ने र यथास्थितिको बचाउ गर्नेका जमात छन् । २०४६ मा पञ्चायतको बचाउ गर्ने नेताका साथ अन्त्यमा माइकवाला र टेन्टवाला मात्रै बाँकी भए । कारण, उनीहरूलाई भाषण सुन्नु होइन, काम सकिएपछि आफ्नो सामान चाहिएको थियो । 

प्रहरी सुरक्षाको काम गर्नका लागि भएकाले संवेदनशील र जनताका कुरा बुझ्ने हुनुपर्छ । आपत्कालीन अवस्थामा सबैले आफ्नो परिचय खुल्ने कागजात बोकेर हिँड्नु उत्तम हुन्छ भन्ने सन्देश नाटकमा छ । 

पुरानो यो नाटकलाई लक्ष्मणपुण्य लामिछानेले स्थानीय कलाकर्मीकै सहयोग लिएर निर्देशन गरेका छन् । जीवन कुइँकेलले प्रभावशाली प्रहरी निरीक्षक र कवि गण्डकीपुत्रले लाटो बन्दीको भूमिका गरेका छन् । एउटा थानाको दृश्य बारम्बार मञ्चमा आउँछ । बन्दी ल्याइन्छ । बन्दी खोज्दै आउने र थुनुवालाई खाना पुर्‍याउन आफन्त आउँछन् । आन्दोलनकारीमा विद्यार्थी छन् भन्ने सुनेको प्रहरी दिनभर दूरसञ्चारमा काम गरेर रात्रि विद्यालय पढ्ने एक कर्मचारी समाउँछ । मानसिक यातना दिन्छ । पछि उन निर्दोष भन्ने थाहा पाएपछि लज्जित हुँदै मुक्त गर्छ । 
एउटा थुनुवा ल्याएदेखि केही बोल्दैन । प्रहरी त्यसलाई यातना दिएर बकाउने प्रयास गर्छ । वृद्ध पिता छोरा खोज्दै आउँछन् । थुनामा छोरा भेटिन्छ । प्रहरी उसलाई सोध्छ 'किन यो बोल्दैन ? यसलाई हामी बकाउँछौं,' उनी भन्छन्, 'जन्मेर यत्रो होउन्जेल यसले कहिल्यै मलाई बुबा भनेको छैन । कसरी बोल्छ ? यो लाटो हो ।' कुइँकेल अवाक् हुन्छन् । केही बोल्न सक्दैनन् । 
 
२०४८ मा राजधानीमा राष्ट्रिय नाटक महोत्सवमा मञ्चित यो नाटक लामो समय फेरि मञ्चमा दोहोरिएन । महोत्सवपछि विराटनगर र धनकुटामा स्थानीय कलाकारले एकाधपटक दोहोर्‍याए पनि पुनः यसले पालो पाएको थिएन । यसपटक मञ्चमा गण्डकीपुत्र, रामकुमार प्याकुरेल, जीवन कुइँकेल, प्रयाग न्यौपाने, दुर्गा कोसियाली, रामभजन कामत, मिलन नेपाली, सीता न्यौपाने, उमा दाहाल, भैरव क्षेत्री, प्रेम दाहाल, महेश तुलाधर, सुनीता घिमिरे, खेम नेपाली, प्रदीप गुप्ता र निर्देशक लामिछाने देखिएका छन् । 

राजधानीमा अहिले पुरानो बानेश्वरबाट बहालमा लिएको थलो छाड्ने अवस्थामा पुगेको आरोहण गुरुकुलभित्र एक प्रकारको छटपटी छ । 'हामी काठमाडौंमा गुरुकुलले ठाउँ पाउनुपर्छ, त्यो अयिभानमा बल गरौं भन्दै यो नाटक मञ्चनका लागि तयार भयौं,' नाटकघरका अध्यक्ष भैरव क्षेत्री भन्छन् ।

प्रकाशित मिति: २०६८ माघ १२

Sunday, January 22, 2012

चितुवाको खोजी यात्रा



घना जंगल र कुहिरोभित्र हराउँदा उनलाई के गर्दै छु होलाजस्तो पनि लाग्छ । तर त्यसले उनको कामलाई भने बिथोल्न सक्दैन । गोरखाका कमल थापा हिउँ चितुवा खोज्दै मनाङदेखि ताप्लेजुङसम्म पुगेका छन्, बितेका १४ वर्षदेखि । कहिले घना जंगल त कहिले सहरका विद्यार्थी पढाउन कलेजमा पुग्ने उनी प्रमाणपत्रधारी प्राध्यापक भने होइनन् ।

वातावरणका विद्यार्थी उनले पहिलोपटक पीएचडी गर्न आएका महेश गुरुङलाई जंगलमा हिउँ चितुवाको अध्ययन गर्न सघाए। अहिले त अनुभवले पनि खारिएका थापाका विद्यार्थी जंगल छेउको बस्तीदेखि सहरसम्मका छन्। उनीहरूलाई हिउँ चितुवा चिनाउनु र खोज्न सिकाउनु उनको दायित्व हो। राष्ट्रिय प्रकृति संरक्षण कोषमा काम गर्दागर्दै सन् १९९७ मा मनाङमा त्यो मांसाहारी हिमाली जन्तुको गन्ध सुँघ्दै हिँडेका कमल मुस्ताङ, डोल्पा हुँदै सन् २००६ मा ताप्लेजुङको घुन्सा पुगेका थिए। वन्यजन्तुको संरक्षणमा खासै वकालत हुन नसकेको अवस्थामा दुर्लभ हिउँ चितुवा देख्नु र खोज्नु उनका लागि त्यति सजिलो थिएन।

वैज्ञानिक प्रविधिका सामानहरूको अभावमा गाउँलेको साथ लिएर जंगलका टाकुरा चिहाउनुपर्थ्यो। कमल भन्छन्, 'कञ्चनजंघा संरक्षण क्षेत्रमा यसको अध्ययन नाउरबाट सुरु गरेँ।'  हिउँ चितुवाको मुख्य आहारा भएकाले नाउरको बासस्थान खोज्न सुरु गरिएको हो। जंगली भेडाका रूपमा चिनिने नाउर कहाँ बस्छन्,  बसेका छन्, चितुवाले कसरी यिनलाई सिकार गर्छ भन्ने विषय उनका लागि अध्ययनको शिशु कक्षा बन्यो। तर, पश्चिम नेपालका हिमाली क्षेत्र चहारिसकेकाले अध्ययनमा पृथकता र कठिनाइ भने थिएन। 

'मैले विश्व वन्यजन्तु कोषको कन्सल्ट्यान्ट भएर याम्फुदिन, ओलाङचुङगोला र लेलेप गाविसका राम्जेल, खम्बाछेन, याङमा र गोलामा नाउर गणना सुरु गरेँ,' उनले बताए।  चारवटा ब्लक बनाएर गणना गर्दा १ हजार ६७ वटा नाउर देखियो। यसले हिउँ चितुवाको ट्रान्जिट बनाउन सहयोग गर्‍यो। '२६ वटा बनाइयो,' उनले भने। सामान्यतया हिउँ चितुवा बढी नाउरको बगाल भएको क्षेत्र वरपर बस्छ।

पाँच किलोमिटरको क्षेत्रफललाई आउजाउ गर्ने ठाउँ मानेर बस्ने चितुवा भेट्नु चानचुने कुरा होइन । हरेक भालेले आफ्नो प्रभाव क्षेत्र निर्धारण गर्छ। अर्काको एरियामा नजाने र आफ्नोमा कब्जा जमाएर बस्ने जनावरलाई पासपोर्ट नचाहिने भएकैले कहिले तिब्बत पुगेका हुन्छन्, त कहिले सिक्किमका जंगलमा घुम्दै हुन्छन्।

उनका अनुसार दुई प्रकारका यिनीहरूमध्ये रैथानेले आफ्नो एरिया बनाउँछ भने 'सि‌गल हन्टर' ले अरूको क्षेत्रमा आक्रमण गर्दै हिँडेको हुन्छ। यस्ता जनावरलाई खोजेर हिँड्दा दुःख पाए पनि अर्थ त्यतिबेला मात्रै खुल्छ जब प्रमाण फेला पर्छ। त्यही प्रमाण समेट्दै हिँडेका थापाले पहिलोपटक मनाङमा नाउर आक्रमण गर्ने क्रममा हिउँ चितुवा देखे। 'नाउरहरू मजाले चरिरहेका थिए म हेर्दै थिएँ, एकाएक गुजुमुजु एकत्रित भए र सुइय पार्न थाले,' उनले भने, 'हिउँ चितुवा नजिकै आइसकेको रहेछ। तर, दुर्भाग्य मान्छेको गन्ध चाँडै पाउने, क्यामेरा निकालुञ्जेलमा भागिहाल्यो।' उनको अनुभवमा शत्रुको आक्रमण हुन लागेपछि नाउरहरूले सुइय गर्दै विपत जनाउने ठूलो आवाज निकाल्छन्।

लाङटाङ राष्ट्रिय निकुञ्जमा पनि उनले धेरै टाढाबाट यस्तै अवस्था देखेका थिए। 'मैले अहिलेसम्म कुदेको देखेको छैन, लमकलमक गरेको देखेको छु,' उनले भने। हिउँ चितुवाले आक्रमण गर्न लागेको जनावर भाग्यो भने मात्रै उसले आक्रमण गर्छ भन्ने नयाँ अनुभव थापाले सम्हालेका छन्। भागिदिए खेद्दै गएर आक्रमण गर्न सजिलो हुने तर, सबै एक ठाउँ एकत्रित भए त्यसले आक्रमण गरेको देख्न नपाएको उनले सुनाए। यो वर्ष भने उनले ताप्लेजुङकै खम्बाछेनको नाक्फिन्दामा राखेका क्यामरा ट्रयापमा हिउँ चितुवा पारे।

'पहिलोपल्ट ६ जना स्थानीयलाइ क्यामरा ट्रयाप सिकाएर सँगै जंगल गएको थिएँ,' उनले भने, 'राखेको भोलिपल्टै परेछ खुसी लाग्यो।' विश्व वन्यजन्तु कोषले तराईको गैंडा गणनामा प्रयोग गरेको क्यामरा हिउँ चितुवा गणनामा ल्याइएको थियो। 

'१२ मध्ये दुईवटाले काम दिएन, नौवटाले फेला पारेनन्, एउटाले तीनपटक खिचेछ,' उनले सुनाए। चितवनको गैंडा गणनामा सहभागी थापाको अनुभवमा तराईको तुलनामा हिमालमा काम गर्न धेरै गाह्रो छ। गह्रौँ सामानहरू बोकेर लैजानुपर्छ एउटा 'नट' मात्रै मिलेन भने त्यसले कामै गर्दैन। चिसोमा धेरै लामो काम गर्न पनि गाह्रो हुन्छ। तराईमा ब्याट्रीले ९९ प्रतिशत थाम्ने भए पनि हिमालमा राख्नासाथ ७० प्रतिशतमा झरिहाल्ने र धेरै दिनसम्म काम गर्न नसक्ने भएकाले थप समस्या पर्छ।

यसरी बस्छ हिउँ चितुवा

जनवरी महिनामा संसर्ग गर्ने पोथीले गर्भवती भएको तीन महिनामा बच्चा जन्माउँछ। पोथीसँग संसर्ग गर्ने बेलामा भालेहरूबीच लडाइ पर्छ। यो बेला एउटा भालेले तीन वटासम्म पोथी राख्ने गरेका छन्। पोथीले हेन्डसम भालेको खोजी गर्ने भएकोले लायकदारले तीनवटीसम्मलाई रिझाउन सक्छन्। नसक्ने भाले रित्तै पर्छ।

लायकदारको खोजीमा निस्केका पोथीहरूलाई छेक्न भालेहरू आफ्नो एरियाभन्दा बाहिर पनि निस्किएका हुन्छन्। यही बेला एक-आपसमा भेट भए भालेको जुधाइ हुन्छ। बच्चा जन्माएर दुई वर्षको भएपछि हिउँ चितुवा एकआपसमा छुटि्टन्छन्। छुटि्टनुअघि आफ्नो एरिया कोरेर सीमा निर्धारण गर्ने यसले असक्षम भए सक्षमसँग भागेर हिँड्नुपर्छ।

***

(०६८/१०/७ मा कान्तिपुर कोसेलीमा प्रकाशित आनन्द गौतमको रिपोर्ट साभार)

Thursday, January 19, 2012

Business beckons banks to Biratnagar


The proliferation of billboards advertising banks and financial institutions (BFIs) in downtown Biratnagar, the country’s largest industrial city, points to its expanding role as a financial center. 

Biratnagar not only hosts branch offices of 90 percent of the BFIs and insurance companies headquartered in Kathmandu, but is also the home of regional development banks and financial institutions.

The increasing footprint of BFIs has been followed by rising investment in industry. As Biratnagar is the focal point of economic activities in the east, BFIs have been going to industrialists planning to start new ventures to provide information about their services. 
According to the Biratnagar branch of Nepal Rastra Bank (NRB), the number of 
branch offices of commercial banks in Sunsari, Morang, Dhankuta, Jhapa, Ilam, Udayapur and Saptari districts has reached 170 as of the end of the last fiscal year. Likewise, the number of development bank branches reached 62, finance companies 22 and micro finance development banks 37 during the same period. Half a dozen financial institutions have opened in Biratnagar during the first six months of the current fiscal year. 

Bankers said that economic activities were relatively greater in the country’s eastern region which entices BFIs to open branches here. “Also, the demographic density in the east is higher than in the west which means more clients,” said Ajay Shrestha, CEO of the Bank of Kathmandu.

Similarly, better infrastructural development in the cities in the east is another reason behind the proliferation of BFI branches in the region. Nepal Bankers Association President Ashoke Rana says, high remittance inflow in the eastern region is another reason why BFIs are more concentrated here. The banking industry has a lot of promoters from Biratnagar, and this is one of the reasons behind the expansion here. 

According Nar Bahadur Thapa, chief of the NRB Biratnagar Branch, the central bank conducts six-monthly economic studies in the aforesaid seven districts as they are major business centres. Those districts saw a deposit growth of 13 percent and lending growth of 30 percent during the last fiscal year. Deposit mobilization in the seven districts was Rs 47 billion while credit flow amounted to Rs 58 billion.

A majority of industrialists in the east are based in Morang, and they operate factories in the Sunsari-Morang corridor and in Jhapa and Ilam. “The factories located in the industrial corridor provide lending opportunities to banks,” said Shrestha.  Out of the total lending worth Rs 18.27 billion extended to these districts, the manufacturing industry received Rs 12.96 billion, and construction received Rs 4.15 billion.  

Statistics show that Morang received the major chunk of the credit amounting to Rs 13.51 billion issued by banks. “The number of banks has increased, and so have their areas of service,” said Thapa.

***
(Published at TKP on 18th Jan 2012)

Wednesday, January 18, 2012

Maintaining reputation is the challenge



Hulas Motors and its products were largely unknown until Prime Minister Baburam 
Bhattarai chose Mustang Maxx as his official vehicle.

On the one hand, the Prime Minister’s declaration gave the company the much-needed limelight (and free promotion) it was looking for years, and on the other hand, the company, which was contemplating closure in the face of unfavorable government policies and the onslaught unleashed on its market share by glitzy foreign cars, came across another challenge: Maintaining the reputation.

The factory located at Biratnagar-17 Press received warm popularity as Prime Minister Bhattarai took his oath of office. After he chose the vehicle from this facility, it received several queries, even from the general people.

“And it was only after that the people knew about our actual status,” said engineer Praphulla Chandra Das, general manager of the company. “Now we are upgrading our production—although just for the prestige.”

Hulas Motors Managing Director Surendra Golchha was earlier interested in producing farm equipment that could be used for multiple purposes—grain threshing, transport vehicle and pump set. Then, Hulas Agro Company of Hulas Organizations produced ‘Power Cart’.

Later, Golchha and Das drew a conclusion that the technology used for producing ‘Power Cart’ could be used for manufacturing vehicles. Then the company rolled out its first vehicle named ‘Hulas Sherpa’, equipped with a small 20D engine.
 
Since then, the company has manufactured several other models, including Sherpa 46D, Sherpa e-drive, Mustang, Mustang V2 and Mustang Max. However, the factory’s infrastructure has barely changed. The company also tried its hand in manufacturing vehicles running on gas and battery, but failed generate income from its investment. A Hulas Motors vehicle is prepared assembling the engine imported from China, spare parts from India and the chassis, seats and body manufactured at the plant.
 
“This is how motor manufacturing functions. Collecting parts from different markets, and assembling here,” Das said. “But these days, we are producing many necessary parts ourselves—almost 50 percent.”

The company is now preparing to give its Mustang Max a facelift—a fiber body. The company has begun preparations for the purpose.

Despite being the only vehicle manufacturer in the country, Hulas Motors has faces various problems. The Golchha Group has somehow managed to continue the company injecting funds from the income from its other subsidiaries.

“Mustang Maxx is our last model,” said Golchha. “We are now encouraged to move ahead.” He added that the company is not being operated for profits, but for maintaining Golchha Group’s prestige, and as per their policy to manufacture vehicles appropriate for the remote places where imported vehicles cannot reach.

“We do not feel shy to say that our vehicles make more noise and are less comfortable compared to imported ones. Their strengths are that that can be operated in remote places, can accommodate more passengers and are budget-friendly,” said Golchha. He, however, added that the company was preparing to upgrade Mustang Maxx, following a surge in demand. Golchha blamed the government’s apathy for the company’s failure to gain momentum. “In India, the government had once made it mandatory for all its officers to ride Ambassador cars only to save Hindustan Motors,” says Golchha. “We do not demand so much from our government, but just a little consideration.”

(Published at TKP on 18th Jan 2012)

Saturday, January 14, 2012

फरारका फाइल खोज्दै, पक्रँदै

अदालतले लागूऔषध ओसारपसार मुद्दामा २ वर्ष ११ महिना कैद सजाय तोकेका विशाल पोखरेल घरैमा थिए। २०५९ मंसिर दोस्रो साता मुद्दा फैसला भएको उनले नै बिर्सिसकेका थिए। तर प्रहरीले यसै साता उनलाई विराटनगर-६ स्थित घरबाट पक्राउ गर्‍यो। निकैअघिको मुद्दामा सजाय भुक्तान बाँकी नै भएको सुनेर छिमेकी छक्क परे। एक लाख रुपैयाँ जरिवाना बुझाउन नसकेपछि उनी कारागार चलान भएका छन्।
  
विभिन्न कसुरमा आरोपित भएर मुद्दा अदालतमा पुगे पनि सम्पर्कमा नआएका, धरौटी बुझाई तारेखमा छुटेर मुद्दाको छिनोफानो भएपछि फरार रहेकाहरूमा पोखरेलजस्ता करिब तीन सय जनाको सूची बनाएर मोरङ प्रहरीले खोजतलास अभियान तीव्र पारेको छ। अभियानका दुई सातामा १९ जना पक्राउ परेका छन्। शुक्रबार र शनिबार गरी प्रहरीले यस्ता फरार नौ जनालाई पक्राउ गरेको छ। 

गत साता पक्राउ परेमध्येका चोरी मुद्दाका आरोपी विराटनगर-१२ का अफरोज मियाँले पुनरावेदन अदालतबाट सफाइ पाएका छन् भने तीन जना पुर्पक्षका लागि थुनामा छन्। लागूऔषध मुद्दामा गत वर्षदेखि फरार विराटनगर- २० का जंगबहादुर मगर र सुभाष सुब्बालाई जिल्ला प्रहरी कार्यालय चितवनको हिरासतमा पठाइसकेको छ।

पक्राउ गरेमध्ये ज्यान मार्ने उद्योग मुद्दाका फरार हरि बस्नेत तारेखमा छुटेका छन्। लामो समयदेखि फरारलाई पुराना फाइल खोल्दै पक्राउ गर्न मोरङ प्रहरीले अभियान सुरु गरेपछि पक्राउको क्रमले तीव्रता पाएको छ। आरोप लागेकाहरू माथिको कसुर पुष्टि गर्न अनुसन्धान सिध्याइएका र अदालतले सजाय तोकिसकेकाहरू पनि फरार रहेेको सूची तयार पारेर अभियान थालिएको मोरङका प्रहरी उपरीक्षक प्रद्युम्न कार्कीले बताए। 

'कति जना अदालतले सजाय तोके पनि मजाले घरमै आउजाउ गरिरहेकाहरू रहेछन्,' उनले भने, 'हामीले सजाय तोकिएका फरारको लगत नै अदालतबाट ल्याएर पक्राउ अभियान थालेका हौं।' जिल्ला अदालतबाट झिकाइएको सूचीमा सर्वोच्च, विशेष, पुनरावेदन र जिल्ला अदालतले विभिन्न समय गरेका आदेश र फैसला नमानी फरार भएकाको नाम छ।

कर्तव्य ज्यान मुद्दामा तीन महिलासहित ३०, ज्यान मार्ने उद्योगमा ५, खुनडाँका मुद्दामा १५, डाँकामा ५३, अपहरणमा १०, अवैध हतियारमा ९, लागूऔषधमा २५, जबरजस्ती करणीमा २३ चोरीमा २८, जिउ मास्ने, बेच्नेमा ५ जनाको नाम फरारको सूचीमा छ।

प्रहरीका अनुसार मुद्दा पेस भएर फैसला भए पनि २ सय १ जना, फैसला बाँकी रहेका १ सय १९ र आरोप अनुसन्धानका क्रममा फरार ७५ जना छन्। उपरीक्षक कार्कीले भने, 'हामीले तयार पारेको सूचीमा २०४६ सालपछिका केसहरू छन्।'
         
अभियानको पहिलो सातामै पक्राउ पर्नेमा लागूऔषध र अवैध हातहतियार मुद्दा चलेका दुई जना भारतीय पनि छन्। फाइलमा फरार उल्लेख भए पनि जिल्लामा बेलाबखत देखिंदै रहेकाहरूलाई प्रहरीले सुराकीका आधारमा घेरा हालेर पक्राउ गर्न मातहतका सबै एकाइलाई सूची उपलब्ध गराइएको उपरीक्षक कार्कीले बताए। अदालतले विभिन्न मुद्दामा कसुरदार ठहर गरी सजाय तोके पनि अपराधी पक्राउ नपर्दा फैसला कागजमै सीमित भएको भन्दै केहीअघि कानुन व्यवसायीले अदालतको ध्यानाकर्षण गराएका थिए।
 
मोरङ बारका उपाध्यक्ष डिल्ली दाहालले भने, 'मैले हेरेकै मुद्दामा फैसला भएमध्ये २० जना अझै पक्राउ परेको सुनेको छैन।' पीडित आउँछन् अनि भन्छन्, 'हजुर फैसला त भयो, अपराधी गाउँमै घुम्दैछ। ज्यानको जोखिम भो, बेकार मुद्दा गरिएछ ।' सुनसरीमा १५ वर्ष कैद फैसला भएकालाई पक्राउ गर्न नसकेको देखेर पीडितले बारम्बार गुहार लगाउने गरेको उनले बताए। 'अदालतले गरेका फैसला कार्यान्वयन गराउन सकिएन भने न्यायिक निकायको विश्वसनीयतामाथि नै प्रश्न उठ्छ,' उनले भने।
 
आफ्नो र माथिल्ला न्यायिक निकायका फैसला कार्यान्वयन गराउने जिम्मा जिल्ला अदालतको हो। धरौटी लिने, जरिवाना असुलउपर गर्ने र कसुरदार पक्राउ गर्नका लागि अदालतले प्रहरीलाई जानकारी पठाउने प्रक्रिया नियमित हुने गरेको भए पनि अहिले सक्रियता बढेको स्रेस्तेदार भीष्मराज प्रसाईंले बताए। प्रक्रियाअन्तर्गत अदालतले सजाय तोके पनि पक्राउ नपरेकालाई जो कसैले समातेर अदालतमा ल्याउन सक्छन्। त्यसमा ल्याउनेलाई रकम पनि दिने व्यवस्था छ। तर सर्वसाधारणले ल्याउने नगरेको उनले बताए। 

'एक साताअघि प्रहरीले फरारको लगत लगेको छ,' उनले भने, 'अहिले हामी वर्षौ पुराना डाटालाई कम्प्युटरमा हालिरहेका छौँ। यो काम सकिएपछि प्रहरीले आफ्नै अफिसबाट फरारको लिस्ट हेर्न सक्छ।' धितो समान हिनामिना मुद्दामा विशेष अदालतले २०५५ पुस १८ मा विराटनगर-१२ ठेगाना भनिएका अरुणसिंह जैनलाई तोकेको २ करोड ८ लाख ७२ हजार र जालसाजी मुद्दामा २०६२ माघ २ मा विराटनगर-१७ का महेश्वरी गुप्ता र राजु साह गुप्तालाई तोकेको २ रुपैयाँ ५० पैसा सबैभन्दा बढी र कम जरिवाना हुन्। तीनै जनाले बुझाएका छैनन्। यी तीनको नाम पनि फरार सूचीमा रहेको स्रेस्तेदार प्रसाईँले बताए।
 
अदालतले छिनोफानो गरेका ३ हजार ६३ वटा मुद्दाका लगतअनुसार जरिवाना बापतको १५ करोड ४७ लाख ५९ हजार उठेको छैन। गत आव २०६७/६८ मा भएका छिनोफानो भएका मुद्दामा तोकिएको २ करोड ८६ लाख ६ हजार रूपैयाँ जरिवाना उठेको छैन। 
***
प्रकाशित मिति: २०६८ पुस २३ 

अस्मिताको असुरक्षा उस्तै

'लैजाने  जाने भए लानुस् । तर कोर्टले भनेका बेला तपाईंले यी दुईलाई उपस्थिति गराइदिनुपर्छ,' लिन पुगेका उद्धारकर्मीले यो सुनेपछि केहीबेर सोचे । अनि उत्तर फिराए, 'त्यसो भए मुद्दा छिनोफानो नहुन्जेल यिनीहरूलाई यहीं बस्न दिनुस् । त्यसपछि हामी आउँछौं ।' 

सुनसरीको दक्षिणवर्ती गाविसबाट एउटा विपन्न परिवारले चेली सीमावर्ती भारतीय गाविसका एक युवकलाई बिहेदान गरिदिएका थिए । बिहे भएर गएकी दिदी भेट्न १२ वर्षीया  बहिनी पुगेका बेला दुवै बिचल्ली भए । घरायसी झगडापछि ती चेलीलाई परिवारले घरबाट बाहिर निकालिदिए । आश्रय खोज्दै भौंतारिएका उनीहरूबारे माइतीले त्यसबेला थाहा पाए, जब दुवैलाई भारतको विसनपुर कुचाधामन रेडलाइट एरियाबाट उद्धार गरियो । दुवैलाई त्यहाँ यातना दिएर राखिएको भेटेपछि स्थानीय सामाजिक कार्यकर्ता र प्रहरीले उद्धार गरेका थिए ।

माइती नेपालको विराटनगर आवधिक गृहका निमित्त संयोजक विनोद पोखरेल भन्छन्, 'उनीहरूलाई त्यस्तो पेसाका लागि बाध्य पार्ने र यातना दिने तीन जना पक्राउ परे । मुद्दा चलिरहेको थियो ।' १६ र १२ वर्ष उमेरका उनीहरू किसनगन्जस्थित 'राहत महिला हेल्पलाइन' नामक संस्थाको आवधिक गृहमा छन् । 'इन्डियाबाट खबर पाएपछि म उनीहरूको बाबुलाई नै साथ लिएर गएको थिएँ,' पोखरेल भन्छन्, 'अदालती सुनुवाइका बेला भने हाजिर गराउन आउजाउ सजिलो नभएकाले यता ल्याउन सम्भव भएन ।' मुद्दा अदालतमा छ । 

चेलीबेटी तथा मानव बेचबिखन रोक्न पूर्वाञ्चलका प्रमुख नाकाहरू काँकडभिट्टा, पशुपतिनगर र विराटनगरमा केही वर्षयता गैरसरकारी संस्थाको सक्रियता बढेपछि दलालले तरिका फेरेका छन् । किसनगन्ज अदालतमा पुगेका मुद्दाजस्ता विरलै प्रकाशमा आउँछन् । नेपाली संस्थासँग भारतका त्यस्तै गैससले सहकार्य बढाएपछि परम्परागत तवरले ललाइफकाई लैजानेहरू हच्किएका छन् । 

'हिजोआज केटीहरू पुर्‍याउन दलाल होइन घरैका मान्छे बोर्डरसम्म आएका घटना भेटिन्छ,' माइती नेपालको काँकडभिट्टा बोर्डरगार्ड सारथी राजवंशी भन्छिन्, 'धेरै केटीले पढियो तर देशमा राम्रो काम पाइएन अनि हिँडेको हाकाहाकी भन्छन् ।' त्यस्तालाई केरकार र फिराउन सजिलो नहुने उनको अनुभव छ । एउटा जोडीलाई केरकार गर्दाको घटना सुनाउँदै उनले भनिन्, 'धनकुटाबाट इन्डिया जान आएका लोग्नेस्वास्नी भन्थे । अरूकै लोग्ने र अर्कैकी स्वास्नी रहेछन् भन्ने धेरै केरकारपछि खुल्यो ।'

मोरङको मझारे गाविस-७ की एसएलसी गरेकी एक किशोरीलाई छिमेककी महिलाले विहारको कटिहार पुर्‍याइन् । उनलाई राम्रो पढाइका लागि छात्रवृत्ति मिलाइदिने प्रलोभन दिई लगेर एउटा अपरिचितको जिम्मा लगाइएको थियो । फुत्केर आएपछि उनले ती छिमेकीमाथि मुद्दा हालिन् । असोज १० मा मोरङ जिल्ला अदालतले छिमेकी देवी साहलाई ५ वर्ष कैद र २५ हजार जरिवाना गर्‍यो ।

विराटनगरको रानी भन्सार नाकामा माइती नेपालसँगै आड्रा इन्डिया र मानव सेवाले सहकार्य गरिरहेका छन् । यी संस्थामा कार्यरत महिला स्वयंसेवी दिनहुँ भारत, जोगबनीस्थित रेलवे स्टेसन र बसपार्क धाउँछन् । शंका लागेकालाई सोधपुछ गर्छन् । उद्धार गरी फर्काइएकालाई परामर्श दिने गीता राई भन्छिन्, 'आयआर्जनको दरिलो स्रोत नहुनु, घरमा सम्मानको वातावरण र छोरी हिँडे केही बिग्रन्न भन्ने मानसिकताले चेलीहरू विदेश पुगेका हुन् । पढ्न पाउने, राम्रो मीठो खान, लाउन र काम मिल्ने भए हिँड्दैनौं भन्नेहरू धेरै छन् ।' उनका अनुसार पछिल्ला केही वर्ष सीमाबाट फर्काइएकालाई परिवारले लैजान पनि झन्झट मानेका छन् । उनी भन्छिन्, 'कति सल्लाहले नै हिँडेका हुँदा रहेछन् ।'

चालु सातामात्रै झापा सीमावर्ती पश्चिम बंगालको एनजीपी रेलवे स्टेसनबाट चार चेली फर्काइए । यिनमा दोलखा, उदयपुर र मकवानपुरका रहेको माइतीका क्षेत्रीय संयोजक गोविन्द घिमिरेले बताए । उनले भने, 'हामीले धेरैपल्ट सिलिगुडी नजिकको खालपाडाबाट उद्धार गरेका छौं । केस चल्छ, मुख्य दलाल फन्दामा पार्नै सकिँदैन ।' 

गाउँघरबाट नजिकको बजारसम्म एक जना, बजारदेखि सीमासम्म अर्को र सीमा कटेपछि लाने ठाउँसम्म फेरि अर्को अपरिचितका साथ लाग्दै नारकीय जीवनमा पुग्ने अवस्थासम्म चेलीले मुख्य अभियुक्तबारे धेरै बताउन नसक्दा यस्तो हुने गरेको उनले सुनाए । 'चेलीबेटी, केटाकेटी लैजानेलाई कारबाही गर्ने सवालमा प्रहरी पनि चनाखो छ,' उनी भन्छन्, 'तर, धेरैपल्ट पीडितले नै मुख्य दोषी किटान गर्न नसक्दा उनीहरू उम्कन्छन् ।' एकपटक एउटा नाकामा केरकार परेकोले अर्कोपटक अर्को नाका प्रयोग गर्छ । उनी भन्छन्, 'पशुपतिनगरमा केरकारमा परेको मान्छे अर्कोपल्ट विराटनगर वा काँकडभिट्टा पुगेको हुन्छ ।'

झापा सीमावर्ती पानीटंकीस्थित ग्रामीण विकास समाजका कार्यक्रम प्रमुख विमल सिन्हा भन्छन्, 'कानुन कडा भएर नपुग्ने रहेछ । चेली फकाई लैजाने मूल कारणको जरोमै पुग्नुपर्छ ।' त्यहाँको एउटा चिया बगान बन्द भएपछि धेरै बेरोजगार भएको गाउँका २५ घरमा चेतनामूलक कार्यक्रम लिएर जाँदा ५ चेली बेपत्ता भएको सुनाएका उनले भने, 'कारण बेरोजगारी । हामीले अहिले त्यहाँ महिलाका लागि आयआर्जनका तालिम चलाएका छौं । चेली हराउने क्रम रोकिएको छ ।' 

१२ वर्षदेखि यस क्षेत्रमा काम गर्दै आएका सिलिगुडीको कन्सर्न संस्थाका प्रमुख मोहनलाल झा भन्छन्, 'फिराएकाहरूको पुनर्स्थापनको व्यवस्था दिगो हुन सकेन रोकेरमात्रै समाधान हुँदैन, यो हाम्रो अनुभव हो ।' 

काँकडभिट्टाका प्रहरी निरीक्षक सुकदेव खनालका अनुसार पीडितको किटानी जाहेरी नआउनुले चेलीबेटी लैजाने गिरोहलाई कारबाही असजिलो भएको हो । 'उनीहरूलाई यस्तो विश्वासमा पारेको हुँदोरहेछ, जति केरे पनि नाम भनिहाल्दैनन्,' उनले भने ।
***
(२०६८/९/३० को कान्तिपुरमा प्रकाशित)

Wednesday, January 11, 2012

रञ्जित मन्त्र


चार वर्षीय छोरा लिएर आमा न्युरोडहुँदै कतै गइरहेकी छन्। छोराको आँखा पसलको शो-केसमा अडिन्छ। उ भन्छ, 'मामु मामु , कस्तो राम्रो हेलिकप्टर। मलाई चाहियो।' आमा सुरुमा नसुनेझैँ गर्छिन्। छोरो टक्क रोकिन्छ। पहिले आग्रह गरेको उसले अब कर गर्न थाल्छ। आमा भन्छिन्, 'तँलाइ जे देख्यो त्यही चाहिने ? हुँदैन।' ब्यागमा करिब ३५० रुपैयाँ छ। आफन्तकहाँ पूजामा हिडेकी उनलाई हिसाब थाहा छ, आउँदा-जाँदा ट्याक्सी भाडा तीन सय लागिहाल्छ। ५० ले त्यो खेलौना पक्कै आउने होइन। 

धेरै कर गरेको देखेर उनलाई झर्को लाग्छ। रिस पनि उठ्छ। भन्छिन्, 'हेलिकप्टर सेलिकप्टर किन्ने होइन। जाने भए खुरुक हिँड। नभए यहीँ छाडेर जान्छु। जोगीले आएर लैजान्छन्। अनि थाहा पाउछस्।' उनी हात छुटाउँछिन्। बिस्तारै केहीअघि बढेजस्तो गर्छिन्। छोरो रुन्छ। अलिपर पुगेकी मामुलाई हेर्छ। अनि खुरर्र दगुरेर मामुको हात समात्छ। उसको मुहार नियाउरो छ। धेरैबेर उ हँसिलो हुन सक्दैन। बालमष्तिस्कमा त्यही रंगीन हेलिकप्टरले फन्को जो मारिरहेको हुन्छ। 

आइ-लेबल :  आँखाको  बराबरी गरिएन भने खिचेका तस्बिर लो वा  हाइ  एंगल आउँछन्। लो एंगलबाट खिचे होचो मान्छे अग्लो कदको देखिन्छ। अग्लो मान्छेको तस्बिर हाइ एंगलबाट खिचे होचो आउँछ। बच्चा र आमाको कदबारेमा सोचौँ। सानो बालकले उभिएकी आमा लो एंगलबाट देख्छ। उनका अनुहारको भावभंगिमा कुनै कार्टुन हेरेजस्तो वा कुनै चलचित्रमा खलपात्रजस्तो। गाली गरेको वा रिसाएका बेला त्यो उसको आइ-लेन्सले आमालाई कस्तो देख्ला ? के सोच्ला ? कुरा ठूलो होइन तर, पक्कै असर सकारात्मक हुन्न। रिसाएकी आमाले उसलाई गाली गरिरहँदा मष्तिस्कलाई एकातिर हेलिकप्टरले तानेको छ। अर्कोतिर छाडेर जान्छिन् की भन्ने डर। 

सकारात्मक दृश्य :  कर गर्न थालेको छोरा त्यसै मान्ने भएन। उनी घुँडा मारेर टुक्रुक्क बस्छिन्। छोराको अनुहार ममतामयी पाराले हेर्छिन्। अब छोरा र आमाको कद उत्रै देखिन्छ। छोराले आमाको अनुहार हेर्न कुनै असजिलो छैन। भन्छिन्- 'बाबु, हामी अहिले पूजामा हिडेको। बजार गर्न फेरि आउँला। अहिले मामुले पनि त आफूलाई केही किनेकी छैन नि। किनेकी छ त ?' छोरो नियाउरो मुहारले सुक्क गर्दै भन्छ, 'छैन । तर, मलाई त्यो हेलिकप्टर...।'  

मामु भन्छिन्- 'भरे फेरि सपिङ गर्न आउँला अनि किनौँला। अहिले पूजामा पुगेर आउने। अनि पछि बाबुलाई हेलिकप्टर, मामुलाई पनि केही किनौँला। मेरो बाबु ज्ञानी छ। कुरा बुझ्छ है। हो कि होइन ?' उ हो भन्ने संकेत टाउको हल्लाएर गर्छ। दुवै अघि बढ्छन्। बालकले केही पर पुगेपछि त्यो हेलिकप्टर बिर्सन्छ। उसको ध्यान अर्थोकमा जान्छ। उसको मुड बिग्रँदैन। 
०००
रञ्जीत आचार्यले दिएका सहभागीलाई नै काल्पनिक पात्र परिस्थितिमा कल्पना गर्न लगाएर वा अन्य विश्व प्रसिद्ध रोल मोडलका जीवनीका प्रसंगलाई उदाहरण बनाएमध्ये मलाई आमा र तिनको सानो छोराको प्रसंग सम्झनामा रहिरह्यो। गएको शनिबार विराटनगरमा आचार्यसँगको 'सक्सेस मन्त्र'को कक्षामा सहभागी हुन पाएपछि केही सकारात्मक सोच राख्नै उचित भन्ने लागेर आयो। मान्छेको जातै यस्तो। मन छुने प्रसंगमा केही त्यस्तै अनुसरणका लागि आफू तयार हुनु उचित हुनु ठीक जस्तो लागिहाल्ने।

करिब ३५ वर्षका आचार्य राजधानी बसेर आफूले हात हालेका क्षेत्रमा सफल हुँदै आएका युवा हुन्। एक दसकयता उनले आफूलाई सफल बनाएका छन्। आफूले लेखेको गीतबाट कक्षा थालेका उनले एउटा उदाहरण दिए। 

मोटरसाइकलले बटुवालाई ठक्कर दियो। घटना सामान्य थियो। बटुवालाई केही भएन। तर, यहाँ दुईवटा परिस्थिति हुन्छन्। या बटुवाले त्यो मोटरसाइकलवालाको कठालो समातेर बजायो। झगडा बढयो। दुवैलाई ट्राफिक प्रहरीले लगे। दोष इञ्जिनवालाकै देखाइए पनि दुवैको समयमात्र नाश भएन, मुड पनि बिग्रियो। 

या बटुवाले भने, 'भाइ कसरी चलाउनु भएको ? अहिले केही भएको भए ! तपाइँ र मेरो दिन बलियो रहेछ। अलि ठीकसँग चलाउनुस्।' मोटरसाइकलवाला उत्रियो। अनि भन्यो, 'सरी दाइ सरी। कता लाग्यो ? तपाइँलाई ठीक छ ? हिँडनुस कहाँ पुग्नु हुन्छ म छाडिदिन्छु।' झगडा भएन। छुट्टिएका केहीबेरमा दुवैले घटना बिर्सिए। सबैबेला परिस्थिति यस्तै होला भन्ने छैन। तर, तत्कालीन अवस्थाका यी दुई व्यवहारले फरक परिस्थिति बनाउने पक्कै हो।
०००
आचार्य प्रिज्म एडभर्टाइजिङका कार्यकारी प्रमुख, नीलवाराही फिल्मसका प्रबन्ध निर्देशक र ब्रीजवाटर एजुकेशन फाउण्डेशनका अध्यक्ष हुन्। उनी जोडिएका वा सम्बद्ध संस्थाको सूची लामो छ। 

उनले दसकअघि सञ्चार मन्त्रालयको एउटा प्रसंग सुनाए। कुनै पनि विज्ञापन प्रकाशन वा प्रसारणअघि मन्त्रालयलाई देखाएर इजाजत लिनुपर्थ्यो। सो उनी गइरहन्थे। त्यहाँका त्यसबेलाका मुख्य टाइपिष्ट हरि दाई सरल थिए। भनेको गरिदिन्थे। एक कप चिया खुवाए पनि खुसी हुन्थे। कागज टाइप गरिदिएर काम छिटो सिध्याउन उनले मद्दत गर्थे। मन्त्रालयले एक दिन सबै काम अब कम्प्युटरबाट गरिने भन्दै कर्मचारीलाई त्यो नयाँ भाडो सिक्न आह्वान गर्‍यो। टाइपिष्ट अरु अरु सिक्न थाले। 

अवकाशका केही वर्षमात्रै बाँकी रहेका हरि दाइले सिक्न मानेनन्। भन्थे, '५५ लागिसकियो, अब म बुढाले के सिकिरहनु ? म टाइप नै गरेर बस्छु।' निकै दिनपछि फेरि पुग्दा टाइपराइटर रहेको कुनाको हरिदाईको टेबल ठाउँमा थिएन। अरु कर्मचारी कम्प्युटरमा काम गरिरहेका थिए। हरि दाई टेबल-टेबलमा चिया सर्ब गरिरहेका भेटिए। आचार्यले भने, 'समयसँगै चलिएन भने यस्तो हुने रहेछ भन्ने गतिलो उदाहरण मलाई हरि दाइ लाग्छ।'
०००
गत वर्ष राजधानीमा यस्तै कार्यक्रम गर्दा अपेक्षाभन्दा धेरै सहभागी भएछन्। ३५ आउने भनकोमा ९५ जना आएपछि यस्ता कार्यक्रमलाई उपत्यका बाहिर पनि लैजाने सोच बनाएर यसपटक 'मेरो जब डटकम'ले विराटनगर र बुटबलमा पनि एक दिने कार्यक्रम तय गरेपछि सहभागी हुने मौका मिलेको थियो। 

मेरो जब डटकमले जब सीकर र अनुभवी कारिन्दा खोज्ने कम्पनीका लागि बीचमा बसेर काम गरिदिने रहेछ। यो साइटका प्रबन्ध निर्देशक शैलेन्द्र गिरीसँग कुरा भयो। उनले बताए 'समय फेरिएको छ। सकारात्मक सोच राख्ने, अरुलाई पनि आफूजस्तै हो भनेर समान व्यवहार गर्नेहरु सफल हुन्छन्। हामीले भन्ने कुरा यही छ।' बिहान बिहान टेलिभिजन च्यानलहरुमा फलाक्ने नाङ्गे वा गेरुवा, पहेला वस्त्रधारी विद्धानले भन्ने कुरा पनि सकारात्मक सोचमै आधारित रहेको अनुभव हुन्छ। लिनु नलिनु आफ्ना कुरा। 

मैले आचार्यको करिब ६ घण्टे कक्षामा पुरा बिताउन सकिँन। कामले बाहिर निस्कनुपर्ने थियो। तर, जति सुनियो, रमाइलो लाग्यो। गएको होलीमा मित्र यज्ञशले कोसेलीमा लेखेको स्तम्भको एउटा प्रसंग सम्झिएँ - राजनीतिलाई गाली नगरौँ, नेतालाई गाली नगरौँ, कारण-धेरै पढेका र क्षमतावानहरु विदेश जान्छन्। जान नसक्ने नसक्ने तर, पढेकाहरु प्राइवेट जागिर रुचाउँछन्। तीभन्दा कम क्षमताहरु पनि निजी क्षेत्रमै रमाउँछन्। राजनीति रहलपहलले थामेको छ। फोहर उठाउन तपाइँ हामीलाई मन छैन भने दोष मात्रै किन दिने ?