Sunday, May 2, 2010

अनुपस्थितिका यो अवधि

लामो समय भएछ ब्लग अप्डेट नगरेको। यी अवधिमा म एक साता काठमाडौं गएँ। छोरोको स्कुल भर्नाका लागि जानै पर्ने थियो। तर, अप्रत्याशित रुपमा एकीकृत माओवादीले आह्वान गरेको अवरोधले वातावरण असहज बनायो। ब्लग अप्डेटका लागि समय नभएको होइन।

समय पाएकबा बेला देख्ने कुरा फुरेन। अनि माओवादीको विद्यार्थी संगठनले स्कुल बन्द गरेर बाधा पार्‍यो। त्यसपछि उसको माउ पार्टीले अनिश्चितकालीन बन्दको आह्वान गरेर। अहिले युवा जस्तै मलाई कुनै पनि दल प्रति अन्धभक्त हुने मन छैन।

किनभने दलहरुले हाम्रो विश्वासमा खरो उत्रन सकेनन्। माओवादीले संसदीय परम्परा अनुसार बहुमत पुष्टि गरेर सरकार परिवतर्न गर्नुको साटो सडक संघर्षको बाटो रोज्यो। उसले आह्वान गरेको आम हड्तालको आज पहिलो दिन हो। 

मधेसी जनअधिकार फोरमका नाउँमा भएको आन्दोलनमा सिकार भएको म आज हड्तालको पहिलो दिन पनि एउटा सञ्चारकर्मीको सट्टा एक सामान्य नागरिक 'आम जनता' भएर सोच्न मन पराउँछु। जनतालाई दुःख दिने कि सजिलो बाटोबाट सत्ताका लागि अघि जाने ? 

हामीलाई खासै मतलबको कुरा होइन सरकार जसले चलाओस्। मतलब यति हो बेरोजगारले रोजगारी पाउनु पर्छ। सर्वसाधारणका लागि अवसरको पहुँच बढ्नुपर्छ। सडकबाट सत्ता ढाल्नेहरुका लागि भोलि कस्तो नजिर होला भन्ने म सोच्छु।

फेरि ब्लगमा लेखौँला। आज धेरै कुरा भए पनि लेख्ने समय जुरेन।

No comments: