

यो सवारीको वास्तविक नाम यकिन भएन । यो रिक्शा आकारमा ठेला हो । दुहवी-इटहरी सडक खण्डमा यो सर्वाधिक चलनमा छ । कारण - यस क्षेत्रमा लगातार भइरहने चक्काजाम । सुगुर ओसार्ने साधनका रुपमा चल्ती सुरु भएको यो सवारीलाइ धेरैले सुँगुरे रिक्शा भनेको सुन्न पाइन्छ । यसले मान्छे र समान बोक्छ । मान्छेले चलाउने यो साधन बन्दहरुमा पनि बन्द हुँदैन । त्यसैले यसलाइ बाधारहित सवारी मानिएको छ । काठमाडौं खाल्डोबाहिर अब बन्द कुनै नौलो घटना होइन । अझ अखबारहरुले बन्दले ठुलै बाधा नपारेसम्म खबर दिन छाड्नुले पनि मुलुकभरि कता कति दिन कसरी बन्द छ वा छैन , यात्रु ठाउमै पुगेर अलपत्र नपरेसम्म थाहा हुँदैन । जे होस यो सवारीले यात्रुको सेवा गरेको छ । चलाउनेले रोजगारी पाएका छन् । कहिलेकाही यी सवारी पनि बन्दको मारमा पर्छन । तर यिनीहरुलाइ पर्ने मार इन्जिनयुक्त सवारी जति लामो हुदैन ।
No comments:
Post a Comment