Friday, September 12, 2008

विस्थापन-पुनर्स्थापन

दुई वर्षअघि मोरङको टंकी गाविसमा पर्ने बाँसबारीमा पाँच जना सञ्चारकर्मी साथीहरुलाई मधेसी जनअधिकार फोरमको बताउने एक जमातले कुटेको थियो। दुई साथीहरुलाई निकै दिन पीडा हुनेगरी आहत बनाएको थियो। हाम्रो विरोध र जाहेरीपछि घटनामा संलग्न पक्राउ पनि परे। फोरमले उनीहरुको मुक्तिका लागि बन्द आह्वान गर्‍यो। उनीहरु छुटे।

गत साता मोरङको पथरीबाट निस्कने 'अनमोलमणी' साप्ताहिकका साथीहरुले कुटाइ खाए। गाइजात्रे अंकमा प्रकाशित समाग्रीप्रति असन्तुष्टको समूहले कार्यालयमै थुनेर रोहित पराइ, मिलन के राउत र मोहन भट्टराईलाई कुटे। 

मोहन भाइलाई लागेको चोट निकै दिनसम्म पनि देख्न सकिन्थ्यो। उनको आँखाका डिलहरु काला-नीला भएका थिए। उनीहरु पथरीमा बस्ने स्थिति भएन। विराटनगर आइपुगे विस्थापित भएर।

हिजो उनीहरुलाई घर फिराइएको छ। तर, साथीहरु अझै त्रासमा छन्। यस्तो भइरहे कसरी सञ्चारकर्मीले काम गर्न सक्छन् ? मुलुकको बिग्रँदो अवस्थामा सञ्चारकर्मीको जिम्मेवारी बढेको छ। यसमा काम जोखिमपूर्ण त छँदैछ। राज्यले नहेर्ने हो भने असजिलो अझै थपिन्छ। जे होस् प्रशासनले साथीहरुलाई फिरायो। अब उनीहरुका विषयमा सुरक्षाबारे ध्यान दिनेछ भन्ने विश्वास गरौं।

***

(२०६५ भदौ २७ शुक्रवार)

No comments: