Wednesday, November 26, 2014

बाटो

 
लान क्यै पाइन्न 
तैपनि दैनिकी दौडधुपको
असन्तुष्टिका गठरी बोकेर 
यात्रा आफ्नै गतिमा चलायमान हुन्छ 
जानेहरू भन्दैनन् 
भन्नेहरू पनि जान्दैनन् 
टिकट कहाँसम्मको हो
उत्रनुपर्ने कता हो 
कहाँसम्म सवारी
कता पदयात्रा 
कुन गन्तव्य 
अन्जान यात्रीहरू भेटिन्छन्
छुटिन्छन् 
म हेर्छु 
उनीहरूका पदचाप
कानमा मसिनो मसिनो गरि 
बिलिन हुन्छन्  
हराउँछन्
बाँकी के छ ?
सम्झनाका डोबहरू
यै चप्पल छुटेजस्तो मात्रै ।

#जोगिनियाँ, सप्तरी
सप्तकोशी, पश्चिमी तटबन्ध क्षेत्र 

No comments: