सप्तकोसी नदिमा अहिले एउटा समूह जलयात्राको सम्भावना पहिल्याउँदै छ । सुम्निमा जल यातायात प्रालिका नाउँमा। अमेरिकाबाट ल्याइएको भनिएको जेट स्ट्रिम मोटरबोटका केही कलपुर्जा विराटगरस्थित एक ग्यारेजमा दुई दिन लगाएर सेट गरिए। मैले तिनलाई हेर्न पाएँ।
ट्रयाक्टरले तानेर मोटरबोट सुनसरीको वराहक्षेत्र गाविसमा पर्ने चतरा पुर्याइयो। चतराबाट कोसी हुँदै यसका सहायक नदिमा लगानीकर्ताको समूहले चाल मारेको मारेकै छन्। टोलीमा अहिले बोट कम्पनीका दुई प्राविधिक पनि छन्। उनीहरुले कुदाएर बाटो खोज्दै नेपाली चालकलाई पनि चलाउन सिकाउँदै छन्।
यात्राको नयाँ बाटो खोज्दै गरेको समूहले मलाई पनि चतरा बोलायो। साथी सञ्जीव खनालसँगै पुगियो। हेरियो। डिजल इन्जिनयुक्त बोट पानीमा मजाले कुदने रहेछ। लगानीकर्ता रहेछन् एमाले नेता प्रदीप नेपाल, सशस्त्रका पूर्व डीआइजी ज्ञानेन्द्रराज राई, संखुवासभाका पूर्व सांसद हरि बैरागी दाहाल, व्यवसायी जीआर अधिकारी र अर्का एकको नाम थाहा भएन।
मोटरबाटो मात्रै हिडेका नेपालीका लागि पानीको यात्रा नितान्त नौलो हो। छोटा रुटमा डुंगा यात्राको अनुभव धेरैपटक भएका हुन्।
दोलालघाट-चतरा- तुम्लिङटार चलाउने योजना रहेछ। राम्रो हो। सरकारसँग यसका लागि ऐन रहेनछ। लगानीकर्ताले चाहे जे पनि हुन्छ। भयो। मन्त्रिपरिषद्ले काम चलाउ नियम बनाएर मोटरबोट यातायात मंत्रालयको जिम्मा लगाएको उनीहरुले नै सुनाए।
चतरामा प्रदीप नेपाल चाहिँ थिएनन्। उनी मुली हुन् भन्ने बाँकी रहेकाहरुले सुनाएका हुन्। सुनियो मोटरबोटलाई चलाउन दिने नदिनेमा सरकारभन्दा बढी अन्य संगठन हस्तक्षेपको दाउमा छन्।
नेपालका नदिमा मोटरबोट चल्नु नेपालीका लागि रमाइलो हुन सक्छ। तर, व्यावसायिक रुपमा यो चल्ने नचल्ने भन्ने टुंगो अझै छैन। चलोस्। ठीकै हो। नेपालीका लागि विभिन्न जटिल गन्तव्य पुग्न सजिलो हुन्छ। नेपाल आउने पर्यटकका लागि पनि यसले ठाउँ ठाउँ पुर्याउन सहयोग गर्छ।


1 comment:
चल्दा राम्रै हुन्थ्यो !!! अब ऐन नियम भन्ने कुरा बन्दै गर्छ ! यो मोटरबोट कत्ति को खर्चिलो रहेछ भन्ने कुरा पनि जान्न पाएको भए राम्रो हुनेथियो !
Post a Comment