
सप्तकोसी नदिमा अहिले एउटा समूह जलयात्राको सम्भावना पहिल्याउँदै छ । सुम्निमा जल यातायात प्रालिका नाउँमा । अमेरिकाबाट ल्याइएको भनिएको जेट स्टि्रम मोटरबोटका केही कलपुर्जा विराटगरस्थित एक ग्यारेजमा दुइ दिन लगाएर सेट गरिए । मैले तिनलाई हेर्न पाएँ ।
टयाक्टरले तानेर मोटरबोट सुनसरीको वराहक्षेत्र गाविसमा पर्ने चतरा पुर्याइयो । चतराबाट कोसी हुँदै यसका सहायक नदिमा लगानीकर्ताको समूहले चाल मारेको मारेकै छन । टोलीमा अहिले बोट कम्पनीका दुइ प्राविधिक पनि छन । उनीहरुले कुदाएर बाटो खोज्दै नेपाली चालकलाई पनि चलाउन सिकाउदै छन् ।
यात्राको नया बाटो खोज्दै गरेको समूहले मलाई पनि चतरा बोलायो । साथी सञ्जिव खनालसँगै पुगियो । हेरियो । डिजल इन्जिनयुक्त बोट पानीमा मजाले कुदने रहेछ । लगानीकर्ता रहेछन् एमाले नेता प्रदीप नेपाल, सशस्त्रका पूर्व डीआइजी ज्ञानेन्द्रराज र्राई, संखुवासभाका पूर्व सांसद हरि बैरागी दाहाल, व्यवसायी जीआर अधिकारी र अर्का एकको नाम थाहा भएन । मोटरबाटो मात्रै हिडेका नेपालीका लागि पानीको यात्रा नितान्त नौलो हो । छोटा रुटमा डुङ्गा यात्राको अनुभव धेरैपटक भएका हुन् ।

1 comment:
चल्दा राम्रै हुन्थ्यो !!! अब ऐन नियम भन्ने कुरा बन्दै गर्छ ! यो मोटरबोट कत्ति को खर्चिलो रहेछ भन्ने कुरा पनि जान्न पाएको भए राम्रो हुनेथियो !
Post a Comment