हेमन्त शर्माको 'अब त ढिलो...' भन्ने नया गीतको म्युजिक भिडियो अहिले टेलिभिजन च्यानलमा बेला-बेला हेर्न पाइन्छ। गीत हेर्दा एक प्रकारको आनन्दको अनुभूति हुन्छ। कलाकारले देशको अवस्था अनुसार सन्देश दिने सामाग्री पस्कनेमा आफूलाइ बानी पार्न थालेका छन्।
मदनकृष्ण-हरिवंश, राजेश हमाल,अमृत गुरुङलगायतका कलाकारको विभिन्न अभियानमा हुने सहभागिता सराहनीय मान्नुपर्छ। आफ्नो पेसालाई मात्र ध्यान दिनेभन्दा जोगाएर केही समय समाजका लागि पस्कने बानी सबैका लागि अनुकरणीय हुन सक्दछ। आज यो क्रमको एउटा अभियानलाई नजिकबाट हेर्न पाइयो।
विराटनगरको पोखरियास्थित एवन क्वालिटी स्कुलमा पपमा पृथक गाउने निर्णय श्रेष्ठको कार्यक्रममा यस्तो भएको हो। हिजो भ्यालेन्टाइन डेको अवसरमा विराटनगरमा आयोजित कन्सर्ट भ्याउन उनी आइपुगेका हुन्।
स्कुलमा विद्यार्थी र अभिभावकले किताब कापी, पेन, झोला र लुगा दिए। निर्णय र उनीसगै आएकी सुवानी मोक्तानले संक्षिप्त कार्यक्रममा गीत सुनाए। अनि संकलित ती सामाग्री महिला पुनस्थापना केन्द्र र बन्दी सहायताका लागि काम गर्ने संस्थालाइ हस्तान्तरण गरे। स्थानीयस्तरमा उनीहरुलाई रोट्रयाक्ट क्लबसम्बद्ध युवाले सघाए।

No comments:
Post a Comment